2 Coríntios 7

npioncb (NPIONCB) vs NVI

Sair da comparação
NVI Nova Versão Internacional
1 यसकारण प्रिय मित्रहरू हो, हामीहरूसित यी प्रतिज्ञाहरू भएका हुनाले परमेश्‍वरप्रति श्रद्धा राखेर पवित्रतालाई सिद्ध तुल्याउँदै शरीर र आत्मालाई अशुद्ध पार्ने प्रत्येक थोकदेखि आफूलाई शुद्ध राखौँ।
1 Amados, visto que temos essas promessas, purifiquemo-nos de tudo o que contamina o corpo e o espírito, aperfeiçoando a santidade no temor de Deus.
2 तिमीहरूका हृदयमा हाम्रो लागि ठाउँ राख। हामीले कसैको खराबी गरेका छैनौँ, कसैलाई भ्रष्‍ट पारेका छैनौँ, र कसैलाई पनि शोषण गरेका छैनौँ।
2 Concedam-nos lugar no coração de vocês. A ninguém prejudicamos, a ninguém causamos dano, a ninguém exploramos.
3 मैले तिमीहरूलाई दोष लगाउनलाई यो भनेको होइन; मैले पहिल्यै भनेको छु, हाम्रा हृदयमा तिमीहरूको यस्तो स्थान छ, हामी तिमीहरूसितै बाँच्न अथवा मर्न तयार पनि छौँ।
3 Não digo isso para condená-los; já lhes disse que vocês estão em nosso coração para juntos morrermos ou vivermos.
4 तिमीहरूमाथि मेरो ठूलो विश्‍वास छ, मलाई तिमीहरूमाथि गर्व छ। म धेरै उत्साहित भएको छु, र हाम्रा सबै सङ्कष्‍टहरूमा मेरो आनन्दको सीमा छैन।
4 Tenho grande confiança em vocês, e de vocês tenho muito orgulho. Sinto-me bastante encorajado; minha alegria transborda em todas as tribulações.
5 किनकि जब हामी म्यासिडोनियामा आएका थियौँ, तब हाम्रो शरीरलाई विश्राम थिएन, तर बाहिर सङ्घर्ष र भित्र डरैडर भएको हुनाले चारैतिरबाट पीडित भएका थियौँ।
5 Pois, quando chegamos à Macedônia, não tivemos nenhum descanso, mas fomos atribulados de toda forma: conflitos externos, temores internos.
6 तर हताश भएकाहरूलाई सान्त्वना दिनुहुने परमेश्‍वरले तीतसको आगमनद्वारा हामीलाई सान्त्वना दिनुभयो;
6 Deus, porém, que consola os abatidos, consolou-nos com a chegada de Tito,
7 अनि तिनी आएका हुनाले मात्र होइन, तर तिमीहरूले तिनलाई दिएका सान्त्वनाले पनि हामीलाई सान्त्वना मिल्यो। तिनले मप्रति तिमीहरूको चाहना र गहिरो चिन्ता र वास्ताबारे बताए, यसरी मेरो आनन्द अझै बढी भयो।
7 e não apenas com a vinda dele, mas também com a consolação que vocês lhe ministraram. Ele nos falou da saudade, da tristeza e da preocupação de vocês por mim, de modo que a minha alegria se tornou ainda maior.
8 मैले मेरो पत्रद्वारा तिमीहरूलाई दुःखित पारेको भए तापनि म पछुतो मान्दिनँ। मलाई पछुतो भए तापनि मेरो पत्रले तिमीहरूलाई केही क्षण मात्र चोट पुर्‍याएको देख्छु,
8 Mesmo que a minha carta lhes tenha causado tristeza, não me arrependo. É verdade que a princípio me arrependi, pois percebi que a minha carta os entristeceu, ainda que por pouco tempo. 9 Agora, porém, me alegro, não porque vocês foram entristecidos, mas porque a tristeza os levou ao arrependimento. Pois vocês se entristeceram como Deus desejava, e de forma alguma foram prejudicados por nossa causa.
9 तर तिमीहरू दुःखित भएकोमा होइन, तर तिमीहरूको शोकले तिमीहरूलाई पश्‍चात्तापमा डोर्‍याएको हुँदा अब म खुशी छु। किनकि तिमीहरू परमेश्‍वरले चाहनुभएकाले नै दुःखी भयौ; त्यसैले तिमीहरूलाई हामीद्वारा केही कुरामा हानि भएन।
9 A tristeza segundo Deus produz um arrependimento que leva à salvação e não remorso, mas a tristeza segundo o mundo produz morte.
10 ईश्‍वरीय दुःखले पश्‍चात्ताप ल्याउँछ, जसले मुक्तितिर डोर्‍याउँछ र पछुतो हुँदैन, तर सांसारिक दुःखले त मृत्यु उत्पन्‍न गराउँछ।
10 Vejam o que esta tristeza segundo Deus produziu em vocês: que dedicação, que desculpas, que indignação, que temor, que saudade, que preocupação, que desejo de ver a justiça feita! Em tudo vocês se mostraram inocentes a esse respeito.
11 हेर, यो ईश्‍वरीय दुःखले तिमीहरूमा के उत्पन्‍न गरायो! कस्तो तत्परता, आफूलाई स्वच्छ राख्ने कस्तो उत्सुकता, कस्तो आक्रोश, कस्तो सावधानी, कस्तो तिर्सना, कस्तो वास्ता, न्याय गरिएको हेर्ने कस्तो तत्परता! तिमीहरूले प्रत्येक विषयमा आफूलाई निर्दोष साबित गरायौ।
11 Assim, se lhes escrevi, não foi por causa daquele que cometeu o erro nem daquele que foi prejudicado, mas para que diante de Deus vocês pudessem ver por si próprios como são dedicados a nós.
12 यसकारण मैले तिमीहरूलाई त्यो पत्र लेखेको भए तापनि तिमीहरूले खराबी वा अत्याचार गर्‍यौ भनेर लेखा लिने जस्तो गरी होइन, न त दोष लगाइएकोलाई झैँ, बरु हामीप्रति तिमीहरूको उत्साह कस्तो छ भनी परमेश्‍वरको सामु आफूले देख्न सक भनेर हो।
12 Por isso tudo fomos revigorados.
13 त्यसैकारण यी सबैबाट हामी उत्साहित बनेका छौँ।
13 de encorajados, ficamos mais contentes ainda ao ver como Tito estava alegre, porque seu espírito recebeu refrigério de todos vocês.
14 मैले तिनीसित तिमीहरूको विषयमा गर्व गरेको थिएँ, र तिमीहरूले मलाई लाजमा पारेनौ, तर हामीले तिमीहरूलाई भनेका सबै कुरा साँचो भएको हुँदा, हामीले तीतससित तिमीहरूबारे गर्व गरेको पनि साँचो साबित भएको छ।
14 Eu lhe tinha dito que estava orgulhoso de vocês, e vocês não me decepcionaram. Da mesma forma como era verdade tudo o que lhes dissemos, o orgulho que temos de vocês diante de Tito também mostrou-se verdadeiro.
15 तिमीहरू सबै आज्ञाकारी थियौ र तिमीहरूले तिनलाई डर र कम्पसाथ ग्रहण गर्‍यौ भनी जब तिनले सम्झन्छन्, तब तिमीहरूप्रति तिनको स्‍नेह अझ बढेर जान्छ।
15 E a afeição dele por vocês fica maior ainda, quando lembra que todos vocês foram obedientes, recebendo-o com temor e tremor.
16 म तिमीहरूमाथि पूर्ण रूपले भरोसा राख्न सक्छु भनेर खुशी छु।
16 Alegro-me por poder ter plena confiança em vocês.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar 2 Coríntios 7, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.