2 Coríntios 2

npioncb (NPIONCB) vs ARIB

Sair da comparação
ARIB Almeida Revisada Imprensa Bíblica
1 यसकारण तिमीहरूलाई कष्‍ट नहोस् भनी दोस्रोपल्ट तिमीहरूकहाँ नआउने नै मैले निश्‍चय गरेँ।
1 Mas deliberei isto comigo mesmo: não ir mais ter convosco em tristeza.
2 किनकि यदि मैले तिमीहरूलाई दुःखित बनाएँ भने, अरू कसले चाहिँ मलाई खुशी बनाउने त? किनकि मलाई खुशी बनाउने त तिमीहरू नै हौ।
2 Porque, se eu vos entristeço, quem é, pois, o que me alegra, senão aquele que por mim é entristecido?
3 अनि जसरी मैले अगिल्‍लो पत्रमा लेखेको थिएँ, कि म आउँदाखेरि जसबाट मैले आनन्द पाउनुपर्ने हो, तिनीहरूबाटै म दुःखित हुन नपरोस्। किनकि तिमीहरू सबैमाथि मेरो भरोसा छ, कि जुन कारणले म आनन्दित छु तिमीहरू पनि त्यही कारणले गर्दा आनन्दित हुन्छौ।
3 E escrevi isto mesmo, para que, chegando, eu não tenha tristeza da parte dos que deveriam alegrar-me; confiando em vós todos, que a minha alegria é a de todos vós.
4 तिमीहरूलाई दुःखित तुल्याउन त होइन, तर तिमीहरूप्रति मेरो प्रेम कति प्रशस्त छ, सो तिमीहरूलाई थाहा होस् भनेर नै मैले मेरो अधिक पीडा, हृदयको वेदना र आँसुसहित तिमीहरूलाई त्यो लेखेको थिएँ।
4 Porque em muita tribulação e angústia de coração vos escrevi, com muitas lágrimas, não para que vos entristecêsseis, mas para que conhecêsseis o amor que abundantemente vos tenho.
5 म कडा शब्दसँग त भन्दिनँ, तर यदि कसैले दुःखित तुल्याएको छ भने त्यसले मलाई होइन, तर एक प्रकारले तिमीहरू सबैलाई दुःखित तुल्याएको छ।
5 Ora, se alguém tem causado tristeza, não me tem contristado a mim, mas em parte {para não ser por demais severo} a todos vós.
6 यस्तो व्यक्तिलाई बहुमतद्वारा दिइएको सजाय यथेष्‍ट छ।
6 Basta a esse tal esta repreensão feita pela maioria.
7 अब यस्तो व्यक्ति झन् बढी शोकमा नडुबोस् भनेर तिमीहरूले उसलाई क्षमा दिएर सान्त्वना दिनुपर्छ।
7 De maneira que, pelo contrário, deveis antes perdoar-lhe e consolá-lo, para que ele não seja devorado por excessiva tristeza.
8 यसकारण तिमीहरूले त्यस व्यक्तिप्रति तिमीहरूको प्रेम फेरि पक्‍का गर भनी म आग्रह गर्दछु।
8 Pelo que vos rogo que confirmeis para com ele o vosso amor.
9 मैले तिमीहरूलाई लेखेको कारणचाहिँ तिमीहरू जाँचमा स्थिर रहेर प्रत्येक कुरामा आज्ञाकारी छौ कि छैनौ भनेर थाहा पाउनका लागि हो।
9 É pois para isso também que escrevi, para, por esta prova, saber se sois obedientes em tudo.
10 तिमीहरूले कसैलाई क्षमा दियौ भने म पनि त्यसलाई क्षमा दिनेछु। यदि मैले केही कुरामा क्षमा दिएको छु भने त्यो मैले ख्रीष्‍टको उपस्थितिमा तिमीहरूकै निम्ति क्षमा दिएको छु;
10 E a quem perdoardes alguma coisa, também eu; pois, o que eu também perdoei, se é que alguma coisa tenho perdoado, por causa de vós o fiz na presença de Cristo, para que Satanás não leve vantagem sobre nós;
11 शैतानले हामीलाई धोका नदेओस्; किनकि हामी त्यसका युक्तिहरूको विषयमा अनजान छैनौँ।
11 porque não ignoramos as suas maquinações.
12 जब म ख्रीष्‍टको सुसमाचार प्रचार गर्न त्रोआसमा गएँ, त्यहाँ प्रभुद्वारा मेरा लागि एउटा ढोका खोलिएको थियो।
12 Ora, quando cheguei a Trôade para pregar o evangelho de Cristo, e quando se me abriu uma porta no Senhor,
13 मैले मेरा भाइ तीतसलाई त्यहाँ नभेट्टाउँदा मेरो मनमा शान्ति थिएन। यसकारण म तिनीहरूबाट बिदा भएर म्यासिडोनियातर्फ गएँ।
13 não tive descanso no meu espírito, porque não achei ali irmão Tito; mas, despedindo-me deles, parti para a Macedônia.
14 तर परमेश्‍वरलाई धन्यवाद होस्, जसले हामीलाई ख्रीष्‍टको विजयको यात्रामा डोर्‍याउनुहुन्छ, र हामीद्वारा नै उहाँको ज्ञानको सुबास्‍ना चारैतिर फैलाउनुहुन्छ।
14 Graças, porém, a Deus que em Cristo sempre nos conduz em triunfo, e por meio de nós difunde em todo lugar o cheiro do seu conhecimento;
15 किनकि उद्धार पाइरहेकाहरू र नष्‍ट भइरहेकाहरूका बीचमा हामी परमेश्‍वरका निम्ति ख्रीष्‍टको मिठो सुबास्‍ना हौँ।
15 porque para Deus somos um aroma de Cristo, nos que se salvam e nos que se perdem.
16 नष्‍ट भइरहेकाहरूका निम्ति मृत्युको गन्ध ल्याउन र उद्धार पाइरहेकाहरूका निम्ति जीवनको सुगन्ध ल्याउन यस्ता कामहरूका लागि को योग्यको छ र?
16 Para uns, na verdade, cheiro de morte para morte; mas para outros cheiro de vida para vida. E para estas coisas quem é idôneo?
17 किनकि हामी ती मानिसहरूजस्ता परमेश्‍वरको वचनलाई लाभका निम्ति व्यापार गर्ने होइनौँ। बरु परमेश्‍वरबाट पठाइएका मानिसहरूजस्ता हामी परमेश्‍वरको सामु ख्रीष्‍टमा छलरहित कुरा बोल्दछौँ।
17 Porque nós não somos falsificadores da palavra de Deus, como tantos outros; mas é com sinceridade, é da parte de Deus e na presença do próprio Deus que, em Cristo, falamos.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar 2 Coríntios 2, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.