2 Coríntios 1

npioncb (NPIONCB) vs BKJ

Sair da comparação
1 परमेश्‍वरको इच्छाद्वारा ख्रीष्‍ट येशूको प्रेरित पावल र हाम्रा भाइ तिमोथीबाट,
1 Paulo, um apóstolo de Jesus Cristo pela vontade de Deus, e Timóteo nosso irmão, à igreja de Deus, que está em Corinto, com todos os santos que estão em toda a Acaia:
2 हाम्रा पिता परमेश्‍वर र प्रभु येशू ख्रीष्‍टबाट तिमीहरूलाई अनुग्रह र शान्ति।
2 Graça seja convosco, e a paz de Deus nosso Pai, e do Senhor Jesus Cristo.
3 हाम्रा प्रभु येशू ख्रीष्‍टका परमेश्‍वर र पितालाई प्रशंसा होस्, जो करुणाका पिता, र सबै सान्त्वनाका परमेश्‍वर हुनुहुन्छ।
3 Bendito seja o Deus e Pai de nosso Senhor Jesus Cristo, o Pai das misericórdias, e o Deus de toda consolação;
4 उहाँले हाम्रा सबै सङ्कष्‍टहरूमा हामीलाई सान्त्वना दिनुहुन्छ, ताकि कुनै पनि सङ्कष्‍टहरूमा परेकाहरूलाई हामीले परमेश्‍वरबाट पाएका सान्त्वनाबाट सान्त्वना दिन सकौँ।
4 que nos conforta em toda a nossa tribulação, para que também possamos confortar os que estiverem em alguma tribulação, por meio do consolo com o qual nós mesmos somos confortados por Deus.
5 किनकि जसरी हामी ख्रीष्‍टका कष्‍टहरूमा सहभागी हुन्छौँ, त्यसरी नै ख्रीष्‍टद्वारा हाम्रो सान्त्वनामा पनि वृद्धि हुन्छ।
5 Porque como os sofrimentos de Cristo são abundantes em nós, assim também a nossa consolação é abundante por meio de Cristo.
6 यदि हामी यातनामा पर्छौँ भने योचाहिँ तिमीहरूकै सान्त्वना र मुक्तिका निम्ति हो। यदि हामीले सान्त्वना पाउँछौँ भने यो तिमीहरूकै सान्त्वनाको निम्ति हो, जसले हामीले भोगेका ती कष्‍टहरू भोग्न तिमीहरूमा धैर्यशील सहनशीलता उत्पन्‍न गराउँछ।
6 E se somos afligidos, é para vossa consolação e salvação; que é eficaz na perseverança dos mesmos sofrimentos que nós também sofremos; ou se somos confortados, é para vossa consolação e salvação.
7 अनि तिमीहरूका लागि हाम्रो आशा दृढ छ; किनकि जसरी तिमीहरू हाम्रा कष्‍टहरूमा सहभागी भयौ, त्यसरी नै हाम्रा सान्त्वनामा पनि सहभागी हुनेछौ भनी हामी जान्दछौँ।
7 E a nossa esperança acerca de vós é firme, sabendo que assim como sois participantes dos sofrimentos, assim também o sereis da consolação.
8 हे दाजुभाइ-दिदीबहिनीहरू हो, हामीले एशियाको प्रान्तमा भोगेका कष्‍टहरूबारे तिमीहरू अनजान रहो भनी हामी चाहन्‍नौँ। हामीले सहन नसक्ने किसिमको कष्‍टको भार हामीमाथि परेको थियो, जसले गर्दा हामी बाँच्छौँ कि बाँच्दैनौँ भनी निश्‍चित थिएनौँ।
8 Porque nós não queremos, irmãos, que ignoreis a dificuldade que nos sobreveio na Ásia, que fomos oprimidos excessivamente, acima das nossas forças, de tal modo que nos desesperamos até da vida;
9 निश्‍चय नै हामीले मृत्युदण्डको अनुभव गरिरहेका थियौँ। तर यस्तो हुनुको कारणचाहिँ हामीले आफूमाथि भरोसा नगरेर मरेकाहरूलाई पुनर्जीवित पार्नुहुने परमेश्‍वरमाथि भरोसा राखौँ भनेर नै हो।
9 mas tínhamos a sentença de morte em nós mesmos, para que não confiássemos em nós mesmos, mas em Deus que ressuscita os mortos;
10 उहाँले हामीलाई यति डरलाग्दो जोखिमबाट छुटाउनुभयो, कि उहाँले हामीलाई फेरि छुटाउनुहुनेछ भनेर हामीले आफ्ना आशा उहाँमाथि नै राखेका छौँ।
10 o qual nos livrou de tão grande morte e livra; em quem confiamos que ainda nos livrará;
11 तिमीहरूले प्रार्थनाद्वारा हामीलाई सहायता गर। तब धेरैका प्रार्थनाको उत्तरस्वरूप हामीले अनुग्रहको निगाह पाएको कारण धेरैले हाम्रो पक्षमा परमेश्‍वरलाई धन्यवाद दिनेछन्।
11 juntos também ajudando com orações por nós, para que pelo dom a nós concedido, por meio de muitas pessoas, graças sejam dadas por muitos a nosso respeito.
12 अब हाम्रो गर्व यही हो: हाम्रा विवेकले यो साक्षी दिन्छ, कि विशेष गरी तिमीहरूप्रति हाम्रो सम्बन्धमा परमेश्‍वरबाट आउने निष्कपटतामा हामीले यस संसारमा पवित्रता र ईश्‍वरीय सत्यतामा व्यवहार गरेका छौँ। हामीले सांसारिक बुद्धिअनुसार होइन, तर परमेश्‍वरको अनुग्रहद्वारा यसो गरेका छौँ।
12 Porque o nosso regozijo é este: o testemunho da nossa consciência, de que, com simplicidade e sinceridade piedosa, não com sabedoria carnal, mas pela graça de Deus, tivemos nossa conversação no mundo, e mais abundantemente convosco.
13 किनकि हामी तिमीहरूले पढ्न र बुझ्न नसक्ने केही लेख्दैनौँ। अनि म आशा गर्दछु, कि
13 Porque não vos escrevemos nenhumas outras coisas, senão as que ledes ou reconheceis; e eu confio que vós as reconhecereis até ao fim;
14 जसरी तिमीहरूले हामीलाई केही मात्रामा बुझेका छौ, तिमीहरूले पूर्ण रूपले बुझ्नेछौ, र तिमीहरूले हाम्रो बारेमा गर्व गर्नेछौ; अनि हामीले पनि प्रभु येशूको दिनमा तिमीहरूबारे गर्व गर्नेछौँ।
14 como também nos reconhecestes em parte, que somos o vosso regozijo, assim como também vós sois o nosso no dia do Senhor Jesus.
15 मलाई यस विषयमा निश्‍चय भएकोले तिमीहरूलाई दोहोरो फाइदा होस् भनेर पहिला तिमीहरूकहाँ आउने योजना मैले बनाएँ।
15 E nesta confiança propus anteriormente ir até vós, para que tivésseis um segundo benefício;
16 म्यासिडोनिया जाँदा तिमीहरूकहाँ आएर भेट्न र फेरि म्यासिडोनियाबाट तिमीहरूकहाँ आउने र त्यहाँबाट यहूदियामा तिमीहरूद्वारा पठाइने योजना मैले बनाएको थिएँ।
16 e de passar por vós até a Macedônia, e novamente retornar da Macedônia e ir a vós, e ser conduzido por vós no meu caminho em direção à Judeia.
17 के मेरो यो योजनामा अस्थिर मानसिकता देखिन्छ र? अथवा के म आफ्नो योजना मानवीय ढङ्गको जस्तो एउटै मुखले “हो, हो” वा “होइन, होइन” भन्दै बनाउने हुँ र?
17 Quando eu, portanto, deliberei isto, usei de leviandade? Ou o que proponho, o delibero segundo a carne, para que em mim haja sim, sim, e não, não?
18 तर निश्‍चय नै परमेश्‍वर विश्‍वासयोग्य हुनुहुन्छ; यसकारण एकै समयमा तिमीहरूका लागि हाम्रो सन्देशचाहिँ “हो” र “होइन” किसिमको भएको छैन।
18 Mas como Deus é verdadeiro, a nossa palavra para convosco não foi sim e não.
19 म, सिलास र तिमोथीद्वारा तिमीहरूका बीचमा प्रचार गरिएका परमेश्‍वरको पुत्र येशू ख्रीष्‍ट “हो” र “होइन” हुनुहुन्‍नथ्यो। तर उहाँमा सदा “हो” नै छ।
19 Porque o Filho de Deus, Jesus Cristo, que foi pregado entre vós por nós, por mim, Silvano e Timóteo, não foi sim e não, mas nele foi sim.
20 किनकि परमेश्‍वरले जति प्रतिज्ञाहरू दिनुभएको छ, ती सबै ख्रीष्‍टमा “पूरा” भएका छन्। अनि यसैकारण परमेश्‍वरको महिमाका निम्ति उहाँद्वारा नै हामीबाट “आमेन” भनिएको छ।
20 Porque todas as promessas de Deus nele são sim, e por ele o Amém, para a glória de Deus por nós.
21 अब परमेश्‍वरले नै हामी र तिमीहरूलाई ख्रीष्‍टमा दृढतासाथ खडा राख्नुहुन्छ। उहाँले हामीलाई अभिषेक गर्नुभएको छ।
21 Ora, aquele que nos estabelece convosco em Cristo, e o que nos ungiu, é Deus;
22 उहाँले हामीलाई आफ्नो स्वामित्वको छाप लगाउनुभएको छ। अब के हुन आउनेछ भन्‍ने पक्‍का गरेर हाम्रा हृदयमा बैना स्वरूप उहाँको पवित्र आत्मा दिनुभएको छ।
22 o qual também nos selou, e deu o penhor do Espírito em nossos corações.
23 तिमीहरूलाई दुःख नहोस् भनी म कोरिन्थमा आइनँ, र जसको लागि म परमेश्‍वरलाई मेरो साक्षीको रूपमा पुकार्छु।
23 Além disso, eu invoco a Deus por testemunha sobre a minha alma, de que para vos poupar ainda não fui para Corinto.
24 हामी तिमीहरूको विश्‍वासमाथि अधिकार जमाउँदैनौँ, तर हामी तिमीहरूसँग तिमीहरूको आनन्दको निम्ति काम गर्छौँ; किनभने विश्‍वासद्वारा नै तिमीहरू दृढतापूर्वक खडा हुन्छौ।
24 Não que tenhamos domínio sobre a vossa fé, mas somos ajudadores de vossa alegria; porque pela fé estais em pé.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar 2 Coríntios 1, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.