2 Coríntios 11

npioncb (NPIONCB) vs ACF

Sair da comparação
ACF Almeida Corrigida Fiel
1 मेरो मूर्खतालाई तिमीहरूले सहिदिए कति असल हुनेथियो! हो, कृपया सहिदेओ।
1 Quisera eu me suportásseis um pouco na minha loucura! Suportai-me, porém, ainda.
2 म तिमीहरूप्रति परमेश्‍वरको जोशले जोशिलो बनेको छु; त्यसैले म प्रतिज्ञा गर्दछु, कि एक जना दुलहा अर्थात् ख्रीष्‍टसित म आफैँले तिमीहरूलाई मगनी गराइदिएको छु, ताकि तिमीहरूलाई एउटी पवित्र दुलहीका रूपमा उहाँलाई प्रस्तुत गर्न सकूँ।
2 Porque estou zeloso de vós com zelo de Deus; porque vos tenho preparado para vos apresentar como uma virgem pura a um marido, a saber, a Cristo.
3 तर हव्वालाई सर्पको धूर्तताले बहकाएझैँ तिमीहरूको मन पनि ख्रीष्‍टप्रतिको आफ्नो निष्कपट र शुद्ध भक्तिबाट बहकिएला कि भन्‍ने मलाई डर लाग्छ।
3 Mas temo que, assim como a serpente enganou Eva com a sua astúcia, assim também sejam de alguma sorte corrompidos os vossos sentidos, e se apartem da simplicidade que há em Cristo.
4 किनकि यदि कोही आएर तिमीहरूलाई हामीले प्रचार गरेको येशूबाहेक अर्को येशूको प्रचार गर्छ, अथवा तिमीहरूले पाएका परमेश्‍वरको आत्माबाहेक अर्को आत्मा तिमीहरूले ग्रहण गर्‍यौ, अथवा तिमीहरूले ग्रहण गरेको भन्दा अर्कै सुसमाचार ग्रहण गर्‍यौ भने तिमीहरूले सजिलै उसको कुरा स्वीकार गर्दारहेछौ।
4 Porque, se alguém for pregar-vos outro Jesus que nós não temos pregado, ou se recebeis outro espírito que não recebestes, ou outro evangelho que não abraçastes, com razão o sofreríeis.
5 तर ती “महा प्रेरितहरू” भन्दा म कमको छु भनेर मान्दिनँ।
5 Porque penso que em nada fui inferior aos mais excelentes apóstolos.
6 म तालिम प्राप्‍त वक्ताजस्तो नहुँला, तर मसित ज्ञान छ। यो हामीले तिमीहरूलाई हरेक प्रकारले स्पष्‍ट गरिसकेका छौँ।
6 E, se sou rude na palavra, não o sou contudo na ciência; mas já em todas as coisas nos temos feito conhecer totalmente entre vós.
7 तिमीहरूलाई उच्‍च पारूँ भनेर परमेश्‍वरको सुसमाचार विनामूल्यमा प्रचार गर्न आफूलाई होच्याएर के मैले गल्ती गरेँ?
7 Pequei, porventura, humilhando-me a mim mesmo, para que vós fôsseis exaltados, porque de graça vos anunciei o evangelho de Deus?
8 तिमीहरूको सेवा गरूँ भनेर मैले अरू मण्डलीबाट आर्थिक सहायता लिएर एक प्रकारले तिनीहरूलाई लुटेँ।
8 Outras igrejas despojei eu para vos servir, recebendo delas salário; e quando estava presente convosco, e tinha necessidade, a ninguém fui pesado.
9 अनि जब मलाई तिमीहरूसित हुँदा खाँचो परेको थियो, तब म कसैको बोझ बनिनँ; किनकि म्यासिडोनियाबाट आएका भाइहरूले मेरो खाँचो पूरा गरिदिए। म कुनै प्रकारले तिमीहरूको भार नबनूँ भनेर आफैँलाई अलग राखेँ, र पछि पनि राख्नेछु।
9 Porque os irmãos que vieram da macedônia supriram a minha necessidade; e em tudo me guardei de vos ser pesado, e ainda me guardarei.
10 ममा ख्रीष्‍टको सत्यता भएझैँ अखैया प्रान्तमा कसैले पनि मेरो गर्वलाई रोक्न सक्दैन।
10 Como a verdade de Cristo está em mim, esta glória não me será impedida nas regiões da Acaia.
11 किन? के म तिमीहरूलाई प्रेम गर्दिनँ भनेर हो त? म प्रेम गर्छु भनी परमेश्‍वर जान्‍नुहुन्छ!
11 Por quê? Porque não vos amo? Deus o sabe.
12 तिनीहरूले गर्व गरेका कुराहरूमा हामीसित बराबर हुने मौका खोज्नेहरूका दाबीलाई रद्द गर्नलाई मैले जे गरिरहेको छु, त्यो म गरिरहनेछु।
12 Mas o que eu faço o farei, para cortar ocasião aos que buscam ocasião, a fim de que, naquilo em que se gloriam, sejam achados assim como nós.
13 किनकि यी मानिसहरूचाहिँ ख्रीष्‍टका प्रेरितको भेषमा आउने झूटा प्रेरितहरू, छलका काम गर्नेहरू हुन्।
13 Porque tais falsos apóstolos são obreiros fraudulentos, transfigurando-se em apóstolos de Cristo.
14 तर यो केही अचम्म होइन; किनकि शैतानले पनि ज्योतिको स्वर्गदूतको भेष लिएर आउँछ।
14 E não é maravilha, porque o próprio Satanás se transfigura em anjo de luz.
15 त्यसका सेवकहरूले पनि धार्मिकताका सेवकहरूको भेष धारण गरे भने यो कुनै अचम्मको कुरा होइन। तिनीहरूको अन्त्य तिनीहरूका कामहरूअनुसार हुनेछ।
15 Não é muito, pois, que os seus ministros se transfigurem em ministros da justiça; o fim dos quais será conforme as suas obras.
16 म फेरि भन्दछु: कसैले पनि मलाई मूर्ख नसम्झोस्। तर यदि तिमीहरू त्यस्तो सम्झन्छौ भने मूर्खलाई झैँ मलाई ग्रहण गर, ताकि म थोरै भए तापनि गर्व गर्न सकूँ।
16 Outra vez digo: Ninguém me julgue insensato, ou então recebei-me como insensato, para que também me glorie um pouco.
17 यस प्रकारको गर्व प्रभुको इच्छाअनुसार हुँदैन, तर म एउटा मूर्खले झैँ बोलिरहेको छु।
17 O que digo, não o digo segundo o Senhor, mas como por loucura, nesta confiança de gloriar-me.
18 किनकि धेरैले संसारले जस्तै गर्व गरिरहेका हुनाले, म पनि त्यसरी नै गर्व गर्नेछु।
18 Pois que muitos se gloriam segundo a carne, eu também me gloriarei.
19 तिमीहरू धेरै बुद्धिमानी भएका हुनाले खुशीसाथ मूर्खहरूलाई सहन्छौ!
19 Porque, sendo vós sensatos, de boa mente tolerais os insensatos.
20 वास्तवमा तिमीहरूलाई सेवकहरू तुल्याउनेहरूलाई, अथवा तिमीहरूलाई शोषण गर्नेहरूलाई, अथवा तिमीहरूबाट फाइदा उठाउनेहरूलाई, अथवा तिमीहरूलाई घचेट्ने वा अनुहारमा थप्पड लाउनेहरूलाई पनि सहन्छौ।
20 Pois sois sofredores, se alguém vos põe em servidão, se alguém vos devora, se alguém vos apanha, se alguém se exalta, se alguém vos fere no rosto.
21 म लज्जित भएर यो स्वीकार गर्छु, कि यस्तो कामका लागि हामी अति नै कमजोर थियौँ।
21 Envergonhado o digo, como se nós fôssemos fracos, mas no que qualquer tem ousadia (com insensatez falo) também eu tenho ousadia.
22 के तिनीहरू हिब्रूहरू हुन्? म पनि हुँ! के तिनीहरू इस्राएलीहरू हुन्? म पनि हुँ! के तिनीहरू अब्राहामका वंश हुन्? म पनि हुँ!
22 São hebreus? também eu. São israelitas? também eu. São descendência de Abraão? também eu.
23 के तिनीहरू ख्रीष्‍टका सेवकहरू हुन्? म त झन् बढी हुँ (म पागलझैँ बोलिरहेको छु)। मैले अझ कठोर परिश्रम गरेको छु, म झन् घरी-घरी कैदमा परेको छु, झन् बढी कोर्राले पिटिएको छु, र बारम्बार मृत्युको मुखमा परेको छु।
23 São ministros de Cristo? (falo como fora de mim) eu ainda mais: em trabalhos, muito mais; em açoites, mais do que eles; em prisões, muito mais; em perigo de morte, muitas vezes.
24 पाँचपल्ट मैले यहूदीहरूबाट एक कम चालीस कोर्रा खाएको छु।
24 Recebi dos judeus cinco quarentenas de açoites menos um.
25 तीनपल्ट म लहुरोले पिटिएको छु; एकपल्ट ढुङ्गाले हानिएको छु, तीनपल्ट जहाजको दुर्घटनामा परेको छु; मैले एक रात एक दिन समुद्रमा नै बिताएको छु।
25 Três vezes fui açoitado com varas, uma vez fui apedrejado, três vezes sofri naufrágio, uma noite e um dia passei no abismo;
26 म लगातार यात्रामा अगि बढिरहेको छु। म नदीहरूको जोखिममा परेँ, डाँकुहरूका जोखिममा, आफ्नै देशवासीहरूका जोखिममा, गैरयहूदीहरूका जोखिममा, सहरको जोखिममा, बिरानो भूमिको जोखिममा, समुद्रको जोखिममा र झूटा भाइहरूको जोखिममा परेको छु।
26 Em viagens muitas vezes, em perigos de rios, em perigos de salteadores, em perigos dos da minha nação, em perigos dos gentios, em perigos na cidade, em perigos no deserto, em perigos no mar, em perigos entre os falsos irmãos;
27 मैले कठोर परिश्रम गरेको छु; म रातभरि नसुती बसेको छु; मैले भोक र तिर्खा जानेको छु, र धेरैपल्ट भोकै बसेको छु; मैले चिसो भोगेको छु र लुगाफाटाको अभावमा पनि बसेको छु।
27 Em trabalhos e fadiga, em vigílias muitas vezes, em fome e sede, em jejum muitas vezes, em frio e nudez.
28 यीबाहेक दिनहुँ सबै मण्डलीहरूको चिन्ताले थिचिएको हुन्छु।
28 Além das coisas exteriores, me oprime cada dia o cuidado de todas as igrejas.
29 को कमजोर छैन, र म कमजोर महसुस नगरूँ? कोही पापमा पर्दा मचाहिँ व्याकुल हुँदिनँ र?
29 Quem enfraquece, que eu também não enfraqueça? Quem se escandaliza, que eu me não abrase?
30 यदि मैले गर्व गर्नुपर्छ भने म मेरा कमजोरी देखाउने कुराहरूमा गर्व गर्नेछु।
30 Se convém gloriar-me, gloriar-me-ei no que diz respeito à minha fraqueza.
31 सदासर्वदा प्रशंसा पाइरहनुपर्ने प्रभु येशूका परमेश्‍वर पिताले जान्‍नुहुन्छ, मैले झूट बोलिरहेको छैनँ।
31 O Deus e Pai de nosso Senhor Jesus Cristo, que é eternamente bendito, sabe que não minto.
32 दमस्कसमा राजा अरितसका अधीनका हाकिमले मलाई पक्रनु भनेर दमस्कस सहरमा पहरा राखेका थिए।
32 Em Damasco, o que governava sob o rei Aretas pôs guardas às portas da cidade dos damascenos, para me prenderem.
33 तर मलाई एउटा टोकरीमा राखेर पर्खालको झ्यालबाट तल झारिदिए र तिनको हातबाट उम्किएँ।
33 E fui descido num cesto por uma janela da muralha; e assim escapei das suas mãos.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar 2 Coríntios 11, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.