1 Timóteo 6
npioncb (NPIONCB) vs ARA
1 दासत्वको जुवामुनि हुनेहरू, सबैले आ-आफ्ना मालिकहरू पूर्ण आदरका योग्य छन् भनी ठानून्; ताकि परमेश्वरको नाम र शिक्षाको बदनामी नहोस्।
1 Todos os servos que estão debaixo de jugo considerem dignos de toda honra o próprio senhor, para que o nome de Deus e a doutrina não sejam blasfemados.
2 जसका मालिकहरू विश्वासी छन्; तिनीहरूले ती मालिकहरू विश्वासमा सङ्गी विश्वासीहरू हुन् भनेर अनादर नगरून्; बरु तिनीहरूका सेवाबाट लाभ उठाउने विश्वासी नै हुन्। अनि तिनीहरूप्रति प्रिय छन् र तिनीहरूको भलो चिताउँछन् भनेर तिनीहरूको सेवा अझ राम्रोसँग गरून्।
2 Também os que têm senhor fiel não o tratem com desrespeito, porque é irmão; pelo contrário, trabalhem ainda mais, pois ele, que partilha do seu bom serviço, é crente e amado. Ensina e recomenda estas coisas.
3 यदि कसैले हाम्रोभन्दा भिन्नै शिक्षा सिकाउँछ, र हाम्रा प्रभु येशू ख्रीष्टका उचित वचन र भक्तिअनुसारका शिक्षासित सहमत हुँदैन भने,
3 Se alguém ensina outra doutrina e não concorda com as sãs palavras de nosso Senhor Jesus Cristo e com o ensino segundo a piedade,
4 ती घमण्डले फुलिएका हुन्छन् र केही पनि जानेका हुँदैनन्; तर तिनीहरूलाई विवादहरू गर्ने मनोरोग लागेको हुन्छ, र यस्ता शब्दहरूका बारेमा झगडा गर्छन्; जसले डाह, कलह, बदनाम र खराब शङ्काहरू उत्पन्न गराउँछन्;
4 é enfatuado, nada entende, mas tem mania por questões e contendas de palavras, de que nascem inveja, provocação, difamações, suspeitas malignas,
5 अनि बुद्धि भ्रष्ट भएका र सत्यबाट अलग भएका मानिसहरूका माझमा कचिङ्गल उठाउँछन्; अनि भक्तिचाहिँ लाभको साधन हो भनी तिनीहरू ठान्छन्।
5 altercações sem fim, por homens cuja mente é pervertida e privados da verdade, supondo que a piedade é fonte de lucro.
6 तर सन्तुष्टिसहितको भक्ति नै ठूलो लाभ हो।
6 De fato, grande fonte de lucro é a piedade com o contentamento.
7 किनकि हामीले यस संसारमा न केही ल्यायौँ, न त यसबाट केही लिएर जानेछौँ।
7 Porque nada temos trazido para o mundo, nem coisa alguma podemos levar dele.
8 तर यदि हामीसित खानेकुरा र लगाउने कुराहरू छन् भने हामी त्यसैमा सन्तुष्ट रहन सक्नुपर्छ।
8 Tendo sustento e com que nos vestir, estejamos contentes.
9 जो धनी हुन चाहन्छन्, तिनीहरू परीक्षा र पासोमा फस्छन्; अनि धेरै मूर्ख र हानिकारक इच्छाहरूमा फस्छन्, जसले मानिसहरूलाई बरबादी र सर्वनाशमा डुबाउँछन्।
9 Ora, os que querem ficar ricos caem em tentação, e cilada, e em muitas concupiscências insensatas e perniciosas, as quais afogam os homens na ruína e perdição.
10 किनकि रुपियाँपैसाप्रतिको प्रेम नै सबै खराबीको जरा हो। कति मानिसहरू रुपियाँपैसाको लोभमा परेर विश्वासबाट पछि हटेका छन्, र धेरै पीडाहरूले आफूलाई छेडेका छन्।
10 Porque o amor do dinheiro é raiz de todos os males; e alguns, nessa cobiça, se desviaram da fé e a si mesmos se atormentaram com muitas dores.
11 तर हे परमेश्वरका जन, तिमी यी सबै कुराहरूबाट अलग बस, र धार्मिकता, भक्ति, विश्वास, प्रेम, सहनशीलता र नम्रताको पछि लाग।
11 Tu, porém, ó homem de Deus, foge destas coisas; antes, segue a justiça, a piedade, a fé, o amor, a constância, a mansidão.
12 विश्वासको उत्तम लडाइँ लड। अनन्त जीवन पक्रिराख; यसैका लागि तिमीलाई बोलावट भएको थियो, जब तिमीले धेरै साक्षीहरूका उपस्थितिमा तिम्रो विश्वासको असल साक्षी दिएका थियौ।
12 Combate o bom combate da fé. Toma posse da vida eterna, para a qual também foste chamado e de que fizeste a boa confissão perante muitas testemunhas.
13 प्रत्येकलाई जीवन दिनुहुने परमेश्वर र पन्तियस पिलातसको सामु असल विश्वासको गवाही दिनुहुने ख्रीष्ट येशूको दृष्टिमा, म तिमीलाई यो आदेश दिन्छु:
13 Exorto-te, perante Deus, que preserva a vida de todas as coisas, e perante Cristo Jesus, que, diante de Pôncio Pilatos, fez a boa confissão,
14 प्रभु येशू ख्रीष्टको दोस्रो आगमनसम्म यस आज्ञालाई बेदाग अथवा दोषरहित राख,
14 que guardes o mandato imaculado, irrepreensível, até à manifestação de nosso Senhor Jesus Cristo;
15 जसलाई परमेश्वरले आफ्नै समयमा प्रकट गर्नुहुनेछ। परमेश्वर, परमधन्य र एक मात्र शासक, राजाहरूका राजा तथा प्रभुहरूका प्रभु हुनुहुन्छ।
15 a qual, em suas épocas determinadas, há de ser revelada pelo bendito e único Soberano, o Rei dos reis e Senhor dos senhores;
16 उहाँ मात्र अमर हुनुहुन्छ, र उहाँ त्यस ज्योतिमा बास गर्नुहुन्छ, जसको नजिक कोही पनि जान सक्दैन। उहाँलाई कुनै मानिसले कहिल्यै देखेको छैन, न त देख्न नै सक्छ। उहाँको महिमा र सामर्थ्य सदासर्वदा रहोस्! आमेन।
16 o único que possui imortalidade, que habita em luz inacessível, a quem homem algum jamais viu, nem é capaz de ver. A ele honra e poder eterno. Amém!
17 वर्तमान संसारमा भएका धनीहरू घमण्डी नहोऊन्, र आफ्नो आशा अनिश्चित धनसम्पत्तिमा होइन, तर हाम्रो उपभोगको निम्ति प्रत्येक थोक प्रशस्त दिनुहुने परमेश्वरमा लगाऊन् भनी आज्ञा देऊ।
17 Exorta aos ricos do presente século que não sejam orgulhosos, nem depositem a sua esperança na instabilidade da riqueza, mas em Deus, que tudo nos proporciona ricamente para nosso aprazimento;
18 तिनीहरूले असल गरून्, असल कामहरूमा धनी होऊन्, र उदार चित्तले बाँडचुँड गर्नेहरू होऊन् भनी आज्ञा देऊ।
18 que pratiquem o bem, sejam ricos de boas obras, generosos em dar e prontos a repartir;
19 यसरी नै तिनीहरूले आउने युगका निम्ति असल जगको रूपमा आफ्नै लागि सम्पत्ति थुपार्नेछन्, र तिनीहरूले त्यो जीवनलाई पक्रिराखून्, जो साँच्चै नै आउने युगको साँचो जीवन हो।
19 que acumulem para si mesmos tesouros, sólido fundamento para o futuro, a fim de se apoderarem da verdadeira vida.
20 हे तिमोथी, तिमीलाई जे सुम्पिएको छ, त्यसलाई सुरक्षित राख। भक्तिहीन गन्थन र विरोधपूर्ण विचारहरू, जसलाई झूटो रूपमा ज्ञान भनिन्छ, त्यसबाट अलग बस।
20 E tu, ó Timóteo, guarda o que te foi confiado, evitando os falatórios inúteis e profanos e as contradições do saber, como falsamente lhe chamam,
21 यस्ता कुराहरूलाई स्वीकार गरेर कति जना त आफ्नो मूल विश्वासबाट तर्किगएका छन्।
21 pois alguns, professando-o, se desviaram da fé. A graça seja convosco.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar 1 Timóteo 6, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.