1 Samuel 9
npioncb (NPIONCB) vs VC
1 बेन्यामीनको कुलका एक प्रभावशाली मानिस थिए, जसको नाम कीश थियो; जो अबीएलका छोरा थिए। अबीएल जरोरका छोरा थिए, जरोर बकोरतका छोरा थिए, बकोरत बेन्यामीन कुलका अपियाहका छोरा थिए।
1 Havia um homem de Benjamim, chamado Cis, filho de Abiel, filho de Seror, filho de Becorat, filho de Afia, de família benjaminita, que era um homem valente.
2 कीशका शाऊल नाम भएका एक जना छोरा थिए, जो सुन्दर जवान मानिस थिए। उनको बराबरको व्यक्ति इस्राएलमा कहीँ पनि भेटिँदैन थियो। उनको कुमभन्दा अग्लो अरू कोही पनि थिएनन्।
2 Tinha um filho chamado Saul, que era jovem e belo. Não havia em Israel outro mais belo do que ele; dos ombros para cima sobressaía a todo o povo.
3 एक दिन शाऊलका पिता कीशका गधाहरू हराए। अनि कीशले आफ्नो छोरा शाऊललाई भने, “एक जना सेवकलाई लिएर ती गधाहरूलाई खोज्न जा।”
3 Tendo-se perdido as jumentas de Cis, pai de Saul, disse aquele ao seu filho: Toma um servo contigo e vai procurar as jumentas.
4 यसकारण तिनी एफ्राइमको पहाडी मुलुकबाट शलीशाको वरिपरि भएर अगि गए, तर तिनीहरूले गधाहरू भेट्टाएनन्। तब तिनीहरू अगि बढे, र शालीमको इलाकातिर गए, तर त्यहाँ पनि ती गधाहरू थिएनन्। त्यसपछि तिनी बेन्यामीनको इलाका भएर गए, तर पनि गधाहरू भेट्टाउन सकेनन्।
4 Saul atravessou a montanha de Efraim e entrou na terra de Salisa, sem nada encontrar; percorreu a terra de Salim, mas em vão. Na terra de Benjamim não as encontrou tampouco.
5 जब तिनीहरू सूपको जिल्लामा पुगे, तब शाऊलले आफ्नो साथमा भएको सेवकलाई भने, “आइज, हामी घर फर्कौँ। नत्रता मेरा बुबाले गधाहरूको बारेमा फिक्री गर्न छाडेर हाम्रोचाहिँ चिन्ता गर्नुहुनेछ।”
5 Tendo chegado à terra de Suf, Saul disse ao seu servo: Vem, voltemos. Meu pai poderia não mais pensar nas jumentas e ficar com cuidados por nós.
6 तर त्यस सेवकले जवाफ दियो, “हेर्नुहोस्, यस सहरमा एक जना परमेश्वरका जन छन्; जो अति आदरणीय छन्, र तिनले भनेका हरेक कुरा सत्य हुन्छन्। अहिले हामी त्यहाँ जाऔँ। सायद तिनले हामी कुन बाटो जानुपर्ने हो, सो बताउन सक्लान् कि।”
6 Nesta cidade, disse-lhe o servo, há um homem de Deus, varão muito considerado; tudo o que ele prediz se cumpre. Vamos lá; talvez ele nos mostrará o caminho que devemos tomar.
7 शाऊलले आफ्नो सेवकलाई भने, “यदि हामी गयौँ भने त्यस मानिसलाई के दिन सक्छौँ त? हाम्रा झोलामा भएका खानेकुरा सकिएका छन्। हामीसँग परमेश्वरका जनकहाँ लैजान केही उपहार पनि छैन। हामीसँग के छ र?”
7 Saul respondeu: Está bem, vamos; mas o que havemos de oferecer-lhe? Nossos alforjes estão vazios, e não temos presente algum para dar ao homem de Deus. O que nos resta?
8 त्यस सेवकले शाऊललाई जवाफ दियो, “मसँग लगभग तीन शेकेल चाँदी छ। म परमेश्वरका जनलाई यो दिनेछु, ताकि हामी कुन बाटो जानुपर्ने हो, सो तिनले बताइदेलान्।”
8 Tenho aqui um quarto de siclo de prata, respondeu o servo; dá-lo-ei ao homem de Deus para que ele nos mostre o caminho.
9 (त्यस बेला इस्राएलमा यदि कोही मानिस परमेश्वरसँग केही सोध्न जान्थ्यो, तिनीहरूले यसो भन्ने गर्थे, “हामी दर्शीकहाँ जाऔँ,” किनकि आजभोलिका अगमवक्तालाई त्यस समयमा दर्शी भनिन्थ्यो।)
9 {Antigamente, em Israel, todo o que ia consultar a Deus, dizia: Vinde, vamos ao vidente. Chamava-se então vidente ao que hoje se chama profeta.}
10 तब शाऊलले आफ्नो सेवकलाई भने, “ठिक छ, हामी जाऔँ।” यसकारण तिनीहरू परमेश्वरका जन भएको सहरमा गए।
10 Saul disse ao seu servo: Tens razão. Anda, vamos E foram à cidade onde estava o homem de Deus.
11 तिनीहरू त्यस सहरको उकालो जाँदै गर्दा तिनीहरूले पानी भर्न आइरहेका केही जवान केटीहरूलाई भेटे, र तिनीहरूले उनीहरूलाई सोधे, “के दर्शी यहीँ हुनुहुन्छ होला?”
11 Subindo eles a encosta da cidade, encontraram umas moças que saíam a buscar água. Há um vidente aqui?, perguntaram-lhes.
12 तिनीहरूले भने, “हजुर, उहाँ हुनुहुन्छ। उहाँ तपाईंहरूभन्दा अगि-अगि जाँदैहुनुहुन्छ। अब चाँडो गर्नुहोस्; किनकि यहाँका मानिसहरूले अल्गा देवस्थानमा बलिदान चढाएका कारण आज उहाँ हाम्रो सहरमा आउनुभएको छ।”
12 Sim, responderam elas; ali diante de ti. Apressa-te; ele veio hoje à cidade, porque o povo oferece um sacrifício no lugar alto.
13 “तपाईंहरू सहरमा पस्नसाथ उहाँ त्यहाँ भोजन गर्न जानुभन्दा अगि नै तपाईंहरूले उहाँलाई भेट्टाउनुहुनेछ। उहाँ त्यस ठाउँमा नपुगेसम्म मानिसहरूले खाँदैनन्; किनकि उहाँले त्यस बलिदानलाई आशिष् दिनुपर्छ। त्यसपछि मात्र आमन्त्रित व्यक्तिहरूले खानेछन्। चाँडै उँभो लाग्नुहोस्; तपाईंहरूले अहिले नै उहाँलाई भेट्टाउनुहुनेछ।”
13 Ao entrar na cidade, encontrá-lo-eis seguramente antes que suba ao lugar alto para o festim. O povo não comerá antes que ele chegue, pois ele deverá abençoar o sacrifício; os convidados só comerão depois. Subi, pois; hoje o encontrareis.
14 तब तिनीहरू त्यस सहरमा गए; अनि तिनीहरू त्यस सहरमा पस्दैगर्दा अल्गा देवस्थानमा जानलाई शमूएल तिनीहरूतिर आइरहेका थिए।
14 Subiram à cidade. No momento em que entravam, encontraram Samuel que saía para subir ao lugar alto.
15 अब शाऊल आउनुभन्दा अगिल्लो दिन नै याहवेहले शमूएललाई यो कुरा प्रकट गरिसक्नुभएको थियो:
15 Ora, na véspera da chegada de Saul, o Senhor tinha revelado a Samuel:
16 “म भोलि यही समयमा तँकहाँ बेन्यामीनको देशबाट एउटा मानिसलाई पठाउनेछु। त्यसलाई मेरो जाति इस्राएलीहरूको अगुवा अभिषेक गर्नू; त्यसले मेरो जातिलाई पलिश्तीहरूका हातबाट छुटाउनेछ। मैले मेरो जातिमाथि दृष्टि लगाएको छु; किनकि तिनीहरूको क्रन्दन मकहाँ आइपुगेको छ।”
16 Amanhã, e esta mesma hora, mandar-te-ei um homem da terra de Benjamim, e tu o ungirás para chefe do meu povo de Israel, para que ele livre o povo das mãos dos filisteus. Porque voltei os meus olhos para o meu povo, e o seu clamor chegou até a mim.
17 जब शमूएलले शाऊललाई देखे, तब याहवेहले तिनलाई भन्नुभयो, “मैले तँसित जसको बारेमा कुरा गरेको थिएँ, त्यो मानिस यही हो। यसले नै मेरा मानिसहरूमाथि शासन गर्नेछ।”
17 Quando Samuel viu Saul, Deus disse-lhe: Eis o homem de quem te falei: este reinará sobre o meu povo.
18 शाऊलले शमूएललाई मूलढोकामा भेटेर सोधे, “दर्शीको घर कहाँ छ, कृपया मलाई बताइदिनुहोस्!”
18 Saul aproximou-se de Samuel à porta da cidade e disse-lhe: Rogo-te que me digas onde é a casa do vidente.
19 शमूएलले शाऊललाई जवाफ दिए, “दर्शी म नै हुँ। मेरो अगि-अगि त्यस अल्गा देवस्थानमा जाओ; किनकि आज तिमीहरूले मसित खानेछौ। अनि भोलि बिहानै तिमीलाई जान दिनेछु; र तिम्रो हृदयमा भएका सबै कुराहरू बताइदिनेछु।
19 Sou eu mesmo o vidente, respondeu Samuel; sobe na minha frente ao lugar alto; comereis hoje comigo. Amanhã te deixarei partir, depois de ter revelado a ti tudo o que tens no coração.
20 अनि तिमीले तीन दिन अगि हराएका गधाहरूको बारेमा चिन्ता नगर; किनकि ती फेला परिसकेका छन्। अनि इस्राएलको आसा तिमी र तिम्रा पिताका सम्पूर्ण परिवारतिर नै फर्किएको छ।”
20 Quanto às jumentas perdidas há dois ou três dias, não te inquietes por isso, porque já foram encontradas. E de quem será toda a beleza de Israel? Não é porventura tua e de toda a casa de teu pai?
21 शाऊलले जवाफ दिए, “तर म इस्राएलका सबैभन्दा सानो कुल बेन्यामीनबाट हुँ। अनि मेरो वंश बेन्यामीन कुलका वंशहरूमा सबैभन्दा सानो छ। तपाईंले किन मलाई यस्तो कुरा भन्नुहुन्छ?”
21 Saul respondeu: Eu sou um benjaminita, filho da menor tribo de Israel; e minha família é a menor de todas as famílias de Benjamim. Por que, pois, me falas assim?
22 तब शमूएलले शाऊल र तिनको सेवकलाई ठूलो कोठामा ल्याए। अनि तिनीहरूलाई आमन्त्रित तीस जना प्रमुख व्यक्तिहरूका बीचमा प्रमुख स्थानमा बसाए।
22 Samuel, tomando Saul e o seu servo, levou-os para a sala do festim e deu-lhes o primeiro lugar entre os convidados, que eram em número de aproximadamente trinta pessoas.
23 तब शमूएलले भान्सेलाई भने, “मैले तँलाई अलग्गै राख्नू भनेर दिएको मासुको टुक्रा लिएर आइज।”
23 Samuel disse ao cozinheiro: Serve a porção que te dei e que te mandei pôr à parte.
24 यसकारण त्यस भान्सेले फिला र त्यससित जे थियो, त्यो ल्याएर शाऊलको सामु राखिदियो। शमूएलले भने, “तिम्रो निम्ति राखिएको कुरा यही हो। यसलाई खाऊ, किनकि ‘मैले पाहुनाहरू निम्त्याएको छु’ भनेर मैले भनेको समयदेखि यो तिम्रो निम्ति यस विशेष अवसरको निम्ति छुट्याइएको थियो।” अनि त्यस दिन शाऊलले शमूएलसँग भोजन खाए।
24 Tomou, pois, o cozinheiro a espádua com o que nela havia e a serviu a Saul. Samuel disse: Eis diante de ti a porção que te foi reservada. Come-a; reservei-a para este momento quando convidei o povo. Saul e Samuel comeram juntos naquele dia.
25 तिनीहरू त्यस अल्गा देवस्थानदेखि सहरमा आइपुगेपछि, शमूएलले आफ्नो घरको कौसीमा शाऊलसित बातचित गरे।
25 Do lugar alto desceram para a cidade e prepararam uma cama para Saul no terraço
26 तिनीहरू झिसमिसे उज्यालोमा उठे; अनि शमूएलले शाऊललाई घरको कौसीमा बोलाएर भने, “तयार होउ, र अब म तिमीलाई बिदा गर्नेछु।” जब शाऊल तयार भए, तब शाऊल र शमूएल एकसाथ घरबाट बाहिर निस्के।
26 e ele foi dormir. No dia seguinte, ao romper da aurora, Samuel chamou Saul ao terraço e disse-lhe: Levanta-te, e deixar-te-ei partir. Saul levantou-se e saíram os dois juntos.
27 जब तिनीहरू सहरको पल्लो छेउमा पुगे, तब शमूएलले शाऊललाई भने, “त्यो सेवकलाई हाम्रो अगि जानलाई भन।” अनि त्यो सेवकले त्यसै गर्यो, “तर तिमीचाहिँ एकछिन यहीँ बस, ताकि म तिमीलाई परमेश्वरको सन्देश बताउन सकूँ।”
27 Quando chegaram aos limites da cidade, Samuel disse a Saul: Dize ao teu servo que passe e vá adiante de nós, e o servo passou adiante; mas tu detém-te aqui para que eu te comunique uma palavra de Deus.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar 1 Samuel 9, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.