1 Samuel 8

npioncb (NPIONCB) vs ACF

Sair da comparação
ACF Almeida Corrigida Fiel
1 जब शमूएल वृद्ध भए, तब तिनले आफ्ना छोराहरूलाई इस्राएलका न्यायकर्ता नियुक्त गरे।
1 E sucedeu que, tendo Samuel envelhecido, constituiu a seus filhos por juízes sobre Israel.
2 तिनको जेठा छोराको नाम योएल र माहिलो छोराको नाम अबीयाह थियो। तिनीहरूले बेर्शेबामा सेवा गर्थे।
2 E o nome do seu filho primogênito era Joel, e o nome do seu segundo, Abia; e foram juízes em Berseba.
3 तर तिनका छोराहरू तिनको चालमा हिँडेनन्। तिनीहरू अनुचित तरिकाले पैसा कमाउनतिर लागे, र घूस लिएर न्यायलाई भ्रष्‍ट पार्न थाले।
3 Porém seus filhos não andaram pelos caminhos dele, antes se inclinaram à avareza, e aceitaram suborno, e perverteram o direito.
4 यसकारण इस्राएलका सारा प्रधानहरू एकसाथ भेला भए, र रामामा शमूएलकहाँ आए।
4 Então todos os anciãos de Israel se congregaram, e vieram a Samuel, a Ramá,
5 तिनीहरूले तिनलाई भने, “तपाईं वृद्ध हुनुभएको छ, र तपाईंका छोराहरू तपाईंका चालमा हिँड्दैनन्। अब अरू राष्ट्रहरूजस्तै हामीलाई पनि न्याय गर्न एउटा राजा नियुक्त गरिदिनुहोस्।”
5 E disseram-lhe: Eis que já estás velho, e teus filhos não andam pelos teus caminhos; constitui-nos, pois, agora um rei sobre nós, para que ele nos julgue, como o têm todas as nações.
6 तर जब तिनीहरूले भने, “हामीलाई न्याय गर्नलाई एउटा राजा दिनुहोस्,” यस कुराले शमूएल अप्रसन्‍न भए। यसकारण तिनले याहवेहसँग प्रार्थना गरे।
6 Porém esta palavra pareceu mal aos olhos de Samuel, quando disseram: Dá-nos um rei, para que nos julgue. E Samuel orou ao Senhor.
7 अनि याहवेहले शमूएललाई भन्‍नुभयो, “ती मानिसहरूले तँलाई भनेका सबै कुराहरू सुन्। तिनीहरूले तँलाई इन्कार गरेका होइनन्, तर तिनीहरूले मलाई नै तिनीहरूका राजाको रूपमा इन्कार गरेका हुन्।”
7 E disse o Senhor a Samuel: Ouve a voz do povo em tudo quanto te dizem, pois não te têm rejeitado a ti, antes a mim me têm rejeitado, para eu não reinar sobre eles.
8 मैले तिनीहरूलाई इजिप्टबाट ल्याएको दिनदेखि आजको दिनसम्म जसरी तिनीहरूले मलाई त्यागेर अरू देवी-देवताहरूका सेवा गरेका छन्, तँसँग पनि तिनीहरूले त्यस्तै गरिरहेका छन्।
8 Conforme a todas as obras que fizeram desde o dia em que os tirei do Egito até ao dia de hoje, a mim me deixaram, e a outros deuses serviram, assim também fazem a ti.
9 अब तिनीहरूको कुरा सुन्। तर तिनीहरूमाथि शासन गर्ने राजाको शासन कस्तो हुनेछ, सो तिनीहरूलाई गम्भीरतापूर्वक चेतावनी दिँदै बताइदे।
9 Agora, pois, ouve à sua voz, porém protesta-lhes solenemente, e declara-lhes qual será o costume do rei que houver de reinar sobre eles.
10 यसकारण राजाको माग गर्ने ती मानिसहरूलाई याहवेहले भन्‍नुभएका सबै कुरा शमूएलले बताइदिए।
10 E falou Samuel todas as palavras do Senhor ao povo, que lhe pedia um rei.
11 तिनले भने, “तिमीहरूमाथि शासन गर्ने राजाले तिमीहरूसँग यसो गर्नेछन्: तिनले तिमीहरूका छोराहरूलाई लानेछन्। अनि तिनीहरूलाई आफ्ना रथहरू हाँक्ने काममा लगाउनेछन्; र घोडचढीहरू बनाउनेछन्। अनि तिनीहरूलाई तिनका रथहरूका अगि-अगि दगुर्न लगाउनेछन्।
11 E disse: Este será o costume do rei que houver de reinar sobre vós; ele tomará os vossos filhos, e os empregará nos seus carros, e como seus cavaleiros, para que corram adiante dos seus carros.
12 कतिलाई चाहिँ तिनले हजारौँ र कतिलाई चाहिँ पचासौँमाथि सेनापति बनाउनेछन्। कतिलाई चाहिँ तिनको जमिन खनजोत गर्ने र कटनी गर्ने काममा खटाउनेछन्। अनि अझ अरूहरूलाई चाहिँ लडाइँका निम्ति हतियारहरू र तिनका रथहरूका सामानहरू बनाउन लगाउनेछन्।
12 E os porá por chefes de mil, e de cinqüenta; e para que lavrem a sua lavoura, e façam a sua sega, e fabriquem as suas armas de guerra e os petrechos de seus carros.
13 तिनले तिमीहरूका छोरीहरूलाई लगेर अत्तर बनाउने, भान्से र रोटी बनाउने काममा लगाउनेछन्।
13 E tomará as vossas filhas para perfumistas, cozinheiras e padeiras.
14 तिनले तिमीहरूका खेतहरू र दाखबारीहरू अनि जैतुनबारीबाट सबैभन्दा असल फलहरू लिएर आफ्ना कर्मचारीहरूलाई दिनेछन्।
14 E tomará o melhor das vossas terras, e das vossas vinhas, e dos vossos olivais, e os dará aos seus servos.
15 तिनले तिमीहरूका अन्‍न र दाखबारीको दशांश लिएर ती आफ्ना अधिकृतहरू र कर्मचारीहरूलाई दिनेछन्।
15 E as vossas sementes, e as vossas vinhas dizimará, para dar aos seus oficiais, e aos seus servos.
16 तिमीहरूका सेवक-सेविकाहरू र तिमीहरूका सबैभन्दा असल गाईबस्तु र गधाहरूलाई तिनले आफ्नै कामको निम्ति प्रयोग गर्नेछन्।
16 Também os vossos servos, e as vossas servas, e os vossos melhores moços, e os vossos jumentos tomará, e os empregará no seu trabalho.
17 तिनले तिमीहरूका बगालको दशांश लिनेछन्। तिमीहरू आफैँ पनि तिनका दास बन्‍नेछौ।
17 Dizimará o vosso rebanho, e vós lhe servireis de servos.
18 जब त्यो दिन आउँछ, तब तिमीहरू आफैँले चुनेका राजाबाट छुटकारा पाउन तिमीहरूले पुकार्नेछौ; तर त्यस दिन याहवेहले तिमीहरूलाई जवाफ दिनुहुनेछैन।”
18 Então naquele dia clamareis por causa do vosso rei, que vós houverdes escolhido; mas o Senhor não vos ouvirá naquele dia.
19 तर मानिसहरूले शमूएलको कुरा सुन्‍न इन्कार गरे। तिनीहरूले भने, “जेसुकै होस्! हामी राजा चाहन्छौँ।
19 Porém o povo não quis ouvir a voz de Samuel; e disseram: Não, mas haverá sobre nós um rei.
20 तब हामी अरू राष्ट्रहरूजस्तै हुनेछौँ। अनि हामीलाई न्याय गर्न र युद्धमा लड्नका लागि हाम्रा अगि-अगि जानलाई राजा हुनेछन्।”
20 E nós também seremos como todas as outras nações; e o nosso rei nos julgará, e sairá adiante de nós, e fará as nossas guerras.
21 जब शमूएलले ती मानिसहरूले भनेका सबै कुराहरू सुने, तब तिनले त्यस कुरालाई याहवेहको सामु दोहोर्‍याइदिए।
21 Ouvindo, pois, Samuel todas as palavras do povo, as repetiu aos ouvidos do Senhor.
22 याहवेहले जवाफ दिनुभयो, “तिनीहरूले भनेका कुरा मान्, र तिनीहरूका निम्ति एउटा राजा नियुक्त गर्।”
22 Então o Senhor disse a Samuel: Dá ouvidos à sua voz, e constitui-lhes rei. Então Samuel disse aos homens de Israel: Volte cada um à sua cidade.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar 1 Samuel 8, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.