1 Samuel 6
npioncb (NPIONCB) vs VC
1 जब याहवेहको सन्दुक पलिश्तीहरूको इलाकामा सात महिनासम्म रह्यो,
1 Esteve a arca do Senhor na terra dos filisteus sete meses.
2 तब पलिश्तीहरूले पुजारीहरू र जोखना हेर्नेहरूलाई बोलाएर भने, “याहवेहको सन्दुकलाई हामीले के गरौँ? हामीले यसलाई यसको आफ्नै ठाउँमा कसरी पठाउने हो, सो हामीलाई भन्नुहोस्!”
2 Estes convocaram os seus sacerdotes e adivinhos e perguntaram-lhes: Que faremos da arca do Senhor? Dizei-nos como havemos de a devolver ao seu lugar. Eles responderam:
3 तिनीहरूले जवाफ दिए, “यदि तिमीहरूले इस्राएलको देवताको सन्दुक फर्कायौ भने यसलाई उपहारविना नपठाओ। उहाँकहाँ दोषबलि कुनै पनि हालतमा पठाइदिनू। तब तिमीहरू निको हुनेछौ, र उहाँको हात तिमीहरूबाट किन हटेको रहेनछ भनी तिमीहरूले जान्नेछौ।”
3 Se devolveis a arca do Deus de Israel, não a mandeis vazia, mas juntai a ela uma oferta expiatória. Se fordes curados, sabereis então por que sua mão não cessou de pesar sobre vós.
4 पलिश्तीहरूले सोधे, “हामी उहाँलाई कस्तो किसिमको दोषबलि पठाऔँ?”
4 Que oferta expiatória, perguntaram eles, devemos fazer? Responderam: Cinco tumores de ouro e cinco ratos de ouro, conforme o número dos príncipes dos filisteus, porque foi essa a praga que vos feriu a vós e aos vossos príncipes.
5 देशलाई नष्ट गरिरहेका गिर्खा र मुसाका प्रतिमाहरू बनाओ, र इस्राएलको देवतालाई महिमा दिनुहोस्। सायद उहाँले तिमीहरू र तिमीहरूका देवताहरू अनि तिमीहरूका देशबाट आफ्ना हात हटाउनुहुनेछ।”
5 Fazei, pois, figuras de vossos tumores e figuras de ratos que devastam a terra. Dai assim glória ao Deus de Israel; talvez retire ele a sua mão de cima de vós, de vosso deus e de vossa terra.
6 तिमीहरू किन इजिप्टियनहरू र फारोले गरेझैँ आफ्नो हृदय कठोर पार्छौ? उहाँले तिनीहरूसित कठोर व्यवहार गर्नुहुँदा के तिनीहरूले इस्राएलीहरूलाई आफ्नो बाटो लागून् भनेर जान दिएनन् र?
6 Por que endureceis os vossos corações como os egípcios e o faraó? Estes só deixaram partir os israelitas quando o Senhor mandou os seus castigos sobre eles.
7 अब कहिल्यै जुवामा ननारिएका दुई वटा दुहुना गाईहरू र एउटा नयाँ गाडा तयार पार। ती गाईहरूलाई गाडामा नार, तर बाछा-बाछीहरूलाई चाहिँ लगेर गोठमा राख।
7 Fazei um carro novo, escolhei duas vacas que aleitam, e que não tenham ainda levado o jugo, e metei-as no carro, depois de terdes preso os seus bezerros no curral.
8 याहवेहको सन्दुकलाई लगेर गाडामा राख, र त्यसको छेउमा एउटा कन्तुरमा तिमीहरूले उहाँलाई दोषबलिको रूपमा पठाउन लागेका ती सुनका सामग्रीहरू राख। अनि गाडालाई आफ्नो बाटो लगाइदेओ।
8 Colocareis no carro a arca do Senhor, juntamente com um cofre, no qual poreis todos os objetos de ouro que ofereceis como expiação; depois deixai-a partir.
9 तर गाडामाथि नजर लगाइराख। यदि त्यो बेथ-शेमेशतिर, त्यसको आफ्नै इलाकातिर गयो भने यो विपत्ति हामीमाथि याहवेहले नै ल्याउनुभएको हो। तर यदि त्यो त्यतातिर गएन भने हामीलाई उहाँको हातले प्रहार गर्नुभएको होइन; तर हामीमाथि त्यो घटना संयोगवश भएको हो भनी हामी जान्नेछौँ।
9 Segui-a com os olhos: se ela subir pelo caminho de sua terra, para as bandas de Bet-Sames, é o Senhor quem nos enviou esta praga; do contrário, conheceremos que não foi a sua mão que nos feriu, mas que tudo isto foi um simples acidente.
10 यसकारण तिनीहरूले त्यसै गरे। तिनीहरूले भनेजस्तै दुई वटा गाईहरू ल्याएर गाडामा नारे; अनि तिनीहरूका बाछा-बाछीहरूलाई चाहिँ गोठमा थुनेर राखे।
10 Assim o fizeram. Tomaram duas vacas que aleitavam e prenderam-nas a um carro, pondo os seus bezerros no curral.
11 तिनीहरूले याहवेहको सन्दुकलाई गाडामाथि राखे। सुनका मुसाहरू र गिर्खाहरूका नमुनाहरू भएको बाकसलाई पनि त्यससँगै राखे।
11 Puseram no carro a arca do Senhor com o cofre que continha os ratos de ouro e as figuras dos tumores.
12 तब ती गाईहरू बाटो नछोडी सीधै बेथ-शेमेशतिर लागे। तिनीहरू दायाँ अथवा बायाँ लागेनन्। पलिश्तीहरूका शासकहरूले ती गाईहरूलाई बेथ-शेमेसको सिमानासम्मै पछ्याए।
12 As vacas tomaram diretamente o caminho que vai a Bet-Sames e seguiram sempre o mesmo caminho, mugindo, sem se desviarem nem para a direita nem para a esquerda. Os príncipes dos filisteus seguiram-nas até o limite de Bet-Sames.
13 अब बेथ-शेमेशका मानिसहरूचाहिँ बेँसीमा गहुँको फसल काटिरहेका थिए; अनि जब तिनीहरूले माथि हेरे, र त्यो सन्दुकलाई देखे, तब तिनीहरू त्यो देखेर औधी रमाए।
13 Ora, os betsamitas segavam o trigo no vale. Levantando os olhos, viram a arca e alegraram-se.
14 त्यो गाडा बेथ-शेमेसको यहोशूको खेतमा आइपुग्यो, र एउटा ठूलो चट्टानको छेउमा त्यहीँ अडियो। ती मानिसहरूले त्यस गाडाका काठहरू चिरे, र ती गाईहरूलाई चाहिँ याहवेहका निम्ति होमबलिको रूपमा बलि चढाए।
14 O carro chegou à terra de Josué, o betsamita, onde se deteve. Havia ali uma grande pedra. Cortaram em pedaços a madeira do carro e ofereceram as vacas em holocausto ao Senhor.
15 लेवीहरूले याहवेहको सन्दुकलाई ती सुनका सामग्रीहरू भएको बाकससितै ओराले। अनि तिनीहरूलाई ठूलो चट्टानमाथि राखे। त्यस दिन बेथ-शेमेशका मानिसहरूले याहवेहलाई होमबलि र बलिदानहरू चढाए।
15 Os levitas desceram a arca do Senhor, juntamente com o cofre que vinha junto, contendo os objetos de ouro, e colocaram-na sobre a grande pedra. Os betsamitas ofereceram holocaustos e sacrifícios ao Senhor naquele dia.
16 पलिश्तीहरूका पाँच जना शासकहरूले यी सबै कुराहरू देखे, र त्यही दिन एक्रोनमा फर्किए।
16 E os cinco príncipes dos filisteus, que tudo tinham visto, voltaram naquele mesmo dia para Acaron.
17 पलिश्तीहरूले दोषबलिको रूपमा याहवेहलाई पठाएका सुनका गिर्खाहरू यिनै शासकहरूका निम्ति थिए; अश्दोद, गाजा, अश्कलोन, गात र एक्रोन यी हरेकका निम्ति एक-एक वटा थिए।
17 Eis o número das figuras de hemorróidas de ouro que os filisteus ofereceram ao Senhor como oferta expiatória: uma por Azot, uma por Gaza, uma por Ascalon, uma por Get, uma por Acaron.
18 अनि सुनका मुसाहरूको संख्याचाहिँ ती पाँच जना शासकहरूका बलियो किल्ला भएका सहरहरू र त्यसका गाउँहरूको संख्याअनुसारका थिए। त्यो ठूलो चट्टान, जहाँ तिनीहरूले याहवेहको सन्दुक राखेका थिए, त्यो आजको दिनसम्मै बेथ-शेमेसको यहोशूको खेतमा साक्षीको रूपमा छँदैछ।
18 Ofereceram, além disso, tantos ratos de ouro quantas cidades havia pertencentes aos cinco príncipes, cidades fortificadas e aldeias sem muros, Disto é testemunha a grande pedra, sobre a qual puseram a arca do Senhor, no campo de Josué, o betsamita, onde pode ser vista até o dia de hoje.
19 तर परमेश्वरले तिनीहरूमध्ये सत्तरी जनालाई प्रहार गरेर मार्नुभयो। किनकि बेथ-शेमेशका बासिन्दाहरूले याहवेहको सन्दुकभित्र हेरेका थिए। याहवेहले तिनीहरूलाई गम्भीर रूपमा प्रहार गर्नुभएको कारण ती मानिसहरूले विलाप गरे।
19 O Senhor feriu os habitantes de Bet-Sames, porque tinham olhado para dentro de sua arca: feriu setenta homens entre cinqüenta mil. O povo chorou por causa desse grande golpe com que o Senhor, o tinha ferido.
20 अनि बेथ-शेमेशका मानिसहरूले सोधे, “याहवेह, पवित्र परमेश्वरको सामु को उभिन सक्ला र? अब हामीले सन्दुक यहाँबाट कहाँ पठाउन सक्छौँ होला र?”
20 Os habitantes de Bet-Sames disseram: Quem poderá subsistir na presença do Senhor, deste Deus Santo? E para quem irá {a arca}, afastando-se de nós?
21 तब तिनीहरूले किर्यत-यारीमका मानिसहरूकहाँ सन्देश वाहकहरू पठाएर भने, “पलिश्तीहरूले याहवेहको करारको सन्दुक फर्काइदिएका छन्। तल आएर सन्दुकलाई तिमीहरूको ठाउँमा लैजाओ।”
21 Mandaram dizer aos habitantes de Cariatiarim: Os filisteus devolveram a arca do Senhor; vinde e levai-a para vós.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar 1 Samuel 6, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.