1 Samuel 15

npioncb (NPIONCB) vs VC

Sair da comparação
VC Versão Católica
1 शमूएलले शाऊललाई भने, “तिमीलाई याहवेहको जाति इस्राएलमाथि राजा अभिषेक गर्न भनी उहाँले मलाई नै पठाउनुभयो। यसकारण अब याहवेहबाट आएको सन्देश ध्यानपूर्वक सुन!
1 Samuel disse a Saul: O Senhor enviou-me para que te consagrasse rei de seu povo de Israel. Ouve agora o que diz o Senhor.
2 सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ: ‘इस्राएलीहरू इजिप्टबाट आउँदा बाटोमा तिनीहरूलाई ढुकेर आक्रमण गर्ने अमालेकीहरूलाई म दण्ड दिनेछु।
2 Assim fala o Senhor dos exércitos: Vou pedir contas a Amalec do que ele fez a Israel, opondo-se-lhe no caminho, quando saiu do Egito.
3 अब गएर अमालेकीहरूलाई आक्रमण गर्, र तिनीहरूका सबै कुराहरूलाई सम्पूर्ण रूपमा नाश गर्। तिनीहरूलाई बाँकी नराख्। तिनीहरूका पुरुष, स्त्री, छोराछोरी र शिशुहरू, गाईबस्तु र भेडाबाख्रा, ऊँट र गधा सबैलाई नष्‍ट गर्।’ ”
3 Vai, pois, fere Amalec e vota ao interdito tudo o que lhe pertence, sem nada poupar: matarás homens e mulheres, crianças e meninos de peito, bois e ovelhas, camelos e jumentos.
4 यसकारण शाऊलले मानिसहरूलाई तेलैममा भेला गराए। तिनीहरू दुई लाख पैदल सेनाहरू र यहूदाबाट दश हजार मानिसहरू थिए।
4 Saul comunicou isso ao povo e fez o seu recenseamento em Telaim: havia duzentos mil homens de Israel e dez mil de Judá.
5 शाऊल अमालेकको सहरमा गएर घाटीमा ढुकेर बसे।
5 Saul avançou até a cidade de Amalec e pôs-se de emboscada no vale.
6 तब तिनले केनीहरूलाई भने, “तिमीहरू अमालेकीहरूलाई छोडेर भागिहाल, ताकि म तिमीहरूलाई तिनीहरूसँगै नाश नपारूँ; किनकि तिमीहरूले इस्राएलीहरू इजिप्टबाट निस्केर आउँदा तिनीहरूलाई दया देखाएका थियौ।” यसकारण केनीहरू अमालेकीहरूलाई छोडेर भागे।
6 Disse aos cineus: Retirai-vos, separai-vos dos amalecitas, não suceda que eu vos envolva com eles {no massacre}, porque tratastes bem os israelitas quando saíram do Egito. E os cineus separaram-se dos amalecitas.
7 तब शाऊलले हवीलादेखि इजिप्टको पूर्वमा पर्ने सिमाना नजिक शूरसम्मै अमालेकीहरूलाई आक्रमण गरे।
7 Saul bateu os amalecitas desde Hévila até Sur, que está ao oriente do Egito.
8 तिनले अमालेकीहरूका राजा अगागलाई चाहिँ जिउँदै पक्रे, र तिनका सबै मानिसहरूलाई पूर्ण रूपमा तरवारले नष्‍ट गरे।
8 Tomou vivo Agag, rei de Amalec, e votou todo o povo ao interdito, passando-o ao fio da espada.
9 तर शाऊल र तिनका सेनाहरूले अगागलाई, साथै त्यसका असल भेडाबाख्रा र गाईबस्तुहरू, बलिया साँढेहरू र थुमाहरू, र हरेक असल कुराहरूलाई चाहिँ जोगाए। इस्राएलीहरूले यिनीहरूलाई सम्पूर्ण रूपमा नष्‍ट गर्नलाई राजी भएनन्। तर हरेक बेकामका र केही मोल नभएकाहरूलाई चाहिँ तिनीहरूले पूर्ण रूपमा नष्‍ट गरे।
9 Mas Saul e seus homens pouparam a Agag assim como o melhor do rebanho miúdo e do grande, os animais cevados e os cordeiros, e tudo o que havia de melhor; não quiseram votá-los ao interdito. Só exterminaram o que era ordinário e sem valor.
10 त्यसपछि याहवेहको वचन शमूएलकहाँ आयो:
10 O Senhor disse a Samuel:
11 “मैले शाऊललाई राजा तुल्याएकोमा म दुःखित भएको छु। किनकि त्यो मदेखि तर्किगएको छ; अनि मेरो वचनलाई त्यसले पालन गरेको छैन।” शमूएल अति दुःखित भए, र याहवेहसँग रातभरि बिन्ती गरिरहे।
11 Arrependo-me de ter feito rei a Saul; ele se desviou de mim e não executou as minhas ordens. Samuel irritou-se com isso, e clamou ao Senhor durante toda a noite.
12 शमूएल बिहानै उठेर शाऊललाई भेट्न गए, तर तिनलाई यसो भनियो, “शाऊल कर्मेलमा गएका छन्। त्यहाँ तिनले आफ्नो सम्मानका निम्ति एउटा स्मारक खडा गरे। अनि तिनी फर्केर गिलगालतिर झरेका छन्।”
12 Na manhã seguinte, indo ao encontro de Saul, alguém veio dizer-lhe: Saul chegou ao Carmelo e erigiu ali uma estela, retomando em seguida o seu caminho para Gálgala.
13 जब शमूएल शाऊलकहाँ पुगे, तब तिनले भने, “याहवेहले तपाईंलाई आशिष् देऊन्! मैले याहवेहका आदेशको पालन गरेको छु।”
13 Samuel foi ter com ele; Saul disse-lhe: Deus te abençoe! Cumpri, a ordem do Senhor.
14 तर शमूएलले भने, “त्यसो भए मेरो कानमा भेडाहरू कराएको आवाजचाहिँ के हो? अनि मैले गाईगोरुहरू कराएको आवाज सुनेको चाहिँ के हो?”
14 Samuel disse-lhe: Mas que balidos de ovelhas são esses que ressoam aos meus ouvidos, e esses mugidos de gado que ouço?
15 शाऊलले भने, “सेनाहरूले अमालेकीहरूबाट ल्याएका हुन्। तिनीहरूले भेडाबाख्रा र गाईबस्तुहरूबाट असल-असलचाहिँ याहवेह तपाईंका परमेश्‍वरका निम्ति बलि चढाउन जोगाइराखेका छन्। तर बाँकी सबैलाई हामीले पूर्ण रूपमा नष्‍ट गर्‍यौँ।”
15 É a presa tomada aos amalecitas, respondeu Saul. O povo poupou o melhor das ovelhas e dos bois para os sacrificar ao Senhor, teu Deus; o resto, votamo-lo ao interdito.
16 तब शमूएलले शाऊललाई भने, “चुप लाग! याहवेहले मलाई हिजो राति के भन्‍नुभयो, त्यो तिमीलाई बताउनेछु।”
16 Samuel disse-lhe: Basta! vou cientificar-te do que o Senhor me disse esta noite. Fala, disse Saul.
17 शमूएलले भने, “यद्यपि एक समयमा तिमीले आफूलाई आफ्नै दृष्‍टिमा सानो ठानेका थियौ; तापनि के तिमी इस्राएलका कुलहरूका अगुवा भएनौ र? याहवेहले तिमीलाई इस्राएलमाथि राजा अभिषेक गर्नुभयो।
17 E Samuel: Por pequeno que foste aos teus próprios olhos, acaso não te tornaste o chefe das tribos de Israel, e não te consagrou o Senhor, rei de Israel?
18 अनि उहाँले तिमीलाई जिम्मेवारी दिएर पठाउनुहुँदा यसो भन्‍नुभयो, ‘जाऊ, र यी दुष्‍ट मानिसहरू, अर्थात् अमालेकीहरूलाई सम्पूर्ण रूपमा नष्‍ट गर्नू। तिनीहरूका नामनिशानै नमेटुन्जेल तिनीहरूसँग युद्ध गर्नू।’
18 O Senhor te havia dado uma ordem, e te havia dito que votasses ao interdito esses pecadores, os amalecitas, combatendo-os até o completo extermínio.
19 तिमीले किन याहवेहको आज्ञापालन गरेनौ? तिमी किन लुटको मालसामानमाथि झम्ट्यौ, र याहवेहको दृष्‍टिमा किन दुष्‍ट काम गर्‍यौ?”
19 Por que não ouviste a sua voz? Por que te lançaste sobre os despojos fazendo o mal aos olhos do Senhor.?
20 शाऊलले भने, “तर मैले याहवेहको आज्ञापालन गरेँ। याहवेहले मलाई दिनुभएको जिम्मेवारी पूरा गर्न म गएँ। मैले अमालेकीहरूलाई सम्पूर्ण रूपमा नष्‍ट गरे। अनि तिनीहरूका राजा अगागलाई समातेर ल्याएँ।
20 Mas eu obedeci à voz do Senhor, replicou Saul; fui pelo caminho que ele me traçou, trouxe Agag, rei de Amalec, e votei ao interdito os amalecitas.
21 सेनाहरूले लुटका मालबाट भेडा र गाईबस्तु लिए। अनि त्यसबाट असलहरूचाहिँ याहवेह तपाईंका परमेश्‍वरका निम्ति गिलगालमा बलिदानका निम्ति समर्पित गरिएका छन्।”
21 O povo somente tomou dos despojos algumas ovelhas e bois, à guisa de primícias do interdito, para os sacrificar ao Senhor, teu Deus, em Gálgala.
22 तर शमूएलले जवाफ दिए:
22 Samuel replicou-lhe: Acaso o Senhor se compraz tanto nos holocaustos e sacrifícios como na obediência à sua voz? A obediência é melhor que o sacrifício e a submissão vale mais que a gordura dos carneiros.
23 विद्रोही हुनु तन्त्रमन्त्रको पापजस्तै हो,
23 A rebelião é tão culpável quanto a superstição; a desobediência é como o pecado de idolatria. Pois que rejeitaste a palavra do Senhor, também ele te rejeita e te despoja da realeza!
24 तब शाऊलले शमूएललाई भने, “मैले पाप गरेको छु। मैले याहवेहको आज्ञा र तपाईंका आदेशहरू उल्‍लङ्घन गरेको छु। म मानिसहरूसँग डराएँ। त्यसैले मैले तिनीहरूले गर्न मन लागेको कुरा गर्न दिएँ।
24 Saul disse: Pequei! Transgredi a ordem do Senhor e as tuas instruções, pois tive medo do povo e ouvi a sua voz.
25 अब म तपाईंसँग बिन्ती गर्छु, मेरो पाप क्षमा गरेर मसँग फर्कनुहोस्, ताकि म याहवेहको आराधना गर्न सकूँ!”
25 Agora, peço-te, perdoa o meu pecado, e volta comigo para que eu adore o Senhor.
26 तर शमूएलले तिनलाई भने, “म तिमीसँग फर्केर जानेछैनँ। तिमीले याहवेहको वचनलाई तिरस्कार गरेका छौ, र याहवेहले तिमीलाई इस्राएलको राजाको रूपमा इन्कार गर्नुभएको छ!”
26 Não voltarei contigo!, exclamou Samuel. Rejeitaste a palavra do Senhor, por isso o Senhor te rejeita, e não quer mais que sejas rei de Israel.
27 शमूएल जब फर्केर जान लाग्दैथिए, तब शाऊलले तिनको लबेदाको किनार समाते, र त्यो च्यातियो।
27 Samuel voltou-se e ia-se retirando, mas Saul agarrou-o pela ponta do manto, o qual se rasgou.
28 शमूएलले तिनलाई भने, “याहवेहले तिमीबाट आज इस्राएलको राज्य च्यात्नुभएको छ, र त्यसलाई तिम्रो कुनै एउटा छिमेकीलाई, अर्थात् तिमीभन्दा असल व्यक्तिलाई दिनुभएको छ।
28 Samuel disse-lhe: Assim o Senhor arranca hoje de ti a realeza sobre Israel, a fim de dá-la a outro melhor do que tu.
29 उहाँ, जो इस्राएलको महिमा हुनुहुन्छ; उहाँले झूट बोल्नुहुन्‍न, अर्थात् उहाँले आफ्नो मन बदल्नुहुन्‍न। किनकि उहाँ मानिस हुनुहुन्‍न, जसले आफ्नो मन बदल्छ।”
29 Aquele que é a verdade de Israel não mente, nem se arrepende, pois não é um homem para se arrepender.
30 तब शाऊलले जवाफ दिए, “मैले पाप गरेको छु; तर पनि मलाई कृपा गरी मेरा मानिसहरूका प्रधानहरू र इस्राएलको सामु इज्जत राखिदिनुहोस्; र मसित फर्कनुहोस्, ताकि म याहवेह तपाईंका परमेश्‍वरलाई आराधना गर्न सकूँ।”
30 Saul respondeu: Pequei, mas rogo-te que {continues} a honrar-me na presença. dos anciãos de meu povo e diante de Israel. Volta comigo, para eu adorar o Senhor, teu Deus!
31 यसकारण शमूएल शाऊलसँग फर्केर गए। अनि शाऊलले याहवेहलाई आराधना गरे।
31 Samuel voltou, pois, com o rei, e este adorou o Senhor.
32 तब शमूएलले भने, “अमालेकीहरूका राजा अगागलाई यहाँ मकहाँ ल्याओ।”
32 Samuel disse: Trazei-me Agag, rei de Amalec. Aproximou-se Agag, cheio de alegria, dizendo: Certamente passou a amargura da morte!
33 तर शमूएलले त्यसलाई भने,
33 Tua espada, disse-lhe Samuel, privou as mulheres de seus filhos; agora, é tua mãe que será uma mulher sem filho. E Samuel fê-lo em pedaços diante do Senhor, em Gálgala.
34 तब शमूएल रामातिर गए; तर शाऊलचाहिँ तिनको आफ्नै घर गेबामा गए।
34 Depois disso Samuel retirou-se para Ramá, e Saul voltou para a sua casa em Gabaa de Saul.
35 शमूएलले शाऊलका निम्ति शोक गरे; अनि शमूएल बाँचुन्जेल तिनी शाऊललाई भेट्न फेरि कहिल्यै गएनन्। अनि शाऊललाई इस्राएलमाथि राजा तुल्याउनुभएकोमा याहवेहलाई पछुतो भयो।
35 O profeta não tornou mais a ver Saul até o dia de sua morte. Samuel afligia-se por causa de Saul, por se ter o Senhor arrependido de tê-lo feito rei de Israel.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar 1 Samuel 15, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.