1 Samuel 12
npioncb (NPIONCB) vs NAA
1 तब शमूएलले सारा इस्राएलीहरूलाई यसो भने, “तिमीहरूले मलाई भनेका हरेक कुरा मैले सुनेको छु, र तिमीहरूमाथि राजा नियुक्त गरिदिएको छु।
1 Então Samuel disse a todo o Israel: — Eis que atendi ao que vocês me pediram e constituí um rei sobre vocês.
2 अब तिमीहरूका अगुवाको रूपमा एक जना राजा छन्। म वृद्ध भइसकेको छु, र मेरो कपाल सेतै फुलिसकेको छ; अनि मेरा छोराहरू तिमीहरूसँग यहीँ छन्। मेरो युवाअवस्थादेखि आजसम्म नै म तिमीहरूका अगुवा रहेको छु।
2 E agora eis que vocês têm o rei que irá adiante de vocês. Eu já sou velho e tenho os cabelos brancos, e os meus filhos estão com vocês. Eu tenho andado à frente de vocês desde a minha mocidade até o dia de hoje.
3 म यहीँ खडा छु। याहवेह र उहाँको अभिषिक्त जनको उपस्थितिमा अब मेरो बारेमा साक्षी देऊ। मैले कसैको गोरु अथवा गधा लिएको छु? मैले कसैलाई ठगेको छु? मैले कसैलाई दमन गरेको छु? न्याय बिगार्नलाई मैले कसैको हातबाट घूस लिएको छु? यदि मैले यी कुनै पनि कुराहरू गरेको छु भने म त्यसको क्षतिपूर्ति दिनेछु।”
3 Eis-me aqui. Testemunhem contra mim diante do Senhor e diante do seu ungido: de quem tomei o boi? De quem tomei o jumento? A quem enganei? A quem oprimi? E das mãos de quem aceitei suborno para encobrir com ele os meus olhos? Falem, e eu o restituirei.
4 अनि तिनीहरूले जवाफ दिए, “तपाईंले हामीलाई ठग्नुभएको छैन; न त दमन गर्नुभएको छ। तपाईंले कसैको हातबाट केही पनि लिनुभएको छैन।”
4 Então responderam: — Você não nos defraudou, nem nos oprimiu, nem tomou coisa alguma das mãos de ninguém.
5 तब शमूएलले इस्राएलीहरूलाई भने, “मेरा हात शुद्ध छन् भनी आजको दिन याहवेह र उहाँका अभिषिक्त जन साक्षी हुनुहुन्छ।”
5 E ele lhes disse: — O E o povo confirmou: — Deus é testemunha.
6 तब शमूएलले मानिसहरूलाई भने, “याहवेह, जसले मोशा र हारूनलाई नियुक्त गर्नुभयो। अनि तिमीहरूका पितापुर्खाहरूलाई इजिप्टबाट निकालेर बाहिर ल्याउनुभयो।
6 Então Samuel disse ao povo: — O
7 अब यहाँ खडा होओ; किनकि तिमीहरू र तिमीहरूका पितापुर्खाहरूका निम्ति याहवेहले गर्नुभएका सबै धार्मिक कामहरूका आधारमा म याहवेहको सामु तिमीहरूको सामना गर्नेछु।
7 Agora fiquem aqui, porque vou discutir com vocês diante do Senhor , com relação a todos os seus atos de justiça que ele realizou em favor de vocês e dos seus pais.
8 “याकोब इजिप्टमा प्रवेश गरेपछि तिनीहरूले सहायताका निम्ति याहवेहसँग पुकार गरे। अनि याहवेहले मोशा र हारूनलाई पठाउनुभयो, जसले तिमीहरूका पितापुर्खाहरूलाई इजिप्टबाट बाहिर निकालेर यहाँ बसोबास गराए।
8 Depois que Jacó havia entrado no Egito, os pais de vocês clamaram ao Senhor , e o Senhor enviou Moisés e Arão, que os tiraram do Egito e os fizeram habitar neste lugar.
9 “तर तिनीहरूले याहवेह तिनीहरूका परमेश्वरलाई बिर्सेका कारण उहाँले तिनीहरूलाई हासोरको फौजका सेनापति सीसरा, पलिश्ती र मोआबका राजाको हातमा बेचिदिनुभयो; जसले तिनीहरूको विरुद्धमा लडाइँ गरे।
9 Porém os pais de vocês se esqueceram do Senhor , seu Deus. Então ele os entregou nas mãos de Sísera, comandante do exército de Hazor, e nas mãos dos filisteus, e nas mãos do rei de Moabe, que lutaram contra eles.
10 तिनीहरूले याहवेहलाई पुकारेर भने, ‘हामीले पाप गरेका छौँ। हामीले याहवेहलाई त्यागेर बालका र अश्तोरेतका मूर्तिहरूलाई आराधना गर्यौँ। तर अब हामीलाई हाम्रा शत्रुहरूबाट बचाउनुहोस्। अनि हामी तपाईंको आराधना गर्नेछौँ।’
10 Eles clamaram ao Senhor e disseram: “Pecamos, pois deixamos o Senhor e servimos os baalins e astarotes. Mas agora livra-nos das mãos de nossos inimigos, e te serviremos.”
11 अनि याहवेहले यरूब-बाल, बाराक, यिप्ताह र शमूएललाई पठाउनुभयो। अनि उहाँले तिमीहरूका चारैतिर भएका शत्रुहरूका हातबाट तिमीहरूलाई छुटाउनुभयो, र त्यसैले तिमीहरू सुरक्षित रह्यौ।
11 O Senhor enviou Jerubaal, Baraque, Jefté e Samuel, e os livrou das mãos dos inimigos que os cercavam, e vocês viveram em segurança.
12 “तर जब तिमीहरूले अम्मोनीहरूका राजा नाहाशलाई तिमीहरूको विरुद्धमा आइरहेका देख्यौ, तब तिमीहरूले मलाई भन्यौ, ‘अहँ, हामीमाथि शासन गर्न हामीलाई राजा चाहिन्छ,’ यद्यपि याहवेह तिमीहरूका परमेश्वर तिमीहरूका राजा हुनुहुन्थ्यो।
12 — Quando vocês viram que Naás, rei dos filhos de Amom, vinha contra vocês, vocês me disseram: “Não! Queremos um rei sobre nós”, quando, na verdade, o Senhor , seu Deus, era o rei de vocês.
13 अब तिमीहरूले चुनेका र मागेका राजा यहाँ छन्। हेर, याहवेहले तिमीहरूमाथि राजा नियुक्त गर्नुभएको छ।
13 E agora, aqui está o rei que elegeram e que pediram. E eis que o Senhor deu um rei a vocês.
14 यदि तिमीहरूले याहवेहको डर मान्यौ, उहाँको सेवा गर्यौ, र आज्ञाकारी भयौ र उहाँका आज्ञाहरूको विरुद्धमा विद्रोही भएनौ भने तिमीहरू सबैले तिमीहरूमाथि शासन गर्ने राजा र याहवेह तिमीहरूका परमेश्वरलाई पछ्यायौ भने असल हुनेछ!
14 Se vocês temerem o Senhor , se o servirem, se derem ouvidos à sua voz e não forem rebeldes ao seu mandado, se seguirem o Senhor , seu Deus, tanto vocês como o rei que governa sobre vocês, então tudo lhes irá bem.
15 तर यदि तिमीहरूले याहवेहमा आज्ञाकारी भएनौ भने, र यदि तिमीहरूले उहाँका आज्ञाहरूको विरुद्धमा विद्रोही भयौ भने उहाँका हात तिमीहरूका पितापुर्खाहरूका विरुद्धमा उठेझैँ तिमीहरूका विरुद्धमा पनि उठ्नेछ।
15 Se, porém, vocês não derem ouvidos à voz do Senhor , mas forem rebeldes ao seu mandado, a mão do Senhor será contra vocês, como o foi contra os pais de vocês.
16 “त्यसो भए अब स्थिर रहो, र याहवेहले तिमीहरूका आँखाकै सामु गर्न लाग्नुभएको महान् कामलाई हेर!
16 Fiquem, agora, aqui e vejam esta grande coisa que o Senhor fará diante de vocês.
17 के अहिले गहुँको कटनीको समय होइन र? गर्जनसहितको झरी पठाउनुहोस् भनी म याहवेहसँग पुकार गर्नेछु। अनि तिमीहरूले राजा मागेर याहवेहको दृष्टिमा कति ठूलो दुष्ट काम गरेका रहेछौ भन्ने कुरा तिमीहरूले थाहा पाउनेछौ।”
17 Não estamos no tempo da colheita do trigo? Pois eu vou clamar ao Senhor , e ele mandará trovões e chuva. E vocês saberão e verão que é grande a maldade que praticaram aos olhos do Senhor , pedindo um rei.
18 त्यसपछि शमूएलले याहवेहसँग पुकार गरे; अनि त्यसै दिन याहवेहले गर्जनसहितको वर्षा पठाउनुभयो। यसकारण सबै मानिसहरू याहवेह र शमूएलसँग साह्रै भयभीत भए।
18 Então Samuel invocou o Senhor , e o Senhor mandou trovões e chuva naquele dia. E todo o povo temeu grandemente o Senhor e Samuel.
19 तब सबै मानिसहरूले शमूएललाई भने, “हामीहरू नमरौँ भनी याहवेह तपाईंका परमेश्वरसित बिन्ती गरिदिनुहोस्। किनकि राजा मागेर हामीले आफ्ना अरू पापहरूमाथि अझै अर्को पाप थपेका छौँ।”
19 Todo o povo disse a Samuel: — Ore por estes seus servos ao
20 शमूएलले जवाफ दिए, “भयभीत नहोओ। तिमीहरूले यी सबै दुष्ट काम गरेका छौ; तापनि याहवेहबाट तर्केर नजाओ, तर आफ्ना सम्पूर्ण हृदयले याहवेहको सेवा गर।
20 Então Samuel disse ao povo: — Não tenham medo. Vocês, de fato, cometeram todo este mal. No entanto, não se desviem de seguir o
21 व्यर्थका मूर्तिहरूको पछि नलाग। तिनीहरूले तिमीहरूको केही भलो गर्न सक्दैनन्, न त तिनीहरूले तिमीहरूलाई बचाउन नै सक्छन्। किनकि तिनीहरू व्यर्थका छन्।
21 Não se desviem, pois vocês estariam seguindo coisas vãs, que nada aproveitam e que não os podem livrar, porque são vaidade.
22 आफ्नो महान् नामको खातिर याहवेहले तिमीहरूलाई त्याग्नुहुनेछैन; किनकि याहवेहले तिमीहरूलाई आफ्नै निज प्रजा तुल्याउन प्रसन्न हुनुहुन्छ।
22 Pois o Senhor , por causa do seu grande nome, não abandonará o seu povo, porque o Senhor decidiu fazer de vocês o seu povo.
23 मेरो विषयमा भन्नुपर्दा—तिमीहरूका निम्ति प्रार्थना गर्न छोडेर याहवेहको विरुद्धमा पाप गर्ने कुरा मबाट टाढै रहोस्। अनि म तिमीहरूलाई असल र ठिक मार्ग सिकाउनेछु।
23 Quanto a mim, longe de mim que eu peque contra o Senhor , deixando de orar por vocês. Pelo contrário, eu lhes ensinarei o caminho bom e direito.
24 तर निश्चित रूपमा याहवेहको डर मान र तिमीहरूका सारा हृदयले विश्वासयोग्य भएर उहाँको सेवा गर; उहाँले तिमीहरूका निम्ति गर्नुभएका महान् कार्यहरूको विचार गर।
24 Tão somente temam o Senhor e sirvam a ele fielmente de todo o coração. Vejam que coisas grandiosas ele fez por vocês!
25 तर यदि तिमीहरूले दुष्ट काम रहिरह्यौ भने तिमीहरू र तिमीहरूका राजा दुवै नष्ट हुनेछौ।”
25 Se, porém, continuarem a fazer o mal, perecerão, tanto vocês como o seu rei.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar 1 Samuel 12, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.