1 Samuel 11

npioncb (NPIONCB) vs ARA

Sair da comparação
ARA Almeida Revista e Atualizada 1993
1 अम्मोनी नाहाशले याबेश-गिलादलाई घेरा हाले। अनि याबेशका सबै मानिसहरूले नाहाशलाई भने, “हामीसँग सन्धि गर्नुहोस् र हामी तपाईंको अधीनमा रहनेछौँ।”
1 Então, subiu Naás, amonita, e sitiou a Jabes-Gileade; e disseram todos os homens de Jabes a Naás: Faze aliança conosco, e te serviremos.
2 तर अम्मोनी नाहाशले जवाफ दिए, “म तिमीहरूसँग एउटै शर्तमा सन्धि गर्नेछु। म तिमीहरू हरेकको दाहिने आँखा निकालिदिनेछु, ताकि यसरी सम्पूर्ण इस्राएलको बेइज्जत होस्।”
2 Porém Naás, amonita, lhes respondeu: Farei aliança convosco sob a condição de vos serem vazados os olhos direitos, trazendo assim eu vergonha sobre todo o Israel.
3 याबेशका प्रधानहरूले तिनलाई भने, “हामीलाई सात दिनको समय दिनुहोस्, र हामी इस्राएलभरि दूतहरू पठाउन सकौँ। यदि हामीलाई छुटकारा गर्ने कोही आएन भने हामी तपाईंकहाँ आत्मसमर्पण गर्नेछौँ।”
3 Então, os anciãos de Jabes lhe disseram: Concede-nos sete dias, para que enviemos mensageiros por todos os limites de Israel e, não havendo ninguém que nos livre, então, nos entregaremos a ti.
4 जब शाऊलको सहर गेबामा याबेशका दूतहरू आएर ती शर्तहरू मानिसहरूलाई सुनाए; तब तिनीहरू सबै अति ठूलो सोरले रोए।
4 Chegando os mensageiros a Gibeá de Saul, relataram este caso ao povo. Então, todo o povo chorou em voz alta.
5 त्यसै बेला शाऊलचाहिँ आफ्नो खेतबाट आफ्ना गोरुहरूका पछि-पछि आइरहेका थिए, र तिनले सोधे, “सबै मानिसहरूलाई के भयो? यिनीहरू किन रोइरहेका छन्?” तब तिनीहरूले याबेशका मानिसहरूले भनेका कुरा तिनलाई दोहोर्‍याएर भनिदिए।
5 Eis que Saul voltava do campo, atrás dos bois, e perguntou: Que tem o povo, que chora? Então, lhe referiram as palavras dos homens de Jabes.
6 जब शाऊलले तिनीहरूका कुरा सुने, तब परमेश्‍वरको आत्मा तिनीमाथि शक्तिशाली रूपमा आउनुभयो र तिनी रिसले चुर भए।
6 E o Espírito de Deus se apossou de Saul, quando ouviu estas palavras, e acendeu-se sobremodo a sua ira.
7 तिनले एक हल गोरु लिए, र तिनलाई टुक्रा-टुक्रा पारे, र दूतहरूसँग ती टुक्राहरू इस्राएलभरि पठाए, र यसरी घोषणा गरे, “शाऊल र शमूएलका पछि नलाग्ने हरेक मानिसहरूका गोरुहरूको दशा यस्तै हुनेछ।” तब याहवेहको आतङ्क मानिसहरूमा छायो; र तिनीहरू एक भएर निस्के।
7 Tomou uma junta de bois, cortou-os em pedaços e os enviou a todos os territórios de Israel por intermédio de mensageiros que dissessem: Assim se fará aos bois de todo aquele que não seguir a Saul e a Samuel. Então, caiu o temor do Senhor sobre o povo, e saíram como um só homem.
8 जब शाऊलले तिनीहरूलाई बेजेकमा एकसाथ भेला गराए, तब त्यहाँ इस्राएलका मानिसहरू तीन लाख र यहूदाका मानिसहरू तीस हजार भेला भएका थिए।
8 Contou-os em Bezeque; dos filhos de Israel, havia trezentos mil; dos homens de Judá, trinta mil.
9 तिनीहरूले त्यहाँ आएका दूतहरूलाई भने, “याबेश-गिलादका मानिसहरूलाई भन, ‘भोलि मध्यदिनभित्रै तिमीहरूको उद्धार हुनेछ।’ ” जब ती दूतहरू गएर याबेश-गिलादका मानिसहरूलाई यो समाचार दिए, तब तिनीहरू साह्रै उत्साहित भए।
9 Então, disseram aos mensageiros que tinham vindo: Assim direis aos homens de Jabes-Gileade: Amanhã, quando aquentar o sol, sereis socorridos. Vindo, pois, os mensageiros, e, anunciando-o aos homens de Jabes, estes se alegraram
10 याबेशका मानिसहरूले अम्मोनीहरूलाई भने, “भोलि हामी तपाईंहरूकहाँ समर्पण हुनेछौँ, र तपाईंहरूलाई जे ठिक लाग्छ, त्यही गर्न सक्नुहुनेछ।”
10 e disseram aos amonitas: Amanhã, nos entregaremos a vós outros; então, nos fareis segundo o que melhor vos parecer.
11 भोलिपल्ट शाऊलले आफ्ना मानिसहरूलाई तीन दलमा छुट्ट्याए; रातको अन्तिम पहरमा तिनीहरू अम्मोनीहरूको छाउनीभित्र पसे, र मध्यदिनसम्म नै तिनीहरूलाई मारे। बाँचेकाहरू यसरी तितरबितर भए कि, ती भाग्नेहरू दुई जना एकसाथ भेट हुनै सकेनन्।
11 Sucedeu que, ao outro dia, Saul dividiu o povo em três companhias, que, pela vigília da manhã, vieram para o meio do arraial e feriram a Amom, até que se fez sentir o calor do dia. Os sobreviventes se espalharam, e não ficaram dois deles juntos.
12 मानिसहरूले शमूएललाई भने, “ती मानिसहरू को हुन्, जसले ‘के शाऊलले हामीमाथि शासन गर्छ र?’ भनेर सोधेका थिए। तिनीहरूलाई हामीकहाँ ल्याउनुहोस्; अनि हामी तिनीहरूलाई मार्नेछौँ।”
12 Então, disse o povo a Samuel: Quem são aqueles que diziam: Reinará Saul sobre nós? Trazei-os para aqui, para que os matemos.
13 तर शाऊलले भने, “आज कोही पनि मारिनेछैन; किनकि आजको दिन याहवेहले इस्राएलीहरूलाई उद्धार गर्नुभएको छ।”
13 Porém Saul disse: Hoje, ninguém será morto, porque, no dia de hoje, o Senhor salvou a Israel.
14 तब शमूएलले मानिसहरूलाई भने, “आओ, हामी गिलगालमा जाऔँ, र त्यहाँ पुनः शाऊललाई राजा घोषणा गरौँ।”
14 Disse Samuel ao povo: Vinde, vamos a Gilgal e renovemos ali o reino.
15 यसकारण सबै मानिसहरू गिलगालमा गए। अनि याहवेहको उपस्थितिमा शाऊललाई राजा घोषणा गरे। त्यहाँ तिनीहरूले याहवेहको सामु मेलबलि चढाए। अनि शाऊल र सारा इस्राएलीहरूले ठूलो हर्षको उत्सव मनाए।
15 E todo o povo partiu para Gilgal, onde proclamaram Saul seu rei, perante o Senhor , a cuja presença trouxeram ofertas pacíficas; e Saul muito se alegrou ali com todos os homens de Israel.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar 1 Samuel 11, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.