1 Reis 20
npioncb (NPIONCB) vs VC
1 अब अरामका राजा बेन-हददले आफ्नो सम्पूर्ण फौजलाई भेला गरे। बत्तीस जना राजाहरू, तिनीहरूका घोडाहरू र रथहरूलाई साथमा लिएर अगि बढे; अनि तिनले सामरियालाई घेरा हालेर त्यसमाथि आक्रमण गरे।
1 Ben-Hadad, rei da Síria, mobilizou todo o seu exército. Tinha com ele trinta e dois reis, cavalos e carros. Subiu, pôs o cerco diante de Samaria e atacou-a.
2 तिनले इस्राएलका राजा आहाबकहाँ यसो भनेर दूतहरू पठाए, “बेन-हदद यसो भन्छन्:
2 Mandou mensageiros a Acab, rei de Israel, na cidade, com esta mensagem:
3 ‘तिम्रा सुन र चाँदीहरू मेरा हुन्; अनि तिम्रा सबैभन्दा असल पत्नीहरू र छोराछोरीहरू मेरै हुन्।’ ”
3 Eis o que diz Ben-Hadad: Tua prata e teu ouro são meus. São minhas as tuas mulheres e os mais belos de teus filhos.
4 इस्राएलका राजाले जवाफ दिए, “हे मेरा मालिक महाराजा, तपाईंले भन्नुभएझैँ म र मसित भएका सबै थोकहरू तपाईंकै हुन्।”
4 Como tu dizes, meu senhor e rei, respondeu Acab, eu sou teu com tudo o que me pertence.
5 दूतहरू फेरि आएर भने, “बेन-हदद यसो भन्छन्: ‘मैले तिम्रो सुन र चाँदी, तिम्रा पत्नीहरू र छोराछोरीहरूको माग गरिसकेको छु।
5 Mas os mensageiros voltaram e disseram: Isto diz Ben-Hadad: Mandou-te dizer: dá-me tua prata e teu ouro, tuas mulheres e teus filhos.
6 भोलि यही समयतिर म मेरा अधिकारीहरूलाई तिम्रो दरबार र तिम्रा अधिकारीहरूका घरहरूको छानबिन गर्न पठाउनेछु। तिमीले मूल्यवान् ठानेका चीजहरू कब्जा गरेर तिनीहरूले लैजानेछन्।’ ”
6 Amanhã, pois, a esta mesma hora, mandarei os meus servos à tua casa; eles a revistarão, assim como as casas de teus servos; tomarão com as suas mãos tudo o que lhes aprouver.
7 इस्राएलका राजाले देशका सबै प्रधानहरूलाई बोलाउन पठाए, र तिनीहरूलाई भने, “हेर्नुहोस्, यस मानिसले कसरी झगडा गर्ने मौका खोज्दैछ! त्यसले मेरा पत्नीहरू र छोराछोरीहरू अनि मेरा सुन र चाँदीहरू माग गर्दा मैले तिनलाई इन्कार गरिनँ।”
7 Então o rei de Israel convocou todos os anciãos da terra e disse-lhes: Considerai e vede que esse homem quer a nossa perda. Quando me mandou pedir minhas mulheres, meus filhos, minha prata e meu ouro, nada lhe recusei.
8 तब सबै प्रधानहरू र मानिसहरूले जवाफ दिए, “तिनको कुरा नसुन्नुहोस्, र तिनका मागहरूप्रति सहमत नहुनुहोस्।”
8 Os anciãos e todo o povo disseram-lhe: Não lhe dês ouvidos, nem o atendas em nada.
9 यसकारण तिनले बेन-हददका दूतहरूलाई जवाफ दिए, “मेरा मालिक महाराजालाई भनिदेओ, ‘तपाईंको सेवकले तपाईंले पहिले मागेका कुराहरू सबै दिनेछ, तर यो मागचाहिँ म पूरा गर्न सक्दिनँ।’ ” तिनीहरू गएर त्यो जवाफ बेन-हददकहाँ पुर्याइदिए।
9 Acab respondeu aos mensageiros de Ben-Hadad: Dizei ao rei, meu senhor: estou pronto a fazer o que pediste ao teu servo da primeira vez; mas o que agora exiges, não o posso consentir. Os mensageiros foram-se e deram tal resposta ao rei.
10 तब बेन-हददले आहाबकहाँ अर्को समाचार पठाए: “सामरियामा मेरा प्रत्येक मानिसहरूलाई एक-एक मुट्ठी पनि पुग्ने गरी धुलो बाँकी रहेछ भने मेरा देवताहरूले मप्रति कठोर व्यवहार गरून्।”
10 Ben-Hadad mandou dizer a Acab: Que os deuses me tratem com o mais extremo rigor, se o pó da Samaria bastar para encher o côncavo da mão dos guerreiros que me seguem!
11 इस्राएलका राजाले जवाफ दिए, “तिनलाई यसो भन्नू: ‘कवच धारण गर्नेले कवच उतार्नेले झैँ घमण्ड नगरोस्।’ ”
11 O rei de Israel, respondendo, disse: Dizei-lhe que aquele que põe o seu cinturão não deve gloriar-se como aquele que o tira.
12 जब बेन-हदद र अरू राजाहरू आफ्ना पालहरूमा मद्य पिइरहेका थिए, तब तिनले यो समाचार सुने, र तिनले आफ्ना मानिसहरूलाई “आक्रमण गर्न तयार हुनु” भनेर हुकुम दिए। यसकारण तिनीहरू सहरमाथि आक्रमण गर्न तयार भए।
12 Recebendo esta resposta, Ben-Hadad, que estava bebendo nas suas tendas com os reis, disse à sua gente: Aos vossos postos! E eles ordenaram as tropas para o ataque à cidade.
13 त्यसपछि एक जना अगमवक्ता आहाब राजाकहाँ आएर घोषणा गरे, “याहवेह यसो भन्नुहुन्छ: ‘के तँ यो विशाल फौज देख्दैछस्? म यसलाई आज तेरो हातमा दिनेछु, र तैँले म नै याहवेह हुँ भनी जान्नेछस्।’ ”
13 Nesse momento, um profeta aproximou-se de Acab, rei de Israel, e disse-lhe: Eis o que diz o Senhor: Vês esta imensa multidão? Pois declaro-te que hoje te entrego nas mãos, para que saibas que eu sou o Senhor.
14 आहाबले सोधे, “तर यो कसले गर्नेछ?”
14 Acab perguntou: Por quem será ela entregue? O profeta respondeu: Assim fala o Senhor: Por meio dos servos dos chefes de províncias. Quem começará o combate? Tu mesmo.
15 यसकारण आहाबले प्रान्तका सेनापतिहरूका 232 जना जवान अधिकारीहरूलाई बोलाउन पठाए। त्यसपछि तिनले बाँकी रहेका 7,000 इस्राएलीहरूलाई भेला गराए।
15 Acab passou em revista os servos dos chefes de províncias, e encontrou duzentos e trinta e dois. Depois contou todo o povo dos israelitas, e viu que eram sete mil.
16 तिनीहरू मध्यदिनमा निस्के। त्यो समयमा बेन-हददचाहिँ तिनीसित भएका बत्तीस जना राजाहरूसित आ-आफ्ना पालहरूभित्र मद्यले लठ्ठ भइरहेका थिए।
16 Saíram ao meio-dia, quando Ben-Hadad bebia e se embriagava nas tendas com os trinta e dois reis, seus auxiliares.
17 प्रान्तका सेनापतिहरूका जवान अधिकारीहरू पहिले निस्के।
17 Os servos dos chefes de províncias tinham saído em primeiro lugar. Ben-Hadad mandou ver o que se passava. Disseram-lhe: São alguns homens que saem de Samaria.
18 तिनले भने, “चाहे तिनीहरू शान्तिको निम्ति आएका हुन् अथवा युद्धको निम्ति आएका हुन्, तिनीहरूलाई जिउँदै पक्र।”
18 O rei disse: Venham eles para tratar de paz, ou venham para combater, capturai-os vivos.
19 प्रान्तका सेनापतिहरूका ती जवान अधिकारीहरू सहरबाट अगि-अगि निस्के; र फौजचाहिँ तिनीहरूका पछि-पछि निस्के।
19 Os servos dos chefes de províncias saíram, pois, da cidade, seguidos do exército.
20 अनि प्रत्येकले आफ्नो शत्रुलाई मारे। यसरी अरामीहरू भागे; र इस्राएलीहरूले उनीहरूलाई खेदे। तर अरामका राजा बेन-हदद घोडामा चढेर आफ्ना केही घोडसवारहरूसित उम्किए।
20 Cada um deles feriu o seu homem. Os sírios fugiram, perseguidos por Israel; Ben-Hadad, rei da Síria, fugiu a cavalo com alguns cavaleiros.
21 इस्राएलका राजा अगि बढे; अनि घोडाहरू र रथहरूलाई नाश गरे, र अरामीहरूको ठूलो नोक्सानी गरे।
21 Então o rei de Israel saiu e feriu cavalos e carros, causando uma grande ruína aos sírios.
22 पछिबाट ती अगमवक्ता इस्राएलका राजाकहाँ आएर भने, “आफ्नो स्थिति बलियो पार्नुहोस्, र अब के गर्ने हो, सो विचार गर्नुहोस्; किनकि आउँदो बसन्त ऋतुमा अरामका राजाले तपाईंमाथि फेरि आक्रमण गर्नेछन्।”
22 O profeta foi ter com o rei de Israel e disse-lhe: Vai, cobra ânimo e examina o que te é preciso fazer, porque no próximo ano voltará o rei da Síria para atacar-te.
23 त्यसपछि अरामका राजाका अधिकारीहरूले तिनलाई सल्लाह दिए, “तिनीहरूका देवताहरू पहाडका देवताहरू हुन्। त्यसैकारण तिनीहरू हाम्रो निम्ति अधिक शक्तिशाली थिए। तर यदि हामीले मैदानमा तिनीहरूसित युद्ध गर्यौँ भने हामी तिनीहरूभन्दा शक्तिशाली हुनेछौँ।
23 Os servos do rei da Síria disseram ao seu soberano: O seu deus é um deus dos montes; por isso foram mais fortes do que nós. Se os atacarmos na planície, veremos se não somos os mais fortes.
24 यसो गर्नुहोस्: सबै राजाहरूलाई हटाएर तिनीहरूका ठाउँमा अरू अधिकारीहरूलाई खटाउनुहोस्।
24 Eis o que tens de fazer: Destitui todos os reis e substitui-os por governadores.
25 तपाईंले गुमाउनुभएको त्यो फौजजतिकै ठूलो सेना आफ्नो निम्ति भेला गर्नुहोस्। अनि घोडाको बदली घोडा, र रथको बदली रथ खडा गर्नुहोस्। अनि हामी इस्राएलीहरूसित मैदानमा युद्ध गर्न सक्नेछौँ। तब हामी निश्चय नै तिनीहरूभन्दा शक्तिशाली हुनेछौँ।” तिनी उनीहरूसित सहमत भए, र त्यस्तै गरे।
25 Levanta um exército semelhante ao que perdeste, uma cavalaria equivalente e outro tanto de carros. Combateremos na planície e com toda a certeza seremos mais fortes do que eles. O rei ouviu e seguiu o seu conselho.
26 आउँदो बसन्त ऋतुमा बेन-हददले अरामीहरूलाई भेला गरे, र इस्राएलको विरुद्धमा लडाइँ गर्न अपेकतर्फ गए।
26 No ano seguinte, Ben-Hadad, depois de ter passado em revista os sírios, avançou até Afec para combater Israel.
27 इस्राएलीहरूलाई पनि भेला गराइयो, र तिनीहरूका निम्ति खानेकुरा जुटाइयो; अनि उनीहरूसित लडाइँ गर्नलाई तिनीहरू निस्के। इस्राएलीहरू तिनीहरूका सामु बाख्राका दुई वटा साना बथानझैँ छाउनी हालेर बसे; र अरामीहरूले चाहिँ बस्ती नै ढाकेर बसे।
27 Os israelitas recenseados e providos de víveres foram contra os sírios e acamparam diante deles. Eram como dois pequenos rebanhos de cabras, enquanto os sírios cobriam toda a terra.
28 एक जना परमेश्वरका जनले आएर इस्राएलका राजालाई भने, “याहवेह यसो भन्नुहुन्छ: ‘अरामीहरूले याहवेह बेँसीको होइन, तर पहाडको देवता हुन् भनी सम्झेका हुनाले म यस विशाल फौजलाई तेरो हातमा सुम्पिदिनेछु। अनि तैँले म नै याहवेह हुँ भनी जान्नेछस्।’ ”
28 Então o homem de Deus aproximou-se do rei de Israel e disse-lhe: Isto diz o Senhor: Porque os sírios disseram: O Senhor é um deus dos montes e não das planícies - vou entregar-te nas mãos essa imensa multidão, a fim de que saibas que eu sou o Senhor.
29 सात दिनसम्म तिनीहरूले आमने-सामने छाउनी हालेर बसे, र सातौँ दिन युद्ध भयो। इस्राएलीहरूले एकै दिनमा अरामीहरूका एक लाख पैदल सेनालाई मारे।
29 Durante sete dias ficaram acampados um em face do outro. No sétimo dia deu-se a batalha; os israelitas mataram num só dia cem mil sírios.
30 तिनीहरूका बाँकी रहेकाहरूचाहिँ अपेकको सहरमा भागे, जहाँ तिनीहरूमध्ये सत्ताइस हजारचाहिँ पर्खाल ढलेर मरे। बेन-हददचाहिँ सहरमा भागेर गए, र भित्री कोठामा गएर लुके।
30 O resto fugiu para a cidade de Afec, mas as muralhas caíram sobre os vinte e sete mil sobreviventes. Ben-Hadad, que se refugiara na cidade, escondia-se de quarto em quarto.
31 तिनका अधिकारीहरूले तिनलाई भने, “हेर्नुहोस्, हामीले इस्राएलका घरानाका राजाहरू कृपालु हुन्छन् भनेर सुनेका छौँ। हामी कम्मरमा भाङ्ग्रा लगाऔँ, शिरमा डोरीहरू बाँधौँ र इस्राएलका राजाकहाँ जाऔँ। सायद तिनले तपाईंको प्राण जोगाइदेलान् कि।”
31 Seus servos disseram-lhe: Ouve: nós temos ouvido dizer que os reis de Israel são clementes. Ponhamos sacos sobre nossos rins e cordas ao nosso pescoço, e vamos ter com o rei de Israel; talvez ele te poupe a vida.
32 तब तिनीहरूले आफ्ना कम्मरमा भाङ्ग्रा लगाए, र शिरमा डोरी बाँधे; अनि इस्राएलका राजाकहाँ गएर भने, “तपाईंको सेवक बेन-हदद भन्छन्: ‘दया गरी मलाई बाँच्न दिनुहोस्।’ ”
32 Cingiram-se, pois, com sacos pelos rins, puseram cordas em volta do pescoço, e apresentaram-se ao rei de Israel, dizendo: Teu servo Ben-Hadad roga-te: Concede-me a vida! Ele está ainda vivo?, perguntou Acab; mas ele é meu irmão!
33 ती मानिसहरूले यसलाई एउटा असल लक्षण भन्ने सम्झे, र झट्टै तिनको कुरामा मौका पारेर भने, “हो, तपाईंको भाइ बेन-हदद नै हुन्!”
33 Tomando bom augúrio dessas palavras, os sírios tomaram logo a palavra de sua boca e disseram-lhe: Ben-Hadad é teu irmão! Trazei-mo, disse o rei. Veio Ben-Hadad à presença de Acab, e este mandou-o subir ao seu carro.
34 बेन-हददले भने, “मेरा पिताले तपाईंका पिताबाट लिएका सहरहरू म फर्काइदिनेछु। मेरा पिताले सामरियामा गरेझैँ तपाईंले दमस्कसमा आफ्नै व्यापार स्थलहरू राख्न सक्नुहुन्छ।”
34 Vou restituir-te, disse Ben-Hadad, as cidades que meu pai tomou do teu. Terás um quarteirão em Damasco, como meu pai o tinha em Samaria. Eu, disse Acab, feita esta aliança, te deixarei partir. Acab fez um tratado com Ben-Hadad e deixou-o ir livre.
35 याहवेहको वचनअनुसार अगमवक्ताहरूका छोराहरूमध्ये एक जनाले आफ्ना साथीलाई भने, “मलाई तिम्रो हतियारले प्रहार गर,” तर त्यस मानिसले अस्वीकार गर्यो।
35 Então um dos filhos dos profetas disse ao seu companheiro, por ordem do Senhor: Fere-me. Mas o outro recusou.
36 यसकारण ती अगमवक्ताले भने, “याहवेहको आज्ञापालन नगरेका हुनाले तिमी मबाट जानसाथ एउटा सिंहले तिमीलाई मार्नेछ।” अनि त्यो मानिस जानेबित्तिक्कै एउटा सिंहले भेट्टायो, र त्यसलाई मार्यो।
36 Porque não ouviste a voz do Senhor, disse-lhe o primeiro, logo que me tiveres deixado, serás morto por um leão. Mal se havia afastado, um leão o encontrou e o matou.
37 ती अगमवक्ताले अर्को मानिसलाई भेटेर भने, “दया गरी मलाई प्रहार गर्नुहोस्।” यसकारण ती मानिसले तिनलाई प्रहार गरेर घाइते बनाइदिए।
37 O profeta, encontrando depois outro homem, disse-lhe: Fere-me. Este homem lançou-se contra ele e o feriu.
38 त्यसपछि ती अगमवक्ता त्यहाँबाट हिँडे, र तिनले आफ्ना शिरको फेटा आँखासम्म झारेर भेष बदले। अनि बाटोको किनारमा राजाको बाटो हेर्दै पर्खिरहे।
38 Então postou-se o profeta no caminho por onde devia passar o rei, pondo nos olhos uma faixa que o tornava irreconhecível.
39 जब राजा त्यहाँबाट गए, तब ती अगमवक्ताले कराएर तिनलाई भने, “तपाईंको सेवक लडाइँको मुखैमा पुग्यो। अनि कसैले एउटा कैदी लिएर मकहाँ आएर भन्यो, ‘यस मानिसमाथि नजर राख। यदि यो हरायो भने यसको जीवनको सट्टा तिम्रो जीवन दिनुपर्नेछ, नत्रता तिमीले एक टालेन्ट चाँदी तिर्नुपर्नेछ।’
39 Tendo o rei passado, ele pôs-se a gritar-lhe: Teu servo estava em pleno combate, quando alguém lhe trouxe um homem, dizendo: Guarda este homem! Se ele desaparecer, a tua vida responderá pela sua, ou então pagarás um talento de prata.
40 तपाईंको सेवक यताउता व्यस्त हुँदा त्यो मानिस हराइहाल्यो।”
40 Mas andando o teu servo ocupado daqui e dali, o prisioneiro desapareceu. O rei de Israel disse-lhe: Esta é a tua sentença; tu mesmo a pronunciaste.
41 ती अगमवक्ताले झट्टै आफ्ना आँखाबाट त्यो शिरको फेटा हटाए; तब इस्राएलका राजाले तिनलाई अगमवक्ताहरूमध्ये एक हुन् भनी चिने।
41 Então o outro tirou subitamente a faixa que lhe cobria os olhos, e o rei viu que ele era um dos profetas.
42 तिनले राजालाई भने, “याहवेह यसो भन्नुहुन्छ: ‘मैले मारिनैपर्छ भनेर निश्चय गरेको मानिसलाई तैँले छोडिदिइस्। यसकारण त्यसको प्राणको साटो तेरो प्राण र त्यसका मानिसहरूको साटो तेरा मानिसहरू हुनेछन्।’ ”
42 Ele disse ao rei: Eis o que diz o Senhor: Pois que deixaste escapar de tuas mãos o homem que eu tinha votado ao interdito, tua vida responderá pela sua, e teu povo pelo seu povo.
43 यो सुनेर इस्राएलका राजा उदास र क्रोधित भई सामरियामा भएको तिनको महलमा गए।
43 O rei de Israel voltou para a sua casa sombrio e irritado, e chegou a Samaria.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar 1 Reis 20, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.