1 Reis 18

npioncb (NPIONCB) vs ARA

Sair da comparação
ARA Almeida Revista e Atualizada 1993
1 धेरै समयपछि तेस्रो वर्षमा याहवेहको यो वचन एलियाकहाँ आयो: “जा, र राजा आहाबको सामु आफूलाई उपस्थित गरा; अनि म देशमा पानी बर्साइदिनेछु।”
1 Muito tempo depois, veio a palavra do Senhor a Elias, no terceiro ano, dizendo: Vai, apresenta-te a Acabe, porque darei chuva sobre a terra.
2 यसकारण एलिया आफूलाई आहाबकहाँ उपस्थित गराउन गए।
2 Partiu, pois, Elias a apresentar-se a Acabe; e a fome era extrema em Samaria.
3 आहाबले राजमहलका प्रशासक ओबदियालाई बोलाउन पठाए। (ओबदिया याहवेहका एक भक्त विश्‍वासी थिए।
3 Acabe chamou a Obadias, o mordomo. (Obadias temia muito ao Senhor ,
4 ईजेबेलले याहवेहका अगमवक्ताहरूलाई मारिरहेकी थिइन्, तब ओबदियाले एक सय जना अगमवक्ताहरूलाई लिएर तिनीहरूलाई पचास-पचास गरी दुई वटा गुफाहरूमा लुकाए र तिनीहरूलाई भोजन र पानी जुटाइदिएका थिए।)
4 porque, quando Jezabel exterminava os profetas do Senhor , Obadias tomou cem profetas, e de cinquenta em cinquenta os escondeu numa cova, e os sustentou com pão e água.)
5 आहाबले ओबदियालाई भने, “देशमा भएका सबै पानीका मुहानहरू र खोल्साहरूमा जाऊ। सायद घोडाहरू र खच्‍चरहरूलाई जीवित राख्न हामीले केही घाँस पाउन सकौँला; ताकि हामीले आफ्नो कुनै पनि पशुहरूलाई गुमाउन नपरोस्।”
5 Disse Acabe a Obadias: Vai pela terra a todas as fontes de água e a todos os vales; pode ser que achemos erva, para que salvemos a vida aos cavalos e mulos e não percamos todos os animais.
6 यसकारण तिनीहरूले आ-आफू जानुपर्ने ठाउँलाई अलग गरे। तब आहाब एकातिर र ओबदिया अर्कोतिर लागे।
6 Repartiram entre si a terra, para a percorrerem; Acabe foi à parte por um caminho, e Obadias foi sozinho por outro.
7 ओबदिया बाटोमा जाँदै गर्दा एलियाले तिनलाई भेटे। ओबदियाले तिनलाई चिने। तिनले भुइँसम्म शिर निहुराएर उनलाई भने, “के तपाईं मेरा मालिक एलिया नै हुनुहुन्छ?”
7 Estando Obadias já de caminho, eis que Elias se encontrou com ele. Obadias, reconhecendo-o, prostrou-se com o rosto em terra e disse: És tu meu senhor Elias?
8 उनले जवाफ दिए, “हो म नै हुँ। जाऊ, गएर आफ्नो मालिकलाई एलिया यहाँ छन् भनिदेऊ।”
8 Respondeu-lhe ele: Sou eu; vai e dize a teu senhor: Eis que aí está Elias.
9 तब ओबदियाले सोधे, “मैले के भूल गरेको छु र तपाईंले आफ्नो सेवकलाई मारिनको लागि आहाबकहाँ सुम्पँदै हुनुहुन्छ?
9 Porém ele disse: Em que pequei, para que entregues teu servo na mão de Acabe, e ele me mate?
10 याहवेह तपाईंका परमेश्‍वरलाई साक्षी राखेर भन्दछु, मेरा मालिकले तपाईंलाई खोज्न भनी नपठाएको कुनै राज्य छैन। अनि जब ती राष्ट्र वा जातिले तपाईं त्यहाँ हुनुहुन्‍न भनी दाबी गरे, तब तिनले तिनीहरूलाई ‘हामीले त्यसलाई पाउन सकेनौँ’ भन भनेर शपथ खान लगाए।
10 Tão certo como vive o Senhor , teu Deus, não houve nação nem reino aonde o meu senhor não mandasse homens à tua procura; e, dizendo eles: Aqui não está; fazia jurar aquele reino e aquela nação que te não haviam achado.
11 तर अब तपाईंले मलाई मेरा मालिककहाँ गएर ‘एलिया यहाँ छन्’ भनी भन्‍न लगाउनुहुन्छ।
11 Agora, tu dizes: Vai, dize a teu senhor: Eis que aí está Elias.
12 म तपाईंबाट गएपछि याहवेहको आत्माले तपाईंलाई कहाँ लानुहुन्छ, म जान्दिनँ। यदि मैले गएर आहाबलाई भनेँ, र तिनले तपाईंलाई भेट्टाउन सकेनन् भने तिनले मलाई मार्नेछन्। तर म तपाईंको सेवक आफ्नो बालककालदेखि नै याहवेहको आराधना गर्दैआएको छु।
12 Poderá ser que, apartando-me eu de ti, o Espírito do Senhor te leve não sei para onde, e, vindo eu a dar as novas a Acabe, e não te achando ele, me matará; eu, contudo, teu servo, temo ao Senhor desde a minha mocidade.
13 मेरा मालिक, जब ईजेबेलले याहवेहका अगमवक्ताहरूलाई मारिरहेको बेला मैले के गरेँ, त्यो तपाईंलाई थाहा छैन? मैले याहवेहका एक सय जना अगमवक्ताहरूलाई पचास-पचास गरी दुई वटा गुफाहरूमा लुकाएँ, र तिनीहरूका निम्ति भोजन र पानी जुटाएँ।
13 Acaso, não disseram a meu senhor o que fiz, quando Jezabel matava os profetas do Senhor , como escondi cem homens dos profetas do Senhor , de cinquenta em cinquenta, numas covas, e os sustentei com pão e água?
14 अनि अब तपाईं मलाई मेरा मालिककहाँ गएर ‘एलिया यहाँ छन्’ भनी भन भन्‍नुहुन्छ। तिनले त मलाई मार्नेछन्!”
14 E, agora, tu dizes: Vai, dize a teu senhor: Eis que aí está Elias. Ele me matará.
15 एलियाले भने, “जीवित सेनाहरूका याहवेह जसको सेवा म गर्दछु, उहाँलाई साक्षी राखेर भन्दछु, म आज निश्‍चय नै आहाबकहाँ देखा पर्नेछु।”
15 Disse Elias: Tão certo como vive o Senhor dos Exércitos, perante cuja face estou, deveras, hoje, me apresentarei a ele.
16 यसकारण एलिया आएका छन् भनेर भन्‍नका लागि ओबदिया आहाबलाई भेट्न गए; र आहाब एलियालाई भेट्न गए।
16 Então, foi Obadias encontrar-se com Acabe e lho anunciou; e foi Acabe ter com Elias.
17 एलियालाई देखेर तिनले उनलाई भने, “के इस्राएललाई कष्‍ट दिने तिमी नै हौ?”
17 Vendo-o, disse-lhe: És tu, ó perturbador de Israel?
18 एलियाले जवाफ दिए, “इस्राएललाई मैले कष्‍ट दिएको होइन। तर तपाईं र तपाईंका पिताका परिवारले चाहिँ कष्‍ट दिनुभएको छ। तपाईंहरू परमेश्‍वरका आज्ञाहरू त्यागेर बाल-देवताहरूका पछि लाग्नुभएको छ।
18 Respondeu Elias: Eu não tenho perturbado a Israel, mas tu e a casa de teu pai, porque deixastes os mandamentos do Senhor e seguistes os baalins.
19 अब तपाईंले मलाई कर्मेल पर्वतमा भेट गर्न इस्राएलबाट सारा मानिसहरूलाई बोलाउनुहोस्। बालका ती चार सय अगमवक्ता, जसले ईजेबेलको टेबुलमा बसेर खाने गर्दछन्, तिनीहरूलाई पनि लिएर आउनुहोस्।”
19 Agora, pois, manda ajuntar a mim todo o Israel no monte Carmelo, como também os quatrocentos e cinquenta profetas de Baal e os quatrocentos profetas do poste-ídolo que comem da mesa de Jezabel.
20 यसकारण आहाबले सारा इस्राएलभरि खबर पठाए। अनि ती अगमवक्ताहरूलाई कर्मेल पर्वतमा भेला गराए।
20 Então, enviou Acabe mensageiros a todos os filhos de Israel e ajuntou os profetas no monte Carmelo.
21 एलिया मानिसहरूका सामु गएर भने, “तिमीहरू कहिलेसम्म दोधारमा रहन्छौ? यदि याहवेह नै परमेश्‍वर हुनुहुन्छ भने उहाँलाई पछ्याओ। तर यदि बाल परमेश्‍वर हो भने त्यसैलाई पछ्याओ।”
21 Então, Elias se chegou a todo o povo e disse: Até quando coxeareis entre dois pensamentos? Se o Senhor é Deus, segui-o; se é Baal, segui-o. Porém o povo nada lhe respondeu.
22 तब एलियाले तिनीहरूलाई भने, “याहवेहका अगमवक्ताहरूमध्ये बाँकी रहेको म मात्र हुँ, तर बालका त चार सय पचास जना अगमवक्ताहरू छन्।
22 Então, disse Elias ao povo: Só eu fiquei dos profetas do Senhor , e os profetas de Baal são quatrocentos e cinquenta homens.
23 हाम्रा निम्ति दुई वटा साँढेहरू ल्याओ। तिनीहरूले एउटा आफ्नो लागि चुनून्, र त्यसलाई टुक्रा-टुक्रा गरी काटेर दाउरामाथि राखून्; तर आगोचाहिँ नलगाऊन्। म अर्को साँढेलाई तयार पार्छु, र त्यसलाई दाउरामाथि राख्नेछु; तर म पनि त्यसमा आगो लगाउँदिनँ।
23 Deem-se-nos, pois, dois novilhos; escolham eles para si um dos novilhos e, dividindo-o em pedaços, o ponham sobre a lenha, porém não lhe metam fogo; eu prepararei o outro novilho, e o porei sobre a lenha, e não lhe meterei fogo.
24 तिमीहरूले आफ्ना देवताहरूका नाम लिएर पुकार गर, र मचाहिँ मेरा याहवेहको नाम लिएर पुकार गर्नेछु। जुन देवताले आगोद्वारा जवाफ दिनुहुनेछ, उहाँ नै परमेश्‍वर हुनुहुनेछ।”
24 Então, invocai o nome de vosso deus, e eu invocarei o nome do Senhor ; e há de ser que o deus que responder por fogo esse é que é Deus. E todo o povo respondeu e disse: É boa esta palavra.
25 एलियाले बालका अगमवक्ताहरूलाई भने, “तिमीहरू यति धेरै भएकाले पहिले तिमीहरूले नै एउटा साँढे चुनेर त्यसलाई तयार गर; तर आगोचाहिँ नलगाओ।”
25 Disse Elias aos profetas de Baal: Escolhei para vós outros um dos novilhos, e preparai-o primeiro, porque sois muitos, e invocai o nome de vosso deus; e não lhe metais fogo.
26 यसकारण तिनीहरूलाई दिइएको साँढे तिनीहरूले लगे, र त्यसलाई तयार पारे। तब तिनीहरूले बालको नाम लिएर बिहानदेखि मध्यदिनसम्म पुकार गरे। तिनीहरू यसो भन्दै चिच्याए, “हे बाल, हामीलाई जवाफ दिनुहोस्।”
26 Tomaram o novilho que lhes fora dado, prepararam-no e invocaram o nome de Baal, desde a manhã até ao meio-dia, dizendo: Ah! Baal, responde-nos! Porém não havia uma voz que respondesse; e, manquejando, se movimentavam ao redor do altar que tinham feito.
27 मध्यदिनमा एलियाले तिनीहरूलाई यसो भनेर खिसी गर्न थाले, “ठूलो सोरले चिच्याओ! त्यो त देवता नै हो! सायद ऊ गहिरो चिन्तनमा बसेका होला, वा कतै व्यस्त होला, अथवा कतै भ्रमण गर्न पो गएको होला कि? सायद, ऊ सुतिरहेको होला, र उसलाई बिउँझाउनैपर्छ।”
27 Ao meio-dia, Elias zombava deles, dizendo: Clamai em altas vozes, porque ele é deus; pode ser que esteja meditando, ou atendendo a necessidades, ou de viagem, ou a dormir e despertará.
28 यसकारण तिनीहरू ठूलो सोरले चिच्याउन थाले; अनि तिनीहरूका रीतिअनुसार रगत नबगुन्जेल आफूलाई तरवार र भालाले चोट पारे।
28 E eles clamavam em altas vozes e se retalhavam com facas e com lancetas, segundo o seu costume, até derramarem sangue.
29 मध्यदिन बितिगयो। बेलुकाको बलिदानको समयसम्म नै तिनीहरू बौलाहझैँ अगमवाणी गरिरहे। तर त्यहाँ न त केही जवाफ आयो, न त कसैले जवाफ नै दियो; त्यहाँ कसैले ध्यान दिएनन्।
29 Passado o meio-dia, profetizaram eles, até que a oferta de manjares se oferecesse; porém não houve voz, nem resposta, nem atenção alguma.
30 तब एलियाले सबै मानिसहरूलाई भने, “यहाँ मकहाँ आओ।” तिनीहरू सबै तिनको नजिक आए। तब तिनले याहवेहको भत्किएको वेदीलाई मर्मत गरे।
30 Então, Elias disse a todo o povo: Chegai-vos a mim. E todo o povo se chegou a ele; Elias restaurou o altar do Senhor , que estava em ruínas.
31 “तेरो नाम इस्राएल हुनेछ” भनेर याहवेहको वचन आएअनुसार याकोबका सन्तानबाट प्रत्येक कुलको निम्ति एक-एक गरी एलियाले बाह्र वटा ढुङ्गाहरू लिए।
31 Tomou doze pedras, segundo o número das tribos dos filhos de Jacó, ao qual viera a palavra do Senhor , dizendo: Israel será o teu nome.
32 ती ढुङ्गाहरूद्वारा तिनले याहवेहको नाममा एउटा वेदी बनाए; र तिनले त्यसको वरिपरि दुई सिहा बिउ अटाउने खाडल खने।
32 Com aquelas pedras edificou o altar em nome do Senhor ; depois, fez um rego em redor do altar tão grande como para semear duas medidas de sementes.
33 तिनले दाउरा मिलाए, र त्यस साँढेलाई टुक्रा-टुक्रा पारे, र दाउरामाथि राखे। तब तिनले तिनीहरूलाई भने, “चार वटा ठूला गाग्राहरूमा पानी भरेर त्यस बलिदान र दाउरामाथि खन्याइदेओ!”
33 Então, armou a lenha, dividiu o novilho em pedaços, pô-lo sobre a lenha
34 तिनले भने, “फेरि त्यस्तै गर!” तिनीहरूले फेरि त्यसै गरे।
34 e disse: Enchei de água quatro cântaros e derramai-a sobre o holocausto e sobre a lenha. Disse ainda: Fazei-o segunda vez; e o fizeram. Disse mais: Fazei-o terceira vez; e o fizeram terceira vez.
35 पानी वेदीको चारैतिर बग्यो, र त्यस खाडललाई समेत भरिदियो।
35 De maneira que a água corria ao redor do altar; ele encheu também de água o rego.
36 बलिदानको समयमा एलिया अगमवक्ता वेदीको अगि बढे, र यसरी प्रार्थना गरे: “हे याहवेह, अब्राहाम, इसहाक र इस्राएलका परमेश्‍वर, तपाईं नै इस्राएलमा परमेश्‍वर हुनुहुन्छ। म तपाईंको सेवक हुँ, र मैले यी सबै तपाईंकै आदेशमा गरेको हुँ भनेर आज थाहा होस्।
36 No devido tempo, para se apresentar a oferta de manjares, aproximou-se o profeta Elias e disse: Ó Senhor , Deus de Abraão, de Isaque e de Israel, fique, hoje, sabido que tu és Deus em Israel, e que eu sou teu servo e que, segundo a tua palavra, fiz todas estas coisas.
37 हे याहवेह, मलाई जवाफ दिनुहोस्, ताकि यी मानिसहरूले तपाईं नै याहवेह परमेश्‍वर हुनुहुन्छ र तपाईंले तिनीहरूका हृदय फेरि फर्काइदिनुहुनेछ भनी जान्‍नेछन्।”
37 Responde-me, Senhor , responde-me, para que este povo saiba que tu, Senhor , és Deus e que a ti fizeste retroceder o coração deles.
38 तब याहवेहको आगो झर्‍यो, र त्यो बलिदान, दाउरा, ढुङ्गाहरू र माटोलाई डढायो; अनि खाडलमा भएको पानीलाई पनि सुकाइदियो।
38 Então, caiu fogo do Senhor , e consumiu o holocausto, e a lenha, e as pedras, e a terra, e ainda lambeu a água que estava no rego.
39 जब सबै मानिसहरूले यो देखे, तब तिनीहरू लम्पसार परे; अनि “याहवेह नै परमेश्‍वर हुनुहुन्छ! याहवेह नै परमेश्‍वर हुनुहुन्छ!” भनी कराए।
39 O que vendo todo o povo, caiu de rosto em terra e disse: O Senhor é Deus! O Senhor é Deus!
40 तब एलियाले तिनीहरूलाई आज्ञा दिए, “बालका अगमवक्ताहरूलाई समात। एक जना पनि भाग्न नपाओस्!” तिनीहरूले उनीहरूलाई पक्रे; अनि एलियाले तिनीहरूलाई कीशोनको बेँसीमा ल्याउन लगाए, र तिनीहरूलाई त्यहाँ मारे।
40 Disse-lhes Elias: Lançai mão dos profetas de Baal, que nem um deles escape. Lançaram mão deles; e Elias os fez descer ao ribeiro de Quisom e ali os matou.
41 अनि एलियाले आहाबलाई भने, “गएर खानपिन गर्नुहोस्; किनकि मुसलधारे वर्षाको आवाज सुनिँदैछ।”
41 Então, disse Elias a Acabe: Sobe, come e bebe, porque já se ouve ruído de abundante chuva.
42 यसकारण आहाब खानपिन गर्न गए। तर एलियाचाहिँ कर्मेलको टाकुरामा चढे; अनि भुइँसम्मै निहुरेर आफ्नो मुख आफ्ना घुँडाहरूको बीचमा राखे।
42 Subiu Acabe a comer e a beber; Elias, porém, subiu ao cimo do Carmelo, e, encurvado para a terra, meteu o rosto entre os joelhos,
43 तिनले आफ्नो सेवकलाई भने, “गएर समुद्रतिर हेर्।”
43 e disse ao seu moço: Sobe e olha para o lado do mar. Ele subiu, olhou e disse: Não há nada. Então, lhe disse Elias: Volta. E assim por sete vezes.
44 सातौँ पटकमा त्यस सेवकले “कुनै मानिसको हात जत्रो सानो एउटा बादल समुद्रबाट उठिरहेको छ” भन्‍ने खबर दियो।
44 À sétima vez disse: Eis que se levanta do mar uma nuvem pequena como a palma da mão do homem. Então, disse ele: Sobe e dize a Acabe: Aparelha o teu carro e desce, para que a chuva não te detenha.
45 त्यसै बेला आकाश बादलले कालो भयो; बतास चल्न थाल्यो, र मुसलधारे वर्षा हुन थाल्यो। अनि आहाब यिजरेलतर्फ सवार भए।
45 Dentro em pouco, os céus se enegreceram, com nuvens e vento, e caiu grande chuva. Acabe subiu ao carro e foi para Jezreel.
46 याहवेहको शक्ति एलियामाथि आयो, अनि आफ्नो पेटीमा आफ्नो खास्टो कसेर तिनी आहाबको अगि-अगि यिजरेलसम्मै दगुरे।
46 A mão do Senhor veio sobre Elias, o qual cingiu os lombos e correu adiante de Acabe, até à entrada de Jezreel.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar 1 Reis 18, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.