1 João 3

npioncb (NPIONCB) vs ARC

Sair da comparação
ARC Almeida Revista e Corrigida 2009
1 हेर, पिताले हामीलाई कति महान् प्रेम प्रदान गर्नुभएको छ: हामी परमेश्‍वरका सन्तान कहलिएका छौँ; अनि हामी त्यही हौँ पनि! संसारले उहाँलाई नचिनेको कारण यसले हामीलाई पनि चिन्दैन।
1 Vede quão grande amor nos tem concedido o Pai: que fôssemos chamados filhos de Deus. Por isso, o mundo não nos conhece, porque não conhece a ele.
2 प्रिय मित्रहरू हो, अहिले हामी परमेश्‍वरका सन्तान हौँ, र हामी के हुनेछौँ, त्यो अहिलेसम्म प्रकट गरिएको छैन; तर हामी यो जान्दछौँ, ख्रीष्‍ट प्रकट हुनुहुँदा हामी उहाँजस्तै हुनेछौँ; किनकि उहाँजस्तो हुनुहुन्छ हामी उहाँलाई त्यस्तै नै देख्नेछौँ।
2 Amados, agora somos filhos de Deus, e ainda não é manifesto o que havemos de ser. Mas sabemos que, quando ele se manifestar, seremos semelhantes a ele; porque assim como é o veremos.
3 यो आशा उहाँमाथि राख्ने सबैले आफूलाई उहाँजस्तै शुद्ध राख्छन्, जस्तो कि उहाँ शुद्ध हुनुहुन्छ।
3 E qualquer que nele tem esta esperança purifica-se a si mesmo, como também ele é puro.
4 पाप गर्ने हरेकले व्यवस्था भङ्ग गर्दछ; वास्तवमा पाप नै अधर्म हो।
4 Qualquer que pratica o pecado também pratica iniquidade, porque o pecado é iniquidade.
5 तर तिमीहरू जान्दछौ, हाम्रा पाप हरण गर्नलाई नै उहाँ प्रकट हुनुभएको हो, र उहाँमा कुनै पाप छँदैछैन।
5 E bem sabeis que ele se manifestou para tirar os nossos pecados; e nele não há pecado.
6 उहाँमा रहने कसैले पनि पाप गरिरहँदैन। पाप गरिरहने कसैले पनि उहाँलाई न देखेको हुन्छ, न त चिनेको नै हुन्छ।
6 Qualquer que permanece nele não vive pecando; qualquer que vive pecando não o viu nem o conheceu.
7 हे प्यारा साना नानीहरू हो, कुनै पनि मानिसले तिमीहरूलाई बहकाउन नपाओस्। जसले ठिक काम गर्छ, त्यो धार्मिक हो; जस्तो उहाँ धार्मिक हुनुहुन्छ।
7 Filhinhos, ninguém vos engane. Quem pratica justiça é justo, assim como ele é justo.
8 जसले पापमय काम गर्दछ, त्यो शैतानको हो; किनकि शैतानले सुरुदेखि नै पाप गर्दै आइरहेको छ। परमेश्‍वरका पुत्र प्रकट हुनुभएको कारण नै शैतानका कामहरू नष्‍ट पार्नलाई हो।
8 Quem pratica o pecado é do diabo, porque o diabo vive pecando desde o princípio. Para isto o Filho de Deus se manifestou: para desfazer as obras do diabo.
9 परमेश्‍वरबाट जन्मेको कसैले पनि पाप गरिरहँदैन; किनकि परमेश्‍वरको बिउ त्यसमा रहन्छ, त्यसले पाप गरिरहन सक्दैन; किनकि ऊ परमेश्‍वरबाट जन्मिएको हो।
9 Qualquer que é nascido de Deus não vive na prática do pecado; porque a sua semente permanece nele; e não pode viver pecando, porque é nascido de Deus.
10 परमेश्‍वरको सन्तान को हो र, शैतानको सन्तान को हो भन्‍ने कुरा हामीले यसैबाट जान्दछौँ: जे ठिक छ, त्यो काम नगर्ने कुनै पनि व्यक्ति र आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई प्रेम नगर्ने व्यक्ति परमेश्‍वरको सन्तान होइन।
10 Nisto são manifestos os filhos de Deus e os filhos do diabo: qualquer que não pratica a justiça e não ama a seu irmão não é de Deus.
11 तिमीहरूले सुरुदेखि नै सुनेको सन्देश यही हो; हामीले एक-अर्कालाई प्रेम गर्नुपर्छ।
11 Porque esta é a mensagem que ouvistes desde o princípio: que nos amemos uns aos outros.
12 कयिनजस्तो नहोओ, जो दुष्‍टको थियो र त्यसले आफ्नै भाइको हत्या गर्‍यो। त्यसले आफ्नो भाइको हत्या किन गर्‍यो? किनकि त्यसका आफ्ना कामहरू दुष्‍ट थिए, तर त्यसको भाइका कामहरूचाहिँ धार्मिक थिए।
12 Não como Caim, que era do maligno e matou a seu irmão. E por que causa o matou? Porque as suas obras eram más, e as de seu irmão, justas.
13 त्यसैले हे मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, यदि संसारले तिमीहरूलाई घृणा गर्छ भने अचम्म नमान।
13 Meus irmãos, não vos maravilheis, se o mundo vos aborrece.
14 हामी जान्दछौँ, हामी त मृत्युबाट जीवनमा सरिसकेका छौँ; किनकि हामी आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई प्रेम गर्छौँ। जसले प्रेम गर्दैन, त्यो मृत्युमा रहिरहन्छ।
14 Nós sabemos que passamos da morte para a vida, porque amamos os irmãos; quem não ama a seu irmão permanece na morte.
15 हरेक जसले आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई घृणा गर्छ, त्यो हत्यारा हो; अनि कुनै पनि हत्यारासँग अनन्त जीवन हुँदैन भन्‍ने तिमीहरू जान्दछौ।
15 Qualquer que aborrece a seu irmão é homicida. E vós sabeis que nenhum homicida tem permanente nele a vida eterna.
16 प्रेम के हो भन्‍ने कुरा हामी यसैबाट थाहा पाउँछौँ; येशू ख्रीष्‍टले हाम्रा निम्ति आफ्नो प्राण अर्पण गर्नुभयो। यसैले हामीले पनि आफ्ना दाजुभाइ-दिदीबहिनीहरूका निम्ति आफ्नो प्राण अर्पण गर्नुपर्छ।
16 Conhecemos o amor nisto: que ele deu a sua vida por nós, e nós devemos dar a vida pelos irmãos.
17 यदि कसैसँग भौतिक धनसम्पत्ति छ, र आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई खाँचोमा परेको देख्छ; तर पनि त्यसप्रति दया देखाउँदैन भने त्यसले कसरी परमेश्‍वरको प्रेम त्यससँग रहेको दाबी गर्न सक्छ र?
17 Quem, pois, tiver bens do mundo e, vendo o seu irmão necessitado, lhe cerrar o seu coração, como estará nele o amor de Deus?
18 प्यारा साना नानीहरू हो, हामीले वचन र जिब्रोले मात्र होइन, तर कामद्वारा र सत्यतामा प्रेम गरौँ।
18 Meus filhinhos, não amemos de palavra, nem de língua, mas por obra e em verdade.
19 त्यसकारण यसैबाट नै हामी सत्यका हौँ भनी जान्दछौँ, र यसरी हामी उहाँको उपस्थितिमा निर्धक्‍क भएर खडा हुन सक्छौँ।
19 E nisto conhecemos que somos da verdade e diante dele asseguraremos nosso coração;
20 जब हाम्रो हृदयले हामीलाई दोष दिन्छ भने याद राख, परमेश्‍वर हाम्रो हृदयभन्दा महान् हुनुहुन्छ, र उहाँले सबै कुरा जान्‍नुहुन्छ।
20 sabendo que, se o nosso coração nos condena, maior é Deus do que o nosso coração e conhece todas as coisas.
21 प्रिय मित्रहरू हो, यदि हाम्रो हृदयले हामीलाई दोष दिँदैन भने परमेश्‍वरको सामु हामीलाई साहस हुन्छ;
21 Amados, se o nosso coração nos não condena, temos confiança para com Deus;
22 अनि हामीले जे माग्छौँ, सो उहाँबाट पाउँछौँ; किनकि हामी उहाँका आज्ञाहरू पालन गर्दछौँ; अनि जुन कुराले उहाँलाई प्रसन्‍न तुल्याउँछ, त्यही गर्दछौँ।
22 e qualquer coisa que lhe pedirmos, dele a receberemos, porque guardamos os seus mandamentos e fazemos o que é agradável à sua vista.
23 अनि उहाँको आज्ञा यही हो—उहाँका पुत्र येशू ख्रीष्‍टको नाममा विश्‍वास गर्नुपर्छ र उहाँले हामीलाई आज्ञा दिनुभएअनुसार एक-अर्कालाई प्रेम गर्नुपर्छ।
23 E o seu mandamento é este: que creiamos no nome de seu Filho Jesus Cristo e nos amemos uns aos outros, segundo o seu mandamento.
24 जसले उहाँका आज्ञाहरू पालन गर्छन्, तिनीहरू उहाँमा रहन्छन्, र उहाँ तिनीहरूमा। उहाँ हामीमा रहनुहुन्छ भन्‍ने कुरा उहाँले हामीलाई दिनुभएको पवित्र आत्माद्वारा हामी जान्दछौँ।
24 E aquele que guarda os seus mandamentos nele está, e ele nele. E nisto conhecemos que ele está em nós: pelo Espírito que nos tem dado.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar 1 João 3, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.