1 João 2
npioncb (NPIONCB) vs BKJ
1 मेरा प्यारा साना नानीहरू हो, तिमीहरूले पाप नगर भनी म यी कुराहरू तिमीहरूलाई लेख्दछु। तर यदि कसैले पाप गर्यो भने पितासँग हाम्रो बचाउका निम्ति बोलिदिने हाम्रा एक जना अधिवक्ता हुनुहुन्छ अर्थात् धर्मी येशू ख्रीष्ट;
1 Meus filhinhos, estas coisas vos escrevo, para que não pequeis; e se algum homem pecar, temos um advogado com o Pai, Jesus Cristo, o justo.
2 अनि उहाँ हाम्रा पापहरूका निम्ति प्रायश्चितको बलि हुनुहुन्छ, र केवल हाम्रा पापका निम्ति मात्र होइन, तर सारा संसारका पापका निम्ति पनि हुनुहुन्छ।
2 E ele é a propiciação pelos nossos pecados, e não pelos nossos apenas, mas também pelos pecados de todo o mundo.
3 यदि हामीले उहाँका आज्ञाहरू पालन गर्यौँ भने त्यसैबाट हामीले उहाँलाई चिनेका छौँ भनी थाहा पाउँछौँ।
3 E nisto sabemos que o conhecemos, se guardarmos os seus mandamentos.
4 कसैले “म उहाँलाई चिन्छु” भन्छ, तर त्यसले उहाँको आज्ञापालन गर्दैन भने त्यो झूटो हो, र त्यसमा सत्यता छैन।
4 Aquele que diz: Eu o conheço, e não guarda os seus mandamentos, é mentiroso, e a verdade não está com ele.
5 तर यदि कसैले उहाँको वचन पालन गर्छ भने परमेश्वरको प्रेम त्यसमा साँचो रूपले पूर्ण भएको हुन्छ। यसैबाट हामी उहाँमा छौँ भनी हामीलाई थाहा हुन्छ:
5 Mas qualquer que guarda a sua palavra, nele verdadeiramente está o amor de Deus aperfeiçoado; nisto sabemos que estamos nele.
6 उहाँमा जिउँछु भनी दाबी गर्ने व्यक्ति येशूजस्तै जिउनुपर्छ।
6 Aquele que diz que está nele, deve ele mesmo andar da maneira como ele andou.
7 हे प्यारा मित्रहरू हो, मैले तिमीहरूलाई कुनै नयाँ आज्ञा होइन, तर त्यही पुरानो आज्ञा लेखिरहेको छु, जो सुरुदेखि नै तिमीहरूसँग थियो। यो पुरानो आज्ञा तिमीहरूले सुनेको वचन हो।
7 Irmãos, não vos escrevo mandamento novo, mas um mandamento antigo, que tivestes desde o início. O mandamento antigo é a palavra que ouvistes desde o princípio.
8 तापनि म तिमीहरूलाई एउटा नयाँ आज्ञा लेखिरहेको छु; यसको सत्यता उहाँमा र तिमीहरूमा देखिन्छ; किनकि अन्धकार बितिरहेको छ, र साँचो ज्योति अगिदेखि नै चम्किरहेको छ।
8 Novamente vos escrevo um mandamento novo, o qual é verdadeiro nele e em vós; porque as trevas já passaram, e agora a verdadeira luz brilha.
9 कसैले आफू ज्योतिमा छु भनी दाबी गर्छ, तर आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई घृणा गर्छ भने त्यो अझै पनि अन्धकारमै छ।
9 Aquele que diz que está na luz, e odeia a seu irmão, está em trevas até agora.
10 जसले आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई प्रेम गर्छ, त्यो ज्योतिमा जिउँछ, र त्यसमा तिनीहरूलाई ठेस पुर्याउने कुनै कारण रहँदैन।
10 Aquele que ama seu irmão está na luz, e não há nele ocasião para o tropeço.
11 तर जसले आफ्नो दाजुभाइ वा दिदीबहिनीहरूलाई घृणा गर्छ, त्यो अन्धकारमा हुन्छ र अन्धकारमै जिउँछ; अनि त्यो कहाँ जाँदैछ, त्यसलाई थाहा हुँदैन; किनकि अन्धकारले त्यसलाई दृष्टिविहीन तुल्याएको हुन्छ।
11 Mas aquele que odeia seu irmão está em trevas, e anda em trevas, e não sabe para onde vai; porque essas trevas lhe cegaram os olhos.
12 हे प्यारा साना नानीहरू हो, म तिमीहरूलाई लेख्दछु;
12 Escrevo-vos, filhinhos, porque vossos pecados estão perdoados, por causa do nome dele.
13 हे पिताहरू हो, म तिमीहरूलाई लेख्दछु;
13 Escrevo-vos, pais, porque vós conhecestes aquele que é desde o princípio. Escrevo-vos, jovens, porque vós vencestes o maligno. Eu vos escrevo, filhinhos, porque conhecestes o Pai.
14 हे प्यारा बालकहरू हो, म तिमीहरूलाई लेख्दछु;
14 Eu vos escrevi, pais, porque já conhecestes aquele que é desde o princípio. Eu vos escrevi, jovens, porque sois fortes, e a palavra de Deus está em vós, e vós vencestes o maligno.
15 संसारलाई वा संसारमा भएका कुनै पनि थोकलाई प्रेम नगर। यदि कसैले संसारलाई प्रेम गर्दछ भने पिताको प्रेम त्यसमा हुँदैन।
15 Não ameis o mundo, e nem as coisas que estão no mundo. Se algum homem ama o mundo, o amor do Pai não está nele.
16 किनकि संसारमा भएका सबै थोक, शरीरको अभिलाषा, आँखाको अभिलाषा र जीवनको सेखी पिताबाट आएको होइन, तर संसारबाट आएको हो।
16 Porque tudo o que está no mundo, a concupiscência da carne, a concupiscência dos olhos e o orgulho da vida, não é do Pai, mas do mundo.
17 अनि संसार र त्यसका अभिलाषाहरू बितेर जान्छन्, तर परमेश्वरको इच्छाअनुसार गर्ने मानिस सधैँको निम्ति जीवित रहिरहन्छ।
17 E o mundo passa, e a sua concupiscência; mas aquele que faz a vontade de Deus permanece para sempre.
18 हे प्यारा बालकहरू हो, यो नै आखिरी घडी हो; अनि ख्रीष्ट विरोधी आउनेछ भनी तिमीहरूले सुनेझैँ, अहिले पनि धेरै ख्रीष्ट विरोधीहरू आएका छन्। यसबाट नै यो आखिरी घडी हो भनी हामी जान्दछौँ।
18 Filhinhos, é a última hora; e como vós ouvistes que o anticristo há de vir, e mesmo agora há muitos anticristos, por isso sabemos que é a última hora.
19 तिनीहरू हामीबाट निस्केर गए, तर तिनीहरू वास्तवमा हाम्रा थिएनन्; किनकि यदि तिनीहरू हाम्रा हुँदाहुन् त तिनीहरू हामीसँगै रहिरहनेथिए; तर तिनीहरू गएकाले नै तिनीहरूमध्ये कोही पनि हाम्रा थिएनन् भन्ने कुरा प्रकट गर्दछ।
19 Eles saíram de nós, mas não eram de nós; porque, se fossem de nós, sem dúvida teriam continuado conosco; mas eles saíram para que se manifestasse que todos eles não eram de nós.
20 तर तिमीहरूको अभिषेक पवित्र जनद्वारा भएको छ, र तिमीहरू सबैले सत्य जान्दछौ।
20 E vós tendes a unção do Santo, e sabeis todas as coisas.
21 तिमीहरूले सत्यलाई जानेका छैनौ भनेर मैले तिमीहरूलाई लेखेको हैन, तर तिमीहरूले यो जानेका हुनाले र सत्यबाट कुनै पनि झूट नआउने भएकोले मैले तिमीहरूलाई लेखेको हुँ।
21 Eu não vos escrevi julgando que não soubésseis a verdade, mas porque a sabeis, e porque nenhuma mentira advém da verdade.
22 झूट को हो? येशू नै ख्रीष्ट हुनुहुन्छ भन्ने कुरा इन्कार गर्ने मानिस नै झूटो हो। त्यस्तो मानिस नै ख्रीष्ट विरोधी हो, त्यसले पिता र पुत्रलाई इन्कार गर्दछ।
22 Quem é mentiroso, senão aquele que nega que Jesus é o Cristo? Ele é anticristo, que nega o Pai e o Filho.
23 पुत्रलाई इन्कार गर्ने कुनै पनि मानिससँग पिता हुनुहुन्न; जसले पुत्रलाई स्वीकार गर्छ, त्यससँग पिता पनि हुनुहुन्छ।
23 Qualquer que nega o Filho, o mesmo não tem o Pai; [mas] aquele que reconhece o Filho, tem o Pai também.
24 होसियार होओ, जुन कुरा तिमीहरूले सुरुदेखि नै सुनेका छौ, त्यो तिमीहरूमा रहिरहोस्। यदि त्यो कुरा तिमीहरूमा रहिरह्यो भने तिमीहरू पनि पुत्रमा र पिताको सङ्गतिमा रहिरहनेछौ।
24 Portanto, que isto esteja convosco, o que ouvistes desde o princípio. Se isto que ouvistes desde o princípio permanecer em vós, vós também haveis de permanecer no Filho, e no Pai.
25 अनि उहाँले हामीलाई गर्नुभएको प्रतिज्ञा यही हो—अनन्त जीवन।
25 E esta é a promessa que ele nos fez: a vida eterna.
26 तिमीहरूलाई बहकाउन कोसिस गर्नेहरूका विषयमा तिमीहरूलाई चेतावनी दिनलाई म यी कुराहरू लेखिरहेको छु।
26 Estas coisas vos escrevi a respeito daqueles que vos enganam.
27 तिमीहरूका विषयमा तिमीहरूले उहाँबाट जुन अभिषेक पाएका छौ, त्यो तिमीहरूमा रहिरहन्छ, र तिमीहरूलाई सिकाउन कसैको आवश्यकता पर्दैन; तर त्यस अभिषेकले तिमीहरूलाई सबै कुराका विषयमा सिकाउँछ, र त्यो अभिषेक झूटा नभई सत्य भएको हुनाले त्यस अभिषेकले तिमीहरूलाई सिकाएबमोजिम ख्रीष्टको सङ्गतिमा रहिरहो।
27 Porém a unção que vós recebestes dele permanece convosco, e não tendes necessidade de que homem algum vos ensine; mas como a mesma unção vos ensina todas as coisas, e é verdade, e não mentira, como ela vos ensinou, vós haveis de permanecer nele.
28 अब हे प्यारा साना नानीहरू हो, उहाँमा रहिरहो; अनि जब प्रभु आउनुहुन्छ, तब हामी ढुक्क भएर उहाँको आगमनमा उहाँको अगि हामीले शर्माउन नपरोस्।
28 E agora, filhinhos, permanecei nele; para que, quando ele se manifestar, possamos ter confiança, e não sejamos envergonhados diante dele em sua vinda.
29 ख्रीष्ट धार्मिक हुनुहुन्छ भनी तिमीहरूले जान्यौ भने तिमीहरूले यो पनि जान्नेछौ, कि ठिक काम गर्ने हरेक मानिस परमेश्वरबाट जन्मिएको हो।
29 Se sabeis que ele é justo, sabeis que todo aquele que pratica a justiça é nascido dele.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar 1 João 2, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.