1 Crônicas 5

npioncb (NPIONCB) vs VC

Sair da comparação
VC Versão Católica
1 इस्राएलका जेठा छोरा रूबेन थिए, (तिनी जेठो छोरा भए तापनि तिनले आफ्ना पिताकी उपपत्नीसँग शारीरिक सम्बन्ध राखेर आफ्ना पिताको वैवाहिक ओछ्यानलाई अशुद्ध पारिदिएका हुनाले तिनको जेष्‍ठ अधिकार इस्राएलका छोरा योसेफका छोराहरूलाई दिइयो। यसकारण तिनलाई वंशावलीको सूचीमा जेठो छोरा गनिएको छैन।
1 Filhos de Rubem, primogênito de Israel. Com efeito, era ele o mais velho, mas como tinha manchado o leito de seu pai, seu direito de primogenitura foi dado aos filhos de José, filho de Israel. Mas José não foi inscrito como primogênito nas genealogias.
2 यहूदा आफ्ना दाजुभाइहरूमध्ये सबैभन्दा बलियो र तिनीबाट नै शासक आएको भए तापनि ज्येष्‍ठ अधिकारचाहिँ योसेफको भयो)।
2 Pois Judá foi poderoso entre seus irmãos e é dele que saiu o príncipe. Mas o direito de primogenitura pertence a José.
3 इस्राएलका जेठा छोरा रूबेनका छोराहरू:
3 Filhos de Rubem, primogênito de Israel: Enoc, Falu, Esron e Carmi.
4 योएलका सन्तानहरू:
4 Filhos de Joel: Samia, seu filho, Gog, seu filho, Semei, seu filho;
5 शिमीका छोरा मीका,
5 Mica, seu filho, Reia, seu filho, Baal, seu filho,
6 बालका छोरा बीराह, जसलाई अश्शूरका राजा तिग्लत-पिलेसेरले कैद गरेर लगेका थिए। बेराचाहिँ रूबेनीहरूका अगुवा थिए।
6 Beera, seu filho, que Teglatfalasar, rei da Assíria, levou cativo. Era ele príncipe dos filhos de Rubem.
7 तिनीहरूका वंशावलीमा वंशअनुसार सूचित गरिएका तिनीहरूका आफन्तहरू:
7 Irmãos de Beera, segundo suas famílias, assim como estão inscritos nas suas genealogias: o primeiro Jeiel, Zacarias,
8 अनि अजाजका छोरा बेला, जो शेमाका नाति र योएलका पनाति थिए।
8 Bala, filho de Azaz, filho de Sama, filho de Joel. Bala habitava em Aroer, e ia até Nebo e a Beel-Meon.
9 तिनीहरूले पूर्वपट्टि यूफ्रेटिस नदीसम्म फैलिएको उजाडस्थानको किनारको जमिनसम्म नै कब्जा गरे। किनकि गिलादमा तिनीहरूका गाईबस्तुको संख्या बढेको थियो।
9 Ao oriente, ocupava a terra até a entrada do deserto, que vai até o Eufrates, porque seus rebanhos eram numerosos na terra de Galaad.
10 शाऊलको शासनकालमा रूबेनीहरूले हग्रीहरूको विरुद्धमा युद्ध गरे। तिनीहरूले हग्रीहरूलाई परास्त गरे। अनि तिनीहरूले गिलादको पूर्वपट्टि हग्रीहरूका सम्पूर्ण इलाकामा रहेका छाउनीहरूलाई कब्जा गरे।
10 No tempo de Saul, fizeram guerra contra os agareus que tombaram entre suas mãos. Habitaram suas tendas na costa oriental de Galaad.
11 गादीहरू रूबेनीहरूका नजिक बाशानमा बसे। तिनीहरूको इलाका सलेकासम्मै फैलिएको थियो:
11 Os filhos de Galaad habitavam defronte deles na terra de Basã, até Selca.
12 बाशानमा योएल मुखिया थिए। तिनीपछि दोस्रोमा शापान, त्यसपछि यानै र शापात थिए।
12 Joel, o primeiro, Safã, o segundo, Janai e Safat em Basã.
13 तिनीहरूका आफन्तहरू परिवारअनुसार यिनै थिए:
13 Seus irmãos, segundo suas casas patriarcais, eram: Miguel, Mosolã, Sebe, Jorai, Jacã, Zie e Heber: sete.
14 यिनीहरू अबीहेलका छोराहरू थिए। अबीहेल हूरीका छोरा थिए। हूरी यारोहका छोरा थिए, यारोह गिलादका छोरा थिए; गिलाद मिखाएलका छोरा थिए; मिखाएल यशीशैका छोरा थिए, यशीशै यहदोका छोरा थिए र यहदो बूजका छोरा थिए।
14 Eles eram filhos de Abiail, filho de Huri, filho de Jara, filho de Galaad, filho de Miguel, filho de Jesesi, filho de Jedo, filho de Bus,
15 गुनीका नाति, अब्दीएलका छोरा अही तिनीहरूका परिवारका प्रमुख अगुवा थिए।
15 Aqui, filho de Abdiel, filho de Guni, era o chefe de sua casa patriarcal.
16 गिलादीहरू गिलादमा बाशान र यसका वरपरका गाउँहरूमा र शारोनका सबै खर्कहरू फैलिएका ठाउँसम्म बसोबास गरे।
16 Habitavam em Galaad, em Basã e nas suas aldeias, até as extremidades das pastagens de Saron.
17 यी सबै मानिसहरूका नामहरू यहूदाका राजा योताम र इस्राएलका राजा यारोबामका शासनकालमा वंशावलीको सूचीमा लेखिएको थियो।
17 Todos foram registrados no tempo de Joatã, rei de Judá, e no tempo de Jeroboão, rei de Israel.
18 रूबेनीहरू, गादीहरू र मनश्शेको आधा कुलसित युद्धका निम्ति तयार रहेका 44,760 तालिम प्राप्‍त मानिसहरू थिए, जो ढाल र तरवार चलाउन सक्ने, धनु चलाउन सक्ने, र युद्धका निम्ति निपुण योद्धाहरू थिए।
18 Os filhos de Rubem, de Gad, e da meia tribo de Manassés, tinham em suas fileiras homens valorosos, que traziam escudo e espada, manejavam o arco e eram muito aguerridos, em número de 44.760 homens aptos para o combate.
19 तिनीहरूले हग्रीहरू, यतूर, नापीश र नोदाबको विरुद्धमा युद्ध गरे।
19 Fizeram guerra aos agareus, em Jetur, em Nafis, e em Nodab.
20 तिनीहरूले परमेश्‍वरबाट युद्धमा सहायता पाए। अनि परमेश्‍वरले हग्रीहरू र तिनीहरूका सबै मित्रराष्ट्रहरूलाई तिनीहरूको हातमा सुम्पिदिनुभयो। किनकि युद्धको समयमा तिनीहरूले उहाँलाई पुकारेका थिए। उहाँले तिनीहरूको पुकार सुन्‍नुभयो; किनकि तिनीहरूले उहाँमाथि भरोसा राखेका थिए।
20 Eles venceram, e os agareus com todos os seus aliados lhes foram entregues. Durante o combate, com efeito, eles tinham invocado Deus, que os ouviu, porque eles tinham posto nele sua confiança.
21 तिनीहरूले हग्रीहरूका गाईबस्तु, अर्थात् पचास हजार ऊँट, दुई लाख पचास हजार भेडा र दुई हजार गधा कब्जा गरे। तिनीहरूले एक लाख मानिसहरूलाई पनि कैद गरेर लगे।
21 Arrebataram seus rebanhos: 50.000 camelos, 250.000 ovelhas, 2.000 jumentos e 100.000 pessoas;
22 अनि अरू धेरैचाहिँ मारिए; किनकि त्यो लडाइँ परमेश्‍वरले नै हुन दिनुभएको थियो। निर्वासनमा नलगिएसम्म तिनीहरू त्यस देशमै बसोबास गरे।
22 muitos caíram mortos, pois essa guerra vinha de Deus. Estabeleceram-se no lugar dos vencidos até o cativeiro.
23 मनश्शेको आधा कुलका मानिसहरू अनगन्ती थिए। तिनीहरू त्यस देशमा बाशानदेखि बाल-हर्मोनसम्म, अर्थात् सेनीर (हेर्मोन पर्वत) सम्म बसोबास गरे।
23 Os filhos da meia tribo de Manassés moravam na terra desde Basã, até o Baal-Hermon, o Sanir e a montanha do Hermon; eram numerosos.
24 तिनीहरूका परिवारका अगुवाहरू यिनै थिए: एपेर, यिशी, एलीएल, अज्रीएल, यर्मिया, होदवियाह र यहदीएल। तिनीहरू साहसी लडाकु, प्रसिद्ध मानिसहरू, र तिनीहरूका परिवारका मुख्य अगुवाहरू थिए।
24 Eis os chefes de suas famílias patriarcais: Efer, Jesi, Eliel, Ezriel, Jeremias, Odoia e Jediel, homens valentes e poderosos, célebres chefes de suas casas patriarcais.
25 तर तिनीहरू आफ्ना पितापुर्खाहरूका परमेश्‍वरप्रति विश्‍वासयोग्य भएनन्। अनि परमेश्‍वरले तिनीहरूकै सामु नष्‍ट पार्नुभएका देशका मानिसहरूका देवताहरूको पछि लागेर तिनीहरूले वेश्यावृत्ति गरे।
25 Mas foram infiéis ao Deus de seus pais, e prostituíram-se, adorando os deuses dos povos que Deus tinha destruído diante deles.
26 यसकारण इस्राएलका परमेश्‍वरले अश्शूरका राजा पूललाई (अर्थात् अश्शूरका राजा तिग्लत-पिलेसेरलाई) उस्काउनुभयो, जसले रूबेनीहरू, गादीहरू र मनश्शेको आधा कुललाई निर्वासनमा लगे। राजाले तिनीहरूलाई हलह, हाबोर, हारा र गोजान नदीमा लगे, जहाँ तिनीहरू आजको दिनसम्म नै छँदैछन्।
26 O Deus de Israel suscitou o espírito de Ful, rei da Assíria, e o espírito de Teglatfalasar, rei da Assíria, que levou cativos os filhos de Rubem, os filhos de Gad e a meia tribo de Manassés: ele os deportou para Hala, para Habor, para Ara e para o rio de Gozã, onde permaneceram até o dia de hoje.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar 1 Crônicas 5, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.