1 Coríntios 5

npioncb (NPIONCB) vs NAA

Sair da comparação
NAA Nova Almeida Atualizada 2017
1 वास्तवमा तिमीहरूका बीचमा यौन अनैतिकता छ भन्‍ने खबर छ, यस्तो कुरा त गैरयहूदीहरूले पनि सहँदैनन्: एउटा पुरुषले आफ्नै बुबाकी पत्नीसँग अवैध सम्बन्ध राख्छ।
1 Ouve-se por aí que entre vocês existe imoralidade, e imoralidade tal como não existe nem mesmo entre os gentios, isto é, que alguém se atreva a possuir a mulher de seu próprio pai.
2 अनि तिमीहरू घमण्ड गर्छौ! तिमीहरूले त यस्तो कुरामा दुःखित हुनुपर्ने र यस्तो गर्ने मानिसलाई तिमीहरूको सङ्गतिबाट निकालिदिनुपर्ने होइन र?
2 E vocês andam cheios de orgulho, quando deveriam ter lamentado e tirado do meio de vocês quem fez uma coisa dessas.
3 म शरीरमा तिमीहरूका बीचमा उपस्थित नभए तापनि आत्मामा म तिमीहरूसँगै छु। अनि म तिमीहरूसँग उपस्थित भएझैँ, यस्तो घिनलाग्दो काम गरिरहेको मानिसलाई मैले प्रभु येशूको नाममा अगि नै न्याय गरिसकेको छु।
3 Eu, na verdade, ainda que fisicamente ausente, mas presente em espírito, já sentenciei, como se estivesse presente, o autor de tal infâmia.
4 जब तिमीहरू हाम्रा प्रभु येशूको नाममा भेला हुन्छौ, म आत्मामा तिमीहरूसँग हुन्छु, र हाम्रा प्रभु येशूको शक्तिको उपस्थिति त्यहाँ हुन्छ।
4 Em nome de nosso Senhor Jesus, reunidos vocês e o meu espírito, com o poder de Jesus, nosso Senhor,
5 त्यस मानिसलाई शरीरको विनाशको निम्ति शैतानको हातमा सुम्पिदेओ, ताकि प्रभुको दिनमा उसको आत्माचाहिँ बाँचोस्।
5 que esse tal seja entregue a Satanás para a destruição da carne, a fim de que o espírito seja salvo no Dia do Senhor.
6 तिमीहरूको घमण्ड राम्रो होइन। अलिकति खमिरले सबै पिठोको ढिकालाई खमिर बनाइदिन्छ भन्‍ने कुरा के तिमीहरूलाई थाहा छैन?
6 Não é bom esse orgulho que vocês têm. Por acaso vocês não sabem que um pouco de fermento leveda a massa toda?
7 पुरानो खमिरलाई फालिदेऊ, ताकि तिमीहरू खमिरविनाको नयाँ मुछेको ढिका बन्‍न सक, जुन वास्तवमा तिमीहरू हौ। किनकि हाम्रो निस्तार चाडको थुमा, ख्रीष्‍टको बलिदान भइसकेको छ।
7 Joguem fora o velho fermento, para que vocês sejam nova massa, como, de fato, já são, sem fermento. Pois também Cristo, nosso Cordeiro pascal, foi sacrificado.
8 यसकारण हामी कुकर्म र दुष्‍टतासहितको पुरानो खमिरको रोटीले होइन, तर निष्कपटता र सत्यताको अखमिरी रोटीले चाड मनाऔँ।
8 Por isso, celebremos a festa não com o velho fermento, nem com o fermento do mal e da maldade, mas com o pão sem fermento, o pão da sinceridade e da verdade.
9 मेरो पत्रमा तिमीहरूलाई यौन अनैतिक व्यक्तिहरूको सङ्गत नगर्नू भनी मैले लेखेको थिएँ;
9 Na outra carta, já escrevi a vocês que não se associassem com os impuros.
10 तर त्यसको अर्थ यस संसारका अनैतिक व्यक्तिहरू, लोभीहरू र ठगहरू अथवा मूर्तिपूजकहरूसँग सङ्गत नगर्नू भनेको चाहिँ होइन। त्यसो भए त तिमीहरूले यो संसारै छोडेर जानुपर्ने हुन्छ।
10 Refiro-me, com isto, não propriamente aos impuros deste mundo, aos avarentos, ladrões ou idólatras, pois, neste caso, vocês teriam de sair do mundo.
11 तर अहिले म तिमीहरूलाई यो लेखिरहेको छु, तिमीहरूले यस्तो व्यक्तिसँग सङ्गत नगर, जो विश्‍वासी भनी दाबी त गर्छ, तर पनि यौन अनैतिक वा लोभी, मूर्तिपूजक वा गाली गर्ने, मतवाला वा ठगी छ। त्यस्तो व्यक्तिसँग खाँदै नखानू।
11 Mas, agora, escrevo a vocês que não se associem com alguém que, dizendo-se irmão, for devasso, avarento, idólatra, maldizente, bêbado ou ladrão; nem mesmo comam com alguém assim.
12 मण्डली बाहिर रहेकाहरूलाई न्याय गर्नु मलाई के खाँचो छ? तर के तिमीहरूले मण्डली भित्रकाहरूलाई न्याय गर्नुपर्दैन?
12 Pois com que direito haveria eu de julgar os de fora? Mas será que vocês não devem julgar os de dentro?
13 परमेश्‍वरले नै बाहिरकाहरूलाई न्याय गर्नुहुनेछ। “दुष्‍ट मानिसलाई तिमीहरूका बीचबाट निकालिदेओ।”
13 Os de fora, esses Deus julgará. Expulsem o malfeitor do meio de vocês.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar 1 Coríntios 5, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.