1 Coríntios 4
npioncb (NPIONCB) vs VC
1 यसरी तिमीहरूले हामीलाई ख्रीष्टका सेवकहरू र परमेश्वरका रहस्यका भण्डारे ठान्नुपर्छ।
1 Que os homens nos considerem, pois, como simples operários de Cristo e administradores dos mistérios de Deus.
2 भण्डारेहरू विश्वासयोग्य हुन आवश्यक छ।
2 Ora, o que se exige dos administradores é que sejam fiéis.
3 यदि तिमीहरूद्वारा अथवा अरू मानवीय अदालतद्वारा मेरो न्याय हुन्छ भने यो मेरो लागि सानो कुरा हो। वास्तवमा म स्वयम् आफ्नो न्याय गर्दिनँ।
3 A mim pouco se me dá ser julgado por vós ou por tribunal humano, pois nem eu me julgo a mim mesmo.
4 मेरो विवेक शुद्ध छ, तर पनि यसले मलाई निर्दोष ठहराउँदैन। मलाई न्याय गर्ने प्रभु हुनुहुन्छ।
4 De nada me acusa a consciência; contudo, nem por isso sou justificado. Meu juiz é o Senhor.
5 यसकारण तोकिएको समयभन्दा पहिले न्याय नगर, प्रभु नआउन्जेल पर्ख। उहाँले अन्धकारमा लुकाइएका कुराहरूलाई प्रकाशमा ल्याउनुहुनेछ र मानिसका हृदयका उद्देश्यहरू प्रकट गर्नुहुनेछ। त्यस समय हरेकले प्रभुबाट प्रशंसा पाउनेछन्।
5 Por isso, não julgueis antes do tempo; esperai que venha o Senhor. Ele porá às claras o que se acha escondido nas trevas. Ele manifestará as intenções dos corações. Então cada um receberá de Deus o louvor que merece.
6 दाजुभाइ-दिदीबहिनीहरू हो, मैले तिमीहरूका भलाइको लागि यी कुराहरू आफू र अपोल्लोसलाई उदाहरणको रूपमा प्रयोग गरेको छु, ताकि हामीबाट तिमीहरूले भनाइको अर्थ सिक्न सक, “लेखिएको कुराभन्दा टाढा नजाओ।” तब तिमीहरू एउटाको विरुद्धमा अर्कोको अनुयायी भनी घमण्डले फुल्ने छैनौ।
6 Se apliquei tudo isso a mim e a Apolo foi por vossa causa, para que, por meio de nós, aprendais a não ultrapassar o que está escrito e para que vos não ensoberbeçais tomando partido a favor de um e com prejuízo de outrem.
7 कसले तिमीलाई अरूभन्दा श्रेष्ठ तुल्यायो? तिमीसँग परमेश्वरले नदिनुभएको के छ र? र यदि तिमीलाई सबै थोक परमेश्वरले दिनुभएको हो भने केही पनि नपाएको जस्तो गरी किन घमण्ड गर्दछौ?
7 O que há de superior em ti? Que é que possuis que não tenhas recebido? E, se o recebeste, por que te glorias, como se o não tivesses recebido?
8 तिमीहरूले चाहेका कुराहरू अगि नै पाइसकेका छौ! तिमीहरू धनी भइसकेका छौ! हामीविना नै तिमीहरू राजा भएका छौ। म तिमीहरू साँच्चै राजा भएर काम गरेको चाहन्छु, ताकि हामी पनि तिमीहरूसँगै राज्य गर्न सकौँ!
8 Já estais fartos! Já estais ricos! Sem nós, sois reis! Praza a Deus que reineis, de fato, para que também nós reinemos convosco!
9 किनकि मलाई यस्तो लाग्छ, परमेश्वरले हामी प्रेरितहरूलाई मैदानमा दोष लगाएर मारिनलाई लगिएका मानिसहरूका ताँतीमा जस्तै पछिल्तिर प्रदर्शनको लागि राख्नुभएको छ। हामी सारा संसारका, स्वर्गदूतहरूका र मानव जातिहरूका अगाडि तमाशा बनाइएका छौँ।
9 Porque, ao que parece, Deus nos tem posto a nós, apóstolos, na última classe dos homens, por assim dizer sentenciados à morte, visto que fomos entregues em espetáculo ao mundo, aos anjos e aos homens.
10 हामी ख्रीष्टका निम्ति मूर्ख छौँ, तर तिमीहरू ख्रीष्टमा बुद्धिमान् छौ। हामी दुर्बल छौँ, तर तिमीहरू बलवान् छौ! तिमीहरूले सम्मान पाएका छौ, तर हामीले अपमान।
10 Nós, estultos por causa de Cristo; e vós, sábios em Cristo! Nós, fracos; e vós, fortes! Vós, honrados; e nós, desprezados!
11 अहिले पनि हामी भोकाएका र तिर्खाएका छौँ, हामी झुत्रे-झाम्रे छौँ, हामीलाई क्रूरतासाथ व्यवहार गरिन्छ र हामी घरविहीन छौ।
11 Até esta hora padecemos fome, sede e nudez. Somos esbofeteados, somos errantes,
12 हामी आफ्नै हातले कठोर परिश्रम गर्छौँ। जब हामीलाई गिल्ला गरिन्छ, हामी आशिष् दिन्छौँ; जब हामीलाई सताइन्छ, हामी सहन्छौँ।
12 fatigamo-nos, trabalhando com as nossas próprias mãos. Insultados, abençoamos; perseguidos, suportamos; caluniados, consolamos!
13 जब हामी निन्दित हुन्छौँ, नम्रतापूर्वक जवाफ दिन्छौँ। अहिले पनि हामी संसारका कसिङ्गर र फोहोर भएका छौँ।
13 Chegamos a ser como que o lixo do mundo, a escória de todos até agora...
14 मैले यी कुराहरू तिमीहरूलाई शर्ममा पार्नलाई होइनँ, तर मेरा प्यारा सन्तानलाईझैँ चेतावनी दिनलाई लेख्दैछु।
14 Não vos escrevo estas coisas para vos envergonhar, mas admoesto-vos como meus filhos muitos amados.
15 ख्रीष्टमा तिमीहरूका दश हजार अभिभावकहरू हुन सक्लान्, तिमीहरूका धेरै पिताहरू हुँदैनन्; किनकि ख्रीष्ट येशूमा सुसमाचारद्वारा म तिमीहरूका पिता भएको छु।
15 Com efeito, ainda que tivésseis dez mil mestres em Cristo, não tendes muitos pais; ora, fui eu que vos gerei em Cristo Jesus pelo Evangelho.
16 यसकारण म तिमीहरूलाई मेरो अनुकरण गर भनी बिन्ती गर्दछु।
16 Por isso, vos conjuro a que sejais meus imitadores.
17 यसैकारण मैले मेरो छोरा तिमोथी, जसलाई म प्रेम गर्छु, जो प्रभुमा विश्वासयोग्य छन्, तिनलाई तिमीहरूकहाँ पठाएको छु। तिनैले तिमीहरूलाई ख्रीष्ट येशूमा मेरो जीवन जिउने तरिका सम्झना गराउनेछन्, जुनचाहिँ सबै ठाउँहरूका सबै मण्डलीहरूमा मैले सिकाएबमोजिम छ।
17 Para isso é que vos enviei Timóteo, meu filho muito amado e fiel no Senhor. Ele vos recordará as minhas normas de conduta, tais como as ensino por toda parte, em todas as igrejas.
18 म तिमीहरूकहाँ आउँदिनँ जस्तो ठानेर तिमीहरूमध्ये कति जना घमण्डी भएका छौ।
18 Alguns, presumindo que eu não mais iria ter convosco, encheram-se de orgulho.
19 तर यदि प्रभुको इच्छा भयो भने म चाँडै आउनेछु र यी घमण्डी मानिसहरूले के भनिरहेका छन् भन्ने मात्र होइन, तर तिनीहरूसँग कस्तो शक्ति छ, त्यो पनि म पत्तो लगाउनेछु।
19 Mas brevemente irei ter convosco, se Deus quiser, e tomarei conhecimento não do que esses orgulhosos falam, mas do que são capazes.
20 किनकि परमेश्वरको राज्य कुरा गराइमा होइन, तर शक्तिमा हुन्छ।
20 Porque o Reino de Deus não consiste em palavras, mas em atos.
21 तिमीहरू के चाहन्छौ? के म तिमीहरूकहाँ अनुशासनको छडी लिएर आऊँ, वा प्रेममा र नम्रताको आत्मासाथ आऊँ?
21 Que preferis? Que eu vá visitar-vos com a vara, ou com caridade e espírito de mansidão?
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar 1 Coríntios 4, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.