1 Coríntios 3

npioncb (NPIONCB) vs VC

Sair da comparação
VC Versão Católica
1 दाजुभाइ-दिदीबहिनीहरू हो, मैले तिमीहरूसँग आत्मिक मानिसहरूसँगझैँ बोल्न सकिनँ, तर सांसारिक मानिसहरूसँग अथवा ख्रीष्‍टमा दुधे बालकहरूसँगझैँ बोल्नुपर्‍यो।
1 A vós, irmãos, não vos pude falar como a homens espirituais, mas como a carnais, como a criancinhas em Cristo.
2 मैले तिमीहरूलाई खँदिलो भोजन होइन, दूध खुवाएँ; किनकि तिमीहरू खँदिलो भोजनको लागि तयार थिएनौ। वास्तवमा अझ पनि तिमीहरू तयार छैनौ।
2 Eu vos dei leite a beber, e não alimento sólido que ainda não podíeis suportar. Nem ainda agora o podeis, porque ainda sois carnais.
3 तिमीहरू अझै पनि सांसारिक नै छौ; किनकि तिमीहरूका बीचमा डाह र कलहहरू छन्। त्यसो भए के तिमीहरू सांसारिक होइनौ र? तिमीहरू संसारका मानिसहरूजस्तै चल्दैनौ र?
3 Com efeito, enquanto houver entre vós ciúmes e contendas, não será porque sois carnais e procedeis de um modo totalmente humano?
4 किनकि जब एउटाले “म पावलको हुँ,” अनि अर्कोले, “म अपोल्‍लोसको हुँ,” भन्छ भने के तिमीहरू केवल मानिसहरूजस्तै भएनौ र?
4 Quando, entre vós, um diz: Eu sou de Paulo, e outro: Eu, de Apolo, não é isto modo de pensar totalmente humano?
5 त्यसो हो भने अपोल्‍लोस को हुन्? अनि पावल को हो? केवल सेवकहरू हुन्, जसद्वारा तिमीहरूले सुसमाचारमा विश्‍वास गर्‍यौ; अनि प्रभुले हामीलाई काम दिएअनुसार पूरा गर्‍यौँ।
5 Pois que é Apolo? E que é Paulo? Simples servos, por cujo intermédio abraçastes a fé, e isto conforme a medida que o Senhor repartiu a cada um deles:
6 मैले बिउ रोपेँ, अपोल्‍लोसले पानी लगाए, तर परमेश्‍वरले नै त्यसलाई बढाउनुभएको हो।
6 eu plantei, Apolo regou, mas Deus é quem fez crescer.
7 यसकारण न रोप्ने केही हो, न त पानी हाल्ने केही हो; तर परमेश्‍वर मात्र महान् हुनुहुन्छ, जसले बढाउनुहुन्छ।
7 Assim, nem o que planta é alguma coisa nem o que rega, mas só Deus, que faz crescer.
8 रोप्ने मानिस र पानी लगाउने मानिसको एउटै उद्देश्य हुन्छ, र प्रत्येकले आफ्नो परिश्रमअनुसारको इनाम पाउनेछ।
8 O que planta ou o que rega são iguais; cada um receberá a sua recompensa, segundo o seu trabalho.
9 किनकि हामी परमेश्‍वरको सेवामा सहकर्मी हौँ; तिमीहरू परमेश्‍वरको खेतबारी र उहाँको भवन हौ।
9 Nós somos operários com Deus. Vós, o campo de Deus, o edifício de Deus.
10 परमेश्‍वरले मलाई दिनुभएको अनुग्रहद्वारा मैले एक जना सिपालु मिस्त्रीलेझैँ एउटा जग बसालेको छु; अनि अरू कसैले त्यसमाथि भवन बनाउँदै जान्छ। तर बनाउने प्रत्येकले होसियारीसाथ बनाउँदै जानुपर्छ।
10 Segundo a graça que Deus me deu, como sábio arquiteto lancei o fundamento, mas outro edifica sobre ele.
11 तर जुन जग बसालिएको छ; त्यो जग स्वयम् येशू ख्रीष्‍ट हुनुहुन्छ; त्यसबाहेक कसैले अर्को जग बसाल्न सक्दैन।
11 Quanto ao fundamento, ninguém pode pôr outro diverso daquele que já foi posto: Jesus Cristo.
12 यदि कसैले त्यस जगमाथि सुन, चाँदी, बहुमूल्य पत्थर, काठ, घाँस वा पराल प्रयोग गरेर केही बनाउँछ भने,
12 Agora, se alguém edifica sobre este fundamento, com ouro, ou com prata, ou com pedras preciosas, com madeira, ou com feno, ou com palha,
13 हरेकको काम कस्तो रहेछ भनी देखाइनेछ; किनकि त्यस दिनले हरेकका कामलाई ज्योतिमा ल्याउनेछ; अनि आगोद्वारा काम प्रकट हुनेछ, र हरेक मानिसको कामको गुण आगोद्वारा जाँच गरिनेछ।
13 a obra de cada um aparecerá. O dia {do julgamento} demonstrá-lo-á. Será descoberto pelo fogo; o fogo provará o que vale o trabalho de cada um.
14 यदि त्यसले बनाएको काम रहिरह्‍यो भने त्यस कामदारले इनाम पाउनेछ।
14 Se a construção resistir, o construtor receberá a recompensa.
15 यदि त्यो काम जलेर नष्‍ट भयो भने कामदारले नोक्सानी उठाउनुपर्नेछ; तापनि आगोको ज्वालाबाट बाँचेझैँ आफूचाहिँ बाँच्नेछ।
15 Se pegar fogo, arcará com os danos. Ele será salvo, porém passando de alguma maneira através do fogo.
16 के तिमीहरू आफैँ परमेश्‍वरको मन्दिर हौ र परमेश्‍वरको आत्मा तिमीहरूमा बास गर्नुहुन्छ भन्‍ने कुरा जान्दैनौ?
16 Não sabeis que sois o templo de Deus, e que o Espírito de Deus habita em vós?
17 यदि कसैले परमेश्‍वरको मन्दिरलाई नष्‍ट गर्दछ भने परमेश्‍वरले त्यसलाई नष्‍ट गर्नुहुनेछ; किनभने परमेश्‍वरको मन्दिर पवित्र हुन्छ, जुन मन्दिरचाहिँ तिमीहरू नै हौ।
17 Se alguém destruir o templo de Deus, Deus o destruirá. Porque o templo de Deus é sagrado - e isto sois vós.
18 तिमीहरू आफैँलाई धोका नदेओ। यदि तिमीहरूमध्ये कसैले आफूलाई यस युगको नापअनुसार बुद्धिमान् सम्झन्छ भने तिमीहरू बुद्धिमान् हुनको लागि “मूर्ख” बन्‍नुपर्छ।
18 Ninguém se engane a si mesmo. Se alguém dentre vós se julga sábio à maneira deste mundo, faça-se louco para tornar-se sábio,
19 किनकि परमेश्‍वरको दृष्‍टिमा यस संसारको बुद्धि मूर्खता हो। यसरी लेखिएको छ: “उहाँले बुद्धिमान्‌लाई त्यसकै धूर्ततामा पक्रनुहुन्छ।”
19 porque a sabedoria deste mundo é loucura diante de Deus; pois {diz a Escritura} ele apanhará os sábios na sua própria astúcia {Jó 5,13}.
20 अनि फेरि, “प्रभुले जान्‍नुहुन्छ कि बुद्धिमान्‌हरूका विचारहरू व्यर्थ हुन्।”
20 E em outro lugar: O Senhor conhece os pensamentos dos sábios, e ele sabe que são vãos {Sl 93,11}.
21 यसकारण कसैले मानवीय अगुवाहरूबारे घमण्ड नगर! सबै कुरा तिमीहरूकै हुन्,
21 Portanto, ninguém ponha sua glória nos homens. Tudo é vosso:
22 चाहे पावल वा अपोल्‍लोस वा केफास वा जीवन वा संसार वा मृत्यु वा वर्तमान वा भविष्य—सबै तिमीहरूकै हुन्।
22 Paulo, Apolo, Cefas, o mundo, a vida, a morte, o presente e o futuro. Tudo é vosso!
23 तिमीहरूचाहिँ ख्रीष्‍टका हौ, र ख्रीष्‍टचाहिँ परमेश्‍वरको हुनुहुन्छ।
23 Mas vós sois de Cristo, e Cristo é de Deus.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar 1 Coríntios 3, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.