1 Coríntios 16

npioncb (NPIONCB) vs VC

Sair da comparação
VC Versão Católica
1 अब प्रभुका जनहरूका निम्ति भेटी सङ्कलनको विषयमा बोल्न चाहन्छु: मैले गलातियाका मण्डलीहरूलाई जे गर्नु भनेको छु, त्यस्तै तिमीहरूले गर।
1 Quanto à coleta em benefício dos santos, segui também vós as diretrizes que eu tracei às igrejas da Galácia.
2 हरेक हप्‍ताको पहिलो दिन तिमीहरू सबैले आ-आफ्नो कमाइअनुसार केही रकम छुट्याएर जम्मा गरी राख्नू, ताकि म आउँदाखेरि भेटी सङ्कलन गर्ने कार्य नहोस्।
2 No primeiro dia da semana, cada um de vós ponha de parte o que tiver podido poupar, para que não esperem a minha chegada para fazer as coletas.
3 जब म आउँछु, तब तिमीहरूले चुनेका मानिसहरूलाई म परिचय-पत्र दिनेछु र तिनीहरूलाई तिमीहरूले सङ्कलन गरेको भेटीसँग यरूशलेम पठाउनेछु।
3 Quando chegar, enviarei, com uma carta, os que tiverdes escolhido para levar a Jerusalém a vossa oferta.
4 यदि म जान उचित देखियो भने तिनीहरू मसँगै जानेछन्।
4 Se valer a pena que eu também vá, irão comigo.
5 म्यासिडोनिया भएर गएपछि म तिमीहरूकहाँ आउनेछु किनकि म त्यो बाटो भएर जानेछु।
5 Irei ter convosco, depois que tiver passado pela Macedônia; apenas passarei por lá.
6 सायद म तिमीहरूसँग केही समय बिताउनेछु वा पूरै हिउँद पनि बिताउँन सक्छु, ताकि तिमीहरूले मलाई मेरो बाँकी यात्रामा सहयोग गर्न सक्नेछौ।
6 Talvez fique convosco ou até passe todo o inverno, para que me leveis aonde eu tenho de ir.
7 म अहिले तिमीहरूलाई छोटो समयका लागि मात्र भेटेर गइहाल्नका लागि होइन, तर यदि प्रभुले अनुमति दिनुभयो भने म तिमीहरूसँग केही समयसम्म रहने आशा राख्छु।
7 Desta vez, quero vos ver não somente de passagem, mas espero demorar-me algum tempo convosco, se o Senhor o permitir.
8 तर म एफिससमा पेन्टिकोस्टको पर्वसम्म बस्‍नेछु।
8 Ficarei em Éfeso até Pentecostes:
9 किनभने प्रभावकारी कामको लागि मेरा निम्ति ठूलो ढोका खोलिएको छ, तर मेरो विरोध गर्ने पनि त्यहाँ धेरै छन्।
9 aí se me abriu uma grande porta à minha atividade e os adversários aí são muitos.
10 जब तिमोथी तिमीहरूकहाँ आउनेछन्, तिनी तिमीहरूसँग रहँदा निडरसाथ रहन सकून्; किनकि मैले गरेजस्तै तिनले पनि प्रभुको काम गरिरहेका छन्।
10 Se Timóteo for visitar-vos, vede que esteja sem preocupação entre vós, porque trabalha exatamente como eu na obra do Senhor.
11 अनि कसैले पनि तिनलाई अवहेलना नगरून्। तिनलाई शान्तिसँग आफ्नो यात्रामा पठाइदेओ, ताकि तिनी मकहाँ फर्केर आऊन्। तिनी अरू भाइहरूसँग आउँछन् भन्‍ने मैले आशा गरिरहेको छु।
11 Portanto, ninguém o despreze. E preparai-lhe a viagem em paz para que venha ter comigo, porque o espero com os irmãos.
12 अब हाम्रा भाइ अपोल्‍लोसको विषयमा: मैले तिनलाई अरू भाइहरूसँग तिमीहरूकहाँ जाऊन् भनी धेरै आग्रह गरेँ। अहिले तिनको आउने चाहना पक्‍का छैन, तर जब तिनले मौका पाउँछन्, तब तिनी आउनेछन्।
12 Quanto ao nosso irmão Apolo, roguei-lhe muito fosse ter convosco com os irmãos, mas de modo algum quis ele ir agora. Contudo irá ver-vos, quando tiver oportunidade.
13 तिमीहरू सतर्क रहो; विश्‍वासमा स्थिर भइरहो; निडर होओ र बलियो होओ।
13 Vigiai! Sede firmes na fé! Sede homens! Sede fortes!
14 सबै कुरा प्रेमसाथ गरिएका होऊन्।
14 Tudo o que fazeis, fazei-o na caridade.
15 हे विश्‍वासीहरू हो, तिमीहरू जान्दछौ, स्तिफनसको घराना अखैयाको पहिलो फल हुन्। तिनीहरूले प्रभुको जनहरूका सेवामा आफैँलाई अर्पण गरेका छन्। दाजुभाइ-दिदीबहिनीहरू, म तिमीहरूलाई विनम्र आग्रह गर्दछु,
15 Ainda uma recomendação, irmãos: sabeis que a família de Estéfanas são as primícias da Acaia e se consagraram ao serviço dos santos.
16 कि यस्ता मानिसहरू र यस्तै परिश्रम गर्ने हरेकको अधीनमा बस।
16 Tratai essas pessoas com consideração, bem como todos aqueles que ajudam e trabalham na mesma obra.
17 जब स्तिफनस, फोर्टुनाटस र अखाइकस मकहाँ आए, तब म आनन्दित भएँ; किनभने तिमीहरूबाट भएको कमीलाई तिनीहरूले पूरा गरिदिएका छन्।
17 Eu me alegro com a vinda de Estéfanas, Fortunato e Acaico, porque eles supriram a vossa ausência,
18 तिनीहरूका कारण मेरो र तिमीहरूका आत्मालाई पनि शीतल पारिदिएका छन्। यस्ता मानिसहरू आदर पाउने योग्यका हुन्।
18 e tranqüilizaram o meu espírito e o vosso. Tende, pois, consideração a tais homens.
19 एशियाको प्रान्तमा भएका मण्डलीहरूले तिमीहरूलाई अभिवादन पठाएका छन्।
19 As igrejas da Ásia vos saúdam. Áquila e Prisca, com a comunidade que se reúne em sua casa, enviam-vos muitas saudações.
20 यहाँ भएका सबै दाजुभाइ-दिदीबहिनीहरूले पनि तिमीहरूलाई अभिवादन पठाएका छन्।
20 Todos os irmãos vos saúdam. Saudai-vos uns aos outros com ósculo santo.
21 म पावल, आफ्नै हातले यो अभिवादन लेख्दैछु।
21 Esta saudação escrevo-a de próprio punho: PAULO.
22 यदि कसैले प्रभुलाई प्रेम गर्दैन भने त्यो श्रापित होस्! हे हाम्रा प्रभु, आउनुहोस्!
22 Se alguém não amar o Senhor, seja maldito! Maran atá.
23 प्रभु येशूको अनुग्रह तिमीहरूसँग होस्।
23 A graça do Senhor Jesus esteja convosco.
24 ख्रीष्‍ट येशूमा मेरो प्रेम तिमीहरू सबैसँग रहोस्! आमेन।
24 Eu vos amo a todos vós em Cristo Jesus.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar 1 Coríntios 16, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.