1 Coríntios 15

npioncb (NPIONCB) vs ARC

Sair da comparação
ARC Almeida Revista e Corrigida 2009
1 अब दाजुभाइ-दिदीबहिनीहरू हो, म तिमीहरूलाई मैले प्रचार गरेको सुसमाचारको सम्झना दिलाउन चाहन्छु, जो तिमीहरूले ग्रहण गरेका छौ र त्यसमा तिमीहरू स्थिर रहेका छौ।
1 Também vos notifico, irmãos, o evangelho que já vos tenho anunciado, o qual também recebestes e no qual também permaneceis;
2 यदि तिमीहरू मैले प्रचार गरेको वचनमा स्थिर रह्‍यौ भने यही सुसमाचारद्वारा तिमीहरूको उद्धार हुनेछ; नत्रता तिमीहरूले व्यर्थैमा विश्‍वास गरेका हुनेछौ।
2 pelo qual também sois salvos, se o retiverdes tal como vo-lo tenho anunciado, se não é que crestes em vão.
3 किनकि मैले जे वचन पाएँ, त्यसैलाई सबैभन्दा महत्त्वपूर्ण ठानी तिमीहरूलाई सुम्पिदिएँ: धर्मशास्त्रअनुसार ख्रीष्‍ट हाम्रा पापका निम्ति मर्नुभयो।
3 Porque primeiramente vos entreguei o que também recebi: que Cristo morreu por nossos pecados, segundo as Escrituras,
4 अनि उहाँ गाडिनुभयो र धर्मशास्त्रअनुसार तेस्रो दिनमा पुनर्जीवित हुनुभयो।
4 e que foi sepultado, e que ressuscitou ao terceiro dia, segundo as Escrituras,
5 उहाँ केफासकहाँ र त्यसपछि बाह्र जना चेलाहरूकहाँ देखा पर्नुभयो।
5 e que foi visto por Cefas e depois pelos doze.
6 त्यसपछि उहाँ पाँच सयभन्दा बढी दाजुभाइ-दिदीबहिनीहरूकहाँ एकै समयमा देखा पर्नुभयो, जसमध्ये धेरै जना अझै पनि जीवित छँदैछन् र कतिचाहिँ सुतिसकेका छन्।
6 Depois, foi visto, uma vez, por mais de quinhentos irmãos, dos quais vive ainda a maior parte, mas alguns já dormem também.
7 तब उहाँ याकोबकहाँ देखा पर्नुभयो, त्यसपछि सबै प्रेरितहरूकहाँ देखा पर्नुभयो।
7 Depois, foi visto por Tiago, depois, por todos os apóstolos
8 अनि सबैभन्दा अन्तिममा समय पूरा नभइकन जन्मेको व्यक्तिकहाँ जस्तो मकहाँ पनि देखा पर्नुभयो।
8 e, por derradeiro de todos, me apareceu também a mim, como a um abortivo.
9 किनकि म सबै प्रेरितहरू भन्दा तुच्छ हुँ, म त प्रेरित भनिने लायकको पनि छैनँ; किनभने मैले परमेश्‍वरको मण्डलीलाई सताएको थिएँ।
9 Porque eu sou o menor dos apóstolos, que não sou digno de ser chamado apóstolo, pois que persegui a igreja de Deus.
10 तर म आज जे छु, परमेश्‍वरको अनुग्रहको कारण नै छु; अनि उहाँको अनुग्रह ममा व्यर्थै भएन। मैले अरू प्रेरितहरू भन्दा बढी कडा परिश्रम गरेको छु। तैपनि मैले होइनँ, तर मसँग भएको परमेश्‍वरको अनुग्रहको कारणले नै हो।
10 Mas, pela graça de Deus, sou o que sou; e a sua graça para comigo não foi vã; antes, trabalhei muito mais do que todos eles; todavia, não eu, mas a graça de Deus, que está comigo.
11 यसैकारण मैले होस् वा अरू प्रेरितहरूले, जसले भए तापनि हामीले प्रचार गरेको सन्देश यही हो, र तिमीहरूले विश्‍वास गरेको पनि यही नै हो।
11 Então, ou seja eu ou sejam eles, assim pregamos, e assim haveis crido.
12 तर यदि मरेकाहरूबाट ख्रीष्‍ट पुनरुत्थान हुनुभयो भन्‍ने प्रचार भएको छ भने तिमीहरू कतिले कसरी मरेकाहरूको पुनरुत्थान हुँदैन भनी भन्छौ त?
12 Ora, se se prega que Cristo ressuscitou dos mortos, como dizem alguns dentre vós que não há ressurreição de mortos?
13 यदि मरेकाहरूको पुनरुत्थान हुँदैन भने ख्रीष्‍ट पनि पुनरुत्थान हुनुभएको होइन।
13 E, se não há ressurreição de mortos, também Cristo não ressuscitou.
14 यदि ख्रीष्‍ट पुनर्जीवित हुनुभएको होइन भने हाम्रो प्रचार र तिमीहरूको विश्‍वास पनि व्यर्थ हो।
14 E, se Cristo não ressuscitou, logo é vã a nossa pregação, e também é vã a vossa fé.
15 त्योभन्दा बढी हामी परमेश्‍वरका झूटा साक्षीहरू ठहरिनेछौँ; किनकि हामीले परमेश्‍वरले ख्रीष्‍टलाई मरेकाहरूबाट पुनर्जीवित पार्नुभएको छ भन्‍ने गवाही दिएका छौँ। तर यदि उहाँले ख्रीष्‍टलाई पुनर्जीवित पार्नुभएको होइन भने वास्तवमा मरेकाहरू पुनर्जीवित हुँदैनन्।
15 E assim somos também considerados como falsas testemunhas de Deus, pois testificamos de Deus, que ressuscitou a Cristo, ao qual, porém, não ressuscitou, se, na verdade, os mortos não ressuscitam.
16 किनकि यदि मरेकाहरू पुनर्जीवित नहुने भए त ख्रीष्‍ट पनि पुनर्जीवित हुनुभएको छैन।
16 Porque, se os mortos não ressuscitam, também Cristo não ressuscitou.
17 यदि ख्रीष्‍ट पुनर्जीवित हुनुभएको छैन भने तिमीहरूको विश्‍वास व्यर्थ भयो; अनि तिमीहरू अझै पनि आफ्ना पापमै छौ।
17 E, se Cristo não ressuscitou, é vã a vossa fé, e ainda permaneceis nos vossos pecados.
18 त्यसो हो भने ख्रीष्‍टमा विश्‍वास गरेर सुतिगएकाहरू पनि नष्‍ट भएका छन्।
18 E também os que dormiram em Cristo estão perdidos.
19 यदि यस जीवनको लागि मात्र ख्रीष्‍टमा हाम्रो आशा राखेका छौँ भने हामी सबै मानिसहरूभन्दा बढी दयनीय हुन्छौँ।
19 Se esperamos em Cristo só nesta vida, somos os mais miseráveis de todos os homens.
20 तर वास्तवमै ख्रीष्‍ट मरेकाहरूमध्ये पहिलो फलको रूपमा पुनर्जीवित हुनुभएको हो।
20 Mas, agora, Cristo ressuscitou dos mortos e foi feito as primícias dos que dormem.
21 किनकि मृत्यु एक जना मानिसद्वारा आयो, त्यसरी नै मरेकाहरूको पुनरुत्थान पनि एकै जना मानिसद्वारा आयो।
21 Porque, assim como a morte veio por um homem, também a ressurreição dos mortos veio por um homem.
22 जसरी आदममा सबै मरे, त्यसरी नै ख्रीष्‍टमा सबै जीवित पारिनेछन्।
22 Porque, assim como todos morrem em Adão, assim também todos serão vivificados em Cristo.
23 तर हरेक आ-आफ्नो क्रमअनुसार ख्रीष्‍ट पहिलो फल, त्यसपछि उहाँको पुनरागमनमा उहाँका आफ्नैहरू सबै जीवित पारिनेछन्।
23 Mas cada um por sua ordem: Cristo, as primícias; depois, os que são de Cristo, na sua vinda.
24 तब अन्त्य आउनेछ; जब उहाँले दुष्‍टका सबै शासन, अधिकार र शक्तिलाई नाश गरेर आफ्ना पिता परमेश्‍वरलाई राज्य सुम्पनुहुनेछ।
24 Depois, virá o fim, quando tiver entregado o Reino a Deus, ao Pai, e quando houver aniquilado todo império e toda potestade e força.
25 किनकि ख्रीष्‍टले आफ्ना सबै शत्रुहरूलाई आफ्नो पाउमुनि नराखुन्जेल उहाँले राज्य गर्नैपर्छ।
25 Porque convém que reine até que haja posto a todos os inimigos debaixo de seus pés.
26 अन्तिममा नाश गरिने शत्रुचाहिँ मृत्यु हो।
26 Ora, o último inimigo que há de ser aniquilado é a morte.
27 किनकि परमेश्‍वरले “सबै कुरा उहाँको पाउमुनि राख्नुभएको छ।” यो स्पष्‍ट छ, कि “सबै कुरा” भन्‍नाले सबै कुरा ख्रीष्‍टको अधीनमा गराउनुहुने परमेश्‍वर आफैँचाहिँ त्यस अधीनमा हुनुहुन्‍न।
27 Porque todas as coisas sujeitou debaixo de seus pés. Mas, quando diz que todas as coisas lhe estão sujeitas, claro está que se excetua aquele que sujeitou todas as coisas.
28 जब परमेश्‍वरले सबै कुरा ख्रीष्‍टको अधीनमा गराउनुहुन्छ, तब पुत्र आफैँ पनि पिताको अधीनमा हुनुहुनेछ, जसले सबै कुरा ख्रीष्‍टको अधीनमा राखिदिनुभएको छ, ताकि परमेश्‍वर सबै कुरामा सर्वेसर्वा होऊन्।
28 E, quando todas as coisas lhe estiverem sujeitas, então, também o mesmo Filho se sujeitará àquele que todas as coisas lhe sujeitou, para que Deus seja tudo em todos.
29 यदि पुनरुत्थान नहुने भए, मरेकाहरूका निम्ति बप्‍तिस्मा लिनुको के आवश्यकता हुनेछ? यदि मरेकाहरू पुनर्जीवित हुँदै नहुने भए, किन मानिसहरूले तिनीहरूका लागि बप्‍तिस्मा लिन्छन्?
29 Doutra maneira, que farão os que se batizam pelos mortos, se absolutamente os mortos não ressuscitam? Por que se batizam eles, então, pelos mortos?
30 अनि हाम्रो विषयमा, हामीले आफूलाई हर घडी किन जोखिममा पार्छौँ?
30 Por que estamos nós também a toda hora em perigo?
31 म दिनहुँ मृत्युको सामना गर्छु—हो, मेरो भनाइको अर्थ, हाम्रा प्रभु ख्रीष्‍ट येशूमा म तिमीहरूको कारण गर्व गर्दछु।
31 Eu protesto que cada dia morro gloriando-me em vós, irmãos, por Cristo Jesus, nosso Senhor.
32 यदि मानवीय दृष्‍टिकोणले मात्र मैले एफिससमा जङ्गली जनावरहरूसँग जस्तै मानिसहरूसँग लडाइँ गरेको हुन्थेँ भने मलाई लाभ हुन्थ्यो र? यदि मरेकाहरू पुनर्जीवित नहुने भए,
32 Se, como homem, combati em Éfeso contra as bestas, que me aproveita isso, se os mortos não ressuscitam? Comamos e bebamos, que amanhã morreremos.
33 भ्रममा नपर: “खराब सङ्गतले असल चरित्रलाई नष्‍ट पार्छ।”
33 Não vos enganeis: as más conversações corrompem os bons costumes.
34 होशमा आओ, पाप गर्न छोड। म यो तिमीहरूलाई शर्ममा पार्नलाई भन्दैछु; किनकि तिमीहरूमध्ये कतिले त परमेश्‍वरलाई चिनेका छैनौ।
34 Vigiai justamente e não pequeis; porque alguns ainda não têm o conhecimento de Deus; digo- o para vergonha vossa.
35 तर कसैले सोध्ला, “मरेकाहरू कसरी पुनर्जीवित हुन्छन्? र कस्ता किसिमका शरीरमा तिनीहरू आउनेछन्?”
35 Mas alguém dirá: Como ressuscitarão os mortos? E com que corpo virão?
36 हे मूर्ख! तिमीले जे छर्दछौ, त्यो नमरेसम्म सजीव हुँदैन।
36 Insensato! O que tu semeias não é vivificado, se primeiro não morrer.
37 जब तिमी छर्दछौ, तब तिमीले पछि आउने शरीर त रोप्दैनौ, तर एउटा बिउ मात्र छर्दछौ, चाहे त्यो गहुँको होस् वा अरू केहीको होस्।
37 E, quando semeias, não semeias o corpo que há de nascer, mas o simples grão, como de trigo ou doutra qualquer semente.
38 तर परमेश्‍वरले त्यसलाई आफ्नो इच्छाअनुसारको एउटा शरीर दिनुहुन्छ, र हरेक किसिमको बिउलाई त्यसको आफ्नै शरीर दिनुहुन्छ।
38 Mas Deus dá-lhe o corpo como quer e a cada semente, o seu próprio corpo.
39 सबैको शरीर एकै प्रकारको हुँदैन: मानिसको एक प्रकारको शरीर हुन्छ, जनावरहरूको अर्कै प्रकारको, चराहरूको अर्कै प्रकारको र माछाहरूको अर्कै प्रकारको शरीर हुन्छ।
39 Nem toda carne é uma mesma carne; mas uma é a carne dos homens, e outra, a carne dos animais, e outra, a dos peixes, e outra, a das aves.
40 स्वर्गीय शरीरहरू पनि हुन्छन् र सांसारिक शरीरहरू पनि हुन्छन्; तर स्वर्गीय शरीरहरूको तेज एक किसिमको हुन्छ, र सांसारिक शरीरहरूको तेज अर्कै किसिमको हुन्छ।
40 E há corpos celestes e corpos terrestres, mas uma é a glória dos celestes, e outra, a dos terrestres.
41 सूर्यको तेज एक किसिमको हुन्छ, चन्द्रमाको अर्कै किसिमको र ताराहरूको अर्कै किसिमको हुन्छ; किनकि एउटा ताराको तेज अर्को ताराको तेजभन्दा भिन्दै प्रकारको हुन्छ।
41 Uma é a glória do sol, e outra, a glória da lua, e outra, a glória das estrelas; porque uma estrela difere em glória de outra estrela.
42 मरेकाहरूको पुनरुत्थान पनि यस्तै किसिमको हुनेछ। जुन शरीर विनाशमा गाडिन्छ, त्यो अविनाशी रूपमा पुनर्जीवित पारिनेछ।
42 Assim também a ressurreição dos mortos. Semeia-se o corpo em corrupção, ressuscitará em incorrupção.
43 त्यो अनादरमा गाडिन्छ, तर महिमामा पुनर्जीवित पारिनेछ; त्यो दुर्बलतामा गाडिन्छ, तर सामर्थ्यमा पुनर्जीवित पारिनेछ।
43 Semeia-se em ignomínia, ressuscitará em glória. Semeia-se em fraqueza, ressuscitará com vigor.
44 त्यो प्राकृतिक शरीरमा रोपिन्छ, तर आत्मिक शरीरमा पुनर्जीवित पारिनेछ।
44 Semeia-se corpo animal, ressuscitará corpo espiritual. Se há corpo animal, há também corpo espiritual.
45 यसकारण यसरी लेखिएको छ: “पहिलो मानिस आदम जीवित प्राणी भयो”; अन्तिम आदमचाहिँ जीवन दिने आत्मा हुनुभयो।
45 Assim está também escrito: O primeiro homem, Adão, foi feito em alma vivente; o último Adão, em espírito vivificante.
46 पहिला आत्मिक शरीर आएन, तर पहिला प्राकृतिक शरीर आयो, त्यसपछि आत्मिक शरीर आयो।
46 Mas não é primeiro o espiritual, senão o animal; depois, o espiritual.
47 पहिलो मानिस पृथ्वीको धुलोबाट बनेको थियो; दोस्रो मानिसचाहिँ स्वर्गबाट हुनुहुन्छ।
47 O primeiro homem, da terra, é terreno; o segundo homem, o Senhor, é do céu.
48 माटोबाट बनेको मानिसजस्तो थियो, पृथ्वीका मानिसहरू त्यस्तै हुन्छन्; स्वर्गीय मानिसजस्ता हुन्छन्, स्वर्गका अरूहरू पनि त्यस्तै हुन्छन्।
48 Qual o terreno, tais são também os terrenos; e, qual o celestial, tais também os celestiais.
49 जसरी हामीले माटोले बनेको मानिसको स्वरूप धारण गरेका छौँ, त्यसरी नै हामीले स्वर्गीय मानिसको स्वरूप पनि धारण गर्नेछौँ।
49 E, assim como trouxemos a imagem do terreno, assim traremos também a imagem do celestial.
50 दाजुभाइ-दिदीबहिनीहरू हो, म तिमीहरूलाई घोषणा गर्दछु, कि शरीर र रगत परमेश्‍वरको राज्यको हकदार हुन सक्दैन, न त विनाशी शरीर अविनाशी कुराको हकदार हुन सक्दछ।
50 E, agora, digo isto, irmãos: que carne e sangue não podem herdar o Reino de Deus, nem a corrupção herda a incorrupção.
51 सुन, म तिमीहरूलाई एउटा रहस्य भन्दछु: हामी सबै जना सुतिजानेछैनौँ, तर हामी सबै परिवर्तन हुनेछौँ;
51 Eis aqui vos digo um mistério: Na verdade, nem todos dormiremos, mas todos seremos transformados,
52 एकै क्षणमा, आँखाको एक निमिषमा, तुरहीको आखिरी आवाजमा। जब तुरही बज्नेछ, मरेकाहरू अविनाशी रूपमा पुनर्जीवित हुनेछन् र हामीचाहिँ परिवर्तन हुनेछौँ।
52 num momento, num abrir e fechar de olhos, ante a última trombeta; porque a trombeta soará, e os mortos ressuscitarão incorruptíveis, e nós seremos transformados.
53 किनकि विनाशीले अविनाशी रूप धारण गर्नुपर्छ र मरणशीलले अमरता धारण गर्नुपर्छ।
53 Porque convém que isto que é corruptível se revista da incorruptibilidade e que isto que é mortal se revista da imortalidade.
54 जब विनाशीले अविनाशी रूप र मरणशीलले अमरताको रूप धारण गर्नेछ, तब लेखिएको त्यो वचन पूरा हुनेछ: “मृत्युलाई विजयमा निलिएको छ।”
54 E, quando isto que é corruptível se revestir da incorruptibilidade, e isto que é mortal se revestir da imortalidade, então, cumprir-se-á a palavra que está escrita: Tragada foi a morte na vitória.
55 “ए मृत्यु, तेरो विजय कहाँ छ?
55 Onde está, ó morte, o teu aguilhão? Onde está, ó inferno, a tua vitória?
56 मृत्युको खील पाप हो, र पापको शक्तिचाहिँ व्यवस्था हो।
56 Ora, o aguilhão da morte é o pecado, e a força do pecado é a lei.
57 तर परमेश्‍वरलाई धन्यवाद होस्, जसले हामीलाई हाम्रा प्रभु येशू ख्रीष्‍टद्वारा विजय दिनुहुन्छ।
57 Mas graças a Deus, que nos dá a vitória por nosso Senhor Jesus Cristo.
58 यसकारण मेरा प्यारा दाजुभाइ-दिदीबहिनीहरू हो, स्थिर रहो। तिमीहरूलाई कुनै पनि कुराले विचलित नपारोस्। प्रभुको काममा सधैँ जोशिलो भएर लागिरहो; किनभने तिमीहरू जान्दछौ, कि प्रभुमा तिमीहरूको परिश्रम व्यर्थ हुँदैन।
58 Portanto, meus amados irmãos, sede firmes e constantes, sempre abundantes na obra do Senhor, sabendo que o vosso trabalho não é vão no Senhor.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar 1 Coríntios 15, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.