1 Coríntios 14
npioncb (NPIONCB) vs ACF
1 तिमीहरूले प्रेमलाई लक्ष्य बनाओ र आत्मिक वरदानहरूको उत्कट इच्छा गर; विशेष गरेर अगमवाणी बोल्नका लागि।
1 Segui o amor, e procurai com zelo os dons espirituais, mas principalmente o de profetizar.
2 किनकि जसले अज्ञात भाषामा बोल्दछ, उसले मानिसहरूसँग होइन, तर परमेश्वरसँग बोल्दछ। वास्तवमा उसले के भन्दैछ कसैले बुझ्दैन; उसले आत्माद्वारा परमेश्वरका रहस्यका कुराहरू बोल्दछ।
2 Porque o que fala em língua desconhecida não fala aos homens, senão a Deus; porque ninguém o entende, e em espírito fala mistérios.
3 तर जसले अगमवाणी गर्दछ, उसले मानिसहरूसँग बोल्दछ; उनीहरूको आत्मिक सुधार, उत्साह र सान्त्वनाको लागि बोल्दछ।
3 Mas o que profetiza fala aos homens, para edificação, exortação e consolação.
4 जसले अज्ञात भाषामा बोल्दछ, उसले आफ्नो आत्मिक वृद्धि गर्छ; तर जसले अगमवाणी बोल्छ, उसले मण्डलीको आत्मिक वृद्धि गर्छ।
4 O que fala em língua desconhecida edifica-se a si mesmo, mas o que profetiza edifica a igreja.
5 तिमीहरू हरेकले अज्ञात भाषाहरूमा बोलेको म चाहन्छु, तर अज्ञात भाषाहरूभन्दा अझ बढी तिमीहरूले अगमवाणी बोलेको चाहन्छु। मण्डलीको आत्मिक वृद्धिका निम्ति कसैले अर्थ खोलिदिएन भने अज्ञात भाषाहरूमा बोल्ने व्यक्तिभन्दा अगमवाणी बोल्ने व्यक्ति श्रेष्ठ हो।
5 E eu quero que todos vós faleis em línguas, mas muito mais que profetizeis; porque o que profetiza é maior do que o que fala em línguas, a não ser que também interprete para que a igreja receba edificação.
6 अब दाजुभाइ-दिदीबहिनीहरू हो, यदि म तिमीहरूकहाँ अज्ञात भाषाहरूमा बोल्दैआएँ, तर तिमीहरूका बीचमा केही प्रकाश वा ज्ञान वा अगमवाणी वा शिक्षा मैले बताइनँ भने मबाट तिमीहरूका लागि के फाइदा हुनेछ र?
6 E agora, irmãos, se eu for ter convosco falando em línguas, que vos aproveitaria, se não vos falasse ou por meio da revelação, ou da ciência, ou da profecia, ou da doutrina?
7 बाँसुरी वा वीणाजस्ता निर्जीव वस्तुहरूले पनि धुन निकाल्छन्। तर यदि ती वस्तुहरू बज्दा भिन्नाभिन्नै धुन निस्केन भने के बजिरहेको छ, कसरी धुन छुट्ट्याउने?
7 Da mesma sorte, se as coisas inanimadas, que fazem som, seja flauta, seja cítara, não formarem sons distintos, como se conhecerá o que se toca com a flauta ou com a cítara?
8 यदि तुरहीले पनि स्पष्ट धुन निकालेन भने युद्धको लागि को तयार हुने?
8 Porque, se a trombeta der sonido incerto, quem se preparará para a batalha?
9 तिमीहरूसँग पनि यही कुरा लागू हुन्छ। यदि तिमीहरूले अज्ञात भाषामा बुझ्न नसकिने शब्दहरूमा बोल्यौ भने तिमीहरूले के भनिरहेका छौ अरूले कसरी बुझ्ने? यसो गर्दा तिमीहरूले त हावामा बोलिरहेझैँ हुनेछौ।
9 Assim também vós, se com a língua não pronunciardes palavras bem inteligíveis, como se entenderá o que se diz? porque estareis como que falando ao ar.
10 यो साँचो हो कि संसारमा धेरै किसिमका भाषाहरू छन्, तरै पनि तीमध्ये कुनै पनि भाषा अर्थविनाका छैनन्।
10 Há, por exemplo, tanta espécie de vozes no mundo, e nenhuma delas é sem significação.
11 यदि कसैले बोलेको भाषाको अर्थ मैले बुझ्न सकिनँ भने बोल्ने व्यक्तिको निम्ति म परदेशी ठहरिनेछु, र त्यो बोल्ने व्यक्तिचाहिँ मेरो निम्ति परदेशी ठहरिनेछ।
11 Mas, se eu ignorar o sentido da voz, serei bárbaro para aquele a quem falo, e o que fala será bárbaro para mim.
12 तिमीहरूसँग पनि यही कुरा लागू हुन्छ। किनकि तिमीहरू आत्मिक वरदानहरूका निम्ति तिर्सना गर्दछौ, ती वरदानहरूमा श्रेष्ठता हासिल गर्ने प्रयत्न गर, जुन कुराले मण्डलीको उन्नति गराउँछ।
12 Assim também vós, como desejais dons espirituais, procurai abundar neles, para edificação da igreja.
13 यही कारणले अज्ञात भाषामा बोल्ने व्यक्तिले आफूले बोलेका कुराहरू अनुवाद गर्न सकूँ भनी प्रार्थना गर्नुपर्छ।
13 Por isso, o que fala em língua desconhecida, ore para que a possa interpretar.
14 किनकि यदि मैले अज्ञात भाषामा प्रार्थना गरेँ भने मेरो आत्माले प्रार्थना गर्छ, तर मेरो दिमाग निष्फल हुन्छ।
14 Porque, se eu orar em língua desconhecida, o meu espírito ora bem, mas o meu entendimento fica sem fruto.
15 यसकारण मैले के गर्ने त? म मेरो आत्माले प्रार्थना गर्नेछु, र म आफ्नो समझले पनि प्रार्थना गर्नेछु; म मेरो आत्माले गीत गाउनेछु, तर म मेरो समझले पनि गीत गाउनेछु।
15 Que farei, pois? Orarei com o espírito, mas também orarei com o entendimento; cantarei com o espírito, mas também cantarei com o entendimento.
16 यदि तिमीहरूले आत्मामा मात्र परमेश्वरको प्रशंसा गरिरहेका हुन्छौ भने तिमीहरूका बीचमा बाहिरका उपस्थित जिज्ञासुहरूले तिमीहरूले चढाएका धन्यवादको प्रार्थनामा कसरी “आमेन” भन्लान् त? किनकि तिमीहरूले भनिरहेका कुरा तिनीहरूले बुझेका हुँदैनन्।
16 De outra maneira, se tu bendisseres com o espírito, como dirá o que ocupa o lugar de indouto, o Amém, sobre a tua ação de graças, visto que não sabe o que dizes?
17 तिमीहरूको धन्यवादको प्रार्थना एकदमै राम्रो होला, तर त्यस प्रार्थनाले अर्को व्यक्तिको लागि केही आत्मिक वृद्धि हुँदैन।
17 Porque realmente tu dás bem as graças, mas o outro não é edificado.
18 म परमेश्वरलाई धन्यवाद दिन्छु, तिमीहरू सबैभन्दा बढी म अज्ञात भाषाहरू बोल्दछु।
18 Dou graças ao meu Deus, porque falo mais línguas do que vós todos.
19 तापनि मण्डलीमा अज्ञात भाषामा दश हजार शब्दहरू बोल्नुभन्दा बरु म आफ्नो समझले पाँच शब्दहरू अरूलाई सिकाउनका लागि बोल्न रुचाउँछु।
19 Todavia eu antes quero falar na igreja cinco palavras na minha própria inteligência, para que possa também instruir os outros, do que dez mil palavras em língua desconhecida.
20 दाजुभाइ-दिदीबहिनीहरू हो, बालकहरूले जस्तो सोच्न छोडिदेओ। तिमीहरू खराबीको लागि चाहिँ शिशुहरूजस्तै बन, तर सोचविचारमा चाहिँ परिपक्व मानिसझैँ बन।
20 Irmãos, não sejais meninos no entendimento, mas sede meninos na malícia, e adultos no entendimento.
21 व्यवस्थामा यसरी लेखिएको छ:
21 Está escrito na lei: Por gente de outras línguas, e por outros lábios, falarei a este povo; e ainda assim me não ouvirão, diz o Senhor.
22 यसकारण अज्ञात भाषाहरू विश्वासीहरूका निम्ति होइन, तर विश्वास नगर्नेहरूका निम्ति चिन्ह हो; तर अगमवाणीचाहिँ विश्वास नगर्नेहरूका लागि होइन, तर विश्वासीहरूका लागि हो।
22 De sorte que as línguas são um sinal, não para os fiéis, mas para os infiéis; e a profecia não é sinal para os infiéis, mas para os fiéis.
23 यसकारण सारा मण्डली एकसाथ भेला हुँदा सबैले अज्ञात भाषाहरूमा बोलिरहँदा, यदि जिज्ञासुहरू वा विश्वास नगर्नेहरू कोही मण्डलीमा आएका छन् भने के तिनीहरूले तिमीहरूलाई बौलाहा भन्नेछैनन् र?
23 Se, pois, toda a igreja se congregar num lugar, e todos falarem em línguas, e entrarem indoutos ou infiéis, não dirão porventura que estais loucos?
24 तर यदि मण्डलीमा हरेकले अगमवाणी बोलिरहेको बेला कोही विश्वास नगर्नेहरू अथवा जिज्ञासुहरू भित्र आए भने उनीहरूलाई आफ्ना पापको अनुभूति हुनेछ र सुनेका सबैद्वारा उनीहरू जाँचिनेछन्।
24 Mas, se todos profetizarem, e algum indouto ou infiel entrar, de todos é convencido, de todos é julgado.
25 अनि उनीहरूका हृदयका गुप्त कुराहरू प्रकट हुनेछन्। यसकारण उनीहरूले परमेश्वरलाई दण्डवत् गर्नेछन्, र यसो भन्दै प्रशंसा गर्नेछन्, “साँच्चै नै परमेश्वर तिमीहरूका बीचमा हुनुहुन्छ!”
25 E, portanto, os segredos do seu coração ficam manifestos, e assim, lançando-se sobre o seu rosto, adorará a Deus, publicando que Deus está verdadeiramente entre vós.
26 तब दाजुभाइ-दिदीबहिनीहरू हो, हामी के भनौँ त? जब तिमीहरू एकसाथ भेला हुन्छौ, कोहीसँग भजन अथवा कोहीसँग शिक्षा, कोहीसँग प्रकाश, कोहीसँग अज्ञात भाषा अथवा कोहीसँग यसको अर्थ खोलाइ हुन्छ। यी सबै कुराहरू मण्डलीको आत्मिक वृद्धिको लागि गरिऊन्।
26 Que fareis pois, irmãos? Quando vos ajuntais, cada um de vós tem salmo, tem doutrina, tem revelação, tem língua, tem interpretação. Faça-se tudo para edificação.
27 तर यदि कसैले अज्ञात भाषामा बोल्छ भने दुई वा बढीमा तीन जनाले पालोअनुसार बोलून् र एक जनाले त्यसको अर्थ खोलोस्।
27 E, se alguém falar em língua desconhecida, faça-se isso por dois, ou quando muito três, e por sua vez, e haja intérprete.
28 तर यदि अर्थ खोल्ने व्यक्ति कोही भएन भने अज्ञात भाषा बोल्ने व्यक्ति मण्डलीमा चुप लागोस्, र आफैँसँग र परमेश्वरसँग बोलोस्।
28 Mas, se não houver intérprete, esteja calado na igreja, e fale consigo mesmo, e com Deus.
29 अगमवाणी बोल्नेहरूचाहिँ दुई वा तीन जना होऊन्, र अरूले तिनीहरूले भनेका कुरा होसियारसाथ जाँचून्।
29 E falem dois ou três profetas, e os outros julguem.
30 यदि त्यही समय छेवैमा बस्ने कुनै एक जनालाई केही प्रकाश दिइयो भने पहिलो वक्ताचाहिँ चुप लागोस्।
30 Mas, se a outro, que estiver assentado, for revelada alguma coisa, cale-se o primeiro.
31 तिमीहरू सबैले पालैपालोसँग अगमवाणी बोल्न सक्छौ। यसरी हरेकलाई शिक्षा र उत्साह मिलोस्।
31 Porque todos podereis profetizar, uns depois dos outros; para que todos aprendam, e todos sejam consolados.
32 अगमवक्ताहरूका आत्मा अगमवक्ताहरूकै अधीनमा हुन्छन्।
32 E os espíritos dos profetas estão sujeitos aos profetas.
33 परमेश्वर गोलमालका परमेश्वर हुनुहुन्न, तर शान्तिका परमेश्वर हुनुहुन्छ।
33 Porque Deus não é Deus de confusão, senão de paz, como em todas as igrejas dos santos.
34 स्त्रीहरू मण्डलीहरूमा चुपचाप बसून्। तिनीहरूलाई बोल्ने अनुमति छैन। व्यवस्थाले भनेअनुसार तिनीहरू अधीनमा बसून्।
34 As vossas mulheres estejam caladas nas igrejas; porque não lhes é permitido falar; mas estejam sujeitas, como também ordena a lei.
35 यदि तिनीहरू केही कुरा सिक्न चाहे भने घरमा आफ्ना पतिहरूलाई सोधून्; किनभने मण्डलीमा सभा हुँदा स्त्रीहरूका लागि बोल्नुचाहिँ शर्मको कुरा हो।
35 E, se querem aprender alguma coisa, interroguem em casa a seus próprios maridos; porque é vergonhoso que as mulheres falem na igreja.
36 के परमेश्वरको वचन तिमीहरूबाट सुरु भएको हो? अथवा के तिमीहरूकहाँ मात्र यो वचन आएको हो?
36 Porventura saiu dentre vós a palavra de Deus? Ou veio ela somente para vós?
37 यदि कसैले आफूलाई अगमवक्ता अथवा आत्मिक वरदान पाएको व्यक्ति हुँ भनी सम्झन्छ भने मैले तिमीहरूलाई जे लेखिरहेछु, त्यो प्रभुकै आज्ञा हो भनी स्वीकार गरोस्।
37 Se alguém cuida ser profeta, ou espiritual, reconheça que as coisas que vos escrevo são mandamentos do Senhor.
38 तर कसैले यो आज्ञाको वास्ता गर्दैन भने तिनीहरूको पनि वास्ता गरिनेछैन।
38 Mas, se alguém ignora isto, que ignore.
39 यसकारण मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, उत्कटसाथ अगमवाणी बोल्ने इच्छा राख र अज्ञात भाषाहरूमा बोल्नेहरूलाई मनाही नगर।
39 Portanto, irmãos, procurai, com zelo, profetizar, e não proibais falar línguas.
40 तर सबै कुरा शिष्टतापूर्वक र सुव्यवस्थित ढङ्गमा गरिएको हुनुपर्दछ।
40 Mas faça-se tudo decentemente e com ordem.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar 1 Coríntios 14, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.