1 Coríntios 10
npioncb (NPIONCB) vs ARC
1 दाजुभाइ-दिदीबहिनीहरू हो, हाम्रा पुर्खाहरू बादलमुनि थिए, र तिनीहरू सबै समुद्रको बीचबाट भएर गए भन्ने कुरामा तिमीहरू यस वास्तविकताबाट अनजान रहो भन्ने म चाहन्नँ।
1 Ora, irmãos, não quero que ignoreis que nossos pais estiveram todos debaixo da nuvem; e todos passaram pelo mar,
2 तिनीहरू सबै जनाको बादल र समुद्रमा बप्तिस्मा भएर मोशासँग जोडिए।
2 e todos foram batizados em Moisés, na nuvem e no mar,
3 तिनीहरू सबैले एउटै आत्मिक भोजन खाए,
3 e todos comeram de um mesmo manjar espiritual,
4 अनि एउटै आत्मिक पानी पिए; किनकि तिनीहरूले त्यस आत्मिक चट्टानबाट पिए, जो तिनीहरूसँगै हिँड्नुभयो र त्यो चट्टानचाहिँ ख्रीष्ट हुनुहुन्थ्यो।
4 e beberam todos de uma mesma bebida espiritual, porque bebiam da pedra espiritual que os seguia; e a pedra era Cristo.
5 तरै पनि परमेश्वर तिनीहरूमध्ये धेरैसँग प्रसन्न हुनुभएन। त्यसैले तिनीहरूका शरीर उजाडस्थानमै छरपस्ट भए।
5 Mas Deus não se agradou da maior parte deles, pelo que foram prostrados no deserto.
6 हामीले आफ्ना हृदयहरू तिनीहरूले जस्तै दुष्ट कुराहरूमा नलगाऔँ भनेर यी कुराहरू हाम्रा लागि उदाहरणको रूपमा नै घटेका थिए।
6 E essas coisas foram-nos feitas em figura, para que não cobicemos as coisas más, como eles cobiçaram.
7 तिमीहरू मूर्तिपूजक नबन, जसरी तिनीहरूमध्ये कति जना थिए; यसरी लेखिएको छ: “मानिसहरू खान र पिउनलाई बसे, र दाखमद्यले मातेर मोजमस्ती गर्न उठे।”
7 Não vos façais, pois, idólatras, como alguns deles; conforme está escrito: O povo assentou-se a comer e a beber e levantou-se para folgar.
8 हामी यौन अनैतिकतामा फस्नुहुँदैन, जसरी तिनीहरूमध्ये कति जना फसे, र एकै दिनमा तेईस हजार मरेका थिए।
8 E não nos prostituamos, como alguns deles fizeram e caíram num dia vinte e três mil.
9 हामीले ख्रीष्टलाई जाँच गर्नुहुँदैन, जसरी तिनीहरूमध्ये कतिले जाँच गरे, र तिनीहरू सर्पद्वारा डसिएर मरे।
9 E não tentemos a Cristo, como alguns deles também tentaram e pereceram pelas serpentes.
10 तिमीहरू गनगन नगर, जसरी तिनीहरूमध्ये कतिले गरे, र तिनीहरू नाश गर्ने दूतद्वारा मारिए।
10 E não murmureis, como também alguns deles murmuraram e pereceram pelo destruidor.
11 तिनीहरूसँग यी कुराहरू उदाहरणको रूपमा घटे, र यी घटनाहरू हाम्रै चेतावनीको लागि लेखियो, जो यस युगको अन्त्यतिर आइपुगेका छौँ।
11 Ora, tudo isso lhes sobreveio como figuras, e estão escritas para aviso nosso, para quem já são chegados os fins dos séculos.
12 यसकारण यदि तिमीहरूलाई आफू स्थिरसाथ खडा छौ भनी लाग्छ भने होसियार रहो, ताकि तिमीहरू लड्नु नपरोस्।
12 Aquele, pois, que cuida estar em pé, olhe que não caia.
13 मानिसमाथि आइपर्ने किसिमको परीक्षाबाहेक अरू सहनै नसक्ने परीक्षामा तिमीहरू परेका छैनौ। परमेश्वर विश्वासयोग्य हुनुहुन्छ; उहाँले तिमीहरूलाई सहनै नसक्ने परीक्षामा पर्न दिनुहुनेछैन; तर जब तिमीहरू परीक्षामा पर्छौ, तब उहाँले तिमीहरूलाई त्यसबाट उम्कने बाटो पनि दिनुहुनेछ। यसरी तिमीहरूले त्यसलाई सहन सक्नेछौ।
13 Não veio sobre vós tentação, senão humana; mas fiel é Deus, que vos não deixará tentar acima do que podeis; antes, com a tentação dará também o escape, para que a possais suportar.
14 यसकारण मेरा प्रिय मित्रहरू हो, मूर्तिपूजाबाट अलग बस।
14 Portanto, meus amados, fugi da idolatria.
15 म समझदार मानिसहरूसँग बोल्दैछु; मैले भनेका कुरालाई आफैँले जाँचेर हेर।
15 Falo como a sábios; julgai vós mesmos o que digo.
16 त्यो धन्यवादको कचौरा, जसका लागि हामी धन्यवाद चढाउँछौँ; के त्यो ख्रीष्टको रगतमा सहभागिता होइन र? अनि जुन रोटी हामी भाँच्छौँ, के त्यो ख्रीष्टको शरीरको सहभागिता होइन र?
16 Porventura, o cálice de bênção que abençoamos não é a comunhão do sangue de Cristo? O pão que partimos não é, porventura, a comunhão do corpo de Cristo?
17 एउटै रोटी छ, हामी धेरै भए तापनि एउटै शरीर हौँ; किनकि हामी सबै एउटै रोटीबाट खान्छौँ।
17 Porque nós, sendo muitos, somos um só pão e um só corpo; porque todos participamos do mesmo pão.
18 इस्राएलका मानिसहरूलाई विचार गर; चढाइएको बलिदानका थोक खानेहरू, के तिनीहरू वेदीमा सहभागी भएनन् र?
18 Vede a Israel segundo a carne; os que comem os sacrifícios não são, porventura, participantes do altar?
19 त्यसो भए के मैले मूर्तिलाई चढाएको वस्तु केही महत्त्वको हो? अथवा मूर्ति केही महत्त्वको हो भनेर भनिरहेको छु त?
19 Mas que digo? Que o ídolo é alguma coisa? Ou que o sacrificado ao ídolo é alguma coisa?
20 होइन, तर गैरयहूदीहरूले चढाएका चीज परमेश्वरलाई होइन, भूतआत्माहरूलाई चढाएका हुन्छन्; र तिमीहरू ती भूतआत्माहरूसँग सहभागी होऔ भन्ने म चाहँदिनँ।
20 Antes, digo que as coisas que os gentios sacrificam, as sacrificam aos demônios e não a Deus. E não quero que sejais participantes com os demônios.
21 तिमीहरूले परमेश्वरको कचौराबाट र भूतआत्माहरूका कचौराबाट पनि पिउन सक्दैनौ। तिमीहरू परमेश्वरको टेबुल र भूतआत्माहरूको टेबुल, दुवैमा भाग लिन सक्दैनौ।
21 Não podeis beber o cálice do Senhor e o cálice dos demônios; não podeis ser participantes da mesa do Senhor e da mesa dos demônios.
22 के हामीले परमेश्वरको क्रोधलाई जगाउन खोजिरहेका छौँ? के हामी उहाँभन्दा शक्तिशाली छौँ?
22 Ou irritaremos o Senhor? Somos nós mais fortes do que ele?
23 सबै थोकहरू उचित छन्, तर सबै थोकहरू लाभदायक हुँदैनन्। सबै थोकहरू उचित छन्; तर सबै थोकहरूले आत्मिकी उन्नति गराउँदैनन्।
23 Todas as coisas me são lícitas, mas nem todas as coisas convêm; todas as coisas me são lícitas, mas nem todas as coisas edificam.
24 तिमीहरू कसैले पनि आफ्नै भलाइ नखोज, तर अरूको भलाइ खोज।
24 Ninguém busque o proveito próprio; antes, cada um, o que é de outrem.
25 मासुको पसलमा जे बेचिन्छ, त्यो विवेकको खातिर नसोधीकन खाओ;
25 Comei de tudo quanto se vende no açougue, sem perguntar nada, por causa da consciência.
26 किनकि, “पृथ्वी र यसमा भएका सबै थोक प्रभुकै हुन्।”
26 Porque a terra é do Senhor e toda a sua plenitude.
27 यदि कुनै अविश्वासीले तिमीहरूलाई भोजनको लागि निम्तो दियो भने, र तिमीहरूले जाने चाहना गर्यौ भने तिमीहरूको अगि जे कुराहरू राखिन्छ, त्यो विवेकका खातिर केही नसोधीकन खाओ।
27 E, se algum dos infiéis vos convidar e quiserdes ir, comei de tudo o que se puser diante de vós, sem nada perguntar, por causa da consciência.
28 तर यदि कसैले तिमीहरूलाई “यो त बलिदानमा चढाएको चीज हो,” भन्छ भने त्यस बताउने मानिसको खातिर र दुवैको विवेकको खातिर त्यसलाई नखाओ।
28 Mas, se alguém vos disser: Isto foi sacrificado aos ídolos, não comais, por causa daquele que vos advertiu e por causa da consciência; porque a terra é do Senhor e toda a sua plenitude.
29 मैले अर्को मानिसको विवेकको खातिर भन्न खोजेको हो, तिम्रो विवेकको खातिर होइनँ। किनकि मेरो स्वतन्त्रताको न्याय अरूको विवेकद्वारा किन जाँच्नु?
29 Digo, porém, a consciência, não a tua, mas a do outro. Pois por que há de a minha liberdade ser julgada pela consciência de outrem?
30 यदि मैले धन्यवाद दिएर भोजनमा सामेल हुन्छु भने जुन कुराका लागि मैले परमेश्वरलाई धन्यवाद चढाउँछु, तब त्यसका लागि मेरो निन्दा किन गरिन्छ?
30 E, se eu com graça participo, por que sou blasfemado naquilo por que dou graças?
31 यसकारण चाहे तिमीहरू खाओ वा पिओ अथवा जेसुकै गर, सबै कुरा परमेश्वरका महिमाको निम्ति गर।
31 Portanto, quer comais, quer bebais ou façais outra qualquer coisa, fazei tudo para a glória de Deus.
32 तिमीहरू कसैलाई पनि ठेस लाग्ने काम नगर, चाहे यहूदीहरू होस् वा ग्रीकहरू होस् अथवा परमेश्वरको मण्डलीलाई होस्।
32 Portai-vos de modo que não deis escândalo nem aos judeus, nem aos gregos, nem à igreja de Deus.
33 जसरी म पनि सबैलाई सबै तरिकाले खुशी पार्ने कोसिस गर्दछु; किनकि म आफ्नै भलाइ होइन, तर धेरैको भलाइ खोज्दछु, ताकि तिनीहरूले उद्धार पाऊन्।
33 Como também eu em tudo agrado a todos, não buscando o meu próprio proveito, mas o de muitos, para que assim se possam salvar.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar 1 Coríntios 10, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.