Romanos 2

The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010) vs NVI

Sair da comparação
NVI Nova Versão Internacional
1 यदि तिमीले अरूलाई जाँच गर्न सक्छु भनेर सोच्छौ भने, तब तिमी भूल धारणामा छौ। तिमी पनि पापको दोषी छौ। तिमीले अरू मानिसहरूलाई जाँच गर्छौ तर तिमीले पनि त्यस्तै नराम्रो कामहरू गरेका हुन्छौ। यसकारण जब तिमी तिनीहरूलाई जाँच गर्छौ तब तिमी आफैंले आफूलाई जाँच गरिरहेका हुनेछौ।
1 Portanto, você, que julga, os outros é indesculpável; pois está condenando a si mesmo naquilo em que julga, visto que você, que julga, pratica as mesmas coisas.
2 ज-जसले नराम्रा कामहरू गर्छन् उनीहरूलाई परमेश्वरले न्याय गर्नुहुन्छ। अनि हामी जान्दछौं कि परमेश्वरको न्याय ठीक हुँदछ।
2 Sabemos que o juízo de Deus contra os que praticam tais coisas é conforme a verdade.
3 तिमीहरूले पनि ती गल्ती काम गर्नेलाई जाँच गर्छौ। तर तिमी आफैं पनि त्यस्तै नराम्रो काम गरिरहेका हुन्छौ। यसैले तिमीहरूलाई थाहा छ कि परमेश्वरले निश्चय न्याय गर्नुहुनेछ अनि त्यसबाट तिमीहरू भाग्न पाउने छैनौ।
3 Assim, quando você, um simples homem, os julga, mas pratica as mesmas coisas, pensa que escapará do juízo de Deus?
4 के तिमी परमेश्वरको दया, सहनशीलता र धैर्यलाई नकार्न सक्छौ? के तिमीहरू उहाँको दया तिमीहरूकै हृदय र जीवन परिवर्तनको निम्ति हो भन्ने कुरालाई अमान्य ठान्छौ?
4 Ou será que você despreza as riquezas da sua bondade, tolerância e paciência, não reconhecendo que a bondade de Deus o leva ao arrependimento?
5 तर तिमीहरू आफूलाई परिवर्तन गर्ने कुरामा अत्यन्त उग्र र हठी छौ। यसकारण तिमीहरूले आफैंं प्रति परमेश्वरको क्रोधलाई उकास्दैछौ जुन परमेश्वरको न्यायको बेलामा बुझ्ने छौ।
5 Contudo, por causa da sua teimosia e do seu coração obstinado, você está acumulando ira contra si mesmo, para o dia da ira de Deus, quando se revelará o seu justo julgamento.
6 परमेश्वरले मानिसहरूका आ-आफ्नो कर्म अनुसार पुरस्कार अथवा दण्ड दिनुहुनेछ।
6 Deus "retribuirá a cada um conforme o seu procedimento".
7 कतिपय मानिसहरू परमेश्वरको महिमा, सम्मान, र जीवनको लागि बाँच्दछन् जुन कहिल्यै नष्ट गर्न सकिंदैन। ती मानिसहरू जो यी कुराहरूका निम्ति बाँच्दछन्, उनीहरू सधैं असल कर्म गर्दछन्। परमेश्वरले तिनीहरूलाई अनन्त जीवन दान गर्नु हुँदछ।
7 Ele dará vida eterna aos que, persistindo em fazer o bem, buscam glória, honra e imortalidade.
8 तर अन्य मानिसहरू स्वार्थी र सत्य पछ्याउन अस्वीकार गर्छन्। तिनीहरूले दुष्टताको बाटो अफ्नाउँदछन्। परमेश्वरले उनीहरूलाई दण्ड र क्रोध दिनुहुँदछ।
8 Mas haverá ira e indignação para os que são egoístas, que rejeitam a verdade e seguem a injustiça.
9 जसले दुष्ट कामहरू गर्छन् उनीहरूलाई परमेश्वरले दुःख र पीडाहरू दिनुहुनेछ-पहिले यहूदीहरूलाई र गैर-यहूदीहरूलाई पनि।
9 Haverá tribulação e angústia para todo ser humano que pratica o mal: primeiro para o judeu, depois para o grego;
10 तर जसले असल कर्म गर्छ उनीहरूलाई परमेश्वरले गौरव, सम्मान र शान्ति प्रदान गर्नु हुनेछ पहिले यहूदीहरूलाई र त्यसपछि गैर-यहूदीहरूलाई।
10 mas glória, honra e paz para todo o que pratica o bem: primeiro para o judeu, depois para o grego.
11 परमेश्वरले सबैलाई समान न्याय गर्नु हुनेछ।
11 Pois em Deus não há parcialidade.
12 जस-जसले व्यवस्था बिना पापकर्म गरेकाछन् तिनीहरू व्यवस्था बिना नै नाश हुनेछन्। जसले व्यवस्था पाएर पनि पाप कर्महरू गर्छन् तिनीहरूको न्याय व्यवस्था अनुसार नै गरिने छ।
12 Todo aquele que pecar sem a lei, sem a lei também perecerá, e todo aquele que pecar sob a lei, pela lei será julgado.
13 व्यवस्था सुनेर मात्र मानिसहरू परमेश्वरको अघि धार्मिक ठहरिदैनन्, तर व्यवस्थाको पालन गरेर धार्मिक बन्दछन्।
13 Porque não são os que ouvem a Lei que são justos aos olhos de Deus; mas os que obedecem à lei, estes serão declarados justos.
14 गैर-यहूदीहरूसँग व्यवस्थानै छैन। तर जब उनीहरूले व्यवस्था अनुरूपका कुराहरू स्वभावतः गर्छन् भने तिनीहरूसँग व्यवस्था नभए ता पनि व्यवस्था भएकै बराबर हो।
14 ( De fato, quando os gentios, que não têm a lei, praticam naturalmente o que ela ordena, tornam-se lei para si mesmos, embora não possuam a lei;
15 किनकि तिनीहरूले सिद्ध गर्छन कि व्यवस्थाले भने अनुसारको कुरा उनीहरूको हृदयमा लेखिएको हुन्छ। र उनीहरूका विवेकले पनि उनीहरूलाई त्यसै भन्छ। अनि उनीहरूको कर्म अनुसारका विचारहरूले तिनलाई दोष्याउँछन वा समर्थन गर्छन्।
15 pois mostram que as exigências da lei estão gravadas em seus corações. Disso dão testemunho também a consciência e os pensamentos deles, ora acusando-os, ora defendendo-os. )
16 यी सम्पूर्ण कुराहरू त्यस दिनमा मात्र हुने गर्दछ जब परमेश्वरले मानिसहरूका हृदयका गुप्त कुराहरूको न्याय गर्नुहुनेछ। अनि जुन सुसमाचार म प्रचार गर्दछु, यसले यही भन्छ कि परमेशवरको न्याय ख्रीष्ट येशू द्वारा हुनेछ।
16 Isso acontecerá no dia em que Deus julgar os segredos dos homens, mediante Jesus Cristo, conforme o declara o meu evangelho.
17 तिमी को हौ? तिमी आफैंले आफूलाई यहूदी भन्दछौ। तिमी व्यवस्थामा भरोसा गर्छौ अनि आफ्नो परमेश्वरको घमण्ड गर्छौ।
17 Ora, você que leva o nome de judeu, apóia-se na lei e orgulha-se em Deus;
18 तिमी जान्दछौ कि परमेश्वरले तिमीहरूबाट के चाहनु हुन्छ। अनि तिमीहरू कुन कुरो मुख्य छ त्यो जान्दछौ, किनभने तिमीहरूलाई व्यवस्थाले सिकाएको छ।
18 se você conhece a vontade de Deus e aprova o que é superior, porque é instruído pela lei;
19 तिमीहरू सोच्दछौं कि तिमीहरू नै जनताका मार्गदर्शक हौ तर तिमीहरू ठीक मार्ग जान्दैनौ। तिमी सोच्दछौ कि तिमीहरू जनताको निम्ति ज्योति हौं तर आफू स्वयं नै अन्धकारमा छौ।
19 se está convencido de que é guia de cegos, luz para os que estão em trevas,
20 तिमीले आफूलाई ती अज्ञानी मानिसहरूलाई सही कुरा सिकाउने भनेर सम्झन्छौ। अनि तिमीहरू आफूलाई मानिसहरूका उपदेशक भनेर ठान्दछौ जसले धेरै सिक्नु परेको छ। तिमीहरूसँग व्यवस्था छ यसैले तिमीहरू सोच्दछौ की सबै कुराहरू जान्दछौं र सबै सत्य तिमीहरूसँगै छ।
20 instrutor de insensatos, mestre de crianças, porque tem na lei a expressão do conhecimento e da verdade;
21 तिमीहरूले अन्य मानिसहरूलाई सिकाउँदैछौ। यसकारण तिमीहरू आफैंंलाई किन पढाउँदैनौ? तिमीहरू अरूलाई नचोर भन्छौ तर आफैंचाहिँ चोर्दैछौं?
21 então você, que ensina os outros, não ensina a si mesmo? Você, que prega contra o furto, furta?
22 तिमीहरू मानिसहरूलाई व्यभिचारको पाप नगर्नु भन्छौ। तर तिमीहरू आफैं चाँहि त्यस्ता पाप गर्दछौ। तिमीहरू मूर्ती-पूजालाई घृणा गर्दछौ। तर तिमीहरू आफैंं मूर्तिका मन्दिरहरूको धन किन लुट्छौ?
22 Você, que diz que não se deve adulterar, adultera? Você, que detesta ídolos, rouba-lhes os templos?
23 परमेश्वरको व्यवस्थाको विषयमा तिमीहरू घमण्ड गर्छौं। तर तिमीहरूले परमेश्वरको व्यवस्था भङ्ग गरेर उहाँलाई अनादर गर्छौ।
23 Você, que se orgulha na lei, desonra a Deus, desobedecendo à lei?
24 धर्मशास्त्रमा लेखिएको छः “तिमीहरूको कारणले, अन्य गैर-यहूदीहरूद्वारा परमेश्वरको अपमान भएको छ।”
24 Como está escrito: "O nome de Deus é blasfemado entre os gentios por causa de vocês".
25 यदि तिमीहरूले व्यवस्था अनुसरण गरेको भए तिमीहरूको खतनाको माने रहने थियो। तर यदि तिमीहरूले व्यवस्था भङ्ग गर्यौ भने तिमीहरू कहिल्यै खतना नभएको ठर्हने छौ।
25 A circuncisão tem valor se você obedece à lei; mas, se você desobedece à lei, a sua circuncisão já se tornou incircuncisão.
26 गैर-यहूदीहरूको खतना भएको हुँदैन। तर यदि तिनीहरूले व्यवस्था अनुसार त्यसो गरे भने तिनीहरू खतना भएका ठहर्दछन्।
26 Se aqueles que não são circuncidados obedecem aos preceitos da lei, não serão eles considerados circuncidados?
27 तिमी यहूदीहरूसँग लिखित व्यवस्था र खतना छ, तर तिमीहरूले व्यवस्था भङ्ग गर्यौ। यसकारण ती मानिसहरू जसको शारीरिक खतना भएको छैन, तर तिनीहरूले व्यवस्थालाई मान्दछन्, यसले तिमीहरू दोषी भएको देखाउँदछ।
27 Aquele que não é circuncidado fisicamente, mas obedece à lei, condenará você que, tendo a lei escrita e a circuncisão, é transgressor da lei.
28 यदि एक मानिस शारीरिक रूपले मात्र यहूदी हो भने ऊ साँचो अर्थमा यहूदी होइन। सत्य खतना शारिरिक खतना मात्र होइन।
28 Não é judeu quem o é apenas exteriormente, nem é circuncisão a que é meramente exterior e física.
29 एक मानिस मनको भित्री तहबाट मात्र साँचो यहूदी हुँदछ। साँचो खतना आत्माद्वारा हृदयमा भएको हुँदछ विधानद्वारा होइन। यो आत्माले गरेको हुँदछ, लिखित व्यवस्थाले गरेको हुँदैन। हृदयमा खतना भएको मानिसले मात्र परमेश्वरबाट प्रशंसा पाउँदछ, अनि मानिसहरूबाट होइन।
29 Não! Judeu é quem o é interiormente, e circuncisão é a operada no coração, pelo Espírito, e não pela lei escrita. Para estes o louvor não provém dos homens, mas de Deus.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Romanos 2, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.