Provérbios 7

The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010)

1 हे मेरो छोरो! मेरा सल्लाहहरू सम्झि राख्। मेरा आज्ञाहरू बहुमूल्य सम्पत्ति झैं संचय गरिराख्।

2 तिमीले मेरा आज्ञाहरू पालन गर्यौ भने तिमी बाँच्नेछौ। मेरो सल्लाहलाई आँखाको नानी झैं जोगाई राख।

3 तिनीहरू तिमीले आफ्नो औंलीहरूमा बाँधेर राख अनि हृदयमा लेखेर राख।

4 ज्ञानलाई भनः “तिमी मेरी बहिनी हौ।” समझशक्तिलाई भन, “तिमी मेरो आफन्त हौ!”

5 तब तिमीलाई तिनीहरूले अर्को मानिसको चिप्लो कुरा गर्ने पत्नीसँग शारीरिक सम्बन्ध हुनबाट बचाउँछ।

6 एकदिन मैले मेरो घरको झ्यालबाट हेरें, मैले धेरै ठिटाहरूलाई देखें

7 अनि तिनीहरू मध्ये एकजनालाई ध्यान दिएँ त्यो एकदमै मूर्ख रहेछ।

8 त्यो केटो त्यस्तै एउटी स्त्रीको घरको छेउबाट गइरहेको थियो। उ उसको घरको दिशातिर अगि बढिरहेको थियो।

9 अस्ताँउने घामले गोधुली बेलालाई डक्दै थियो। रात आफ्ना अन्धकारसँग आउँदै थियो।

10 त्यसै समयमा कुनै एउटी स्त्री उसलाई भेट्न आई। उसले एउटा वेश्याले झैं लुगा लगएकी थिइ र ऊ एकदमै धूर्त थिई।

11 ऊ उच्च स्वरकी अनि विद्रोही थिइ। ऊ उसको घरमा वस्नु चाहँन्दैन थिइ।

12 त्यो स्त्री कहिले गल्लीमा, कहिले चोकहरूमा तन्देरी केटाहरूलाई फँसाउँन कुना काप्चाहरू तिर लुकेर बस्थी।

13 उसले त्यस केटोलाई समाती र चुम्बन खाई अनि निर्लज्जा रूपमा उसको आँखामा हेर्दै भनी,

14 “आज मैले मेलबलि चढाउनु पर्छ। कारण मैले आज आफ्नो भाकल पूरा गरें। त्यसको केही भाग घर लगें र आज मसित खानेकुराहरू प्रशस्त छन्।

15 यसैकारण म तपाईलाई खोज्न बाहिर निस्केर आइरहेकी थिंएँ अनि अहिले तपाईलाई भेटें।

16 मैले मेरो ओछ्यानमा मिश्रदेशको रंगीन च्यादरले सजाएकीछु।

17 मैले मेरो ओछ्यानमाथि, मूर्र, एलवा, दालचिनी अनि सुगन्धित अत्तर छर्केकीछु।

18 मसित आऊ, रात भरी हामी प्रेमको आलिङ्गनमा बाँधिएर आनन्दमा विभोर भई भोग गरौं।

19 मेरो पति घरमा छैनन्, तिनी धेरै लामो यात्रामा गएका छन्।

20 तिनी आफ्नो थैली भरी पैसा बोकेर गएका छन् अनि यो तोकीएको दिन सम्म फर्केर आउँदैनन्।”

21 त्यस स्त्रीले उसलाई फसाउँन यी शब्दहरूको व्यवहार गरी अनि त्यो मूर्ख केटो फँस्यो।

22 उसले त्यस आइमाईलाई पछ्याउँछ र एक्कासि ऊ कसाइखाना तिर लगिंदै गरेको साँढे झैं हुन्छ। ऊ धनुषकाँडले कलेजो छेडेको मृग झैं भएको छ। ऊ जस्तै जालमा फँस्न उडिरहेकोछ।

23 तर उसलाई थाहा छैन कि यसको लागि उसले आफ्नो जीवन दिने छ।

24 अब हे मेरा छोराहरू हो, मेरो कुरा सुन, मेरो बचनहरूमा ध्यान देऊ।

25 तिम्रो हृदयलाई उसको मार्ग तिर डोर्याउँन नदेऊ त्यो बाटो तिर नफर्क।

26 त्यसले धैरे शिकारलाई लडाएकी छे, त्यसले अनगन्ती मानिसहरूलाई मारेकी छे।

27 त्यस स्त्रीको घरले चिहानतिर डोर्याइरहेको हुन्छ र त्यसलाई पछ्याउनेहरू मृत्यको मुखमा पर्छन्।

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Provérbios 7, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.