Provérbios 1

The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010) vs VC

Sair da comparação
VC Versão Católica
1 यी हितोपदेशहरू दाऊदका छोरा सुलेमानका हुन्। सुलेमान इस्राएलका राजा थिए।
1 Provérbios de Salomão, filho de Davi, rei de Israel,
2 मानिसहरू ज्ञानी भएर असल कर्म गर्न सिकुन् भनी यी वचनहरू लेखिएका हुन्। यी वचनहरूले मानिसहरूलाई असल-असल शिक्षाहरू ग्रहाण गर्न सिकाउँछन्।
2 para conhecer a sabedoria e a instrução, para compreender as palavras sensatas,
3 यी वचनहरूले मानिसहरूलाई विवेकशील, असल, न्यायपूर्ण, इमान्दार हुने सही मार्गदर्शन गर्छन्।
3 para adquirir as lições do bom senso, da justiça, da eqüidade e da retidão;
4 यी हितोपदेशहरूले अनुभवहीन मानिसहरूलाई विवेकशील भएर काम गर्न सिकाउँछन्। तिनीहरूले युवकहरूलाई बुद्धि दिन्छन् अनि यसलाई तिनीहरूले कसरी प्रयोग गर्ने भन्ने सिकाउँछन्।
4 para dar aos simples o discernimento, ao adolescente a ciência e a reflexão.
5 बुद्धिमान मानिसहरूले यी वचनहरू सुनेर अथवा पढेर आफ्नो ज्ञान बढाइ दिशा निर्देशन पाउँछन्। ती बुद्धिमानी मानिसहरूले यी वचनहरूबाट अझ वेशी ज्ञान विकास गराउँन सक्छन् र अझ ज्ञानी हुन्छन्। अनि त्यस्ता मानिसहरू जो समस्या समाधान गर्न निपुण छन् तिनीहरूले यी वचनहरूबाट अझ ज्ञान-आर्जन गर्छन्।
5 Que o sábio escute, e aumentará seu saber, e o homem inteligente adquirirá prudência
6 तब गुप्त अर्थहरू भएका कार्यहरू अनि भनाईहरू ती मानिसहरूका निम्ति स्पष्ट हुनेछन। रहस्यमय कुराहरू तिनीहरू बुझ्न योग्य हुनेछन्।
6 para compreender os provérbios, as alegorias, as máximas dos sábios e seus enigmas.
7 परमप्रभुलाई सम्मान गर्नु बुद्धिको शुरूवात हो। तर मूर्खहरूले अनुशासन अनि ज्ञानलाई घृणा गर्छन्।
7 O temor do Senhor é o princípio da sabedoria. Os insensatos desprezam a sabedoria e a instrução.
8 हे मेरो छोरो, आफ्नो बाबुको कुरा सुन् जब उनले तिमीलाई प्रशिक्षण दिन्छन् अनि आफ्नी आमाले दिएको शिक्षालाई अवहेलना नगर।
8 Ouve, meu filho, a instrução de teu pai: não desprezes o ensinamento de tua mãe.
9 तिम्रा आमा बाबुले तिमीलाई सिकाएका शिक्षाहरू कुनै मानिसलाई सुहाउँदो मुकुट अथवा सबैलाई अझ शोभायमान गराउने सुनको हार झैं हुन्।
9 Isto será, pois, um diadema de graça para tua cabeça e um colar para teu pescoço.
10 हे मेरो छोरा, केही मानिसहरू नराम्रो कर्म गर्न रूचाउँछन् अनि त्यस्ता मानिसहरूले तिमीलाई पनि नराम्रो कर्म गर्न उत्साह दिन्छन् तिनीहरूको कुरा नसुन्।
10 Meu filho, se pecadores te quiserem seduzir, não consintas;
11 त्यस्ता मानिसहरूले भन्लान, “हामी सित आऊ, हामी लुकेर ढुकौं अनि कसैलाई मार्नेछौं। हामी निर्दोष मानिसमाथि जाईलाग्नेछौं।
11 se te disserem: Vem conosco, faremos emboscadas, para {derramar} sangue, armaremos ciladas ao inocente, sem motivo,
12 आऊ, हामी त्यस मानिसलाई जसरी चिहानले लाश निल्छ त्यसरी नै सम्पूर्णरूपले त्यसलाई निल्ने छौं, जसरी चिप्लेर कोही गहिरो खाल्डामा झर्छ त्यसरी नै त्यस मानिसलाई शुन्य पार्नेछौं।
12 como a região dos mortos devoremo-lo vivo, inteiro, como aquele que desce à cova.
13 हामी धेरै बहुमूल्य चीजहरू लूटेर आफ्नो घर लैजानेछौं।
13 Nós acharemos toda a sorte de coisas preciosas, nós encheremos nossas casas de despojos.
14 यसकारण हामी सित आऊ अनि हामीलाई सहायता गर। हामीले लुटेर पाएको प्रत्येक चीजको भाग बराबरी बाँड्नेछौं।”
14 Tu desfrutarás tua parte conosco, uma só será a bolsa comum de todos nós!
15 हे मेरो छोरो, तिमी तिनीहरूको बाटोको अनुशरण नगर। त्यस्तो बाटोमा एक पाइला पनि नराख्।
15 Oh, não andes com eles, afasta teus passos de suas sendas,
16 किनभने तिनीहरू पाप कर्म गर्न सधैं अग्रसर रहन्छन् अनि तिनीहरू कसैको हत्या गर्न हतारिन्छन्।
16 porque seus passos se dirigem para o mal, e se apressam a derramar sangue.
17 बेकारछ जाल थाप्नु जब सबै चराहरूले तिमीलाई देखिरहेका हुन्छन्।
17 Debalde se lança a rede diante daquele que tem asas.
18 यसर्थ जो मानिस निर्दोष मानिसलाई हत्या गर्न लुकेर बसेको हुन्छ, वास्तवमा त्यो मानिस त्यस्तै जालमा फँसेर मर्छ।
18 Eles mesmos armam emboscadas contra seu próprio sangue e se enganam a si mesmos.
19 जो मानिसहरू भ्रष्ट कर्मद्वारा धन कमाउने लालचमा बस्छन् तिनीहरूको अन्त पनि नराम्रो प्रकारले नै हुन्छ।
19 Tal é a sorte de todo homem ávido de riqueza: arrebata a vida àquele que a detém.
20 सुन, ज्ञान गल्लीहरूमा जोडले कराउँदै मानिसहरूकहाँ पुग्ने चेष्टा गर्छ। ज्ञानले शहरको सार्वजनिक स्थानहरूमा आवाज निकाल्छे।
20 A Sabedoria clama nas ruas, eleva sua voz na praça,
21 ज्ञानले भीड गल्लीहरूमा बोलाइरहेकीछे। ज्ञान नगरको फाटकमा बसेर मानिसहरूलाई बोलाई रहन्छे। ज्ञानले भन्छे,
21 clama nas esquinas da encruzilhada, à entrada das portas da cidade ela faz ouvir sua voz: e até quando os que zombam se comprazerão na zombaria?
22 “अनुभवहीन मानिसहरू। आफ्नो सरलतालाई तिमी गिल्ला गर्नेहरू, कहीले सम्म गिल्ला गरी आनन्द लिइरहने छौ। हे मुर्खहरू हो! तिमीहरूले कहिले सम्म बुद्धिलाई घृणा गरिरहने छौ।
22 Até quando, insensatos, amareis a tolice, e os tolos odiarão a ciência?
23 यदि तिमीहरूले मेरो हप्कीलाई ध्यान दियौ भने, म जे जान्दछु तिमीलाई भन्नेछु अनि मेरो जम्मै बुद्धि सिकाउनेछु।
23 Convertei-vos às minhas admoestações, espalharei sobre vós o meu espírito, ensinar-vos-ei minhas palavras.
24 “मैले बोलाएँ तर तिमीहरूले मलाई सुनेनौ, मैले तिमीहरूको लागि आफ्नो हात अघि बढाँए तर तिमीहरूले म तिर ध्यानै दिएनौ।
24 Uma vez que recusastes o meu chamado e ninguém prestou atenção quando estendi a mão,
25 र मेरा सबै उपदेशहरू सुनेनौ। मेरा हप्कीहरू अस्वीकार गर्यौ।
25 uma vez que negligenciastes todos os meus conselhos e não destes ouvidos às minhas admoestações,
26 यसकारण तिमीहरू नाश हुँदा म हाँस्नेछु। जब तिमीहरूमाथि आपत्ति आउँछ म तिमीहरूलाई खिसी गर्नेछु।
26 também eu me rirei do vosso infortúnio e zombarei, quando vos sobrevier um terror,
27 जब तिमीहरूमाथि आँधी झैं विनाश आउँछ। जब हटात प्रकोपको भुँवरीले झैं अत्याउँछ, जब आपात र कष्ट तिमीमाथि आउँछ।
27 quando vier sobre vós um pânico, como furacão; quando se abater sobre vós a calamidade, como a tempestade; e quando caírem sobre vós tribulação e angústia.
28 “तब तिमीहरूले मलाई बोलाउनेछौ र मैले जवाफ दिनेछैन्। तिमीहरूले सहायताको निम्ति मलाई खोज्नेछौ, तर मबाट तिमीहरूले सहायता पाउँने छैनौ।
28 Então me chamarão, mas não responderei; procurar-me-ão, mas não atenderei.
29 म तिमीहरूलाई सहायता गर्ने छैन कारण मैले दिएको ज्ञान तिमीहरूले लिन अस्वीकार गरेका छौ तिमीहरूले परमप्रभुको डर मान्न र उहाँलाई सम्मान गर्न अस्वीकार गरेका थियौ।
29 Porque detestam a ciência sem lhe antepor o temor do Senhor,
30 तिमीहरूले मेरो उपदेश सुन्न अस्वीकार गरेका थियौ। जब मैले तिमीहरूलाई सही मार्ग-दर्शन गराउन खोजें त्यस वखत तिमीहरूले मलाई ध्यानै दिएनौ।
30 porque repelem meus conselhos com desprezo às minhas exortações;
31 तिमीहरूले आफूले रोजेको जीवन शैली नै मन परायौ। दुष्ट योजनामा व्यस्त रह्यौ, तिमीहरूले मेरा उपदेश मानेनौ, यसर्थ तिमीहरूले अहिले आफ्नो कर्मको फल भोग्नै पर्छ, त्यही नै तिमीहरूले ग्रहण गर्नु पर्छ।
31 comerão do fruto dos seus erros e se saciarão com seus planos,
32 “अनुभवहीन मानिसहरू बरालिन्छन् अनि मर्छन्, मुर्खहरू कुनै विषयमा चिन्तित हुदैनन् अनि यसले तिनीहरूलाई नष्ट गर्नेछ।
32 porque a apostasia dos tolos os mata e o desleixo dos insensatos os perde.
33 तर त्यो मानिस जसले मलाई पछ्याउँछ ऊ सधैं सुरक्षित रहनेछ। त्यस्ता मानिस अचानक आइपर्ने खतराहरूबाट सुरक्षित रहनेछन्।”
33 Aquele que me escuta, porém, habitará com segurança, viverá tranqüilo, sem recear dano algum.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Provérbios 1, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.