Números 8

The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010) vs NTLH

Sair da comparação
NTLH Nova Tradução na Linguagem de Hoje 2000
1 परमप्रभुले मोशालाई भन्नुभयो,
1 O Senhor Deus disse a Moisés:
2 “हारूनलाई भन जब तिमी बत्तीहरू जलाउँछौ, सातवटा बत्तीहरूले सामदानको अघिको क्षेत्रमा प्रकाश पार्नु पर्छ।”
2 — Fale com Arão e diga-lhe o seguinte: quando você colocar as sete lamparinas no candelabro , faça com que as lamparinas iluminem o espaço em frente do candelabro.
3 यसकारण हारूनले यसै गरे। हारूनले बत्तीहरू ठीक ठाँउमा राखेर ठीक दिशा तिर फर्काए ताकि सामदान अघिको क्षेत्रलाई ती बत्तीहरूले उज्जयालो पार्न सकोस्। परमप्रभुले मोशालाई दिनुभएको आज्ञा तिनले पुरा गरे।
3 E Arão fez assim: colocou as lamparinas de modo que iluminassem o espaço em frente do candelabro, como o Senhor havia ordenado a Moisés.
4 सामदान यस प्रकारले बनिएको थियोः सामदान सुन पिटेर बनाइएको थियो अनि यो यसको बैठकदेखि फूलहरू सम्म पिटिएको थियो। त्यो सामदान त्यही ढाँचामा बनिएको थियो परमप्रभुले जुन मोशालाई देखाउनु भएको थियो।
4 O candelabro era de ouro batido: a sua base, as suas flores, tudo era de ouro batido, de acordo com o modelo que o Senhor havia mostrado a Moisés.
5 परमप्रभुले मोशालाई भन्नुभयो,
5 O Senhor Deus disse a Moisés:
6 “इस्राएलका अरू मानिसहरूबाट लेवीहरूलाई छुट्याऊ अनि ती लेवीहरूलाई शुद्ध पार।
6 — Separe os levitas dos outros israelitas e purifique-os .
7 तिनीहरूलाई शुद्ध पार्नको निम्ति तिमीले यसो गर्नुपर्छ तिनीहरू माथि शुद्धीकरणको पानी छर्किदेऊ र त्यस पानीले तिनीहरूलाई शुद्ध तुल्याउँछ। त्यसपछि तिनीहरूले आफ्नो शरीरको सम्पूर्ण रौं काटुन् अनि आफ्नो लुगाहरू धुऊन् र तिनीहरू यसरी शुद्ध हुन्छन्।
7 Para purificá-los, faça o seguinte: borrife sobre eles a água da purificação. Eles devem rapar todo o corpo e lavar as suas roupas. Assim, ficarão purificados.
8 “तिनीहरूलाई जवान गोरू तिनीहरूको बथानबाट ल्याउन देऊ अनि यसको मसिनो पीठो तेलसित मिसाएको अन्यबली ल्याउन देऊ त्यसपछि तिमीले अर्को एउटा बथानबाट जवान गोरू पापबलिका निम्ति ल्याउनु पर्छ।
8 Então pegarão um touro novo, com a oferta de cereais, feita da melhor farinha misturada com azeite. E você pegará outro touro novo como oferta para tirar pecados.
9 त्यस पछि तिमीले ती लेवीहरूलाई भेट हुने पालको अघि ल्याउनु र इस्राएलको सबै जातिका मानिसहरूलाई भेला गर।
9 Em seguida você reunirá todo o povo de Israel e fará com que os levitas fiquem em frente da Tenda Sagrada .
10 जब तिमीले लेवीहरूलाई परमप्रभुको अघि ल्याउँछौ इस्राएलको सबै मानिसहरूले तिनीहरू माथि आफ्नो हात राख्नु पर्छ।
10 Então o povo de Israel porá as mãos sobre a cabeça dos levitas,
11 हारूनले लेवीहरूलाई परमप्रभु अघि इस्राएलका मानिसहरूको विशेष उपहारको रूपमा अर्पण गर्छन् अनि तिनीहरूले परमेश्वरका सेवा गर्नेछन्।
11 e aí Arão separará os levitas para mim como uma oferta especial dos israelitas. Assim, os levitas poderão fazer o meu serviço.
12 “लेवीहरूले तिनीहरूको हात बहरको टाउको माथि राख्नुपर्छ र एउटा बहर पापबलिको निम्ति चढाउनु पर्छ र अर्को चाँहि लेवीहरूको प्रायश्चितका निम्ति परमप्रभुलाई होमबलिको निम्ति चढाउनु पर्छ।
12 Os levitas colocarão as mãos sobre a cabeça dos dois touros. Um deles será oferecido como oferta para tirar pecados, e o outro, como oferta que será completamente queimada para purificar os levitas.
13 यसरी पूजाहारी हारून र तिनका छोराहरूको सहायताको निम्ति तिमीले लेवीहरूलाई नियुक्त गर र त्यसपछि लेवीहरूलाई तिमीले परमप्रभुको निम्ति विशेष उपहार स्वरूप चढाऊ।
13 — Separe os levitas como uma oferta especial para mim, e que Arão e os seus filhos sejam os chefes deles.
14 तिमीले तिनीहरूलाई इस्राएलका अरू मानिसहरूबाट छुट्टयाउनु पर्छ कारण लेवीहरू मेरा हुनेछन्।
14 Separe os levitas dos outros israelitas a fim de que sejam meus.
15 “तिमीले तिनीहरूलाई शुद्ध पारेर विशेष उपहार स्वरूप अर्पण गरे पछि तिनीहरू भेट हुने पालमा सेवा गर्न उपयुक्त हुनेछन्।
15 Depois que você purificar e separar os levitas, eles estarão preparados para trabalhar na Tenda.
16 बिगतमा मैले इस्राएली मानिसहरूलाई तिनीहरूबाट जन्मेका पहिलो पुत्रहरू मलाई दिउन् भनी मागेको थिए। तर अहिले इस्राएली मानिसहरूबाट पहिले जन्मेको छोराहरूको सट्टामा म लेवी मानिसहरूलाई लिइरहेकोछु। इस्राएली मानिसहरूले मलाई लेवी मानिसहरू दिनेछन्। मैले तिनीहरूलाई मेरो लागि लिएको छु।
16 Eles foram separados do meio dos israelitas, para serem meus, em lugar dos filhos mais velhos do povo de Israel. Eles são meus.
17 इस्राएलमा जन्मने प्रत्येक जेठो मेरो हुनेछ चाहे त्यो मानिस होस् अथवा पशु, यसमा कुनै फरक पर्दैन। किन? किनभने मिश्र देशमा मैले प्रत्येक जेठो नानी र पशु मारेकोछु, अनि मेरो आफन्त बनाउनको निम्ति प्रत्येक जेठो छोरोलाई रोजें।
17 Quando matei todos os primeiros filhos dos egípcios, eu separei para mim o filho mais velho de cada família israelita e a primeira cria de cada animal.
18 तर अब म तिनीहरूको सट्टामा लेवी मानिसहरू लिन्छु। इस्राएलमा अन्य जातिको परिवारहरूबाट जन्मेका जेठो छोराहरूको सट्टामा म लेवीहरूलाई ग्रहण गर्नेछु।
18 Agora estou ficando com os levitas em lugar de todos os primeiros filhos dos israelitas.
19 इस्राएलका सबै मानिसहरूबाट मैले लेवी मानिसहरूलाई चुनें अनि हारून र तिनका छोराहरूलाई भेटी स्वरूप दिएँ। तिनीहरूले इस्राएलका सबै मानिसहरूको सेवा गर्छन् जो भेट हुने पालमा आराधनाको निम्ति आउँदथे। तिनीहरूले इस्राएलको सबै मानिसहरूका निम्ति प्रायश्चित गर्नेछन्। तब पवित्र स्थान नजिक आँउदा इस्राएली मानिसहरूका निम्ति कुनै प्रकारको रोग अथवा कष्ट आई पर्ने छैन।”
19 Agora entrego os levitas a Arão e aos seus filhos como uma oferta dos israelitas a fim de trabalharem na Tenda para o povo de Israel, para conseguirem o perdão dos pecados e para protegerem os israelitas de alguma desgraça , se chegarem muito perto do Lugar Santo .
20 त्यसकराण, लेवीहरूका विषयमा परमप्रभुको आज्ञासित राजी भएर मोशा, हारून अनि इस्राएलका सबै मानिसहरूले परमप्रभु द्वारा मोशालाई दिएका झैं प्रत्येक कुरा पालन गरे।
20 Assim, Moisés, Arão e todo o povo de Israel cumpriram tudo o que o Senhor havia ordenado a Moisés a respeito dos levitas.
21 लेवीहरूले नुहाएर तिनीहरूको लुगाहरू धोए, हारूनले तिनीहरूलाई परमप्रभुको अघि विशेष उपहार स्वरूपमा अर्पण गरे अनि लेवीहरूका निम्ति प्रायश्चित गराएर तिनीहरूलाई सफा बनाए।
21 Os levitas se purificaram e lavaram as suas roupas, e Arão os separou como uma oferta especial ao Senhor e fez a cerimônia da purificação para eles.
22 त्यसपछि लेवी मानिसहरू भेट हुने पालमा सेवा कार्य गर्न आए। हारून र तिनका छोराहरूले तिनीहरूको हेरचाह गर्थे अनि हारून र तिनका छोराहरू तिनीहरूको कामको जिम्मावारी थिए। परमप्रभुले मोशालाई जस्तो भन्नुभएको थियो हारून र तिनका छोराहरूले त्यसरी नै कार्यहरू गरे।
22 O povo fez tudo o que o Senhor havia ordenado a Moisés a respeito dos levitas. Assim, eles foram escolhidos para trabalhar na Tenda Sagrada, dirigidos por Arão e pelos seus filhos.
23 त्यपछि परमप्रभुले मोशालाई भन्नुभयो,
23 O Senhor Deus disse a Moisés:
24 “यो लेवीहरूको नियम निम्ति हो। प्रत्येक लेवीहरू जो पच्चीस वर्षका अनि माथिका छन्। तिनी सबै भेट हुने पालको सेवामा भाग लिन आउनु पर्छ।
24 — A lei a respeito dos levitas é esta: com a idade de vinte e cinco anos cada levita começará o seu trabalho na Tenda Sagrada
25 तर जब कुनै लेवी मानिस पचास वर्ष भन्दा बेशी उमेरको हुन्छ उसले त्यहाँ फेरि काम गर्नु पर्दैन र उसले भेट हुने पालको सेवा कार्यबाट अवकाश लिन्छ।
25 e aos cinquenta anos deixará de trabalhar.
26 पचास वर्ष अथवा त्यो भन्दा अधिक उमेरका मानिसहरूले भेट हुने पालको सेवा कार्यमा तिनीहरूका दाज्यू-भाइहरूलाई सहायता गर्नु सक्छन्। तर तिनीहरूले भारी काम गर्नु हुँदैन। यस्तो प्रकारले तिमी लेवीहरूलाई काममा खटाउनु पर्छ।”
26 Depois dessa idade os levitas poderão ajudar os seus companheiros no trabalho deles na Tenda, porém não serão responsáveis por nenhum serviço. É assim que você deverá organizar o serviço dos levitas.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Números 8, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.