Números 29

The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010) vs BKJ

Sair da comparação
1 “सातौं महीनाको पहिलोदिन तिमीहरूको निम्ती एउटा विशेष सभा डाकिनु पर्छ। त्यस दिन तिमीहरूले कुनै अरू परिश्रम गर्नु हुँदैन। त्यो दिन तिमीहरूको निम्ति तुरही बजाउने दिन हुन्छ।
1 E no sétimo mês, no primeiro dia do mês, tereis santa convocação; nenhum trabalho servil fareis; será para vós um dia de soar as trombetas.
2 तिमीहरूले एउटा बाछा बथानबाट, एउटा भेडा र सातवटा एक वर्षे थुमाहरू परमप्रभुलाई मिठो सुगन्ध दिने होमबलि चढाउने छौ। यी पशुहरू सबै निष्खोट हुनुपर्छ।
2 E oferecereis em oferta queimada, em cheiro suave ao SENHOR, um novilho, um carneiro e sete cordeiros de um ano, sem defeito.
3 परमप्रभुलाई अन्नबलिको निम्ति तेलमा मुछेको एपाको दश खण्डको तीन खण्ड मसिनो पीठो साँढेसित, एपाको दश खण्डको दुई खण्ड भेडासित,
3 E a sua oferta de alimentos será de farinha misturada com azeite, três décimas para o novilho, e duas décimas para o carneiro,
4 अनि एपाको दश खण्डको एक खण्ड गरी सातवटा थुमाहरूमा प्रत्येक थुमाहरूसित चढाउनु पर्छ।
4 e uma décima para cada cordeiro, para todos os sete cordeiros;
5 तिमीहरूले एउटा बाख्रा तिम्रो पाप प्रायश्चित गर्नका निम्ति बलि चढाउ।
5 e um filhote de bode para a oferta do pecado, para oferta por vós.
6 ती औसीको बलिहरू प्रत्येक महिनाको निम्ति चढाइने बलिहरू र तिनीहरूको साथमा चढाइने अन्नबलि, प्रत्येक दिन चढाइने बलिहरू र तिनीहरूको साथमा चढाइने अन्नबलि तथा अर्घबलि देखि वाहेक हुन्। यी बलिहरू नियम रूपमा हुनु पर्छ र यी बलिहरू आगोद्वारा चढाइनु पर्छ र सुगन्धले परमप्रभुलाई आनन्द तुल्याउनेछ।
6 Além da oferta queimada do mês, e a sua oferta de alimentos, e a oferta queimada contínua, e a sua oferta de alimentos, com as suas ofertas de bebida, segundo a sua ordenança, em cheiro suave, oferta queimada ao SENHOR.
7 “सातौं महीनाको दशौं दिन त्यहाँ तिमीहरूको निम्ति एउटा विशेष सभा हुनेछ। त्यस दिन तिमीहरू उपवास बस्नु पर्छ अनि कुनै काम गर्नु हुदैन।
7 E no décimo dia deste sétimo mês, tereis santa convocação e afligireis as vossas almas; nenhum trabalho fareis.
8 परमप्रभुको निम्ति मगमग सुगन्धित वास्नाको रूपमा एउटा बाछा एउटा भेडा अनि सातवटा एक वर्षे थुमाहरू होमबलिमा चढाइनुपर्छ। ती पशुहरूमा कुनै प्रकारको खोट रहनु हुँदैन।
8 Mas oferecereis em oferta queimada, em cheiro suave ao SENHOR, um novilho, um carneiro e sete cordeiros de um ano; eles serão sem defeito.
9 अनि तिमीहरूले त्यो होमबलिको साढेसित तेलमा मुछेको एपाको दश खण्डको तीन खण्ड मसिनो पीठो, भेडासित एपाको दश खण्डको दुई खण्ड तेलमा मुछेको मसिनो पीठो,
9 E a sua oferta de alimentos será de farinha misturada com azeite, três décimas para o novilho, e duas décimas para o carneiro,
10 अनि सातवटा थुमाहरूमा प्रत्येकको एपाको दश खण्डको एक खण्ड तेलमा मुछेको मसिनो पीठो चढाउनुपर्छ।
10 uma décima para cada cordeiro, para todos os sete cordeiros;
11 पापबलिको निम्ति तिमीहरूले एउटा बोका पनि चढाउनुपर्छ। यो बलि चाँहि प्रायश्चित बलिको अतिरिक्त हो र नियमित रूपले चढाएको दैनिक अन्नबलि र अर्घबलिको पनि अतिरिक्त हो।
11 um filhote de bode para a oferta do pecado, além da oferta do pecado pela expiação, e a oferta queimada contínua, e a sua oferta de alimentos, com as suas ofertas de bebida.
12 “सातौं महिनाको पन्ध्रौं दिन तिमीहरूले एउटा विशेष सभा राख्नु अनि त्यसदिन कुनै दैनिक काम नगर्नू। परमप्रभुको सम्मानमा सात दिनसम्म उत्सव मनाउनू।
12 E no décimo quinto dia deste sétimo mês, tereis santa convocação; nenhum trabalho servil fareis; e celebrareis uma festa ao SENHOR, durante sete dias.
13 तिमीहरूले बथानबाट तेह्रवटा बहर गोरू दुइवटा भेडा र एक वर्षे चौधवटा थुमाहरू परमप्रभुको निम्ति मगमग सुगन्धित वास्ना बनाउनलाई होमबलि चढाउनुपर्छ। यी पशुहरू निष्खोट हुनुपर्छ।
13 E oferecereis uma oferta queimada, um sacrifício feito pelo fogo de cheiro suave ao SENHOR, treze novilhos, dois carneiros e catorze cordeiros de um ano; eles serão sem defeito.
14 यो होमबलिसित एपाको दश खण्डको तीन खण्ड तेलसित मुछेको मसिनो पीठो प्रत्येक जवान साँढेसित एपाको दश खण्डको दुई खण्ड तेलसित मिसिएको मसिनो पीठो प्रत्येक भेडासित
14 E a sua oferta de alimento será de farinha misturada com azeite, três décimas para um novilho, para cada um dos treze novilhos, duas décimas para cada carneiro, entre os dois carneiros;
15 र प्रत्येक थुमासित एपाको दश खण्डको एक खण्ड तेलसित मुछेको मसिनो पीठो होमबलि चढाउनु पर्छ।
15 e uma décima para cada cordeiro, dos catorze cordeiros;
16 यसैसित पापबलिको निम्ति एउटा पाठो पनि चढाउनुपर्छ। यो नित्य चढाइने होमबलि र अन्नबलिको अतिरिक्त हो।
16 e um filhote de bode para a oferta do pecado, além da oferta queimada, e sua oferta de alimentos, e a sua oferta de bebida.
17 “उत्सवको दोस्रो दिन तिमीहरूले बाह्रवटा बहर गोरू, दुइवटा भेडाहरू र एक वर्षे चौधवटा थुमाहरू बलि चढाउनुपर्छ। यी बलि दिइने पशुहरूमा कुनै खोट नहोस्।
17 E no segundo dia, oferecereis doze novilhos, dois carneiros, catorze cordeiros de um ano, sem defeito;
18 तिमीहरूले यी साँढे, भेडाहरू तथा थुमाहरूसित यिनीहरूको तोकिएको संख्या अनुसार सही परिमाणको अन्नबलि तथा अर्घबलि पनि चढाउनु पर्छ।
18 e a sua oferta de alimentos e as suas ofertas de bebida para os novilhos, para os carneiros e para os cordeiros, conforme o seu número, segundo as ordenanças;
19 तिमीहरूले पापबलिको निम्ति एउटा बोको पनि चढाउनु पर्छ। यो बलि तिमीहरूले चढाउने दैनिकबलि र यससित चढाइने अन्नबलि र अर्घबलिको अतिरिक्त हो।
19 e um filhote de bode, para a oferta do pecado, além da oferta queimada contínua, da sua oferta de alimentos, e das suas ofertas de bebida.
20 “उत्सवको तेस्रो दिन तिमीहरूले एघारवटा बहर गोरू, दुइवटा भेडा र चौधवटा एक वर्षे थुमाहरू चढाउनु पर्छ। यी चढाइने पशुहरूमा कुनै प्रकारको खोट हुनुहुँदैन।
20 E no terceiro dia, oferecereis onze novilhos, dois carneiros, catorze cordeiros de um ano, sem defeito;
21 तिमीहरूले यी बहर, भेडा र थुमाहरू चढाउँदा यिनीहरूको तोकिएको संख्या अनुसार चढाउनु पर्छ र अन्नबलि अर्घबलि पनि सही परिमाणमा चढाउनु पर्छ।
21 e as suas ofertas de alimentos, e as suas ofertas de bebida para os novilhos, para os carneiros, e para os cordeiros, serão conforme o seu número, segundo as ordenanças;
22 पाप बलिको निम्ति एउटा बोको पनि चढाउनु पर्छ। यो बलि तिमीहरूले चढाउने दैनिक बलि र त्यससित चढाइने अन्न बलि तथा अर्घबलिको अतिरिक्त हो।
22 e um bode para a oferta do pecado, além da oferta queimada contínua, e a sua oferta de alimentos, e a sua oferta de bebida.
23 “उत्सवको चौथो दिन तिमीहरूले दशवटा बहर गोरू, दुइवटा भेडा र चौधवटा एक वर्षे थुमाहरू चढाउनु पर्छ। यी चढाइने पशुहरूमा कुनै प्रकारको खोट हुनु हुँदैन।
23 E no quarto dia, oferecereis dez novilhos, dois carneiros, e catorze cordeiros de um ano, sem defeito;
24 तिमीहरूले यी बहर गोरू, भेडा र थुमाहरू चढाउँदा यिनीहरूको तोकिएको संख्या अनुसार चढाउँनुपर्छ र अन्नबलि र अर्घबलि पनि सही परिमाणमा चढाउनुपर्छ।
24 a sua oferta de alimentos, e as suas ofertas de bebida para os novilhos, para os carneiros, e para os cordeiros, serão conforme o seu número, segundo as ordenanças;
25 पापबलिको निम्ति एउटा वोको पनि चढाउनुपर्छ। यो बलि तिमीहरूले चढाउने दैनिक बलि र त्यससित चढाइने अन्नबलि तथा अर्घबलिको अतिरिक्त हो।
25 e um filhote de bode, para a oferta do pecado, além da oferta queimada contínua, a sua oferta de alimentos, e a sua oferta de bebida.
26 “उत्सवको पाँचौदिन तिमीहरूले नौवटा बाछा, दुइवटा भेडा र चौधवटा एक बर्षे थुमाहरू चढाउनु पर्छ। यी चढाइने पशुहरूमा कुनै प्रकारको खोट हुनु हुँदैन।
26 E no quinto dia, nove novilhos, dois carneiros, e catorze cordeiros de um ano, sem defeito;
27 तिमीहरूले यी बाछा, भेडा र थुमाहरू चढाउँदा यिनीहरूको तोकिएको संख्या अनुसार चढाउनु पर्छ र अन्नबलि र अर्घबलि पनि सही परिमाणमा चढाउनु पर्छ।
27 e a sua oferta de alimentos, e as suas ofertas de bebida para os novilhos, para os carneiros, e para os cordeiros, serão conforme o seu número, segundo as ordenanças;
28 पापबलिको निम्ति एउटा बोका पनि चढाउनु पर्छ। यो बलि तिमीहरूले चढाउने दैनिकबलि र त्यससित चढाइने अन्नबलि तथा अर्घबलिको अतिरिक्त हो।
28 e um bode para a oferta do pecado, além da oferta queimada contínua, e a sua oferta de alimentos, e a sua oferta de bebida.
29 “उत्सवको छौंटौं दिन तिमीहरूले आठवटा बाछा, दुइवटा भेडा र चौधवटा एक बर्षे थुमाहरू चढाउनु पर्छ। यी बलि चढाइने पशुहरूमा कुनै प्रकारको खोट हुनु हुँदैन।
29 E no sexto dia, oito novilhos, dois carneiros, e catorze cordeiros de um ano, sem defeito;
30 तिमीहरूले यी बाछा, भेडा र थुमाहरू चढाउँदा यिनीहरूको तोकिएको संख्या अनुसार चढाउनु पर्छ र अन्नबलि र अर्घबलि पनि सही परिमाणको चढाउने पर्छ।
30 e a sua oferta de alimentos, e as suas ofertas de bebida para os novilhos, para os carneiros, e para os cordeiros, serão conforme o seu número, segundo as ordenanças;
31 पापबलिको निम्ति एउटा बोको पनि चढाउनु पर्छ। यो बलि तिमीहरूले चढाउने दैनिक बलि, त्यससित चढाइने अन्नबलि तथा पेयबलिको अतिरिक्त हो।
31 e um bode, para a oferta do pecado, além da oferta queimada contínua, e a sua oferta de alimentos, e a sua oferta de bebida.
32 “उत्सवको सातौं दिन तिमीहरूले सातवटा बाछा, दुइवटा भेडा र चौधवटा एक वर्षे थुमाहरू चढाउनु पर्छ। यी बलि चढाइने पशुहरू निष्खोट हुनु पर्छ।
32 E no sétimo dia, oferecereis sete novilhos, dois carneiros, e catorze cordeiros de um ano, sem defeito;
33 तिमीहरूले यी बाछा, भेडा र थुमाहरू चढाउँदा यिनीहरूको तोकिएको संख्या अनुसार चढाउन पर्छ र अन्नबलि र अर्घबलि पनि सही परिमाणको चढाउनु पर्छ।
33 e a sua oferta de alimentos, e as suas ofertas de bebida para os novilhos, para os carneiros, e para os cordeiros, serão conforme o seu número, segundo as ordenanças;
34 पाप-बलिको निम्ति एउटा बोको पनि चढाउनु पर्छ। यो बलि तिमीहरूले चढाउने दैनिकबलि, त्यसित चढाइने अन्नबलि तथा अर्घबलिको अतिरिक्त हो।
34 e um bode para a oferta do pecado, além da oferta queimada contínua, e a sua oferta de alimentos, e a sua oferta de bebida.
35 “उत्सवको आठौं दिनमा एउटा विशेष सभा हुनेछ। त्यस दिन तिमीहरूले परिश्रमको कार्य गर्नुहुँदैन।
35 No oitavo dia tereis uma assembleia solene; nenhum trabalho servil fareis;
36 त्यस दिन तिमीहरूले परमप्रभुलाई मीठो वास्नाले खुशी तुल्याउनको निम्ति एउटा बाछा, एउटा भेडा र सातवटा एक वर्षे थुमाहरू चढाउनु पर्छ। ती बलि चढाइने पशुहरूमा कुनै खोट हुनुहुँदैन।
36 mas oferecereis em oferta queimada, em oferta queimada de cheiro suave ao SENHOR, um novilho, um carneiro, sete cordeiros de um ano, sem defeito;
37 यी बाछा, भेडा र थुमाहरू चढाउँदा यिनीहरूको तोकिएको संख्या अनुसार चढाउनु पर्छ र अन्नबलि र अर्घबलि पनि सही परिमाणको चढाउनुपर्छ।
37 a sua oferta de alimentos, e as suas ofertas de bebida para o novilho, para o carneiro, e para os cordeiros, serão conforme o seu número, segundo as ordenanças;
38 तिमीहरूले पाप बलिको निम्ति एउटा बोको पनि चढाउनुपर्छ। यो बलि तिमीहरूले चढाउने दैनिकबलि, त्यससित चढाइने अन्नबलि तथा अर्घबलिको अतिरिक्त हो।
38 e um bode para a oferta do pecado, além da oferta queimada contínua, e a sua oferta de alimentos, e a sua oferta de bebida.
39 “विशेष उत्सवहरूमा होमबलि, अन्नबलि, अर्घबलि तथा मेलबलि तिमीहरूले परमप्रभुलाई चढाउनु पर्छ। यो बलि तिमीहरूले चढाउनु खोजेको कुनै विशेष बलि तथा कुनै भाकल बलिको अतिरिक्त हो।”
39 Estas coisas fareis ao SENHOR nas vossas festas solenes, além dos vossos votos, e das vossas ofertas voluntárias, com as vossas ofertas queimadas, e com as vossas ofertas de alimentos, e com as vossas ofertas de bebida, e com as vossas ofertas pacíficas.
40 परमप्रभुले मोशालाई आज्ञादिनुभए अनुसार तिनले सबै कुराहरू इस्राएली मानिसहरूलाई बताए।
40 E Moisés falou aos filhos de Israel, segundo tudo o que o SENHOR ordenara a Moisés.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Números 29, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.