Números 11

The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010) vs ARA

Sair da comparação
ARA Almeida Revista e Atualizada 1993
1 जब मानिसहरूले परमप्रभु अघि एकदमै गनगनाउन थाले, परमप्रभु त्यो सुनेर उहाँ क्रोधित हुनु भयो र तिनीहरूको विरूद्धमा आगो पठाउनु भयो। अनि त्यस आगोले छाउनीको केही किनाराहरू पनि जलायो।
1 Queixou-se o povo de sua sorte aos ouvidos do Senhor ; ouvindo-o o Senhor , acendeu-se-lhe a ira, e fogo do Senhor ardeu entre eles e consumiu extremidades do arraial.
2 मानिसहरूले मोशालाई सहायता मागे अनि मोशाले परमप्रभुको प्रार्थना गरेर आगो निभाए।
2 Então, o povo clamou a Moisés, e, orando este ao Senhor , o fogo se apagou.
3 यसर्थ मानिसहरूले त्यस ठाँउको नाम तबेरा राखे कारण परमप्रभुबाट उत्पत्ति भएको आगोले तिनीहरू कतिलाई पोलेको थियो।
3 Pelo que chamou aquele lugar Taberá, porque o fogo do Senhor se acendera entre eles.
4 इस्राएलीहरूसंग रहेको विदेशीहरूको एउटा दलले मासु खान साह्रै इच्छा गरे चाडै सबै इस्राएली मानिसहरूले पनि मासुको लागि गनगनाउन थाले। ती मानिसहरूले विलाप गरेर भने, “हामीलाई मासु खानु कसले देला?
4 E o populacho que estava no meio deles veio a ter grande desejo das comidas dos egípcios; pelo que os filhos de Israel tornaram a chorar e também disseram: Quem nos dará carne a comer?
5 हामीले मिश्रमा हुँदा बिना मूल्य माछा खाएको सम्झना आँउछ। साग-पातहरू, काँक्रा, खरबुजा, हरियो साग सब्जी, प्याज अनि लसूनहरूको सम्झना आँउछ।
5 Lembramo-nos dos peixes que, no Egito, comíamos de graça; dos pepinos, dos melões, dos alhos silvestres, das cebolas e dos alhos.
6 तर अहिले हामीले भोक नै हरायौं। मन्न बाहेक केही खानेकुरा देख्दैनौं।”
6 Agora, porém, seca-se a nossa alma, e nenhuma coisa vemos senão este maná.
7 देख्दा मन्न धनिंयाको मसिनो दाना जस्तो हुन्छ र यसको रंग रूखको चोप जस्तो देखिन्छ।
7 Era o maná como semente de coentro, e a sua aparência, semelhante à de bdélio.
8 मानिसहरूले मन्न बटुलेर ढुङ्गाले पिध्थे र भाँडामा पकाउँथे अथवा यसलाई धूलो पारेर फुरौलो बनाउँथे। यसको स्वाद भद्राक्षको तेलमा पकाएको फुलौरोको जस्तो थियो।
8 Espalhava-se o povo, e o colhia, e em moinhos o moía ou num gral o pisava, e em panelas o cozia, e dele fazia bolos; o seu sabor era como o de bolos amassados com azeite.
9 जब राती भूँइ शीतले भिज्छ मन्न भूँईमा झथ्यो।
9 Quando, de noite, descia o orvalho sobre o arraial, sobre este também caía o maná.
10 प्रत्येक परिवारका मानिसहरू आ-आफ्नो पालको प्रवेशद्वारमा बसेर गनगनाई रहेका थिए। यसले परमप्रभुलाई अत्यन्तै रीस उठायो अनि मोशा पनि दुःखीत भए।
10 Então, Moisés ouviu chorar o povo por famílias, cada um à porta de sua tenda; e a ira do Senhor grandemente se acendeu, e pareceu mal aos olhos de Moisés.
11 मोशाले परमप्रभुलाई भने, “तपाईंको दासलाई किन कष्ट दिनु भयो? मैले तपाईंलाई किन सन्तुष्ट पार्न सकिन जसले गर्दा यी मानिसहरूको जिम्मावारी म माथि थप्नु भयो?
11 Disse Moisés ao Senhor : Por que fizeste mal a teu servo, e por que não achei favor aos teus olhos, visto que puseste sobre mim a carga de todo este povo?
12 के मैले गर्भ धारण गरेर यी मानिसहरूलाई जन्माएको हुँ र? तपाईंले यिनीहरूका पुर्खाहरूसित प्रतिज्ञा गरेर दिन्छु भनेको भूमिमा एउटी रोगी-सेविकाले नानी बोकेर हिंडे झैं यी मानिसहरूलाई छात्तीमा राखेर लैजानु भन्नुहुन्छ।
12 Concebi eu, porventura, todo este povo? Dei-o eu à luz, para que me digas: Leva-o ao teu colo, como a ama leva a criança que mama, à terra que, sob juramento, prometeste a seus pais?
13 जब यी मानिसहरू हामीलाई मासु खान दिनु भन्दै मसंग रून्छन्, ‘त मैले यिनीहरूलाई खुवाउने मासु कहाँ पाउनु?’
13 Donde teria eu carne para dar a todo este povo? Pois chora diante de mim, dizendo: Dá-nos carne que possamos comer.
14 यी मानिसहरूको हेरचाह गर्न म आफै योग्य छैन् कारण ममाथि जिम्मावारी एकदमै बेशी भयो।
14 Eu sozinho não posso levar todo este povo, pois me é pesado demais.
15 यदि तपाईं मसित यस्तै व्यवहार गर्नुहुन्छ र तपाईंले मलाई मन पराउनु हुन्छ भने बरू मलाई मारिदिनोस ताकि मैले आफ्नै कष्ट भोग्नु पर्दैन।”
15 Se assim me tratas, mata-me de uma vez, eu te peço, se tenho achado favor aos teus olhos; e não me deixes ver a minha miséria.
16 परमप्रभुले मोशालाई भन्नुभयो, “सत्तरी जना बूढा-प्रधानहरूलाई जम्मा गर जसलाई तिमीले बूढा-प्राधानहरू अनि मानिसहरूको अगुवा जस्तै सम्मान गरेका छौ अनि तिनीहरूलाई म भए कहाँ भेट हुने पालमा ल्याऊ।
16 Disse o Senhor a Moisés: Ajunta-me setenta homens dos anciãos de Israel, que sabes serem anciãos e superintendentes do povo; e os trarás perante a tenda da congregação, para que assistam ali contigo.
17 अनि म तल आएर त्यहाँ तिमीसंग कुरा गर्नेछु। अनि तिमीमा भएको केही शक्तिको आत्मा लिनेछु र यसलाई तिनीहरूमाथि हाली दिनेछु। अनि तिनीहरूले पनि तिमीहरूसित मानिसहरूलाई डोर्याउने भारहरू लिन सहायता गर्नेछ, ताकि तिमी एक्लै त्यो सबै सहनु पर्दैन।
17 Então, descerei e ali falarei contigo; tirarei do Espírito que está sobre ti e o porei sobre eles; e contigo levarão a carga do povo, para que não a leves tu somente.
18 “अनि मानिसहरूलाई भन तिमीहरूले आफैलाई पवित्र बनाएर राख भोलि तिमीहरूले मासु खानेछौ। ‘हामी मासु खान चाहन्छौ! हाम्रो लागि मिश्रमा नै राम्रो थियो।’ भनी तिमीहरू रोएको परमप्रभुले सुन्नु भएको थियो। यसर्थ अब परमप्रभुले तिमीहरूलाई मासु दिनुहुनेछ र खान सक्ने छौ।
18 Dize ao povo: Santificai-vos para amanhã e comereis carne; porquanto chorastes aos ouvidos do Senhor , dizendo: Quem nos dará carne a comer? Íamos bem no Egito. Pelo que o Senhor vos dará carne, e comereis.
19 तिमीहरूले एक दिन, अथवा दुई दिन, अथवा पाँच दिन मात्र होइन दश दिन अथवा बीस दिन भन्दा बढी मासु खानेछौ।
19 Não comereis um dia, nem dois dias, nem cinco, nem dez, nem ainda vinte;
20 तिमीहरूले महीना भरि मासु खाने छौ। तिमीहरूले मासु खाने छौ जब सम्म तिमीहरू यसको लागि बिमार हुनेछौ। तिमीहरूलाई यस्तो हुनेछ किनभने तिमीहरूले परमप्रभुको विरूद्ध आरोप लगायौ। परमप्रभु तिमीहरूको माझमा रहनुहुन्छ अनि तिमीहरूलाई के आवश्यक छ जान्नु हुन्छ। तर रोयौ अनि उहाँलाई आरोप लगायौ तिमीहरूले भन्यो, ‘हामी किन मिश्रमा सदा रहेनौ?’”
20 mas um mês inteiro, até vos sair pelos narizes, até que vos enfastieis dela, porquanto rejeitastes o Senhor , que está no meio de vós, e chorastes diante dele, dizendo: Por que saímos do Egito?
21 तब मोशाले भने, “अहिले मसित पैदल हिडने 600,000 मानिसहरू छन् अनि तपाईं भन्नुहुन्छ, ‘म तिनीहरूलाई पुरै एक महीना मासु खान दिन्छु।’
21 Respondeu Moisés: Seiscentos mil homens de pé é este povo no meio do qual estou; e tu disseste: Dar-lhes-ei carne, e a comerão um mês inteiro.
22 के यी सबै भेडा तथा बाख्राको बगाल तथा गाई-गोरूको बथान मार्दा पनि तिनीहरूको निम्ति प्रर्याप्त हुन्छ र? के समुद्रका सबै माछाहरू मारे पनि तिनीहरूको निम्ति प्रर्याप्त हुन्छ र?”
22 Matar-se-ão para eles rebanhos de ovelhas e de gado que lhes bastem? Ou se ajuntarão para eles todos os peixes do mar que lhes bastem?
23 परमप्रभुले मोशालाई भन्नुभयो, “के परमप्रभुको शक्ति सीमित छ? अब तिमीले देख्नेछौ मैले भनेको कुरो तिमीले पाउनेछौ कि छैनौ।”
23 Porém o Senhor respondeu a Moisés: Ter-se-ia encurtado a mão do Senhor ? Agora mesmo, verás se se cumprirá ou não a minha palavra!
24 यसकारण मोशा बाहिर आए अनि परमप्रभुले तिनलाई भन्नु भएको कुरा मानिसहरूलाई भने। अनि इस्राएलका बूढा-प्रधानहरूबाट सत्तरी जना भेला पारेर तिनीहरूलाई पालको वरिपरि उभ्याए।
24 Saiu, pois, Moisés, e referiu ao povo as palavras do Senhor , e ajuntou setenta homens dos anciãos do povo, e os pôs ao redor da tenda.
25 तब परमप्रभु बादलमा तल आउनु भयो र मोशालाई भन्नुभयो। तब परमप्रभुले केही आत्मा जो मोशा माथि थियो लिएर ती इस्राएलीहरूको 70 जना बूढा प्रधानहरू माथि हालि दिनु भयो तिमीहरूले अगमवाणी बोल्न शुरू गरे। त्यही समय मात्र थियो कि यी मानिसहरूले यस्तो गरे, उनीहरू माथि पवित्र आत्मा आए पछि।
25 Então, o Senhor desceu na nuvem e lhe falou; e, tirando do Espírito que estava sobre ele, o pôs sobre aqueles setenta anciãos; quando o Espírito repousou sobre eles, profetizaram; mas, depois, nunca mais.
26 त्यहाँ छाउनी भित्र दुईजना व्यक्ति एलदाद र मेदाद थिए। तिनीहरूको नाम 70 जना बूढा प्रधानहरूको सूचीमा हालिएको थियो। तर तिनीहरू छाउनी बाहिर गएका थिएनन्। तापनि आत्मा तिनीहरूमाथि पनि आयो र तिनीहरूले अगमवाणी गरे।
26 Porém, no arraial, ficaram dois homens; um se chamava Eldade, e o outro, Medade. Repousou sobre eles o Espírito, porquanto estavam entre os inscritos, ainda que não saíram à tenda; e profetizavam no arraial.
27 एकजना जवान मानिस मोशा कहाँ दगुर्दै आएर भन्यो, “छाउनीमा एलदाद र मेदादले अगमवाणी गरिरहेका छन्।”
27 Então, correu um moço, e o anunciou a Moisés, e disse: Eldade e Medade profetizam no arraial.
28 युवावस्थाबाट नै मोशाको सहायक रहेको नूनका छोरो यहोशूले तिनलाई भन्यो, “हे परमप्रभु! तिनीहरूलाई रोक्नु होस्।”
28 Josué, filho de Num, servidor de Moisés, um dos seus escolhidos, respondeu e disse: Moisés, meu senhor, proíbe-lho.
29 तर मोशाले उसलाई भने, “के तिमी मेरो डाह गर्छौ? म इच्छा गर्छु कि परमप्रभुले उहाँको आत्मा सबै मानिसहरूलाई आफ्नो हुनेछ यसकारण सबै अगमवक्ताहरू हुन सकुन्।”
29 Porém Moisés lhe disse: Tens tu ciúmes por mim? Tomara todo o povo do Senhor fosse profeta, que o Senhor lhes desse o seu Espírito!
30 त्यसपछि मोशा अनि सबै इस्राएलका बूढा-प्रधानहरू छाउनीमा फर्के।
30 Depois, Moisés se recolheu ao arraial, ele e os anciãos de Israel.
31 परमप्रभुबाट बतास चल्न थाल्यो र समुद्रबाट बट्टाई चराहरू ल्याएर छाउनीको वरिपरि छरिदियो। यसरी ती बट्टाईहरू यति बिघ्न थिए कि तिनीहरू बाटोमा एकजना मानिसले दिन भरिमा हिडी सक्ने लम्बाईमा र जमीनदेखि तीन फुट बाक्लो थियो।
31 Então, soprou um vento do Senhor , e trouxe codornizes do mar, e as espalhou pelo arraial quase caminho de um dia, ao seu redor, cerca de dois côvados sobre a terra.
32 तिनीहरूले दिन अनि रात भरि बट्टाई चरा बटुले अनि सब भन्दा कम्ती बटुल्नेले पनि पुग नपुग दश होमर बटुल्यो। मानिसहरूले घाममा मासु सुकाउन छाउनी वरिपरि फिंजाए।
32 Levantou-se o povo todo aquele dia, e a noite, e o outro dia e recolheu as codornizes; o que menos colheu teve dez ômeres; e as estenderam para si ao redor do arraial.
33 यद्यपि तिनीहरूको दाँतले मासु चपाउँदै थिए र तिनीहरूले यो खाई सक्नु अघि परमप्रभु तिनीहरूसित अतिनै क्रोधित हुनुभयो र परमप्रभुले तिनीहरूमाथि डर लाग्दो हैंजा फैलाइदिनु भयो।
33 Estava ainda a carne entre os seus dentes, antes que fosse mastigada, quando se acendeu a ira do Senhor contra o povo, e o feriu com praga mui grande.
34 यसकारण त्यस ठाँउको नाम किब्रोथ-हत्तावा राखियो किन भने तिनीहरू मासु खान धेरै लालची भएका थिए र हैंजाले तिनीहरू मरे।
34 Pelo que o nome daquele lugar se chamou Quibrote-Hataavá, porquanto ali enterraram o povo que teve o desejo das comidas dos egípcios.
35 किब्रोथ-हत्तावाबाट हसेरोत तिर लागे जहाँ तिनीहरू बास बसे।
35 De Quibrote-Hataavá partiu o povo para Hazerote e ali ficou.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Números 11, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.