Mateus 7

The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010) vs ACF

Sair da comparação
ACF Almeida Corrigida Fiel
1 “अरू प्रति निसाफ नगर, जस्तो कि परमेश्वरले पनि तिमीहरूको निसाफ गर्नु हुनेछैन।
1 Não julgueis, para que não sejais julgados.
2 जुन नियम उपयोग गरी तिमीहरू अरूको निसाफ गर्दछौ, उसैगरी तिमीहरू पनि निसाफ गरिनेछौ। अनि जुन उपाय प्रयोग गरी अरूलाई तिमीरू क्षमा गर्नेछौ त्यही उपाय उपयोग गरी तिमीहरूलाई क्षमा प्रदान गरिनेछ।
2 Porque com o juízo com que julgardes sereis julgados, e com a medida com que tiverdes medido vos hão de medir a vós.
3 “किन तिमी आफ्नो भाइको आँखामा भएको सानो कसिङ्गर देख्छौ, तर तिम्रो आफ्नै आँखामा भएको ठूलो काठको चोइटो भने देख्दैनौ।
3 E por que reparas tu no argueiro que está no olho do teu irmão, e não vês a trave que está no teu olho?
4 अथवा कसरी तिमीले तिम्रो भाइलाई भन्नसक्छौ, ‘मलाई तिम्रो आँखाबाट कसिङ्गर निकाल्नदेऊ,’ जब तिम्रो आफ्नै आँखामा त्यो काठको ठूलो चोइटो रहेकोछ?
4 Ou como dirás a teu irmão: Deixa-me tirar o argueiro do teu olho, estando uma trave no teu?
5 ए कपटी हो! पहिले तिम्रो आफ्नै आँखामा भएको त्यो ठूलो काठको चोइटो निकाल त्यसपछि मात्र तिमीले आफ्ने भाइको आँखामा भएको कसिङ्गर देख्नेछौ।
5 Hipócrita, tira primeiro a trave do teu olho, e então cuidarás em tirar o argueiro do olho do teu irmão.
6 “कुकुरहरूलाई पवित्र चीजहरू नदेऊ। तिमीहरूले तिमीलाई झम्टने छन् अनि टुक्रा-टुक्रा पारी च्यात्नेछन्। आफ्ना मोतीहरू सुँगुरका अगाडी नफाल। तिनीहरूले केवल त्यसलाई कुल्चने छन्।
6 Não deis aos cães as coisas santas, nem deiteis aos porcos as vossas pérolas, não aconteça que as pisem com os pés e, voltando-se, vos despedacem.
7 “माँग, तब परमेश्वरले तिमीहरूलाई दिनुहुनेछ। खोजी गर तब तिमीहरूले पाउनेछौ। ढक्ढकाऊ, तब ढोका तिमीहरूको लागि उघ्रनेछ।
7 Pedi, e dar-se-vos-á; buscai, e encontrareis; batei, e abrir-se-vos-á.
8 साँचो हो, जसले माग्छ त्यसले पाउँदछ। जसले खोज्दछ उसले भेट्टाउँदछ। अनि जसले ढक्ढक्याउँछ उसको निम्ति ढोका खोलिनेछ।
8 Porque, aquele que pede, recebe; e, o que busca, encontra; e, ao que bate, abrir-se-lhe-á.
9 “तिमीहरूमध्येको बाबु होला? यदि तिमीहरूको छोरोले रोटी मागे, के तिमीहरू उसलाई ढुङ्गा दिन्छौ? अहँ।
9 E qual dentre vós é o homem que, pedindo-lhe pão o seu filho, lhe dará uma pedra?
10 अथवा, जब तिम्रो छोरोले माछा माग्छ भने के तिमीले उसलाई साँप दिन्छौ? अहँ!
10 E, pedindo-lhe peixe, lhe dará uma serpente?
11 तिमी परमेश्वर झैं होइनौ-तिमी दुष्ट हौ र पनि तिमीहरूका छोरा-छोरीहरूलाई असल कुराहरू दिन जान्दछौ। यसकारण तिमीहरूका पिताले उहाँसित माग्नेहरूलाई कति बढी भरेर असल चीजहरू दिनु हुनुहुनेछ।
11 Se vós, pois, sendo maus, sabeis dar boas coisas aos vossos filhos, quanto mais vosso Pai, que está nos céus, dará bens aos que lhe pedirem?
12 “अरू मानिसहरूले तिमीहरूलाई जे जसो गरून् भन्ने तिमीहरू चाहन्छौ, तिमीहरूले पनि तिमीहरूलाई त्यसै गर। यहीनै मोशाको व्यवस्थाको अर्थ र अगमवक्ताहरूको उपदेश हो।
12 Portanto, tudo o que vós quereis que os homens vos façam, fazei-lho também vós, porque esta é a lei e os profetas.
13 “साँघुरो ढोकाबाट भित्र पस, जसले स्वर्ग तिर पुर्याउँछ। नर्कमा जाने बाटो एकदमै सजिलो छ। अनि ढोका पनि फराकिलो छ। धेरै मानिसहरू त्यसबाट भित्र पस्दछन्।
13 Entrai pela porta estreita; porque larga é a porta, e espaçoso o caminho que conduz à perdição, e muitos são os que entram por ela;
14 जीवनको बाटोमा लाने ढोका साँघुरो हुन्छ। अनि बाटो अति कठिन छ। केवल केही मानिसहरूले मात्र त्यो बाटो पैलाउन सक्छन्।
14 E porque estreita é a porta, e apertado o caminho que leva à vida, e poucos há que a encontrem.
15 “झूटा अगमवक्ताहरूबाट होशियार बस। तिनीहरू भेडाका भेषमा तिमीहरूकहाँ आउँछन्। तर वास्तावमा तिनीहरू खतरनाक ब्वाँसाहरू झैं हुन्छन्।
15 Acautelai-vos, porém, dos falsos profetas, que vêm até vós vestidos como ovelhas, mas, interiormente, são lobos devoradores.
16 तिनीहरूले गरेका कामहरूबाट तिनीहरूलाई चिन्न सकिन्छ। जसरी मानिसले काँडाका बोटबाट अंगूर अथवा काँडादार पोथ्राबाट नेभारा पाउन सकिंदैन। त्यसरी नै नराम्रो मानिसहरूबाट राम्रा कामहरू हुँदैनन्।
16 Por seus frutos os conhecereis. Porventura colhem-se uvas dos espinheiros, ou figos dos abrolhos?
17 त्यसरी नै, प्रत्येक असल रूखले राम्रो फल दिन्छ। अनि नराम्रो रूखले नराम्रै फल दिन्छ।
17 Assim, toda a árvore boa produz bons frutos, e toda a árvore má produz frutos maus.
18 एउटा असल रूखले खराब फल फलाउँदैन अनि नराम्रो रूखले कहिल्यै असल फल फलाउँदैन।”
18 Não pode a árvore boa dar maus frutos; nem a árvore má dar frutos bons.
19 असल फल दिन नसक्ने प्रत्येक रूख काटेर ढालिन्छ र आगोमा फालिन्छ।
19 Toda a árvore que não dá bom fruto corta-se e lança-se no fogo.
20 यसकारण तिनीहरूका कर्मबाट तिमीहरूले झूटा अगमवक्ताहरूलाई चिन्नेछौ।
20 Portanto, pelos seus frutos os conhecereis.
21 “मलाई प्रभु, प्रभु, भन्ने हरेक मानिस स्वर्गको राज्यमा प्रवेश गर्न पाउनेछैन। तर जसले स्वर्गमा हुनुहुने मेरो पिताको इच्छा पालन गर्छ। उसले स्वर्गको राज्यमा प्रवेश गर्न पाउनेछ।
21 Nem todo o que me diz: Senhor, Senhor! entrará no reino dos céus, mas aquele que faz a vontade de meu Pai, que está nos céus.
22 अन्तिम दिनमा धेरैले मलाई भन्नेछन्, ‘तपाईं नै हाम्रा प्रभु हुनुहुन्छ। हामीले तपाईंकै नाउँमा अगमवाणी बोल्यौ; अनि तपाईंकै नाउँमा हामीले ती दुष्टहरूलाई निकाली पठायौं अनि अनेक अनौठा चमत्काहहरू गर्यौ।’
22 Muitos me dirão naquele dia: Senhor, Senhor, não profetizamos nós em teu nome? e em teu nome não expulsamos demônios? e em teu nome não fizemos muitas maravilhas?
23 तब म तिनीहरूलाई स्पष्ट रूपले भन्नेछु, ‘तिमी त्यो पाप काम गर्नेहरू म देखि टाढा होओ मैले तिमीहरूलाई कहिल्यै चिनेको छैन।’
23 E então lhes direi abertamente: Nunca vos conheci; apartai-vos de mim, vós que praticais a iniqüidade.
24 “हरेक मानिस जसले मैले भनेका यी कुराहरू सुन्छ र पालन गर्छ उनै बुद्धिमान हो। बुद्धिमान मानिसले आफ्नो घर चट्टानमाथि निर्माण गरेको छ।
24 Todo aquele, pois, que escuta estas minhas palavras, e as pratica, assemelhá-lo-ei ao homem prudente, que edificou a sua casa sobre a rocha;
25 त्यहाँ घनघोर पानी पर्यो अनि बाढी आयो। तुफान हुरीले त्यो घरलाई हान्यो। तर पनि त्यो घर ढलेन। किनकि त्यो घर चट्टानमाथि निर्माण गरिएको थियो।
25 E desceu a chuva, e correram rios, e assopraram ventos, e combateram aquela casa, e não caiu, porque estava edificada sobre a rocha.
26 “तर प्रत्येक मानिस जसले मेरा कुरा सुन्छ तर मेरो अनुसरण गर्दैन, त्यो एउटा मूर्ख मानिस जस्तै हो। उसले आफ्नो घर बालुनामाथि बनायो।
26 E aquele que ouve estas minhas palavras, e não as cumpre, compará-lo-ei ao homem insensato, que edificou a sua casa sobre a areia;
27 अति बृष्टिको कारणले बाढी आयो, आँधीले घरलाई हान्यो र त्यो ठूलो आवाज सहित ढल्यो।”
27 E desceu a chuva, e correram rios, e assopraram ventos, e combateram aquela casa, e caiu, e foi grande a sua queda.
28 येशूले उपदेश दिनु भएको सुनेर मानिसहरू छक्क परे।
28 E aconteceu que, concluindo Jesus este discurso, a multidão se admirou da sua doutrina;
29 किनभने येशूले तिनीहरूका व्यवस्थाको शास्त्रीहरूले झैं सिकाउनु भएन। तर अख्तियार भएको मानिसले जस्तो सिकाउनु भयो।
29 Porquanto os ensinava como tendo autoridade; e não como os escribas.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Mateus 7, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.