Mateus 28
The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010) vs ACF
1 विश्रामको भोलिपल्ट सप्ताहको पहिले दिन थियो। पहिलो दिनको झिसमिसे उज्यालो हुदाँ मरियम मग्दलिनि र मरियम नाम गरेकी अर्की स्त्रीहरू चिहान हेर्न गए।
1 E, no fim do sábado, quando já despontava o primeiro dia da semana, Maria Madalena e a outra Maria foram ver o sepulcro.
2 त्यसबेला त्यहँ ठूलो भूँईंचालो गयो। स्वर्गबाट प्रभुको एउटा दूत तलतिर ओर्ले। स्वर्गदूत चिहानतर्फ गए अनि चिहानको ढुङ्गालाई पल्टाएर पर सारे। त्यसपछि उनी त्यसमाथि बसे।
2 E eis que houvera um grande terremoto, porque um anjo do Senhor, descendo do céu, chegou, removendo a pedra da porta, e sentou-se sobre ela.
3 ती स्वर्गदूत बिजुली जस्तै चम्किला थिए। उनको लुगाफाटा हिउँ जस्तो सेतो थियो।
3 E o seu aspecto era como um relâmpago, e as suas vestes brancas como neve.
4 ती स्वर्गदूतलाई देखेर सैनिकहरू डरले कामे अनि बेहोस भएर लडे।
4 E os guardas, com medo dele, ficaram muito assombrados, e como mortos.
5 त्यो स्वर्गदूतले भने, “तिमीहरू डराउनु पर्दैन। म जान्दछु तिमीहरू येशूलाई खोजिरहेका छौ, जसलाई क्रूसमा झूण्ड्याएर मारिएको थियो।
5 Mas o anjo, respondendo, disse às mulheres: Não tenhais medo; pois eu sei que buscais a Jesus, que foi crucificado.
6 तर येशू यहाँ हुनुहुन्न। उहाँ मृत्युबाट बौरी उठ्नु भएको छ, उहाँले पहिले नै भन्नुभए जस्तै। आऊ, अनि स्थान हेर जहाँ उहाँको शरीर राखिएको थियो।
6 Ele não está aqui, porque já ressuscitou, como havia dito. Vinde, vede o lugar onde o Senhor jazia.
7 अनि झट्टै गएर उहाँका चेलाहरूलाई भनिदेऊ। तिनीहरूलाई भन्, ‘येशू पुनर्जीवित हुनु भएको छ। उहाँ गालीलतिर जानुभएको छ। त्यहाँ तिमीहरूको अघि नै उहाँ पुग्नु हुनेछ। त्यहाँनै उहाँलाई तिमीहरूले देख्न पाउनेछौ।’” फेरि ती स्वर्गदूतले भने, “मैले तिमीहरूलाई भनिदिएको छु।”
7 Ide pois, imediatamente, e dizei aos seus discípulos que já ressuscitou dentre os mortos. E eis que ele vai adiante de vós para a Galiléia; ali o vereis. Eis que eu vo-lo tenho dito.
8 त्यसपछि ती आईमाईहरू त्यो चिहान छोडेर गए। तिनीहरू डराए, तर खुशी पनि भए। तिनीहरू उहाँका चेलाहरूलाई त्यहाँ भएको घटनाको विषयमा सुनाउन दगुरे।
8 E, saindo elas pressurosamente do sepulcro, com temor e grande alegria, correram a anunciá-lo aos seus discípulos.
9 तर ती आईमाईहरू उहाँका चेलाहरूलाई भन्न दगुर्दै गर्दा, येशू तिनीहरूकै अघि उभिरहनु भएको थियो। येशूले भन्नुभयो, “अभिवादन छ!” ती आईमाईहरू येशूकहाँ गए। तिनीहरूले झट्ट उहाँको पाउ पक्रेर उहाँको उपासना गरे।
9 E, indo elas a dar as novas aos seus discípulos, eis que Jesus lhes sai ao encontro, dizendo: Eu vos saúdo. E elas, chegando, abraçaram os seus pés, e o adoraram.
10 अनि येशूले तिनीहरूलाई भन्नुभयो, “डराउनु पर्दैन। जाऊ अनि मेरा भाइहरूलाई गालीलमा जान भनिदेऊ। तिनीहरूले मलाई त्यहाँ देख्न पाउनेछन्।”
10 Então Jesus disse-lhes: Não temais; ide dizer a meus irmãos que vão à Galiléia, e lá me verão.
11 तिनीहरू त्यहाँ उहाँका चेलाहरूलाई भन्न हिंडे। केही समयपछि चिहानलाई पहरा दिइरहेका सैनिकहरू शहरमा गए। तिनीहरू प्रमुख पूजाहारीहरूकहाँ गए अनि तिनीहरूलाई सम्पूर्ण घटना बारे सुनाए।
11 E, quando iam, eis que alguns da guarda, chegando à cidade, anunciaram aos príncipes dos sacerdotes todas as coisas que haviam acontecido.
12 तब मुख्य पूजाहारीहरू अनि यहूदी अगुवाहरू भेला भएर सर-सल्लाह गरे। तिनीहरूले सैनिकहरूलाई घुस दिने योजना मिलाए।
12 E, congregados eles com os anciãos, e tomando conselho entre si, deram muito dinheiro aos soldados,
13 तिनीहरूले सैनिकहरूलाई भने, “मानिसहरूलाई भन्नू कि राती हामी निदाइरहेको बेला येशूका चेलाहरू आएर उहाँको लाश लिएर गए।
13 Dizendo: Dizei: Vieram de noite os seus discípulos e, dormindo nós, o furtaram.
14 कतै बडा हाकिमको कानमा यो खबर पुग्यो भने हामी उहाँलाई मनाएर तिमीहरूलाई कुनै पनि अप्ठेरोबाट मुक्त गर्नेछौं।”
14 E, se isto chegar a ser ouvido pelo presidente, nós o persuadiremos, e vos poremos em segurança.
15 तब तिनीहरूले सो पैसा लिए अनि पूजाहारीहरूले भने बमोजिम काम गरे। तिनीहरूको उखान यहूदीहरू माझ फैलियो अनि तिनीहरू माझ अहिले सम्म पनि त्यो कुरा प्रचलित छ।
15 E eles, recebendo o dinheiro, fizeram como estavam instruídos. E foi divulgado este dito entre os judeus, até ao dia de hoje.
16 एघारजना चेलाहरू गालील गए।
16 E os onze discípulos partiram para a Galiléia, para o monte que Jesus lhes tinha designado.
17 येशूले भन्नुभएको डाँडामा तिनीहरू पुगे।चेलाहरूले येशूलाई डाँडामाथि देखे। तिनीहरूले येशूको उपासना गरे। तर कुनै-कुनै चेलाहरूलाई बिश्वास गरेनन् की तिनी साँच्चै येशू हुन्।
17 E, quando o viram, o adoraram; mas alguns duvidaram.
18 येशूले तिनीहरूकहाँ आएर भन्नुभयो, “स्वर्ग र पृथ्विका सारा अधिकार मलाई दिइएको छ।
18 E, chegando-se Jesus, falou-lhes, dizendo: É-me dado todo o poder no céu e na terra.
19 यसकारण जाऊ र सबै देशका मानिसहरूलाई मेरा चेलाहरू बनाऊ। तिनीहरूलाई पिता, पुत्र र पवित्र आत्माको नाममा बप्तिस्मा देओ।
19 Portanto ide, fazei discípulos de todas as nações, batizando-os em nome do Pai, e do Filho, e do Espírito Santo;
20 जे जे मैले तिमीहरूलाई आज्ञा गरें ती सबै पालन गर्न तिनीहरूलाई सिकाओ। अनि जगतको अन्तसम्म म सदैव तिमीहरूका साथमा हुनेछु।”
20 Ensinando-os a guardar todas as coisas que eu vos tenho mandado; e eis que eu estou convosco todos os dias, até a consumação dos séculos. Amém.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar Mateus 28, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.