Mateus 15

The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010) vs NAA

Sair da comparação
NAA Nova Almeida Atualizada 2017
1 त्यसपछि केही फरिसीहरू र शास्त्रीहरू येशूकहाँ आए। तिनीहरू यरूशलेमबाट आएका थिए तिनीहरूले भने,
1 Então alguns fariseus e escribas vieram de Jerusalém até Jesus e perguntaram:
2 “तपाईंका चेलाहरूले किन हाम्रा पुर्खाहरूले बनाएको नियमहरू भङ्ग गर्दछन्? खानभन्दा अघि तिनीहरू हात धुँदैनन्।”
2 — Por que os seus discípulos transgridem a tradição dos anciãos? Pois não lavam as mãos, quando comem.
3 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “तिमीहरू पनि किन आफ्ना परम्पराको निम्ति परमेश्वरको आज्ञा भङ्ग गर्दछौ?
3 Jesus, porém, lhes respondeu:
4 परमेश्वरले भन्नु भएको छ, ‘आफ्ना बाबु र आमाको आदर गर।’ फेरि उहाँले भन्नु भएको छ, ‘जसले आफ्ना बाबु अनि आमालाई अपमान गर्छ त्यसलाई मार्नुपर्छ।’
4 Porque Deus disse: “Honre o seu pai e a sua mãe.” E: “Quem maldisser o seu pai ou a sua mãe seja punido de morte.”
5 तर तिमीहरू जसले म बाट तपाईंले जे पाउने सक्नु हुन्थ्यो त्यो परमेश्वरलाई चढाईएको छ भनी आफ्ना आमा-बाबुलाई भन्छौ उसले उनीहरूलाई आदर गरिरहनु पर्दैन भन्ने शिक्षा दिन्छौ।
5 Vocês, porém, dizem que, se alguém disser ao seu pai ou à sua mãe: “A ajuda que você poderia receber de mim é oferta ao Senhor”,
6 तिमीहरू त्यस मानिसलाई आफ्नो पिताको आदर गर्नु पर्दैन् भन्छौ। यसरी तिमीहरू आफ्नो नियमका निम्ति परमेश्वरको आदेशलाई एकातिर पन्छाउँछौ।
6 esse não precisará mais honrar os seus pais. E, assim, vocês invalidam a palavra de Deus, por causa da tradição de vocês.
7 तिमीहरू कपटीहरू हौ। यशैयाले तिमीहरूको बारेमा सही बोले। यशैयाले भनेका थिए:
7 Hipócritas! Bem profetizou Isaías a respeito de vocês, dizendo:
8 ‘यी मानिसहरू मलाई मुखले आदर गर्छौं भन्छन्
8 “Este povo me honra
9 तिनीहरूले मलाई अर्पण गरेको आराधना व्यर्थ छ।
9 E em vão me adoram,
10 येशूले मानिसहरूलाइ आफूकहाँ बोलाउनु भयो। उहाँले भन्नुभयो, “म तिनीहरूलाई केही भन्छु। सुन र यसलाई बुझ।
10 E, convocando a multidão, Jesus disse:
11 जे-जति कुरा मुखभित्र पस्छ, त्यसले मानिसहरूलाई अशुद्ध गराँउदैन। तर जे मुखबाट बाहिर निस्कन्छ, त्यसैले मानिसहरूलाई अशुद्ध तुल्याउँछ।”
11 o que contamina a pessoa não é o que entra pela boca, mas o que sai da boca; isto, sim, contamina a pessoa.
12 तब चेलाहरू येशूकहाँ आएर उहाँलाई भने, “के तपाईंलाई थाहा भयो कि तपाईंले भन्नुभएको कुराबाट फरिसीहरू रिसाए भने तपाईंले थाहा पाउनुभयो?”
12 Então, aproximando-se dele os discípulos, disseram: — Sabia que os fariseus, ouvindo o que o senhor disse, ficaram escandalizados?
13 येशूले भन्नुभयो, “स्वर्गको मेरा पिताले नरोपेको प्रत्येक बोट उखेलिनेछ।
13 Mas ele respondeu:
14 फरिसीहरूलाई छाडिदेऊं। तिनीहरू मानिसहरूलाई अगुवाई त गर्छन्, तर तिनीहरूको अगुवाई एउटा अन्धाले अर्को अन्धलाई डोर्याएको जस्तो हुन्छ। अनि जब एक अन्धाले अर्को अन्धालाई डोर्याउँछ तब दुवै खाल्डामा पर्नेछन्।”
14 Esqueçam os fariseus; são cegos, guias de cegos. Ora, se um cego guiar outro cego, ambos cairão num buraco.
15 पत्रुसले भने, “अघि तपाईंले मानिसहरूलाई भन्नु भएको कुराको हामीलाई व्याख्या गर्नुहोस्।”
15 Então Pedro disse a Jesus: — Explique-nos esta parábola.
16 येशूले सोध्नुभयो, “के तिमीहरूलाई पनि यो कुरा बुझ्न अझ कठिन परिरहेको छ?
16 Jesus, porém, disse:
17 तिमीहरू जान्दैनौ कि मुखबाट खाएको खानेकुरा पेटमा पुग्दछ। अनि त्यसपछि शरीरदेखि जे कुरा बाहिर जान्छ। त्यो काम नलाग्ने हुन्छ।
17 Não compreendem que tudo o que entra pela boca desce para o estômago e depois é eliminado?
18 मुखबाट निस्कने जेसुकैको उत्पत्ति हृदयमा हुन्छ अनि त्यसैले मानिसलाई अशुद्ध तुल्याउछ।
18 Mas o que sai da boca vem do coração, e é isso que contamina a pessoa.
19 किनभने हृदयबाट यस्ता नराम्रा कुराहरू आउँछन् दुष्ट विचार, हत्या, व्यभिचार, यौन अनैतिकता, चोरी, कसम खाएर ढाँटनु, निन्दा जस्ता कुराहरू निस्कन्छन्।
19 Porque do coração procedem maus pensamentos, homicídios, adultérios, imoralidade sexual, furtos, falsos testemunhos, blasfêmias.
20 यी कुराहरूले मानिसलाई अशुद्ध तुल्याउँछन। तर हात नधोइ खानाले मानिसलाई अशूद्ध तुल्याउँदैन।”
20 São estas as coisas que contaminam a pessoa; mas o comer sem lavar as mãos não a contamina.
21 येशु त्यो ठाउँ छोडेर जानु भयो अनि टायर र सिडोनका क्षेत्रतिर जानुभयो।
21 Saindo dali, Jesus foi para a região de Tiro e Sidom.
22 त्यस क्षेत्रकी कुनै एउटी कनानी स्त्री येशूकहाँ आई। तिनले रूँदै भनिन्, “परमप्रभु, दाऊदका पुत्र, ममाथि दया गर्नुहोस्। मेरो छोरीलाई भूतले सताएको छ ऊ साह्रै यातनामा छे।”
22 E eis que uma mulher cananeia, que tinha vindo daqueles lados, clamava: — Senhor, Filho de Davi, tenha compaixão de mim! Minha filha está horrivelmente endemoniada.
23 तर येशूले त्यस स्त्रीलाई जवाफ दिन एउटा शब्द पनि भन्नु भएन। अनि चेलाहरू उहाँकहाँ आएर बिन्ती गर्न लागे, “कृपया यो स्त्रीलाई पठाइदिनु होस, यसले हाम्रो पिछा गर्दै कराइरहेकी छे।”
23 Jesus, porém, não lhe respondeu palavra. Então os seus discípulos, aproximando-se, disseram: — Mande-a embora, pois vem gritando atrás de nós.
24 येशूले भन्नुभयो, “इस्राएलका हराएको भेडाको निम्ति मात्र जानु भनी परमेश्वरले मलाई पठाउनु भएको हो।”
24 Mas Jesus respondeu:
25 त्यो स्त्री फेरि येशूकहाँ आई। येशूको अघि घोप्टो परेर त्यसले भनी, “प्रभु, मलाई सहायता गर्नुहोस्।”
25 Ela, porém, veio e o adorou, dizendo: — Senhor, me ajude!
26 उहाँले जवाफ दिनु भयो, “नानीहरूको रोटी कुकुरलाई दिनु असल हुन्छ त?”
26 Jesus respondeu:
27 त्यस स्त्रीले भनी, “हो प्रभु, तर कुकुरहरूले आफ्नो मालिकको टेबलबाट झरेको रोटीका टुकाहरू खान्छन्।”
27 A mulher disse: — É verdade, Senhor, pois os cachorrinhos comem das migalhas que caem da mesa dos seus donos.
28 तब येशूले भन्नुभयो, “हे नारी तिमीमा ठूलो विश्वास रहेछ। तिमी जे चाहान्छौ म गर्नेछु।” अनि त्यसको छोरी त्यसैबेला निको भइहाली।
28 Então Jesus exclamou: E, desde aquele momento, a filha dela ficou curada.
29 त्यसपछि येशूले त्यो ठाउँ छोड्नुभयो अनि गालील झीलको किनारमा जानुभयो। येशू डाँडामा चढ़नु भयो र त्यहाँ बस्नुभयो।
29 Saindo dali, Jesus foi para junto do mar da Galileia; e, subindo ao monte, assentou-se ali.
30 धेरै, मानिसहरू येशूकहाँ आए। ती मानिसहरूले थुप्रै रोगीहरूलाई लिएर आए अनि येशूको अघि राखिदिए। लङ्गडा, अन्धा,गुंगा अनि बहिरा भीडद्वारा ल्याइएका थिए। येशूले यी सबैलाई निको पारिदिनु भयो।
30 E vieram a ele muitas multidões trazendo consigo coxos, cegos, aleijados, mudos e muitos outros e os deixaram junto aos pés de Jesus; e ele os curou.
31 लाटाहरू बोल्न सक्ने भए लुलाहरू बलिया भए हिँड्न नसक्नेहरू फेरि हिँड्न सक्ने भए र अन्धाहरू फेरि देख्न सक्ने भए यस्तो आश्चर्य देखेर ती मानिसहरू चकित भएर पहिले यस्तो कहिल्यै देखिएको थिएन भन्दै इस्राएलका परमेश्वरलाई धन्यवाद चढाए।
31 O povo ficou maravilhado ao ver que os mudos falavam, os aleijados recuperavam a saúde, os coxos andavam e os cegos viam. E glorificavam o Deus de Israel.
32 येशूले आफ्ना चेलाहरुलाई बोलाएर भन्नुभयो, “यी मानिसहरूलाई देखेर मलाई दया लागेको छ। अहिले तिनीहरू मसँग तिनदिनदेखि छन्, अनि तिनीहरूको खानेकुरा छैन। म तिनीहरूलाई भोकै पठाउन चाहन्न घर जाने बाटोमा तिनीहरू मुर्छा पर्न सक्छन्।”
32 Então Jesus chamou os seus discípulos e disse:
33 चेलाहरूले येशूलाई सोधे, “यी मानिसहरूलाई खुवाउन यति विघ्न भोजन हामी कहाँ पाउन सक्छौं? शहरदेखि हामी धेरै टाढा छौं।”
33 Mas os discípulos lhe disseram: — Onde haverá neste deserto pão suficiente para saciar tão grande multidão?
34 येशूले जवाफ दिनु भयो, “तिमीहरूसित कतिवटा रोटी छन्?”
34 Jesus perguntou: Eles responderam: — Sete pães e alguns peixinhos.
35 येशूले सबैलाई भूईंमा बस्न भन्नुभयो।
35 Então, tendo mandado o povo assentar-se no chão,
36 येशूले सातवटा रोटी र केही माछा लिनुभयो। अनि भोजनकोलागि परमेश्वरलाई धन्यवाद दिनुभयो। उहाँले ती रोटीलाई भाँचेर चेलाहरूलाई दिनुभयो। तिनीहरूले मानिसहरूलाई बाँडिदिए।
36 pegou os sete pães e os peixes e, tendo dado graças, os partiu e deu aos discípulos, e estes distribuíram ao povo.
37 सबै मानिसहरू खाए र तृप्त भए। चेलाहरूले उब्रेका रोटीको टुक्राहरू बटुले ती सात टोकरीभरि भए।
37 Todos comeram e se fartaram; e, dos pedaços que sobraram, recolheram sete cestos cheios.
38 त्यहाँ प्राय चार हजार मानिसहरू थिए। जसले खाए। त्यसमा स्त्री र बालकहरू पनि थिए।
38 Ora, os que comeram eram quatro mil homens, além de mulheres e crianças.
39 जब तिनीहरूले खाए येशूले तिनीहरूलाई आ-आफ्नो घर पठाउनुभयो अनि उहाँ एउटा डुङ्गामा चढेर मग्दानको क्षेत्रमा जानुभयो।
39 E, tendo despedido as multidões, Jesus entrou no barco e foi para o território de Magadã.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Mateus 15, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.