Marcos 4
The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010) vs VC
1 अर्को समय, येशू समुद्रको किनारमा हुनुहुन्थ्यो अनि मानिसहरूलाई उपदेश दिन लाग्नु भयो। धेरै धेरै मानिसहरू येशूको वरिपरि भेलाभए। यसर्थ येशू समुद्रमा एउटा डुङ्गामा चढ्नु भयो, अनि त्यहाँ बस्नुभयो। सबै मानिसहरू समुद्रको किनारमा नै रहे।
1 Jesus pôs-se novamente a ensinar, à beira do mar, e aglomerou-se junto dele tão grande multidão, que ele teve de entrar numa barca, no mar, e toda a multidão ficou em terra na praia.
2 येशूले डुङ्गाबाट शिक्षा दिनु भयो। येशूले तिनीहरूलाई दृष्टान्तको उपयोग गरेर धेरै कुराहरू सिकाउनु भयो। उहाँले भन्नुभयो,
2 E ensinava-lhes muitas coisas em parábolas. Dizia-lhes na sua doutrina:
3 “सुन! एकजना किसान बीऊ छर्न गयो।
3 Ouvi: Saiu o semeador a semear.
4 जब त्यसले बीऊहरू छर्यो केही बीऊहरू बाटोमा छरियो, चराचुरूङ्गीहरू आए, अनि ती बीऊहरू खाईदिए।
4 Enquanto lançava a semente, uma parte caiu à beira do caminho, e vieram as aves e a comeram.
5 केही बीऊहरू चट्टान भएको भूईँमा छरिए जहाँ त्यत्ति माटो थिएन। माटोको गहिराई नभएकोले त्यहाँ छिट्टै ती बिरूवाहरू उम्रे।
5 Outra parte caiu no pedregulho, onde não havia muita terra; o grão germinou logo, porque a terra não era profunda;
6 तर जब घाम लाग्यो, ती बिरुवाहरू ओइलाएर सुकीगए किनभने तिनीहरूको जरा त्यत्ति गहिरोसम्म थिएन।
6 mas, assim que o sol despontou, queimou-se e, como não tivesse raiz, secou.
7 कतिपय बीऊहरू काँडाघारीमा पर्यो, जब काँडाहरू बढे आए, ती बिरूवाहरूलाई त्यसले राम्ररी बढ्न दिएन। अनि ती बिरूवाहरूमा फल लाग्न सकेन।
7 Outra parte caiu entre os espinhos; estes cresceram, sufocaram-na e o grão não deu fruto.
8 केही बीऊहरू राम्रा माटोमा परे, राम्रा माटोमा ती उम्रिए। ती बढे अनि फल दिनसक्ने भए, केही बोटहरूले तीस गुणा, केहीले साठी गुणा र केहीले सय गुणा जति फल फलाए।”
8 Outra caiu em terra boa e deu fruto, cresceu e desenvolveu-se; um grão rendeu trinta, outro sessenta e outro cem.
9 अनि येशूले भन्नुभयो, “तिमीहरू जसले सुनिरहेकाछौ, मेरो कुरा सुन।”
9 E dizia: Quem tem ouvidos para ouvir, ouça!
10 अनि जब येशू एक्लै हुनु हुन्थ्यो, बाह्रजना प्रेरितहरू र उहाँका अरू चेलाहरूले उहाँले भन्नुभएको दृष्टान्तहरूको बारेमा सोध्न थाले।
10 Quando se acharam a sós, os que o cercavam e os Doze indagaram dele o sentido da parábola.
11 येशूले भन्नुभयो, “खाली तिमीहरूले मात्र परमेश्वरको राज्यको रहस्य बारे जान्नसकछौ। तर अरू मानिसहरूलाई म दृष्टान्तहरू भनेरै सबै कुरा सिकाउँछु।
11 Ele disse-lhes: A vós é revelado o mistério do Reino de Deus, mas aos que são de fora tudo se lhes propõe em parábolas.
12 किनकि,
12 Desse modo, eles olham sem ver, escutam sem compreender, sem que se convertam e lhes seja perdoado.
13 येशूले आफ्ना चेलाहरूलाई भन्नूभयो, “के तीमीहरूले यो कथा बुझ्न सक्छौ? यदि तिमीहरूले बुझ्न सकेनौ भने कसरी अरू दृष्टान्त भुझ्ने छौ?
13 E acrescentou: Não entendeis essa parábola? Como entendereis então todas as outras?
14 यो किसान त्यस्तै एक जना मानिस जस्तै हो जसले परमेश्वरको वचनलाई छर्दछ।
14 O semeador semeia a palavra.
15 कहिलेकाहीं ती वचनहरू बाटोतिर छरिन्छन। यी सब ती मानिसहरू जस्तै हुन् जसले परमेश्वरको वचन सुन्दछ, अनि शैतान आउँछ अनि तिनीहरूमा रोपिएका वचनलाई लगेर जान्छ।
15 Alguns se encontram à beira do caminho, onde ela é semeada; apenas a ouvem, vem Satanás tirar a palavra neles semeada.
16 “अरूहरू चट्टान भएको माटोमा छरिएका बीऊहरू जस्तै हुन तिनीहरू वचन सुन्दछन् अनि तत्कालै आनन्दसाथ स्वीकार गर्दछन्।
16 Outros recebem a semente em lugares pedregosos; quando a ouvem, recebem-na com alegria;
17 तर तिनीहरूले आफ्नो जीवनमा गहिरो रूपमा ती वचनहरू ग्रहण गर्दैनन्। तिनीहरूले क्षणिक रूपमा मात्र यसलाई ग्रहण गर्दछन्। र जब वचनको कारणले तिनीहरू संकट अनि खेदोमा पर्छन् झट्टै तिनीहरूले विश्वास छोडिदिन्छन्।
17 mas não têm raiz em si, são inconstantes, e assim que se levanta uma tribulação ou uma perseguição por causa da palavra, eles tropeçam.
18 “अरू मानिसहरू काँढाघारीमा परेको बीऊहरू जस्तै हुन्, तिनीहरू वचनहरू सुन्छन्।
18 Outros ainda recebem a semente entre os espinhos; ouvem a palavra,
19 अनि यी कुराहरू तिनीहरूका जीवनमा आइपर्छ जीवनको चिन्ता, रूपियाँ पैसाको लालच, अनि अरू त्यस्तै थोकहरूको चाहना। यस्ता कुराहरूको कारणले वचनहरूको विकास हुन सक्तैन। अनि वचनहरू तिनीहरूका जीवनमा फलदायी पनि हुँदैनन्।
19 mas as preocupações mundanas, a ilusão das riquezas, as múltiplas cobiças sufocam-na e a tornam infrutífera.
20 “अरू मानिसहरू मलिलो माटामा रोपिएका बीऊहरू झैं हुन्छन्। तिमीहरू वचन सुन्छन् ग्रहण गर्छन् अनि वचनहरू तिनीहरूमा बढ्छन् र फल दिने योग्य हुन्छन् केहिले तीस गुणा, केहिले साठी गुणा, अनि केहिले सय गुणा सम्म।”
20 Aqueles que recebem a semente em terra boa escutam a palavra, acolhem-na e dão fruto, trinta, sessenta e cem por um.
21 अनि येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूले कुनै दियोलाई पाथीमुनि वा खाटमुनि राख्न भनेर ल्याउँछौ? होईन तिमीहरूले दियोलाई सामदानमथि राख्नलाई ल्याऊँछौ।
21 Dizia-lhes ainda: Traz-se porventura a candeia para ser colocada debaixo do alqueire ou debaixo da cama? Não é para ser posta no candeeiro?
22 लुकाइएका प्रत्येक कुराहरू देखा पर्छ। सबै गुप्त कुराहरु प्रकाशमा आउनेछन्।
22 Porque nada há oculto que não deva ser descoberto, nada secreto que não deva ser publicado.
23 तिमीहरू जसले मलाई सुनिरहेका छौ, सुन।”
23 Se alguém tem ouvidos para ouvir, que ouça.
24 तब उहाँले भन्नुभयो, “तिमीहरूले जे पनि सुन्छौ त्यस कुराहरुमथि राम्ररी बिचार गर। तिमीहरूले जे जति अरूलाई दिँदछौ त्यत्तिनै परमेश्वरले तिमीहरूलाई दिनुहुनेछ।
24 Ele prosseguiu: Atendei ao que ouvis: com a medida com que medirdes, vos medirão a vós, e ainda se vos acrescentará.
25 तर परमेश्वरले तिमीहरूलाई अझ अधिक दिनुहुनेछ। जोसित छ उसले अझ धेरै पाऊनेछ। तर जससित छैन, आफुसित भएको त्यो पनि उसले हराउनु पर्नेछ।”
25 Pois, ao que tem, se lhe dará; e ao que não tem, se lhe tirará até o que tem.
26 त्यसपछि येशूले भन्नुभयो, “परमेश्वरको राज्य एकजना मानिस जस्तै हो जसले जमीनमा बीऊ छर्दछ।
26 Dizia também: O Reino de Deus é como um homem que lança a semente à terra.
27 बिऊहरू उम्रेर बढ्न थाल्दछ। मानिस सुतेको होस् वा ऊठेको त्यो दिन होस् कि रात होस् कि रात होस् बीऊ उम्रँदै जान्छ। मानिसहरूले जान्दैन त्यो कसरी उम्रन्छ।
27 Dorme, levanta-se, de noite e de dia, e a semente brota e cresce, sem ele o perceber.
28 कसैको सहयता नपाई नै जमीनले अन्न उर्माछ, पहिले बोट उम्रन्छ, त्यसपछि बाला अनि त्यसरीनै बोटभरि अन्नको दाना लाग्दछ।
28 Pois a terra por si mesma produz, primeiro a planta, depois a espiga e, por último, o grão abundante na espiga.
29 जब अन्न पाक्छ, मानिसले त्यसलाई काट्दछ। यो नै फसल काट्ने उचित समय हो।”
29 Quando o fruto amadurece, ele mete-lhe a foice, porque é chegada a colheita.
30 त्यसपछि येशूले भन्नुभयो, “परमेश्वरको राज्य यस्तै हो भनेर हामी के-को दृष्टान्त उपयोग गर्न सक्छौ? यसको वर्णन गर्न कुन दृष्टान्त उपयोग गर्न सक्छौं?
30 Dizia ele: A quem compararemos o Reino de Deus? Ou com que parábola o representaremos?
31 परमेश्वरको राज्य रायोको दाना जस्तै हो, रायोको दाना एकदमै सानो बीऊ हो जसलाई भूइँमा छरिन्छ।
31 É como o grão de mostarda que, quando é semeado, é a menor de todas as sementes.
32 तर जब तिमीहरूले यसको बीऊ छर्दछौ, यो उम्रदै बढछ, अनि यो तिमीहरूको बगैंचामा सबैभन्दा अग्लो बोट भएर देखा पर्दछ। यसको ठूला-ठूला हाँगाहरू हुन्छन्, जंङ्गली चराचुरूङ्गीहरू आउँदछन् अनि गुँड बनाएर आफूलाई कडा घामबाट जोगउँछन्।”
32 Mas, depois de semeado, cresce, torna-se maior que todas as hortaliças e estende de tal modo os seus ramos, que as aves do céu podem abrigar-se à sua sombra.
33 येशूले मानिसहरूलाई सिकाऊन यस्ता थुप्रै दृष्टान्त भन्नुभयो। उहाँले तिनीहरूले जतिसम्म बुझ्दछन् त्यही स्तरसम्म सिकाउनुभयो।
33 Era por meio de numerosas parábolas desse gênero que ele lhes anunciava a palavra, conforme eram capazes de compreender.
34 मानिसहरूलाई सिकाउनलाई येशूले दृष्टान्त उपयोग गर्नुभयो। तर जब येशू र उहाँका चेलाहरूमात्र एकान्तमा एकत्र भएका हुन्थे, येशूले तिनीहरूलाई सबै कुरा व्याख्या गरिदिनु हुन्थ्यो।
34 E não lhes falava, a não ser em parábolas; a sós, porém, explicava tudo a seus discípulos.
35 त्यसदिन साँझमा येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “हामी समूद्र पारि जाउँ।”
35 À tarde daquele dia, disse-lhes: Passemos para o outro lado.
36 येशू र चेलाहरूले मानिसहरूलाई त्यहीं छोडे। उनीहरू सबै येशू पहिले चढिरहनू भएको डुङ्गाद्वारा गए। उनीहरूसँग अरू डुङ्गाहरू पनि थिए।
36 Deixando o povo, levaram-no consigo na barca, assim como ele estava. Outras embarcações o escoltavam.
37 समुद्रमा त्यस बेला डरलाग्दो आँधी चल्यो। समूद्रका छालहरूले डुङ्गाको छेऊमा हान्यो, अनि डुङ्गामा पानी पस्न लाग्यो, डुङ्गा प्राय पानीले भरिन लाग्यो।
37 Nisto surgiu uma grande tormenta e lançava as ondas dentro da barca, de modo que ela já se enchia de água.
38 येशू डुङ्गाको पछिल्लो पट्टि हुनुहुन्थ्यो सिरानीमा टाउको राखेर उहाँ निदाइरहनु भएको थियो। चेलाहरू गएर उहाँलाई बिउँझाए। तिनीहरूले भने, “हे गुरूज्यू, हामीहरू डुब्दैछौं। के तपाईं हाम्रो वास्ता गर्नुहुन्न?”
38 Jesus achava-se na popa, dormindo sobre um travesseiro. Eles acordaram-no e disseram-lhe: Mestre, não te importa que pereçamos?
39 तब येशू जुरूक्क उठ्नुभयो अनि त्यो आँधीलाई हकार्नुभयो। येशूले समूद्रलाई भन्नू भयो, “चूपचाप बस शान्त हो।” अनि तत्कालै आँधी थामियो अनि ताल शान्त बन्यो।
39 E ele, despertando, repreendeu o vento e disse ao mar: Silêncio! Cala-te! E cessou o vento e seguiu-se grande bonança.
40 येशूले चेलाहरूलाई भन्नूभयो, “तिमीहरू किन यस्तो कायर? तिमीहरूमा अझपनि विश्वास छैन?”
40 Ele disse-lhes: Como sois medrosos! Ainda não tendes fé?
41 चेलाहरू खुबै डराए अनि एक-अर्कासित बहस गर्न लागे, “उहाँ कस्तो प्रकारको मानिस हुनुहुन्छ? यतिसम्म कि आँधी र छालहरूले पनि उहाँको आज्ञा मान्दछ।”
41 Eles ficaram penetrados de grande temor e cochichavam entre si: Quem é este, a quem até o vento e o mar obedecem?
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar Marcos 4, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.