Marcos 3

The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010) vs VC

Sair da comparação
VC Versão Católica
1 अर्को दिन योशू सभाघरमा जानुभयो, त्यहाँ एकजना मानिसको एउटाहात सुकेको थियो।
1 Noutra vez, entrou ele na sinagoga e achava-se ali um homem que tinha a mão seca.
2 कोही यहूदीहरू त्यहाँ येशूले विश्रामको दिनमा त्यसलाई निको पार्नुहुन्छ, कि भनी उहाँको ध्यान सहित चियो गर्दैथिए, तब तिनीहरूले दोष लाउन चाहाँन्थे।
2 Ora, estavam-no observando se o curaria no dia de sábado, para o acusarem.
3 येशूले त्यो सुकेको हात भएको मानिसलाई भन्नुभयो, “यहाँ खडा हौ, अनि सबै मानिसहरूले तिमीलाई देख्न सक्नेछन्।”
3 Ele diz ao homem da mão seca: "Vem para o meio."
4 अनि येशूले मानिसहरूलाई भन्नुभयो, “विश्रामको दिनमा, कुन चाँहि काम गर्न अनुमति दिइन्छः असल गर्न वा खराबगर्न? कसैको प्राण बँचाउनु की नास गर्न?” मानिसहरूले येशूलाई कुनै जवाफ दिएनन्।
4 Então lhes pergunta: "É permitido fazer o bem ou o mal no sábado? Salvar uma vida ou matar?" Mas eles se calavam.
5 येशूले चारै तिर मानिसहरूलाई रिसाएर हेर्नुभयो, उहाँ खूबै दु:खीत बन्नुभयो किनभने तिनीहरू कठोर हृदयका थिए। येशूले त्यस मानिसलाई भन्नुभयो, “तिम्रो हात मलाई देखाऊ” त्यस मानिसले आफ्नो हात येशूको अघि पसार्यो अनि तुरून्तै निको भइहाल्यो।
5 Então, relanceando um olhar indignado sobre eles, e contristado com a dureza de seus corações, diz ao homem: "Estende tua mão!" Ele estendeu-a e a mão foi curada.
6 तब फरिसीहरू बाहिर गए, हेरोदीहरूलाई लिएर येशूलाई कसरी मार्नै भनेर योजना बनाउन शुरू गरे।
6 Saindo os fariseus dali, deliberaram logo com os herodianos como o haviam de perder.
7 येशू आफ्नो चेलाहरूसित समुद्रतिर जानुभयो। गालीलका अनेकौं मानिसहरूले उहाँलाई पछ्याए।
7 Jesus retirou-se com os seus discípulos para o mar, e seguia-o uma grande multidão, vinda da Galiléia.
8 यहूदिया, यरूशलेम, इदूमिआ यर्दननदीको अर्कोतर्फ अनि टायर र सीदोनका इलाकाबाट पनि धेरै मानिसहरू त्यहाँ आई पुगे। ती मानिसहरू येशूले गरेका सबै कुराहरू सुनेर आएका थिए।
8 E da Judéia, de Jerusalém, da Iduméia, do além-Jordão e dos arredores de Tiro e de Sidônia veio a ele uma grande multidão, ao ouvir o que ele fazia.
9 उहाँले ती सबै मानिसहरूलाई देख्नुभयो, अनि उहाँले आफ्नो चेलाहरूलाई एउटा सानो डुङ्गा तयार गर्नु भन्नुभयो। उहाँले यस्तो आदेश गर्नुभयो किनभने भीडको कारणले थिचोमिचो पो हुने होकि भन्ने डर थियो
9 Ele ordenou a seus discípulos que lhe aprontassem uma barca, para que a multidão não o comprimisse.
10 येशूले धेरै मानिसहरूलाई निको तुल्याउनु भएको थियो। यसर्थ सबै रोगी मानिसहरूले उहाँलाई छुन भनेर ठेलमठेला गदर्थे।
10 Curou a muitos, de modo que todos os que padeciam de algum mal se arrojavam a ele para o tocar.
11 कसैलाई दुष्टआत्मा लागेको थियो, जब त्यो दुष्टआत्माले येशूलाई देख्यो, तिनीहरूले उहाँ अघि शिर निहुराए, अनि कराए, “तपाई परमेश्वरका पुत्र हुनुहुन्छ।”
11 Quando os espíritos imundos o viam, prostravam-se diante dele e gritavam: Tu és o Filho de Deus!
12 तर उहाँ को हुनुहुन्छ मानिसहरूलाई नचिनाउनु भनी ती दुष्टआत्माहरूलाई कड़ा आज्ञा दिनुभयो।
12 Ele os proibia severamente que o dessem a conhecer.
13 त्यसपछि येशू पहाडमाथि लाग्नुभयो। येशूले केही मानिसहरूलाई आफू कहाँ बोलाउनु भयो। ती मानिसहरूलाई येशूले नै छान्नु भएको थियो। ती मानिसहरू येशू भएकहाँ पुगे।
13 Depois, subiu ao monte e chamou os que ele quis. E foram a ele.
14 येशूले बाह्रजनालाई चुन्नु भयो अनि तिनीहरूलाई “प्रेरित” भनेर भन्नुयो। येशूले ती बाह्रजना मानिसहरूलाई उहाँसित बस्नु, अनि प्रचारका निम्ति, अरू स्थानमा पठाउन चाहनुहुन्थ्यो।
14 Designou doze dentre eles para ficar em sua companhia.
15 अनि येशूले ती मानिसहरूलाई अरू मानिसहरूमा लागेको दुष्ट आत्मा हटाउने शक्ति प्राप्त होस् भन्ने चाहनुहुन्थ्यो।
15 Ele os enviaria a pregar, com o poder de expulsar os demônios.
16 येशूले छान्नु भएका ती बाह्रजना मानिसहरू थिए:
16 Escolheu estes doze: Simão, a quem pôs o nome de Pedro;
17 याकूब र यूहन्ना, जब्दीका छोराहरु (जसलाई येशूले बोअनर्गेश नाउँ दिनुभएको थियो जसको अर्थ हुन्छ “गर्जनका छोराहरू”),
17 Tiago, filho de Zebedeu, e João, seu irmão, aos quais pôs o nome de Boanerges, que quer dizer Filhos do Trovão.
18 आन्द्रियास,
18 Ele escolheu também André, Filipe, Bartolomeu, Mateus, Tomé, Tiago, filho de Alfeu; Tadeu, Simão, o Zelador;
19 अनि यहूदा इस्करियोती (जसले येशूसित विश्वासघात गरेको थियो)।
19 e Judas Iscariotes, que o entregou.
20 त्यसपछि, येशू घर जानुभयो। तर फेरि अनेकौं मानिसहरू त्यहाँ भेला भए, त्यहाँ यति विघ्न मानिसहरू थिए कि येशू र आफ्ना चेलाहरूले भोजन खान पनि पाउनु भएन।
20 Dirigiram-se em seguida a uma casa. Aí afluiu de novo tanta gente, que nem podiam tomar alimento.
21 येशूका परिवारका सदस्यहरूले यी सबै थाहा पाए। तिनीहरूले उहाँको मन ठेगानमा छैन भनी उहाँको जिम्मा लिन तिनीहरू आए।
21 Quando os seus o souberam, saíram para o reter; pois diziam: "Ele está fora de si."
22 अनि यरूशलेमबाट आएका व्यवस्थाका शास्त्रीहरूले भने, “बालजिबुल(शैतान) उहाँभित्र रहेको छ! उसले दुष्ट-आत्माहरूको मालिकद्वारा अधिकार पाएर मानिसहरूमा भएको दुष्ट-आत्माहरू भगाउँदछ।”
22 Também os escribas, que haviam descido de Jerusalém, diziam: "Ele está possuído de Beelzebul: é pelo príncipe dos demônios que ele expele os demônios."
23 यसकारण येशूले सबैलाई एकत्र गर्नु भयो अनि मानिसहरूलाई शिक्षा दिनलाई नीति कथाहरूको दृष्टान्त भन्नु भयो। येशूले भन्नुभयो, “शैतानले शैतानलाई मानिसहरूबाट कसरी निकाल्न सक्छ?
23 Mas, havendo-os convocado, dizia-lhes em parábolas: "Como pode Satanás expulsar a Satanás?
24 यदि कुनै राज्य विभक्त भएर आफ्नै विरूद्ध झगड़ा गरे, त्यो धेरै दिन चल्न सक्तैन।
24 Pois, se um reino estiver dividido contra si mesmo, não pode durar.
25 अनि एक परिवार विभक्त भएर, अनि फुट भएका अंश एक अर्कासित लडिरहे त्यो परिवारको रूपमा खडा रहन सक्तैन।
25 E se uma casa está dividida contra si mesma, tal casa não pode permanecer.
26 जब शैतान, शैतानसंगै र आफ्नै मानिसहरूसंगै झगडा गर्छ त्यो धेरै दिन टिक्न सक्तैन। यो अवस्थामा शैतानको अन्त हुनेछ।
26 E se Satanás se levanta contra si mesmo, está dividido e não poderá continuar, mas desaparecerá.
27 “यदि कुनै मानिस एकजना बलवान मानिसको घरमा उसका चीजबीज चोर्न भनी पस्न चाहान्छ भने उसले पहिले त्यो बलवान मानिसलाई डोरीले बाँध्नु पर्छ, तब मात्र त्यसले त्यो बलवान मानिसको घरबाट चीजहरू लुट्न सक्दछ।
27 Ninguém pode entrar na casa do homem forte e roubar-lhe os bens, se antes não o prender; e então saqueará sua casa.
28 “म तिमीहरूलाई साँचो भन्दछु, मानिसहरूले गरेका सबै पापहरू अनि निन्दाहरू क्षमा हुनेछ।
28 "Em verdade vos digo: todos os pecados serão perdoados aos filhos dos homens, mesmo as suas blasfêmias;
29 तर पवित्र आत्माका विरुद्ध कसैले गरेका खराब कुराहरू कहिल्यै क्षमा हुनेछैन। किनभने उ सधैं त्यो पापको दोषी बन्नु पर्नेछ।”
29 mas todo o que tiver blasfemado contra o Espírito Santo jamais terá perdão, mas será culpado de um pecado eterno."
30 येशूले यसो भन्नुभयो किनभने शास्त्रीहरूले येशूभित्र दुष्टात्मा रहेको छ भनेका थिए।
30 Jesus falava assim porque tinham dito: "Ele tem um espírito imundo."
31 तब येशूका आमा र भाइहरू आए, उनीहरू बाहिरै खड़ा भएर एकजनालाई येशूलाई बोलउन पठाए।
31 Chegaram sua mãe e seus irmãos e, estando do lado de fora, mandaram chamá-lo.
32 धेरै मानिसहरू येशूको वरिपरि बसेका थिए। तिनीहरूले येशूलाई भने, “तापईका आमा र भाइहरू बाहिर तपाईंलाई पर्खी रहेकाछन्।”
32 Ora, a multidão estava sentada ao redor dele; e disseram-lhe: "Tua mãe e teus irmãos estão aí fora e te procuram."
33 येशूले उत्तर दिनु भयो, “को चाँहि मेरा आमा हुन्? को चाँहि मेरा भाइहरू हुन्?”
33 Ele respondeu-lhes: "Quem é minha mãe e quem são meus irmãos?"
34 तब येशूले आफ्ना वरिपरि गोलो भएर बसेका मानिसहरूलाई हेर्नुभयो। उहाँले भन्नुभयो, “यी मानिसहरू नै मेरा आमा र भाइहरू हुन।
34 E, correndo o olhar sobre a multidão, que estava sentada ao redor dele, disse: "Eis aqui minha mãe e meus irmãos.
35 मेरा साँच्चा भाइ बहिनीहरू र आमा तिनीहरूनै हुन् जसले परमेश्वरले चाहे अनुसार कर्म गर्दछन्।”
35 Aquele que faz a vontade de Deus, esse é meu irmão, minha irmã e minha mãe."

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Marcos 3, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.