Marcos 15

The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010) vs VC

Sair da comparação
VC Versão Católica
1 एका विहानै मुख्य पूजाहारीहरू यहूदी बुढा प्रधानहरू शास्त्रीहरू र सबै यहूदी महासभाले योजना बनाए। तिनीहरूले येशूलाई साङ्गलोले बाँधे अनि पिलातस कहाँ पुर्याए। तिनीहरूले येशूलाई पिलातसकहाँ सुम्पिदिए।
1 Logo pela manhã se reuniram os sumos sacerdotes com os anciãos, os escribas e com todo o conselho. E tendo amarrado Jesus, levaram-no e entregaram-no a Pilatos.
2 पिलातसले येशूलाई सोधे, “के तिमी नै यहूदीहरूको राजा हौ?”
2 Este lhe perguntou: És tu o rei dos judeus? Ele lhe respondeu: Sim.
3 मुख्य पूजाहारीहरूले उनी विरुद्ध अनेकौं अभियोग लगाएका थिए।
3 Os sumos sacerdotes acusavam-no de muitas coisas.
4 यसर्थ पिलातसले उनलाई फेरि एक प्रश्न गरे, “के तिमी जवाफ दिन चाहँदैनौ? हेर तिमीमाथि कतिवटा अभियोगहरू लगाएका छन्?”
4 Pilatos perguntou-lhe outra vez: Nada respondes? Vê de quantos delitos te acusam!
5 तर येशूले उत्तर दिनु भएन। यसर्थ पिलातुस एकदमै छक्क परे।
5 Mas Jesus nada mais respondeu, de modo que Pilatos ficou admirado.
6 प्रत्येक वर्ष निस्तार चाडको समयमा कैदमा परेका एकजनालाई हाकीमद्वारा जेलबाट मुक्त गरिन्थ्यो। मानिसहरूले चाहेका कुनै पनि कैदीलाई उसले मुक्त गरिदिन्छ।
6 Ora, costumava ele soltar-lhes em cada festa qualquer dos presos que pedissem.
7 त्यसबेला बारब्बा नाउँ गरेका एकजना विद्रोही पिलातुसको कैदमा थियो। त्यसले दंङ्गामा एउटाको हत्या गरेको थियो।
7 Havia na prisão um, chamado Barrabás, que fora preso com seus cúmplices, o qual na sedição perpetrara um homicídio.
8 मानिसहरू कहाँ आए अनि उहाँले सँधै गरे झैं एकजना कैदीलाई मुक्त गरिदिनु भनी आग्रह गरे।
8 O povo que tinha subido começou a pedir-lhe aquilo que sempre lhes costumava conceder.
9 पिलातसले मानिसहरूलाई भने, “के तिमीहरूले यहूदीको राजालाई मैले छोडिदिएको चाहन्छौ?”
9 Pilatos respondeu-lhes: Quereis que vos solte o rei dos judeus?
10 पिलातसले यसो भने किनभने मुख्य पूजाहारूहरूले येशूलाई उनीकाहाँ सुम्पिदिएको ईर्ष्याको कारणले हो भनी जान्दथे।
10 {Porque sabia que os sumos sacerdotes o haviam entregue por inveja.}
11 तर मुख्य पूजाहारीहरूले मानिसहरूलाई येशूको सट्टामा बारब्बाको मुक्तिको माँग गर्नु भनी उक्साए।
11 Mas os pontífices instigaram o povo para que pedissem de preferência que lhes soltasse Barrabás.
12 पिलातसले मानिसहरूलाई फेरि एकपल्ट सोधे, “तब यो मानिसलाई के गर्नुपर्ने जसलाई तिमीहरू यहूदीरूका राजा भन्दछौ?”
12 Pilatos falou-lhes outra vez: E que quereis que eu faça daquele a quem chamais o rei dos judeus?
13 मानिसहरू फेरि चिच्याए, “उसलाई क्रुसमा टाँग्नुहोस्।”
13 Eles tornaram a gritar: Crucifica-o!
14 पिलातसले तिनीहरूलाई भने, “किन? उसले के त्यस्तो अपराध गरेको छ?”
14 Pilatos replicou: Mas que mal fez ele? Eles clamavam mais ainda: Crucifica-o!
15 पिलातसले मानिसहरूलाई खुशी तुल्याउन चाहन्थे, यसर्थ उनले बारब्बालाई तिनीहरूको निम्ति छोडिदिए। अनि पिलातसले सिपाहीहरूलाई येशूलाई कोर्रा लगाउने हुकूम दिए। तब पिलातसले येशूलाइ क्रूसमा टाँग्नका निम्ति सिपाहीहरूको हातमा जिम्मा दिए।
15 Querendo Pilatos satisfazer o povo, soltou-lhes Barrabás e entregou Jesus, depois de açoitado, para que fosse crucificado.
16 पिलातसका सिपाहीहरूले येशूलाई महल भित्र (जसलाई प्रेटोरियम भनिन्छ) ल्याए। तिनीहरूले सबै रक्षकहरूलाई एकत्रित गरे।
16 Os soldados conduziram-no ao interior do pátio, isto é, ao pretório, onde convocaram toda a coorte.
17 सिपाहीहरूले येशूलाई बैजनी रंगको लुगा लगाईदिए। अनि तिनीहरूले उहाँलाई लगाईदिनका निम्ति काँढाको मुकुट बनाए।
17 Vestiram Jesus de púrpura, teceram uma coroa de espinhos e a colocaram na sua cabeça.
18 त्यसपछि तिनीहरूले येशूलाई भने, “यहूदीहरूका राजा हामी तपाईंलाई सलाम गर्छौ!”
18 E começaram a saudá-lo: Salve, rei dos judeus!
19 तिनीहरूले उहाँलाई शिरमा कैयौं पटक लट्ठीले हिर्काए। तिनीहरूले उहाँमाथि थुके, अनि घुँडा टेकेर उनलाई दण्डवत् गरे।
19 Davam-lhe na cabeça com uma vara, cuspiam nele e punham-se de joelhos como para homenageá-lo.
20 उहाँमाथि गिल्ला गरिसकेपछि तिनीहरूले उहाँको बैजनी लुगाफाटा उतारिदिए, अनि उहाँको आफ्नै लुगाफाटा लगाइदिए। तब तिनीहरूले येशूलाई क्रूसमा झुण्डयाउनलाई बाहिर ल्याए।
20 Depois de terem escarnecido dele, tiraram-lhe a púrpura, deram-lhe de novo as vestes e conduziram-no fora para o crucificar.
21 कुरेनीका एकजना मानिस शहरतिर जाँदै थिए। उनी आलेक्जेण्डर र रूफसको बाबु शिमोन थिए। शिमोन आफ्नो खेतबाट फर्किरहेथ्यो। सिपाहीहरूले शिमोनलाई येशूको क्रूस बोक्न जबरजस्ती गरे।
21 Passava por ali certo homem de Cirene, chamado Simão, que vinha do campo, pai de Alexandre e de Rufo, e obrigaram-no a que lhe levasse a cruz.
22 तिनीहरूले येशूलाई गलगथा भन्ने ठाउँमा पुर्याए। (गलगथाको अर्थ हुन्छः “खोपडीको स्थान”)
22 Conduziram Jesus ao lugar chamado Gólgota, que quer dizer lugar do crânio.
23 गलगथामा सिपाहीहरूले येशूलाई दाखरस पिउन वाध्य गरे। यो दाखरस मूर्र मिसाइएको थियो। तर येशूले पिउनु भएन।
23 Deram-lhe de beber vinho misturado com mirra, mas ele não o aceitou.
24 तिनीहरूले उहाँलाई क्रूसमा काँटी ठोकेर टाँगि दिए। तब तिनीहरूले येशूका वस्त्रहरू भाग पारे तिनीहरू मध्ये कसले के पाउने हो भनी चिट्ठा गरे।
24 Depois de o terem crucificado, repartiram as suas vestes, tirando a sorte sobre elas, para ver o que tocaria a cada um.
25 तिनीहरूले येशूलाई क्रूसमा टाँग्दा बिहानी पखको नौ बजेको थियो।
25 Era a hora terceira quando o crucificaram.
26 येशूको विरूद्धमा लगाइएको आरोपहरूको लिखित सुचना क्रूसमा थियो। सुचना पत्रमा भनिएको थियोः “यहूदीहरूका राजा।”
26 A inscrição que motivava a sua condenação dizia: O rei dos judeus.
27 तिनीहरूले दुइजना डाँकूहरूलाई पनि क्रूसमा टाँगेका थिए। तिनीहरू एकजना येशूको दाहिनेपट्टी र अर्को देब्रेपट्टि थिए।
27 Crucificaram com ele dois bandidos: um à sua direita e outro à esquerda.
28 — ausente —
28 {Cumpriu-se assim a passagem da Escritura que diz: Ele foi contado entre os malfeitores {Is 53,12}.}
29 ओहोर-दोहोर गर्ने मानसहरू येशूलाई खिशी गर्थे। तिनीहरू टाउको हल्लाउँदै भन्दथे, “तपाई त्यही मानिस होइनौ जसले मन्दिर भत्काएर तीन दिन भित्रै बनाईदिन्छु भन्ने?
29 Os que iam passando injuriavam-no e abanavam a cabeça, dizendo: Olá! Tu que destróis o templo e o reedificas em três dias,
30 अब क्रूसबाट तल ओर्लनुहोस् अनि आफैलाई बचाउनु होस्।”
30 salva-te a ti mesmo! Desce da cruz!
31 यस्तै प्रकारले मुख्य पूजाहारीहरू र शास्त्रीहरूले येशूलाई गिज्याए। तिनीहरू एक अर्कामा भनिरहेका थिए, “उसले अरू मानिसहरूलाई बचायो। तर आफैंलाई बचाउँन सकेन।
31 Desta maneira, escarneciam dele também os sumos sacerdotes e os escribas, dizendo uns para os outros: Salvou a outros e a si mesmo não pode salvar!
32 यदि ऊ ख्रीष्ट, इस्राएलको राजा हो भने, ऊ क्रूसबाट तल झरेर आओस् जसद्वारा हामी यसलाई देख्न सकौं अनि उसमा विश्वास गरौं।” ती जसलाई उहाँसँगै क्रुसमा झुण्ड्याईयो तिनीहरूले पनि उहाँको निन्दा गरे।
32 Que o Cristo, rei de Israel, desça agora da cruz, para que vejamos e creiamos! Também os que haviam sido crucificados com ele o insultavam.
33 मध्यान्हको बेला सारा देशमा अन्धकार भयो। अन्धाकार तीनबजे सम्म लगातार रहयो।
33 Desde a hora sexta até a hora nona, houve trevas por toda a terra.
34 ठीक तीनबजे येशू ठूलो स्वरमा चिच्याउनु भयो, “एलोई, एलोई, लामा सबखथनी!” यसको अर्थ हो, “हे मेरा परमेश्वर, हे मेरा परमेश्वर, तपाईले मलाई किन एक्लै छोडनुभयो?”
34 E à hora nona Jesus bradou em alta voz: Elói, Elói, lammá sabactáni?, que quer dizer: Meu Deus, meu Deus, por que me abandonaste?
35 त्यहाँ उभिरहेका केही मानिसहरूले यो सुने। तिनीहरूले भने, “सुन! उहाँले एलियालाई बोलाइरहनु भएको छ।”
35 Ouvindo isto, alguns dos circunstantes diziam: Ele chama por Elias!
36 तुरून्तै एकजना मानिस दगुरेर गयो अनि एउटा स्पन्ज लिएर आयो। त्यस मानिसले स्पन्जमा सिर्का भर्यो अनि एउटा लट्ठीमा लगाएर उसेल येशूलाई पिउन दियो। त्यस मानिसले भन्यो, “अब हामी पर्खौं अनि हेरौं एलिया आएर उहाँलाई क्रूसबाट तल ओराल्ने हुन् कि होइनन्।”
36 Um deles correu e ensopou uma esponja em vinagre e, pondo-a na ponta de uma vara, deu-lho para beber, dizendo: Deixai, vejamos se Elias vem tirá-lo.
37 तब येशू ठूलो स्वरले चिच्याउनु भयो अनि प्राण त्याग्नुभयो।
37 Jesus deu um grande brado e expirou.
38 जब येशू मर्नु भयो, मन्दिरको पर्दा टुप्पोदेखि फेदसम्म दुइ टुक्रा भएर आफै च्यातियो।
38 O véu do templo rasgou-se então de alto a baixo em duas partes.
39 सिपाहीको अधिकारी जो येशूको अघि उभिएका थिए उहाँ कसरी मर्नु भयो सो देखे अनि भने, “यो मानिस निश्चयनै परमेश्वरको पुत्र हुन्।”
39 O centurião que estava diante de Jesus, ao ver que ele tinha expirado assim, disse: Este homem era realmente o Filho de Deus.
40 केही स्त्रीहरू केही पर उभिएर क्रूसतर्फ हेरिरहेका थिए। तिनीहरूमध्ये मग्दलिनी मरियम, सलोमी, अनि याकूब र यूसुफकी आमा मरियम पनी त्यहीं थिईन्। (याकूब उनको कान्छो छोरो थियो)
40 Achavam-se ali também umas mulheres, observando de longe, entre as quais Maria Madalena, Maria, mãe de Tiago, o Menor, e de José, e Salomé,
41 ती स्त्रीहरू तिनै थिए जसले गालीलसम्म येशूको साथ दिएका थिए अनि उहाँको देखभाल गरेका थिए। अरू धेरै स्त्रीहरू पनि त्यहाँ थिए। तिनीहरू पनि येशूसंगै यरूशलेममा आएका थिए।
41 que o tinham seguido e o haviam assistido, quando ele estava na Galiléia; e muitas outras que haviam subido juntamente com ele a Jerusalém.
42 यो दिनलाई तयारीको दिन भनिन्थ्यो। (जसको अर्थ हो विश्राम दिनको अघिल्लो दिन) रात पर्दै थियो।
42 Quando já era tarde - era a Preparação, isto é‚ é a véspera do sábado -,
43 अरमथियाको यूसुफ नाम गरेका एकजना मानिस साहसपूर्वक पिलातस कहाँ गए अनि येशूको लाशको लागि विन्ति गरे । यूसुफ यहूदी महासभाको एक प्रभावशाली सदस्य थिए। मानिसहरूमध्ये तिनी नै एकजना यस्ता मानिस थिए जसले परमेश्वरको राज्य आउने बाटो हेर्दथिए।
43 veio José de Arimatéia, ilustre membro do conselho, que também esperava o Reino de Deus; ele foi resoluto à presença de Pilatos e pediu o corpo de Jesus.
44 येशू अघिनै मरिसक्नु भयो भन्ने सुनेर पिलातस छक्क परे। येशूलाई रक्षा गरिरहेको सैनिक अधिकारीलाई तिनले बोलाए। पिलातसले येशू अघिनै मरि सके भनी उसलाई सोधे।
44 Pilatos admirou-se de que ele tivesse morrido tão depressa. E, chamando o centurião, perguntou se já havia muito tempo que Jesus tinha morrido.
45 अनि सैनिक अधिकारीले पिलातसलाई येशू अघिनै मरिसकेको कुरा सुनाए। यसकारण पिलातसले यूसुफलाई नै उहाँको लाश लैजाने अनुमति दिए।
45 Obtida a resposta afirmativa do centurião, mandou dar-lhe o corpo.
46 यूसुफले केही मलमलको लुगा किनेका थिए। तिनले क्रूसबाट उहाँलाई ओह्राले अनि त्यो लुगामा उहाँलाई बेह्रे। त्यसपछि यूसुफले चट्टान खोपेर बनाएको एउटा चिहानमा उहाँलाई राखे। तब चिहानको द्वारा बन्द गर्नलाई एउटा चट्टान उनले पल्टाए।
46 Depois de ter comprado um pano de linho, José tirou-o da cruz, envolveu-o no pano e depositou-o num sepulcro escavado na rocha, rolando uma pedra para fechar a entrada.
47 मग्दलिनी मरियम, र यूसुफकी आमा मरियमले त्यो स्थान देखे जहाँ येशूलाई पुरियो।
47 Maria Madalena e Maria, mãe de José, observavam onde o depositavam.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Marcos 15, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.