Levítico 9

The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010)

1 आठौं दिनमा मोशाले हारून, तिनका छोराहरू र इस्राएलका बूढा प्रधानहरूलाई बोलाए।

2 हारूनलाई उनले भने, “बगालबाट निष्खोट एउटा बाछा पापबलिको निम्ति अनि होमबलिको निम्ति एउटा निष्खोट भेडा ल्याएर परमप्रभु सम्मुख बलि चढाऊ।

3 इस्राएलका मानिसहरूलाई भने, ‘परमप्रभुको अघि पापबलिको निम्ति एउटा बोका, निष्खोट एक वर्ष पुगेको एउटा बाछा अनि होमबलिको निम्ति निष्खोट एउटा एक वर्षको पाठा ल्याऊ।

4 अनि एउटा थुमा, एउटा साँढे र एउटा भेडा मेलबलिको निम्ति अनि अन्न बलि तेल सित मिसाएका उपहार झैं किन? किनभने आज परमप्रभु तिमीहरूको अघि प्रकट हुनुहुनेछ।’”

5 यसर्थ मोशाले आज्ञा दिए अनुसार भेट हुने पालअघि तिनीहरूले चीजहरू ल्‌याए। सम्पूर्ण मानिसहरू परमप्रभुअघि आएर उभिए।

6 त्यसपछि मोशाले भने, “परमप्रभुले तिमीहरूलाई यस्तो कार्य गर्नु भनी आज्ञा दिनु भएको थियो जसले गर्दा परमप्रभुको महिमा तिमीहरू प्रति झल्कियोस्।”

7 त्यसबेला मोशाले हारूनलाई भने, “तिमी वेदीको नजिक जाऊ, तिम्रो पापबलि अनि होमबलि चढाऊ, आफ्नो र मानिसहरूको निम्ति पाप प्रायश्चित गर। परमप्रभुले आज्ञा गर्नु भएको अनुसार मानिसहरूले ल्याएको बलिदानहरू चढाएर तिनीहरूका निम्ति प्रायश्चित गरे।”

8 त्यसपछि हारून आफ्नो निम्ति वेदीको नजिक गएर पापबलिको निम्ति बाछो मारे।

9 पछि हारूनका छोराहरूले तिनको नजिक त्यसको रगत ल्याए, अनि तिनले आफ्नो औंलोमा रगत लिएर वेदीको कुना कुनामा लगाए अनि बाँकी रगत वेदीको आधारमा खन्याए।

10 तब परमप्रभुले मोशालाई आदेश गर्ने बित्तिकै हारूनले मृगौला, गर्भजालो, कलेजो ढाक्ने मासु अनि पशुको बोसो वेदीमा जलाए।

11 पाल बाहिर हारूनले मासु र छाला आगोमा जलाइदिए।

12 त्यसपछि तिनले होमबलि स्वरूप भेडा मारे। हारूनका छोराहरूले तिनलाई रगत दिए अनि वेदीका वरिपरि छर्के।

13 अनि हारूनका छोराहरूले पशुका टुक्राहरू अनि यसको टाउको उसलाई दिए। तब हारूनले ती सबै वेदीमा जलाए।

14 फेरि तिनले आन्द्रा-भुँडी र खुट्टा पखालेर होमबलिसँगै वेदीमाथि जलाए।

15 त्यसपछि तिनले मानिसहरूको निम्ति बलिदान ल्याएर तिनीहरूको पापबलिको बोका मारे अनि पहिला गरे जस्तै पापबलिको निम्ति जलाए।

16 त्यसपछि हारूनले होमबलि ल्याए अनि आज्ञानुसार बलि दिए।

17 तब तिनले अन्नबलि ल्याए अनि त्यसबाट एक मुठ्ठी लिएर बिहानको होमबलिसित वेदीमा चढाए।

18 अनि तिनले मानिसहरूको मेलबलिको निम्ति साँढे र भेडा मारे। हारूनका छोराहरूले रगत लिएर तिनलाई दिए अनि तिनले त्यो सबै तिर छर्के।

19 अनि साँढे र भेडाको बोसो, आन्द्रा-भुँडी छोप्ने बोसो, मृगौला र कलेजा छोप्ने मासु तिनका छोराहरूले तिनलाई दिए।

20 तिनीहरूले ह्याकुलामाथि बोसो राखे अनि तिनले त्यो बोसो वेदीमाथि जलाए।

21 अनि मोशालाई परमप्रभुले दिएको आदेश अनुसार उनले परमप्रभुलाई ह्याकुलो र दाहिने तिघ्रो डोलाउने बलिको रूपमा चढाए।

22 तब हारूनले मानिसहरू प्रति हात उठाएर तिनीहरूलाई आशीर्वाद दिए। यसरी पापबलि, होमबलि र मेलबलि चढाई सिध्याए पछि तिनी वेदीबाट तल ओर्लिए।

23 त्यसपछि मोशा र तिनी भेट हुने पालमा गए। जब तिनीहरू बाहिर आए तिनीहरूले मानिसहरूलाई आशीर्वाद दिए। तब परमप्रभुको महिमा सबै मानिसहरूमा झल्कियो।

24 परमप्रभुको सामुन्नेबाट आगो उत्पन्न भयो अनि वेदी माथिको होमबलि र बोसोलाई खरानी पार्यो। जब सबै मानिसहरूले यो देखे तिनीहरू कराए अनि आ-आफ्ना अनुहार भूइँतिर निहुराए।

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Levítico 9, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.