Levítico 20
The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010) vs BKJ
1 परमप्रभुले मोशालाई भन्नुभयो,
1 E o SENHOR falou a Moisés, dizendo:
2 “तिमीले इस्राएलीहरूलाई यी कुराहरू भन्नुपर्छ इस्राएलीहरू मध्ये कोही पनि होस् देशी अथवा विदेशी, तिनीहरू मध्ये कसैले आफ्ना नानीहरूबाट एक जनालाई मिथ्या देवता मोलेकलाई दिन्छ भने उसलाई मार्नैपर्छ। यस देशका मानिसहरूले उसलाई ढुङ्गले हिर्काएर मार्नुपर्छ।
2 Novamente dirás aos filhos de Israel: Qualquer pessoa, dos filhos de Israel, ou dos estrangeiros que peregrinam em Israel, der qualquer parte de sua semente a Moloque, certamente morrerá; o povo da terra o apedrejará com pedras.
3 म त्यस मानिसको विरोधमा हुनेछु। उसलाई म आफ्ना मानिसहरूबाट छुट्याउनेछु। किन? किनभने उसले आफ्ना नानीहरू मोलेकलाई दिन्छ अनि यसरी मेरो पवित्र नामको सम्मान गरेन अनि मेरो पवित्र स्थानलाई अशुद्ध बनाउँछ।
3 E eu colocarei a minha face contra esse homem, e o cortarei do meio do seu povo, porque ele deu da sua semente a Moloque, para contaminar o meu santuário, e profanar o meu santo nome.
4 जब त्यस मानिसले मोलेकलाई आफ्नो नानी दिन्छ समुदायका मानिसहरूले उसलाई ध्यान दिदैनन् अनि उसलाई मार्दैनन्,
4 E se o povo da terra de alguma maneira esconder os olhos daquele homem que houver dado da sua semente a Moloque, e o não matar,
5 म त्यस मानिसलाई साथै त्यसको परिवारलाई विरोध गर्नेछु। म तिनलाई तिनको आफ्नै मानसिहरूबाट अलग गर्नेछु। ती सबै मानिसहरू जो मोलेकको पूजा गर्न प्रभावित भएका थिए, म तिमीहरूलाई तिमीहरूको आफ्नै मानिसहरूबाट अलग गर्नेछु।
5 então, eu colocarei a minha face contra aquele homem e contra a sua família, e o cortarei do meio do seu povo, com todos os que se prostituem após ele, prostituindo-se com Moloque.
6 “कुनै मानिस जो सल्लाह लिनु झाँक्री अथवा जादूगर कहाँ जान्छ, उसले मलाई अविश्वास गर्दैन यसर्थ म उसलाई आफ्ना मानिसहरूबाट छुट्याउनेछु।
6 E a alma que se tornar para os espíritos familiares, e feiticeiros, para se prostituir após eles, eu colocarei a minha face contra aquela alma, e a cortarei do meio do seu povo.
7 “तिमी आफैंलाई पवित्र बनाऊ अनि पवित्र भएर बस। किनभने, म परमप्रभु तिमीहरूका परमेश्वर हुँ।
7 Santificai-vos, portanto, e sede santos, porque eu sou o SENHOR vosso Deus.
8 मेरा विधिहरू सम्झना गर अनि तिनीहरूलाई अनुसरण गर। म तिमीहरूको परमप्रभु हुँ जसले तिमी सबै मानिसहरूलाई पवित्र बनाउँछु।
8 E vós guardareis os meus estatutos e os cumprireis. Eu sou o SENHOR que vos santifica.
9 “यदि कुनै मानिसले आफ्नो आमा अथवा बाबुलाई सराप दिन्छ भने त्यास मानिसलाई मारिनुपर्छ। जब उसले आफ्नो आमा-बाबुलाई सराप दिएको कारण उसको मृत्युको जिम्मावारी ऊ आफैं हुनेछ।
9 Pois qualquer um que amaldiçoar seu pai ou sua mãe certamente morrerá: ele amaldiçoou seu pai ou sua mãe; o seu sangue será sobre ele.
10 “यदि कुनै मानिसले आफ्नो छिमेकीकी स्वास्नीसित सहवास गरे ती दुवैलाई मार्नुपर्छ कारण ती दुवैजना व्यभिचारको दोषी हुन्।
10 E o homem que comete adultério com a esposa de outro homem, até aquele que comete adultério com a esposa do seu próximo, o adúltero e a adúltera certamente serão postos à morte.
11 यदि कुनै मानिसले आफ्नो बाबुकी स्वास्नी (सौतेनी आमा) सँग सहवास गर्छ भने ती दुवै जनालाई मारिनुनै पर्छ, आफ्नो मृत्युको निम्ति तिनीहरू स्वयं जिम्मेवार हुन्। यो त्यस मानिसले आफ्नै बाबुसित सहवास गरे झैं हो।
11 E o homem que se deitar com a mulher de seu pai descobriu a nudez de seu pai; ambos, certamente, serão postos à morte; o seu sangue será sobre eles.
12 “यदि कुनै मानिसले आफ्नो छोरा बुहारीसित सहवास गरे ती दुइजनालाई मार्नैपर्छ। तिनीहरू आफैं तिनीहरूको मृत्युको निम्ति जिम्मेवार छन् कारण तिनीहरूले खुबै अधम व्यभिचार गरेका हुन्छन्।
12 Se um homem se deitar com a sua nora, ambos, certamente, serão postos à morte; eles forjaram confusão; o seu sangue será sobre eles.
13 “यदि एकजना मानिसले अर्को पुरूषसँग स्त्रीसँग झैं सहवास गरे, तिनीहरूले भयंकर पाप गरेको बुझिन्छ। तिनीहरूलाई मार्नै पर्छ र तिनीहरू स्वंय आफ्नो मृत्युको निम्ति जिम्मेवार हुन्छन्।
13 Se um homem também se deitar com homem, como ele se deita com uma mulher, ambos cometeram abominação; certamente morrerão; o seu sangue será sobre eles.
14 “यदि एकजना मानिसले आमा र छोरी दुवैसँग शारिरिक कर्म गर्छ यो व्यभिचार पाप हो। तिमीले मानिसहरूमा यस्तो व्यभिचार हुन दिनु हुँदैन। तिमीले मानिस अनि स्त्री दुवैलाई आगोमा जलाउनु पर्छ।
14 E se um homem tomar uma mulher e a sua mãe, isto é maldade; eles serão queimados com fogo, tanto ele quanto elas, para que não haja maldade entre vós.
15 “यदि कुनै मानिसले पशुसँग सम्भोग गरे त्यस मानिस र पशुलाई मार्नुपर्छ।
15 E se um homem se deitar com um animal, ele certamente será posto à morte; e matareis o animal.
16 यदि कुनै स्त्री पशुसँग सम्भोग गरे त्यस स्त्री र पशुलाई मार्नु र्पछ। तिनीहरू आफ्नो मृत्युको निम्ति आफैं जिम्मेवार हुन्छन्।
16 E se uma mulher aproximar-se de um animal, e deitar-se com ele; tu matarás a mulher, e o animal; eles certamente serão postos à morte; o seu sangue será sobre eles.
17 “यदि कुनै दाज्यूभाई आफ्नी बहिनी अथवा सौतेनी बहिनीसित लैंगिक कर्म गर्छ, यो लाजमर्दो कुरा हो। तिनीहरूलाई जनताअघि दण्ड दिनुपर्छ र आफ्ना मानिसहरूबाट छुट्याउनु पर्छ। आफ्नी दिदीबहिनीसित जुन मानिसले शारिरिक कर्म गर्छ उसलाई उसको पापको निम्ति दण्ड दिनैपर्छ।
17 E se um homem tomar a sua irmã, filha de seu pai, ou filha de sua mãe, e vir a nudez dela, e ela vir a sua, isto é uma coisa perversa, eles serão cortados aos olhos do seu povo; ele descobriu a nudez de sua irmã; ele levará a sua iniquidade.
18 “यदि कुनै मानिस रजस्वलाको समयमा स्त्रीसित लैंगिक सम्बन्ध राख्छ भने स्त्रीपुरूष दुवैलाई तिनीहरूका मानिसहरूबाट छुट्याउनु पर्छ। तिनको रगतको मूल देखाएर तिमीहरूले पाप गरेका छौ।
18 E se um homem se deitar com uma mulher que tem a sua enfermidade, e descobrir a sua nudez, ele descobriu a sua fonte, e ela descobriu a fonte de seu sangue, e ambos serão cortados do meio do seu povo.
19 “तिमीले आफ्नी फुपु अथवा काकीसित लैंगिक सम्बन्ध राख्नु हुँदैन यो सगोत्र सम्भोग हो र तिम्रो पापको निम्ति तिमीले दण्ड पाउनु पर्छ।
19 E tu não descobrirás a nudez da irmã de tua mãe, nem da irmã de teu pai; porquanto descobriu a sua parenta, sobre si levarão a sua iniquidade.
20 “कुने मानिसले आफ्नो काकाको पत्नीसित लैंगिक सम्बन्ध राख्नु हुँदैन किनभने यसो गर्नु आफ्नो काकासित लैंगिक सम्बन्ध राखे जस्तै हो। तिनीहले पापको लागि दण्ड भोग्नैपर्छ। तिनीहरू अपुताली नै मर्नेछन्।
20 E se um homem se deitar com a esposa de seu tio, ele descobriu a nudez de seu tio; seu pecado sobre si levarão; sem filhos morrerão.
21 “यदि कुनै पुरूषले आफ्नी भाउज्यू अथवा भाइबुहारी सित सहवास गर्छ भने त्यो अनुचित हो। यो दाज्यूसित सहवास गरे झैं नै हो। तिनीहरू अपुताली रहनेछन्।
21 E se um homem tomar a mulher de seu irmão, isto é uma coisa impura; ele descobriu a nudez do seu irmão, eles ficarão sem filhos.
22 “म तिमीहरूलाई जुन देशमा लाँदैछु त्यहाँ तिमीहरू बस्नेछौ। मेरो विधि-विधानहरू सम्झना गर अनि पालन गर। यदि तिमीहरूले मेरा विधि-विधानहरू पालन गर्छौ भने तिमीहरू त्यस देशबाट निकालिने छैनौ।
22 Vós, portanto, guardareis todos os meus estatutos e todos os meus juízos e os cumprireis; para que a terra, para a qual eu vos trago para nela habitar, não vos vomite.
23 म त्यस देशका अरू मानिसहरूलाई बलपूर्वक बाहिर निकाल्दैछु। किन? किनभने तिनीहरूले त्यस्ता पापहरू गरे। म ती कर्महरू घृणा गर्छु, यसर्थ तिमीहरूले तिनीहरूको जीवन शैली नपछ्याऊ।
23 E não andareis nos costumes da nação, que eu lanço fora de diante de vós, porque eles cometeram todas estas coisas; portanto, eu as abomino.
24 मैले तिमीहरूलाई पहिल्यै भनिसकेको छु म तिमीहरूलाई तिनीहरूको भूमि दिनेछु, अनि यो तिमीहरूको हुनेछ। यो भूमि दूध र महले भरिएको हुनेछ। म परमप्रभु तिमीहरूको परमेश्वर हुँ जसले तिमीहरूलाई अन्य राष्ट्रबाट छुट्टाए।
24 Mas a vós tenho dito: Vós herdareis a sua terra, e eu a darei a vós para possuí-la, uma terra que flui leite e mel. Eu sou o SENHOR vosso Deus, que vos separei de outros povos.
25 यसर्थ, तिमीहरूले शुद्ध अनि अशुद्ध पशु-पंक्षीहरूलाई भिन्नै प्रकारले व्यवहार गर्नुपर्छ। अशुद्ध पशु चराहरू अनि घस्रिने प्राणीहरू खाएर तिमीहरू आफैंलाई अशुद्ध बनाऊ मैले तिनीहरूलाई तिमीहरू निम्ति अशुद्ध झैं छुट्टाएको छु।
25 Portanto, fareis diferença entre os animais limpos e impuros, e entre as aves impuras e as limpas; e não fareis a vossa alma abominável pelos animais, ou pelas aves, ou por qualquer tipo de coisa viva que se arrasta sobre a terra, as quais eu separei de vós como impuras.
26 मैले तिमीहरूलाई मेरा विशेष मानिस बनाउनलाई तिमीहरूलाई पवित्र पारेको छु। यसर्थ तिमीहरू मेरो निम्ति पवित्र रहनुपर्छ। किन? किनभने म परमप्रभु हुँ अनि पवित्र छु।
26 E sereis para mim santos, porque eu, o SENHOR, sou santo, e separei-vos dos outros povos, para serdes meus.
27 “एकजना मानिस जो झाँक्री अथवा जादूगर छ उसलाई मार्नु पर्छ। मानिसहरूले तिनीहरूलाई ढुङ्गले हिर्काएर मार्नु पर्छ। तिनीहरूलाई मृत्यु चाहिन्छ।”
27 E também um homem ou uma mulher que tenha um espírito familiar, ou que seja feiticeiro, certamente morrerá; com pedras os apedrejarão; o seu sangue será sobre eles.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar Levítico 20, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.