Lucas 7
The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010) vs NVI
1 जब येशूले मानिसहरूलाई उपदेश दिइ सिध्याउनु भयो उहाँ कफर्नहुम जानु भयो।
1 Tendo terminado de dizer tudo isso ao povo, Jesus entrou em Cafarnaum.
2 कफर्नहुममा एकजना कप्तान थियो। उसको एकजना नोकर सिकिस्त बिमारी थियो, त्यो मर्नै लागेको थियो। त्यस कप्तानले नोकरलाई खुबै माया गर्ने गर्थ्यो।
2 Ali estava doente, quase à morte, o servo de um centurião, a quem seu senhor estimava muito.
3 जब उसले येशूको बारेमा सुन्यो तब बूढा यहूदी प्रधानहरूलाई उहाँकहाँ पठायो र त्यस नोकरलाई बचाउनुको लागि आउन भनि बिन्ती गर्न पठायो।
3 Ele ouviu falar de Jesus e enviou-lhe alguns líderes religiosos dos judeus, pedindo-lhe que fosse curar o seu servo.
4 ती मानिसहरू येशूकहाँ गए, अनि त्यो कप्तानलाई सहायता गर्नु मार्मिक तरिकाले आग्रह गर्दै भने, “त्यो कप्तान तपाईंको सहायता पाउनु साँच्चै योग्यको छ।
4 Chegando-se a Jesus, suplicaram-lhe com insistência: "Este homem merece que lhe faças isso,
5 तिनले हाम्रो मानिसहरूलाई माया गर्छन् र हाम्रो निम्ति सभा घर पनि बनाइदिएका छन्।”
5 porque ama a nossa nação e construiu a nossa sinagoga".
6 यसकारण येशू ती मानिसहरूसंग जानु भयो। उहाँ यसो भनि विन्ती गर्न पठायो, “हे प्रभु, तपाईं मेरो घरमा आउने कष्ट नगर्नुहोस्। तपाईं जस्तो मानिस मेरो घरमा पाउ कष्ट गर्न योग्यको म छैन।
6 Jesus foi com eles. Já estava perto da casa quando o centurião mandou amigos dizerem a Jesus: "Senhor, não te incomodes, pois não mereço receber-te debaixo do meu teto.
7 यसकारण म आफैं पनि तपाँईकहाँ मानसंगत रूपमा जान योग्यको सम्झिन्न, तपाईंले आदेश मात्र दिनुहोस् मेरो नोकर जाती हुन्छ।
7 Por isso, nem me considerei digno de ir ao teu encontro. Mas dize uma palavra, e o meu servo será curado.
8 तपाईंको अधिकार मलाई थाहा छ। म पनि अरू मानिसहरूको अधिकारको वशमा छु। अनि मेरो अधिकारमा सैनिकहरू छन्। यदि म एकजना सैनिकलाई भन्छु, ‘जाऊ’, अनि त्यो जान्छ। अनि अर्को सैनिकलाई भन्दछु, ‘आऊ’, अनि त्यो आउँछ। अनि यदी मेरो नोकरलाई भन्दछु, ‘यो गर’, अनि त्यसले गर्छ।”
8 Pois eu também sou homem sujeito a autoridade, e com soldados sob o meu comando. Digo a um: ‘Vá’, e ele vai; e a outro: ‘Venha’, e ele vem. Digo a meu servo: ‘Faça isto’, e ele faz".
9 जब येशूले यी कुरा सुन्नु भयो, उहाँ छक्क पर्नु भयो। येशूले उहाँलाई पछ्याएर आउने मानिसहरू पट्टि फर्केर भन्नुभयो, “म तिमीहरूलाई भन्छु, मैले यस्तो विश्वास सारा इस्राएलमा कतै पनि पाइँन।”
9 Ao ouvir isso, Jesus admirou-se dele e, voltando-se para a multidão que o seguia, disse: "Eu lhes digo que nem em Israel encontrei tamanha fé".
10 येशूलाई बोलाउन गएका सबै मानिसहरू घर फर्किए। तिनीहरूले त्यो नोकरलाई निको भइसकेको भेटे।
10 Então os homens que haviam sido enviados voltaram para casa e encontraram o servo restabelecido.
11 अर्को दिन येशू नाइन भन्ने शहरमा जानुभयो। उहाँका चेलाहरू र धेरै मानिसहरू पनि उहाँ संगै गहरहेका थिए।
11 Logo depois, Jesus foi a uma cidade chamada Naim, e com ele iam os seus discípulos e uma grande multidão.
12 जब येशू शहरको फाटक नजिक पुग्नु भयो, उनले मुर्दा लगिरहेको देख्नु भयो। एउटी विधवाको एउटै भएको छोरो मरेको थियो। जब लाश लगिरहेको थियो शहरका धेरै मानिसहरू ती विधवासंग थिए।
12 Ao se aproximar da porta da cidade, estava saindo o enterro do filho único de uma viúva; e uma grande multidão da cidade estava com ela.
13 जब प्रभु येशूले तिनलाई देख्नुभयो उहाँ त्यस विधवाको निम्ति हृदयबाट दुःखी हुनु भयो र तिनलाई भन्नुभयो, “नरोऊ।”
13 Ao vê-la, o Senhor se compadeceu dela e disse: "Não chore".
14 येशू शवपेटिकाको नजिक पुग्नु भयो अनि त्यसलाई छुनुभयो। लाश लगिरहेका मलामीहरू टक्क अडिए। उहाँले त्यो मरेको केटोलाई भन्नु भयो, “ए युवक म तिमीलाई भन्दछु, उठ।”
14 Depois, aproximou-se e tocou no caixão, e os que o carregavam pararam. Jesus disse: "Jovem, eu lhe digo, levante-se! "
15 त्यसपछि त्यो मरेको केटो तत्कालै उठेर बस्यो अनि बात गर्न शुरु गर्यो। येशूले त्यस केटोलाई त्यसको आमालाई सुम्पिदिनु भयो।
15 Ele se levantou, sentou-se e começou a conversar, e Jesus o entregou à sua mãe.
16 सबै मानिसहरू छक्क परे अनि यसो भन्दै परमेश्वरको प्रशंसा गरे, “एउटा महान् अगमवक्ता हामीकहाँ आउनु भएको छ।” अनि तिनीहरूले यो पनि भन्दै थिए, “परमेश्वरले आफ्ना प्रजाहरूको हेरचाह गरिरहनु भएकोछ।”
16 Todos ficaram cheios de temor e louvavam a Deus. "Um grande profeta se levantou entre nós", diziam eles. "Deus interveio em favor do seu povo".
17 उहाँको विषयको यो खबर सारा यहूदिया र यसको वरिपरि देशमा फिंजियो।
17 Essas notícias sobre Jesus espalharam-se por toda a Judéia e regiões circunvizinhas.
18 यूहन्नाका चेलाहरुले यी सब घटनाहरूको विषयमा तिनलाई जानकारी गराए। यूहन्नाले आफ्ना चेलाहरूमध्ये दुइजनालाई बोलाए।
18 Os discípulos de João contaram-lhe todas essas coisas. Chamando dois deles,
19 यूहन्नाले तिनीहरूलाई प्रभु येशूसँग सोध्न पठाए, “एकजना जो आउनेवाला थिए तपाईं नै हुनुहुन्छ? अथवा अझ अरूलाई नै पर्खनु पर्छ?”
19 enviou-os ao Senhor para perguntarem: "És tu aquele que haveria de vir ou devemos esperar algum outro? "
20 त्यसपछि मानिसहरू येशूकहाँ आए। तिनीहरूले भने, “बप्तिस्मा दिने यूहन्नाले हामीलाई यो सोध्नलाई तपाईंकहाँ पठाएका छन्, के आउनेवाला तपाईं नै हुनुहुन्छ, अथवा हामी अझ अर्कैको बाटो हेरौं?”
20 Dirigindo-se a Jesus, aqueles homens disseram: "João Batista nos enviou para te perguntarmos: ‘És tu aquele que haveria de vir ou devemos esperar algum outro? ’ "
21 त्यसै बेला, येशूले धेरैलाई तिनीहरूको रोग, व्यथा र तिनीहरूबाट दुष्ट आत्माहरू छुटाउनु भयो। उहाँले धेरै अन्धो मानिसलाई पनि देख्नसक्ने बनाउनु भयो।
21 Naquele momento Jesus curou muitos que tinham males, doenças graves e espíritos malignos, e concedeu visão a muitos que eram cegos.
22 अनि उहाँले यूहन्नाका चेलाहरूलाई भन्नुभयो, “तिमीहरूले यहाँ जे कुराहरू देख्यौ अनि सुन्यौ गएर यहून्नालाई भन। अन्धो मानिस पनि निको भयो र देख्ने भयो। लङ्गडाहरू हिँड्न थाले। कोढीहरू कोढरहित भए। बहिराहरूले सुन्न थाले। मरेकाहरूले जीवन पाए। अनि गरीब मानिसहरू परमेश्वरको राज्यको सुसमाचारहरू सुनिरहेकाछन्।
22 Então ele respondeu aos mensageiros: "Voltem e anunciem a João o que vocês viram e ouviram: os cegos vêem, os aleijados andam, os leprosos são purificados, os surdos ouvem, os mortos são ressuscitados e as boas novas são pregadas aos pobres;
23 कसैले मलाई ग्रहण गर्दा समस्यामा पर्दैन भने त्यो अनुग्रहित पुरुष धन्य हो।”
23 e feliz é aquele que não se escandaliza por minha causa".
24 जब यूहन्नाको चेलाहरू गए, येशूले यूहन्नाको विषयमा भन्न लाग्नु भयोः “तीमीहरू उजाड स्थानमा के हेर्न जान्छौ? बतासले हल्लाइरहेको निगालोलाई?
24 Depois que os mensageiros de João foram embora, Jesus começou a falar à multidão a respeito de João: "O que vocês foram ver no deserto? Um caniço agitado pelo vento?
25 मरूभूमिमा तिमीहरू के हेर्न आयौ? एउटा सुन्दर वस्त्र लगाएको मानिस हेर्नलाई? होइन। सुन्दर र राम्रा वस्त्रहरू लगाउनेहरू त राज-दरबारमा बस्छन्।
25 Ou, o que foram ver? Um homem vestido de roupas finas? Ora, os que vestem roupas esplêndidas e se entregam ao luxo estão nos palácios.
26 साँच्चै, तिमीहरू यहाँ के हेर्न आयौ? एकजना अगमक्ता? अँ, म तिमीहरूलाई भन्दछु, यूहन्ना अगमवक्ताभन्दा पनि श्रेष्ठ हुन्।
26 Afinal, o que foram ver? Um profeta? Sim, eu lhes digo, e mais que profeta.
27 उनी ती मानिस जसको विषयमा यस्तो लेखिएको छः
27 Este é aquele a respeito de quem está escrito: ‘Enviarei o meu mensageiro à tua frente; ele preparará o teu caminho diante de ti’.
28 तिमीहरूलाई भन्दछु, यूहन्नानै अहिलेसम्म जन्मेका मानिसहरूमा सब भन्दा ठूला हुन् तापनि जो परमेश्वरको राज्यमा सानो छ त्यो तिनी भन्दा ठूलो छ।”
28 Eu lhes digo que entre os que nasceram de mulher não há ninguém maior do que João; todavia, o menor no Reino de Deus é maior do que ele".
29 जब मानिसहरूले यस विषयमा सुने, तिनीहरूले माने कि परमेश्वरको शिक्षा राम्रो छ। ती कर उठाउनेहरू पनि सहमत भए । ती मानिसहरूलाई यूहन्नाद्वारा नै बप्तिस्मा गराइएको थियो।
29 Todo o povo, até os publicanos, ouvindo as palavras de Jesus, reconheceram que o caminho de Deus era justo, sendo batizados por João.
30 तर फरिसीहरू र शास्त्रीहरूले तिनीहरूको लागी बनाइको परमेश्वरको अभिप्रायलाई तिनीहरूको निम्ति यूहन्नाबाट बप्तिस्मा लिन अस्वीकार गरेर रद्ध गरे।
30 Mas os fariseus e os peritos na lei rejeitaram o propósito de Deus para eles, não sendo batizados por João.
31 “यस युगको मानिसहरूको विषयमा मैले कसरी वर्णन गर्नु? तिनीहरू के जस्ता छन्?
31 "A que posso, pois, comparar os homens desta geração? ", prosseguiu Jesus. "Com que se parecem?
32 यी मानिसहरू बजारमा बसिरहेका केटा-केटीहरू जस्तै छन्। एउटा दलको नानीहरूले अर्को दलको नानीहरूलाई बोलाउँछन् अनि भन्छन्
32 São como crianças que ficam sentadas na praça e gritam umas às outras: ‘Nós lhes tocamos flauta, mas vocês não dançaram; cantamos um lamento, mas vocês não choraram’.
33 बप्तिस्मा दिने यूहन्ना आए तर अरू मानिसहरूले जस्तो खाने कुरा खाएनन् अनि दाखरस पिएनन्। अनि तिमीहरू भन्दछौ, ‘उसलाई भूत लागेको छ।’
33 Pois veio João Batista, que jejua e não bebe vinho, e vocês dizem: ‘Ele tem demônio’.
34 मानिसको पुत्र चाँहि अरू मानिसहरू झैं खाँदै र दाखरस पिउँदै आए। अनि तिमीहरू भन्दछौ, ‘हेर उसलाई। खुब खान्छ अनि पिउँछ। कर उठाउनेहरू र पापीहरूको मित्र हो ऊ।’
34 Veio o Filho do homem, comendo e bebendo, e vocês dizem: ‘Aí está um comilão e beberrão, amigo de publicanos e "pecadores" ’.
35 तर कार्यहरूको आधारमा ज्ञान सही प्रमाणित हुन्छ।”
35 Mas a sabedoria é comprovada por todos os seus discípulos".
36 फरिसीहरूमध्ये एकले येशू संगै बसेर खानु निम्त्याए। उनी फरिसीको घरमा गए अनि खानु बसे।
36 Convidado por um dos fariseus para jantar, Jesus foi à casa dele e reclinou-se à mesa.
37 त्यो शहरमा एउटी पापी स्त्री थिई। त्यसले येशूलाई फरिसीको घरमा खाना खाएको थाहा पाई। त्यसले एउटा सिंगमरमरको भाँडामा केही सुगन्धितबस्तु लिएर आई।
37 Ao saber que Jesus estava comendo na casa do fariseu, certa mulher daquela cidade, uma ‘pecadora’, trouxe um frasco de alabastro com perfume,
38 त्यो येशूको पछि चरण छेउमा रुँदैं उभिइ। त्यसले आफ्नो आँसुले येशूको चरण भिजाउनु थाली। त्यसले चरणमा म्वाँई खाई अनि सुगन्धित खनाइदिई।
38 e se colocou atrás de Jesus, a seus pés. Chorando, começou a molhar-lhe os pés com as suas lágrimas. Depois os enxugou com seus cabelos, beijou-os e os ungiu com o perfume.
39 त्यो फरिसी जसले पनि यी सब देखे। उसले मनमनै सोचे, “यदि यो मानिस अगमवक्ता हुँदो हो, उसले जान्ने थियो कि त्यो स्त्री जसले उसको पाऊ छुइरहेकी छे ऊ को हो अनि कुन स्तरकी हो? किनभने त्यो पापीनी हो।”
39 Ao ver isso, o fariseu que o havia convidado disse a si mesmo: "Se este homem fosse profeta, saberia quem nele está tocando e que tipo de mulher ela é: uma ‘pecadora’ ".
40 येशूले फरिसीलाई भन्नुभयो, “शिमोन, तिमीलाई मैले केही भन्नु छ।”
40 Respondeu-lhe Jesus: "Simão, tenho algo a lhe dizer". "Dize, Mestre", disse ele.
41 येशूले भन्नुभयो, “त्यहाँ दुईजना मानिस थिए। दुवैले एउटै साहुकार ऋण लिएका थिए। तिनीहरू मध्ये एकजनाले 500 चाँदीको सिक्का लिएका थिए। अर्काले 50 चाँदीको सिक्का लिएका थिए।
41 "Dois homens deviam a certo credor. Um lhe devia quinhentos denários e o outro, cinqüenta.
42 तिनीहरूकोमा त्यत्ति पैसा थिएन, यसले गर्दा तिनीहरू ती दुवैले ऋण चुक्ता गर्न सकेनन्। तर साहूकारले ती दुवैको ऋण मोचन गरिदियो। ती दुइजनाहरूमध्ये कसले त्यो साहुकारलाई धेरै माया गर्थ्यो होला?”
42 Nenhum dos dois tinha com que lhe pagar, por isso perdoou a dívida a ambos. Qual deles o amará mais? "
43 शिमोनले भन्यो, “मेरो विचारमा जसले धेरै ऋण लगेको थियो त्यसलै उहाँलाई धेरै माया गर्थ्यो होला।”
43 Simão respondeu: "Suponho que aquele a quem foi perdoada a dívida maior". "Você julgou bem", disse Jesus.
44 त्यसपछि उहाँले त्यस स्त्रीलाई हेरेर शिमोनलाई भन्नु भयो, “तिमिले यो स्त्रीलाई देख्यौ? जब म तिम्रो घरमा आएँ, तिमीले मेरो खुट्टा धुन पानी दिएनौ। तर त्यसले मेरो खुट्टाहरू त्यसको आँसुले धोइ दिई अनि केश राशिले पुछिदिई।
44 Em seguida, virou-se para a mulher e disse a Simão: "Vê esta mulher? Entrei em sua casa, mas você não me deu água para lavar os pés; ela, porém, molhou os meus pés com as suas lágrimas e os enxugou com os seus cabelos.
45 तिमीले मलाई म्वाँई खाएनौ, तर उसले पुछिदिई।
45 Você não me saudou com um beijo, mas esta mulher, desde que entrei aqui, não parou de beijar os meus pés.
46 तिमीले मेरो टाउकोमा तेल घसिदिएनौ, तर उसले मेरो चरणमा सुगन्ध दलिदिई।
46 Você não ungiu a minha cabeça com óleo, mas ela derramou perfume nos meus pés.
47 यसकारण म तिमीलाई भन्दछु कि उसको धेरै पापाहरू क्षमा भयो। यति स्पष्ट छ कि उसले धेरै माया देखाई। जसलाई कम्ति पाप क्षमा गरिन्छ उसले कम्ती माया पोखाँउछ।”
47 Portanto, eu lhe digo, os muitos pecados dela lhe foram perdoados, pelo que ela amou muito. Mas aquele a quem pouco foi perdoado, pouco ama".
48 त्यसपछि येशूले स्त्रीलाई भन्नु भयो, “तिम्रो पापहरू क्षमा भएको छ।”
48 Então Jesus disse a ela: "Seus pecados estão perdoados".
49 खान बसेकाहरूले आपसमा भन्न लागे, “यस मानिसले आफैलाई को हो भनी ठान्छन? पापबाट पनि क्षमा गर्ने मानिस, यो को हो?”
49 Os outros convidados começaram a perguntar: "Quem é este que até perdoa pecados? "
50 येशूले त्यस स्त्रीलाई भन्नुभयो, “तिम्रो विश्वासले तिमीलाई रक्षा गर्यो। अब तिमी शान्तिसाथ जाऊ।”
50 Jesus disse à mulher: "Sua fé a salvou; vá em paz".
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar Lucas 7, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.