Lucas 18

The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010) vs NTLH

Sair da comparação
NTLH Nova Tradução na Linguagem de Hoje 2000
1 त्यसपछि येशूले चेलाहरूलाई सँधैं प्रार्थना गर्नु अनि कहिल्यै निराश नहुनु भनेर शिक्षा दिनुभयो। येशूले तिनीहरूलाई सिकाउन यस्तो दृष्टान्त भन्नुभयो,
1 Jesus contou a seguinte parábola , mostrando aos discípulos que deviam orar sempre e nunca desanimar:
2 “कुनै एउटा शहरमा एकजना न्यायधीश बस्थे। उसले परमेश्वर बारे वास्तै गर्दैन थिए। उसले यो पनि वास्ता गर्दैन थिए कि मानिसहरूले उसको बारेमा के-के सोच्छन्।
2 — Em certa cidade havia um juiz que não
3 त्यही शहरमा एकजना नारी थिई। त्यसको लोग्ने मरिसकेको थियो। त्यो विधवाले धेरै पल्ट त्यो न्यायाधीशलाई भनी, ‘यहाँ एउटा मानिस छ जसले मलाई अन्याय गर्दैछ। मेरो अधिकार बचाई दिनुहोस्।’
3 Nessa cidade morava uma viúva que sempre o procurava para pedir justiça, dizendo: “Ajude-me e julgue o meu caso contra o meu adversário!”
4 तर न्यायाधीशले त्यस विधवालाई कुनै प्रकारको सहायता गर्न चाहेनन्। लामो समय पछि न्यायाधीशले बिचार गर्यो, ‘परमेश्वरको बारेमा म वास्तै राख्तिनँ। अनि मानिसहरूले मेरो विषयमा के सोच्छन् त्यसको पनि म वास्ता गर्दिन।
4 — Durante muito tempo o juiz não quis julgar o caso da viúva, mas afinal pensou assim: “É verdade que eu não temo a Deus e também não respeito ninguém.
5 तर यो विधवाले भने मलाई हैरान पारी। यदि त्यसले चाहेको न्याय गरिदिएँ भने उसले मलाई छोडिदिने छे। नत्र भने घरी-घरी आउँछे अनि त्यसले मलाई हैरान बनाउँछे।’”
5 Porém, como esta viúva continua me aborrecendo, vou dar a sentença a favor dela. Se eu não fizer isso, ela não vai parar de vir me amolar até acabar comigo.”
6 तब प्रभुले भन्नुभयो, “सुन! त्यो अन्यायी न्यायाधिशले जे भन्यो, त्यसमा केही अर्थ छ।
6 E o Senhor continuou:
7 परमेश्वरले छानेका मानिसहरूलाई न्याय दिनुहुँदैन? तिनीहरू रात-दिन उहाँसंग कराउँछन्। परमेश्वरले आफ्नो मानिसहरूलाई ठिक न्याय दिनु हुनेछ। उहाँ उनीहरुलाई उत्तर दिनु ढिलाई गर्नु हुन्न।
7 Será, então, que Deus não vai fazer justiça a favor do seu próprio povo, que grita por socorro dia e noite? Será que ele vai demorar para ajudá-lo?
8 म तिमीलाई भन्दछु, उहाँले आफ्ना मानिसहरुलाई तुरन्तै सहाएता गर्नु हुन्छ। तर जब मानिसको पुत्र फेरि आउनु हुन्छ, के उहाँले पृथ्वीमा उहाँलाई विश्वास गर्ने मानिसहरू पाउनहुन्छ?”
8 Eu afirmo a vocês que ele julgará a favor do seu povo e fará isso bem depressa. Mas, quando o
9 कतिजना मानिसहरूले सोचे कि तिनीहरू खुबै असल छन्। तिनीहरूले प्रत्येकलाई हेला गर्छन्। येशूले भयोः
9 Jesus também contou esta parábola para os que achavam que eram muito bons e desprezavam os outros:
10 “कुनै एक समयमा फरिसी र एकजना महसूल उठाउने मानिस थिए। एकदिन ती दुवै मन्दिरमा प्रार्थना गर्न गए।
10 — Dois homens foram ao Templo para orar. Um era
11 फरिसी कर उठाउनेदेखि केही टाढा उभियो। जब त्यो फरिसीले प्रार्थना शुरू गर्यो, त्यसले भन्यो, ‘हे परमेश्वर, तपाईंलाई धन्यवाद दिन्छु किनभने म अरू जस्तो नराम्रो मानिस होइन। म चोरी, ठग र व्यभिचारी पापहरू गर्दिन। म तपाईंलाई धन्यवाद चढाउँछु कारण म यो महसूल उठाउने जस्तो नराम्रो होइन।
11 O fariseu ficou de pé e orou sozinho, assim: “Ó Deus, eu te agradeço porque não sou avarento, nem desonesto, nem imoral como as outras pessoas. Agradeço-te também porque não sou como este cobrador de impostos.
12 म असल छु; हप्तामा दुइपल्ट उपवास बस्छु अनि आफ्नो कमाईबाट दशांश दिन्छु।’
12 Jejuo duas vezes por semana e te dou a décima parte de tudo o que ganho.”
13 “त्यो महसूल उठाउने एक्लै अलि पर उभिरहेको थियो। जब त्यसले प्रार्थना गर्यो, त्यसले स्वर्गपट्टी पनि हेरेन। त्यसले परमेश्वरको अघि आफूलाई अति तुच्छ पायो। त्यसले भन्यो, ‘हे परमेश्वर, म प्रति दया गर्नुहोस्। म एउटा पापी हुँ।’
13 — Mas o cobrador de impostos ficou de longe e nem levantava o rosto para o céu. Batia no peito e dizia: “Ó Deus, tem pena de mim, pois sou pecador!”
14 म तिमीहरूलाई भन्दछु, जब त्यो घर गयो, त्यो परमेश्वरसंग ठीक थियो। तर त्यो फारिसी, जसले आफूलाई असल हुँ भन्ने सम्झन्थ्यो त्यो परमेश्वरसँग ठीक थिएन। जुन मानिसले आफूलाई ठूलो ठान्दछ त्यो तुच्छ हुनेछ। तर जुन मानिसले आफूलाई तुच्छ ठान्छ त्यो महान हुनेछ।”
14 E Jesus terminou, dizendo:
15 कोही मानिसहरूले आ-आफ्ना बालकहरू येशूकहाँ ल्याँउदै थिए ताकि येशूले तिनीहरूलाई छोएर आशीर्वाद दिनुभएको होस्। तर चेलाहरूले जब देखे, तिनीहरूले मानिसहरूलाई हकारे।
15 Depois disso, algumas pessoas levaram as suas crianças a Jesus para que ele as abençoasse, mas os discípulos viram isso e repreenderam aquelas pessoas.
16 तर येशूले ती ससाना बालहरूलाई बोलाउनु भयो अनि चेलाहरूलाई भन्नुभयो, “ती स साना बालकहरूलाई मकहाँ आउन देऊ। तिनीहरूलाई नरोक। किनभने परमेश्वरको राज्य यी बालकहरू जस्तै मानिसहरूको हो।
16 Então Jesus chamou as crianças para perto de si e disse:
17 म तिमीहरूलाई साँचो भन्दछु तिमीहरूले ससाना बालकले केही थोक ग्रहण गरे जस्तै परमेश्वरको राज्यलाई पनि ग्रहण गर्नु पर्छ। नत्र तिमीहरू कहिल्यै स्वर्गको राज्यमा प्रवेश गर्ने छैनौ!”
17 Eu afirmo a vocês que isto é verdade: quem não receber o Reino de Deus como uma criança nunca entrará nele.
18 एकजना यहूदी अगुवाले येशूलाई सोधे, “हे उत्तम गुरु, अनन्त जीवन पाउँन मैले के गर्नु पर्छ?”
18 Certo líder judeu perguntou a Jesus: — Bom Mestre, o que devo fazer para conseguir a vida eterna?
19 येशूले तिनलाई भन्नुभयो, “तिमीले मलाई किन उत्तम भन्दछौ? केवल परमेश्वर मात्र उत्तम हुनुहुन्छ।
19 Jesus respondeu:
20 तैपनि म तिम्रो प्रश्नको उत्तर दिन्छु। तिमीले परमेश्वरको आज्ञाहरू जान्दछौः ‘व्यभिचार नगर्नु, कसैको हत्या नगर्नु, नचोर्नु, अरूको विषयमा झुटो नबोल्नु, बाबु-आमालाई सम्मान गर्नु।’”
20 Você conhece os mandamentos: “Não cometa adultério, não mate, não roube, não dê falso testemunho contra ninguém, respeite o seu pai e a sua mãe.”
21 तर ती अगुवलाले भने, “म सानोदेखी यी आज्ञाहरू पालन गर्दै आएको छु।”
21 O homem respondeu: — Desde criança eu tenho obedecido a todos esses mandamentos.
22 जब येशूले यस्तो सुन्नुभयो, उहाँले त्यो अगुवालाई भन्नुभयो, “तर त्यहाँ अझै एउटा तिमीले गर्नु पर्न काम बाँकी छ। तिम्रोमा भएको सबै चीजहरू बिक्री गर अनि पैसाहरू गरीब मानिसहरूलाई बाँडिदेऊ अनि स्वर्गमा तिमीले इनाम पाउनेछौ। त्यसपछि तिमी आऊ अनि मलाई पछ्याऊ!”
22 Quando Jesus ouviu isso, disse:
23 तर जब उसले यी कुराहरू सुन्यो ऊ अत्यन्त दुःखी भयो किनभने त्यो मानिस साह्रै धनी थियो।
23 Quando o homem ouviu isso, ficou muito triste, pois era riquíssimo.
24 जब येशूले त्यो मानिसलाई दुःखी भएको देख्नु भयो, उहाँले भन्नुभयो, “साँच्चै धनी मानिसलाई परमेश्वरको राज्यमा प्रवेश गर्नु कठिन छ।
24 Vendo a tristeza dele, Jesus disse:
25 हो, धनी मानिसलाई परमेश्वको राज्यमा प्रवेश गर्नुभन्दा ता बरू ऊँटलाई सियोको नाँथ्रीबाट छिर्नु सजिलो पर्छ।”
25 É mais difícil um rico entrar no Reino de Deus do que um camelo passar pelo fundo de uma agulha.
26 जब त्यहाँ भएका मानिसहरूले यो सुने, तिनीहरूले भने, “त्यसो भए कसले उद्धार पाउँछ?”
26 Os que ouviram isso perguntaram: — Então, quem é que pode se salvar?
27 येशूले भन्नुभयो, “जे मानिसको निम्ति असम्भव काम छ परमेश्वरको निम्ति सम्भव छ।”
27 Jesus respondeu:
28 पत्रुसले भने, “हेर्नुहोस् हामीले सबै कुरा त्याग्यौं तपाईंको अनुयायी भएकाछौं।”
28 Aí Pedro disse: — Veja! Nós deixamos a nossa família e seguimos o senhor.
29 येशूले भन्नुभयो, “म तिमीहरूलाई साँचो भन्दछु। प्रत्येक मानिस जसले आफ्नो घर, पत्नी, दाज्यू-भाइहरू, आमाबाबु, अथवा बालकहरू परमेश्वरको राज्यका निम्ति छोडेको छ
29 Jesus respondeu:
30 तिनले यो जीवनमा यी सब भन्दा धेरै पाउनेछ। अनि जब त्यो मानिस मर्छ, त्यसले परमेश्वरसँग सँधैंको लागी बस्ने मौका पाउनेछ।”
30 receberá ainda nesta vida muito mais e, no futuro, receberá a vida eterna.
31 त्यसपछि येशूले बाहै प्रेरितहरूलाई अर्को तिर लानु भयो, उहाँले तिनीहरूलाई भन्नुभयो, “सुन! हामीहरू यरूशलेम जाँदैछौं। मानिसको पुत्रका विषयमा अगमवक्ताहरूले जे-जे लेखेकाछन् ती सबै पूरा हुनेछन्।
31 Jesus levou os doze discípulos para um lado e disse:
32 उहाँकै मानिसहरू उहाँको विरुद्धमा जानेछन् अनि उहाँलाई गैरयहूदीहरूको हातमा सुम्पिनेछन्। तिनीहरुले उहाँको उपहास गर्नेछन्, अनि उहाँलाई थुक्ने छन्।
32 Ele será entregue aos não judeus, e estes vão zombar dele, insultá-lo, cuspir nele
33 तिनीहरुले उहाँलाई कोर्रा लाउँने छन् अनि मार्नेछन्। तर उहाँ मरेको तीन दिनपछि, फेरि बौरी उठ्नु हुनेछ।”
33 e bater nele; e depois o matarão. Mas no terceiro dia ele ressuscitará.
34 प्रेरितहरले यी कूराहरूको अर्थ बुझ्ने चेष्टा गरे, तर ती वास्तविक कुरा बुझ्न सकेनन् कारण यो तिनीहरूबाट लुकेको थियो अनि तिनीहरूले केही पनि बुझेनन्।
34 Os discípulos não entenderam nada do que Jesus disse. O que essas palavras queriam dizer estava escondido deles, e eles não sabiam do que Jesus estava falando.
35 येशू यरीको शहर नजिक आइपुग्नु भयो। त्यहाँ एकजना अन्धो मानिस बाटेको छेऊमा बसिरहेको थियो। त्यो अन्धोले मानिसहरूसंग भीख मागिरहेको थियो।
35 Jesus já estava chegando perto da cidade de Jericó. Acontece que um cego estava sentado na beira do caminho, pedindo esmola.
36 जब त्यसले त्यही बाटोबाट भीड आएको चाल पायो, त्यसले सोध्यो, “के भइरहेको छ?”
36 Quando ouviu a multidão passando, ele perguntou o que era aquilo.
37 ती मानिसहरूले त्यसलाई भने, “नासरतको येशू यो बाटो आउनु हुँदैछ।”
37 — É Jesus de Nazaré que está passando! — responderam.
38 त्यो अन्धो मानिस अत्यन्त हर्षित भयो अनि भन्यो, “येशू दाऊदका पुत्र। ममाथि दया गर्नोहोस्!”
38 Aí o cego começou a gritar: — Jesus,
39 मानिसहरू जो भीड अगाडी थिए त्यो अन्धो मानिलाई गाली गर्न लागे। तिनीहरूले त्यसलाई नबोल्नु भने। तर त्यो अन्धो मानिस जोड-जोडले चिच्यायो, “दाऊदका पुत्र! ममाथि दया गर्नोस्।”
39 As pessoas que iam na frente o repreenderam e mandaram que ele calasse a boca. Mas ele gritava ainda mais: — Filho de Davi, tenha pena de mim!
40 येशू त्यहाँ उभिनु भयो अनि भन्नुभयो, “त्यो अन्धो मानसलाई मकहाँ ल्याऊ!” जब त्यो अन्धो मानिस येशू भएकोमा पुग्यो, उहाँले सोध्नु भयो,
40 Jesus parou e mandou que trouxessem o cego. Quando ele chegou perto, Jesus perguntou:
41 “तिमीले मबाट के गरिदिएको चाहन्छौ?”
41 — O que é que você quer que eu faça? — Senhor, eu quero ver de novo! — respondeu ele.
42 येशू ले त्यसलाई भन्नुभयो, “दृष्टि पाऊ, तिम्रो विश्वासले तिमीलाई बचाएको छ।”
42 Então Jesus disse:
43 त्यसपछि त्यो मानिसले देख्न सक्ने भयो। त्यसले परमेश्वरलाई धन्यावाद चढाउँदै येशूलाई पछ्याउन लाग्यो। जति पनि मानिसहरूले यी सब देखे तिनीहरूले परमेश्वरको प्रशंसा गर्न थाले।
43 No mesmo instante o homem começou a ver e, dando glória a Deus, foi seguindo Jesus. E todos os que viram isso começaram a louvar a Deus.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Lucas 18, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.