Juízes 2
The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010) vs NVI
1 परमप्रभुका स्वर्गदूत गिलगाल शहर देखि बोकीम शहरसम्म गए। स्वर्गदूतले इस्राएलका मानिसहरूलाई भने, “मैले तिमीहरूलाई मिस्रदेशबाट बाहिर ल्याएँ। मैले तिमीहरूलाई यो भूमिमा ल्याएँ जो मैले तिमीहरूका पिता-पुर्खाहरूलाई दिनेछु भनी प्रतिज्ञा गरेको थिएँ। मैले तिमीहरूलाई भनेको थिएँ कि तिमीहरूसित गरेको करार कहिल्यै भङ्ग गर्ने छैन।
1 O anjo do Senhor subiu de Gilgal a Boquim e disse: "Tirei vocês do Egito e os trouxe para a terra que prometi com juramento que daria a seus antepassados. Eu disse: Jamais quebrarei a minha aliança com vocês.
2 तर बद्लामा, तिमीहरूले यस भूमिमा बस्ने मानिसहरूसित कुनै पनि करार कहिले बाँध्ने छैनौ। तिमीहरूले तिनीहरूका वेदीहरू नष्ट गर्नुपर्छ। त्यो तिमीहरूलाई मैले भनेको थिएँ। तर तिमीहरूले मेरो आज्ञा पालन गरेनौं।
2 E vocês não farão acordo com o povo desta terra, mas demolirão os altares deles. Por quê vocês não me obedeceram?
3 “अब म तिमीहरूलाई भन्नेछु, ‘अब देखि उता यी मानिसहरूलाई म यो भूमिदेखि धपाउने छैन। यी मनिसहरू तिमीहरूको निम्ति समस्या बनिनेछन्। तिनीहरूका असत्य देवताहरूले तिमीहरूलाई पासोमा पार्नेछन्।’”
3 Portanto, agora lhes digo que não os expulsarei da presença de vocês; eles serão seus adversários, e os deuses deles serão uma armadilha para vocês".
4 परमप्रभुका स्वर्गदूतले इस्राएलका मानिसहरूलाई वचन दिइसके पछि मानिसहरू जोडले रोए।
4 Quando o anjo do Senhor acabou de falar a todos os israelitas, o povo chorou em alta voz,
5 यसर्थ इस्राएलका मानिसहरूले जहाँ विलाप गरे त्यस स्थानको नाउँ, बोकीम राखे। बोकीममा इस्राएलका मानिसहरूले परमप्रभुका निम्ति बलिदानहरू अर्पण गरे।
5 e ao lugar chamaram Boquim. Ali ofereceram sacrifícios ao Senhor.
6 तब यहोशूले मानिसहरूलाई घर जानु भने। यसर्थ हरेक कुल समूह त्यहाँ बस्नका निम्ति आफ्ना इलाका ओगटून गए।
6 Depois que Josué despediu os israelitas, eles saíram para ocupar a terra, cada um a sua herança.
7 इस्राएलीहरूले परमप्रभुको सेवा यहोशू जीवित रहेसम्म गरे अनि उसको मृत्यु पछि पनि जब सम्म बूढा प्रधानहरू रहिरहे। यी बूढा प्रधानहरूले इस्राएलका मानिसहरूका निम्ति परमप्रभुले गर्नु भएको सम्पूर्ण महान कुराहरू देखेका थिए।
7 O povo prestou culto ao Senhor durante toda a vida de Josué e dos líderes que continuaram vivos depois de Josué e que tinham visto todos os grandes feitos que o Senhor realizara em favor de Israel.
8 नूनका छोरा, परमप्रभुका सेवक यहोशूको एक सय दश वर्षको उमेरमा मृत्यु भयो।
8 Josué, filho de Num, servo do Senhor, morreu com a idade de cento e dez anos.
9 इस्राएलका मानिसहरूले यहोशूलाई दफन गरिदिए। तिनीहरूले यहोशूलाई त्यो भूमिमा गाडिदिए जुन तिनलाई दिइएको थियो। त्यो तिम्नात-हेरेसमा गाशपर्वतको उत्तरतर्फ एप्रैमको पहाडी देशमा थियो।
9 Foi sepultado na terra de sua herança, em Timnate-Heres, nos montes de Efraim, ao norte do monte Gaás.
10 त्यसपछि त्यो सम्पूर्ण पुस्ताको मृत्यु भयो, अर्को पुस्ता बढेर आयो। यो नयाँ पुस्ताले परमप्रभुको विषयमा अनि परमप्रभुले इस्राएलका मानिसहरूका निम्ति गर्नु भएको कुराहरू जान्दैनथ्यो।
10 Depois que toda aquela geração foi reunida a seus antepassados, surgiu uma nova geração que não conhecia o Senhor e o que ele havia feito por Israel.
11 यसकारणले इस्राएलका मानिसहरूले परमेश्वरसितको तिनीहरूको करार झूटा देवता बालको सेवा गरेर तोडिदिए।
11 Então os israelitas fizeram o que o Senhor reprova e prestaram culto aos baalins.
12 परमप्रभुले इस्राएलका मानिसहरूलाई मिस्रदेशबाट बाहिर ल्याउनु भएको थियो। अनि यी मानिसहरूका पिता-पुर्खाहरूले परमप्रभुलाई आराधना गरेका थिए। तर इस्राएलका मानिसहरूले परमप्रभुको अनुसरण गर्न छोडिदिए। इस्राएलका मानिसहरूले तिनीहरूका वरिपरि बस्ने मानिसहरूका झूटा देवताहरूको पूजा गर्न शुरू गरे। त्यसले परमप्रभुलाई क्वोधित तुल्यायो।
12 Abandonaram o Senhor, o Deus dos seus antepassados, que os havia tirado do Egito, e seguiram e adoraram vários deuses dos povos ao seu redor, provocando a ira do Senhor.
13 इस्राएलका मानिसहरूले परमप्रभुको आराधना अनुसरण गर्न छोडे र बाल र अश्तारोतको पूजा गर्न थाले।
13 Abandonaram o Senhor e prestaram culto a Baal e aos postes sagrados.
14 परमप्रभु इस्राएलीहरूसित क्वोधित हुनुभयो। यसकारण परमप्रभुले लुटमार गर्नेहरूलाई इस्राएलीहरूमाथि आक्वमण गर्ने र सम्पति लूट्ने अनुमति दिनुभयो। परमप्रभुले तिनीहरूका वरिपरि बस्ने तिनीहरूका शत्रुहरूलाई, पराजित गर्न दिनुभयो। इस्राएलीहरूले तिनीहरू स्वयंलाई आफ्ना शत्रुहरूको आक्वमण विरूद्ध आफ्नो रक्षा गर्न सकेनन्।
14 A ira do Senhor se acendeu contra Israel, e ele os entregou nas mãos de invasores que os saquearam. Ele os entregou aos inimigos ao seu redor, aos quais já não conseguiam resistir.
15 यदि इस्राएलीहरूले तिनीहरूका छिमेकिहरूका देवताहरूको सेवा गरे, उहाँले त्यसो गर्छु भनी प्रतिज्ञा गर्नु भए जस्तै जहिले पनि इस्राएलीहरू लडाँई गर्थे परमप्रभु तिनीहरूको विरूद्धमा रहनु हुन्थ्यो। यसकारण तिनीहरू लगातार पराजित भइरहे। इस्राएलका मानिसहरूले अनेक कष्ट पाए।
15 Sempre que os israelitas saíam para a batalha, a mão do Senhor era contra eles para derrotá-los, conforme lhes havia advertido e jurado. Grande angústia os dominava.
16 तब परमप्रभुले न्यायकर्त्ता भनिने अगुवाहरू चुन्नुभयो। यी अगुवाहरूले इस्राएलका मानिसहरूलाई तिनीहरूको सम्पत्तिहरू लाने शत्रुहरूबाट बचाए।
16 Então o Senhor levantou juízes, que os libertaram das mãos daqueles que os atacavam.
17 तर इस्राएलका मानिसहरूले आफ्ना न्यायकर्त्ताहरूको कुरा सुनेनन्। इस्राएलका मानिसहरू परमेश्वर प्रति विश्वासनीय थिएनन्। तिनीहरूले अन्य देवताहरूको अनुसरण गरे। अतीतमा इस्राएली मानिसहरूका पिता-पुर्खाहरूले परमप्रभुको आज्ञा पालन गर्दथे। तर अहिले इस्राएली मानिसहरू परिवर्तन भए अनि परमप्रभुको आज्ञा पालन गर्न छोडे।
17 Mesmo assim eles não quiseram ouvir os juízes, antes se prostituíram com outros deuses e os adoraram. Ao contrário dos seus antepassados, logo se desviaram do caminho pelo qual os seus antepassados tinham andado, o caminho da obediência aos mandamentos do Senhor.
18 धेरै पल्ट इस्राएलका शत्रुहरूले मानिसहरू प्रति नराम्रा कुराहरू गरे। यसर्थ इस्राएलका मानिसहरूले सहायताको निम्ति विलाप गरे। परमप्रभु धेरै पल्ट मानिसहरूका निम्ति दुःखीत हुनुभयो। धेरै पल्ट उहाँले मानिसहरूलाई तिनीहरूका शत्रुहरूबाट बचाउँनको निम्ति न्यायकर्त्ता पठाउनु भयो। परमप्रभु सदैव ती न्यायकर्त्ताहरूसित हुनुहुन्थ्यो। यसरी धेरै पल्ट इस्राएलका मानिसहरूलाई तिनीहरूका शत्रुहरूबाट बचाउँनु भयो।
18 Sempre que o Senhor lhes levantava um juiz, ele estava com o juiz e os salvava das mãos de seus inimigos enquanto o juiz vivia; pois o Senhor tinha misericórdia por causa dos gemidos deles diante daqueles que os oprimiam e os afligiam.
19 तर जब हरेक न्यायकर्त्ताको मृत्यु हुन्थ्यो, इस्राएलका मानिसहरू फेरि पाप गर्न अनि असत्य देवताहरूको पूजा गर्न शुरू गर्थे। इस्राएलका मानिसहरू अति हठी थिए? तिनीहरूले आफ्ना कुकर्म छोडन् अस्वीकार गरे।
19 Mas, quando o juiz morria, o povo voltava a caminhos ainda piores do que os caminhos dos seus antepassados, seguindo outros deuses, prestando-lhes culto e adorando-os. Recusavam-se a abandonar suas práticas e seu caminho obstinado.
20 यसर्थ परमप्रभु इस्राएलका मानिसहरूसित क्वोधित हुनुभयो, अनि उहाँले भन्नुभयो, “यी जातिहरूले तिनीहरूका पिता-पुर्खाहरूसित गरेको मेरो करारलाई भङ्ग गरेका छन्। तिनीहरूले मेरो कुरा सुनेनन्।
20 Por isso a ira do Senhor acendeu-se contra Israel, e ele disse: "Como este povo violou a aliança que fiz com os seus antepassados e não tem ouvido a minha voz,
21 यसर्थ इस्राएलका मानिसहरूका निम्ति म अब उप्रान्त ती जातिहरूलाई पराजित गरेर मार्ग खुल्ला गरिदिने छैन। ती मानिसहरू त्यस बेलासम्म त्यही भूमिमा थिए जब यहोशूको मृत्यु भयो। अनि म ती जातिहरूलाई यस भूमिमा रहनदिनेछु।
21 não expulsarei de diante deles nenhuma das nações que Josué deixou quando morreu.
22 म ती जातिहरूलाई इस्राएलका मानिसहरूको जाँच गर्नमा प्रयोग गर्नेछु। म यो हेर्ने छु कि इस्राएलीहरूले तिनीहरूका पिता-पुर्खाहरूले झैं परमप्रभुका आज्ञा पालन गर्छन् कि गर्दैनन्।”
22 Eu as usarei para pôr Israel à prova e ver se guardarão o caminho do Senhor e se andarão nele como o fizeram os seus antepassados".
23 परमप्रभुले ती जातिहरूलाई त्यस भूमिमा रहनदिनु भयो। परमप्रभुले ती जातिहरूलाई देश झट्टै छोड्नु भनी बाध्य तुल्याउनु भएन। उहाँले यहोशूका सेनालाई पराजित गर्न तिनीहरूलाई दिनु भएन।
23 O Senhor havia permitido que essas nações permanecessem; não as expulsou de imediato, e não as entregou nas mãos de Josué.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar Juízes 2, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.