Josué 4
The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010) vs NVI
1 सबै मानिसहरूले यर्दन नदीपार गरिसके पछि परमप्रभुले यहोशूलाई भन्नुभयो,
1 Quando toda a nação terminou de atravessar o Jordão, o Senhor disse a Josué:
2 “प्रत्येक कुल समूहबाट एक-एकजना गरी बाह्र जना मानिसहरू छान।
2 "Escolha doze homens dentre o povo, um de cada tribo,
3 त्यहाँ तिनीहरूलाई नदीमा जहाँ पूजाहारीहरू उभिरहेका छन् हेर भन्। त्यस स्थानमा बाह्रवटा ढुङ्गा खोज भनी तिनीहरूलाई भन। ती बाह्रवाटा ढुङ्गाहरू तिमीहरुलेबोक। आज राती तिमीहरू जहाँ बस्छौ त्यस स्थानमा ती बाह्रवटा ढुङ्गाहरूलाई राख।”
3 e mande que apanhem doze pedras do meio do Jordão, do lugar onde os sacerdotes ficaram parados. Levem-nas com vocês para o local onde forem passar a noite".
4 यसकारण यहोशूले प्रत्येक कुल समूहबाट एक एकजना मानिसलाई चुने। तब तिनले ती बाह्र-मानिसहरूलाई साथमा बोलाए।
4 Josué convocou os doze homens que escolhera dentre os israelitas, um de cada tribo,
5 यहोशूले ती मानिसहरूलाई भने, “नदीको त्यस ठाउँमा जाऊ जहाँ परमप्रभु तिमीहरूका परमेश्वरको करारको सन्दूक छ। तिमीहरू प्रत्येकले एक-एकवटा ढुङ्गा लिनै पर्छ। इस्राएलका बाह्र कुल समूह प्रत्येक समूहको लागि तिमीहरूले एक एकवटा ढुङ्गा लेऊ। यी ढुङ्गा तिमीहरूले आफ्नो काँधमा बोक।
5 e lhes disse: "Passem adiante da arca do Senhor, o seu Deus, até o meio do Jordão. Ponha cada um de vocês uma pedra nos ombros, conforme o número das tribos dos israelitas.
6 यी ढुङ्गाहरू तिमीहरूका निम्ति यादको चिन्ह हुनेछन। भविष्यमा, तिमीहरूका छोरा-छोरीहरूले तिमीहरूलाई ‘यी ढुङ्गाहरूको अर्थ के हो? भनी सोध्नेछन्’
6 Elas servirão de sinal para vocês. No futuro, quando os seus filhos lhes perguntarem: ‘Que significam essas pedras? ’,
7 तिमीहरूले छोरा-छोरीहरूलाई भन्ने छौ कि परमप्रभुले यर्दन नदीको पानी बग्न बन्द गरिदिनु भयो। जब परमप्रभुको करारको पवित्र सन्दूक नदीपार भयो। ती ढुङ्गाहरूले इस्राएलका मानिसहरूलाई यो कुरा सदा याद गर्नमा सहायता गर्नेछ।”
7 respondam que as águas do Jordão foram interrompidas diante da arca da aliança do Senhor. Quando a arca atravessou o Jordão, as águas foram interrompidas. Essas pedras serão um memorial perpétuo para o povo de Israel".
8 यसकारण इस्राएलका मानिसहरूले यहोशूको आज्ञा पालन गरे। तिनीहरूले यर्दन नदीको माझबाट बाह्रवटा ढुङ्गाहरू बोके। इस्राएलका बाह्र कुल समूहका प्रत्येकले एक-एकवटा ढुङ्गा लिए। तिनीहरूले यो काम परमप्रभुले यहोशूलाई आज्ञा गर्नु भए अनुसार गरे। मानिसहरूले ती ढुङ्गाहरू आफूसित बोके। त्यसपछि तिनीहरूले ती ढुङ्गाहरू त्यस स्थानमा राखे जहाँ तिनीहरूले आफ्ना छाउनी खडा गरेका थिए।
8 Os israelitas fizeram como Josué lhes havia ordenado. Apanharam doze pedras do meio do Jordão, conforme o número das tribos de Israel, como o Senhor tinha ordenado a Josué; e as levaram ao acampamento, onde as deixaram.
9 यहोशूले बाह्रवटा ढुङ्गाहरू यर्दन नदीका माझमा राखे। उसले ती ढुङ्गाहरू त्यस स्थानमा राखे जहाँ परमप्रभुको पवित्र सन्दूक बोक्दा पूजाहारीहरू उभिएका थिए। त्यस स्थानमा ती ढुङ्गाहरू आजसम्म पनि छन्।
9 Josué ergueu também doze pedras no meio do Jordão, no local onde os sacerdotes que carregavam a arca da aliança tinham ficado. E elas estão lá até hoje.
10 परमप्रभुले यहोशूलाई आज्ञा दिनु भएको थियो कि मानिसहरूलाई भन कि तिनीहरूले के गर्नु पर्छ। ती यी कुराहरू थिए जो मोशा र यहोशूले गर्नैपर्छ भनेका थिए। जबसम्म पवित्र सन्दूक बोकेर पूजाहारीहरू नदीको माझमा उभिरहे तबसम्म ती कुराहरू पूरा भएनन्। मानिसहरू हत्तारिएर नदीपारि गए।
10 Os sacerdotes que carregavam a arca permaneceram de pé no meio do Jordão até que o povo fez tudo o que o Senhor ordenara a Josué, por meio de Moisés. E o povo atravessou apressadamente.
11 मानिसहरूले नदी तर्ने काम सके त्यसपछि, पूजाहारीहरूले परमप्रभुको सन्दूक मानिसहरूको समक्ष बोकेर ल्याए।
11 Quando todos tinham acabado de atravessar, a arca do Senhor e os sacerdotes passaram para o outro lado, diante do povo.
12 रूबेन, गाद अनि मनश्शेका आधा कुल समूहका लडाकु मानिसहरूले मोशाका आदेशहरू अनुशरण गरे र नदी पार गरी अरू मानिसहरूको अगाडि गए।
12 Os homens das tribos de Rúben, de Gade e da metade da tribo de Manassés atravessaram preparados para lutar, à frente dos israelitas, como Moisés os tinha orientado.
13 झण्डै चालिस हजार सैनिकहरू युद्धका निम्ति तयार भए, तिनीहरू यरीहोको मैदानतिर गएर परमप्रभुको अगाडि नदी पार गरे।
13 Cerca de quarenta mil homens preparados para a guerra passaram perante o Senhor, rumo à planície de Jericó.
14 त्यस दिन परमप्रभुले इस्राएलका सबै मानिसहरूको नजरमा यहोशूलाई एक महान मानिस बनाउनु भयो। त्यस समय देखि मानिसहरूले यहोशूलाई सम्मान गर्न थाले। तिनीहरूले यहोशूलाई तिनको जीवनकाल भरि त्यही प्रकारले सम्मान गरे जसरी तिनीहरूले मोशालाई सम्मान गर्थे।
14 Naquele dia o Senhor exaltou Josué à vista de todo o Israel; e eles o respeitaram enquanto viveu, como tinham respeitado Moisés.
15 सन्दूक बोकेर पूजाहारीहरू नदीमा उभिरहेका बेला परमप्रभुले यहोशूलाई भन्नु भयो,
15 Então o Senhor disse a Josué:
16 “पूजाहारीहरूलाई यर्दन नदीबाट बाहिर निस्कनु भनी आदेश दे।”
16 "Ordene aos sacerdotes que carregam a arca da aliança que saiam do Jordão".
17 यसकारण यहोशूले पूजाहारीहरूलाई आदेश दिए। तिनले भने, “यर्दन नदीको बाहिर आऊ।”
17 E Josué lhes ordenou que saíssem.
18 पूजाहारीहरूले यहोशूको आज्ञा पालन गरे। तिनीहरूले आफूसित सन्दूक बोके अनि नदी बाहिर आए। जब पूजाहारीहरूले नदीको पल्लो छेउको भूमिलाई छोए, नदीको पानी फेरि बग्न शुरूभयो। पानीले यसको किनारहरू त्यस्तै गरि ढाक्यो जसरी मानिसहरू नदी पार गर्नु अघि ढाकेको थियो।
18 Quando os sacerdotes que carregavam a arca da aliança do Senhor saíram do Jordão, mal tinham posto os pés em terra seca, as águas do Jordão voltaram ao seu lugar, e cobriram como antes as suas margens.
19 मानिसहरूले पहिलो महीनाको दशौं दिनमा यर्दन नदीपार गरे। मानिसहरूले यरीहोको पूर्व गिलगालमा छाउनी बसाए।
19 No décimo dia do primeiro mês o povo subiu do Jordão e acampou em Gilgal, na fronteira leste de Jericó.
20 मानिसहरूले तिनीहरूसित ती बाह्रवटा ढुङ्गाहरू बोके जो यर्दन नदीबाट ल्याएका थिए। अनि यहोशूले ती ढुङ्गाहरूलाई गिलगालमा स्थापना गरे।
20 E em Gilgal Josué ergueu as doze pedras tiradas do Jordão.
21 तब यहोशूले मानिसहरूलाई भने, “भविष्यमा तिमीहरूका छोरा-छोरीहरूले आफ्ना माता-पितालाई सोध्नेछन्, ‘यी ढुङ्गाहरूको अर्थ के हो?’
21 Disse ele aos israelitas: "No futuro, quando os filhos perguntarem aos seus pais: ‘Que significam essas pedras? ’,
22 तिमीहरूले छोरा छोरीहरूलाई भन्नेछौ, ‘ती ढुङ्गाहरूले इस्राएलका मानिसहरूले सूख्खा भूमि भएर कसरी यर्दन नदी पार गरे सो सम्झना दिलाउन हामीलाई सहायता गर्नेछ।
22 expliquem a eles: Aqui Israel atravessou o Jordão em terra seca.
23 परमप्रभु तिमीहरूका परमेश्वरले यर्दन नदीको पानीलाई बग्न बन्द गरिदिनु भयो यसकारण तिमीहरूले सूख्खा भूमि भएर यर्दन पार गर्न सक्यौ-ठीक त्यही बेलामा जस्तै जब परमप्रभुले लाल समुद्रको पानीलाई रोकि दिनु भयो अनि हामीले यसलाई सूख्खा भूमि भएर पार गर्न सक्यौ।’
23 Pois o Senhor, o seu Deus, secou o Jordão perante vocês até que o tivessem atravessado. O Senhor, o seu Deus, fez com o Jordão como fizera com o mar Vermelho, quando o secou diante de nós até que o tivéssemos atravessado.
24 परमप्रभुले यस भूमिमा भएका मानिसहरूलाई उहाँ अति शक्तिशाली हुनुहुन्छ र तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरलाई प्रत्येक दिन स्मारण गरून् भनी यसो गर्नु भयो।”
24 Ele assim fez para que todos os povos da terra saibam que a mão do Senhor é poderosa e para que vocês sempre temam o Senhor, o seu Deus".
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar Josué 4, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.