Josué 19

The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010) vs VC

Sair da comparação
VC Versão Católica
1 तब यहोशूले शिमोन कुल समूहका सबै वंशहरूलाई तिनीहरूका भूमिका भाग प्रदान गरे। तिनीहरूले प्राप्त गरेको भूमि त्यो इलाका भित्र थिए जो यहूदाका थिए।
1 A segunda sorte caiu a Simeão, à tribo dos filhos de Simeão, segundo as suas famílias. Sua parte estava situada no meio da de Judá.
2 तिनीहरूले जो प्राप्त गरे ती यीहुनूः बेर्शेबा (शेबा पनि भनिन्छ।), मोलादा,
2 Tiveram por herança: Bersabéia {Sabéia}, Molada,
3 हजर्शूआल, बाला, एसेम,
3 Haser-Sual, Bala, Asen,
4 एल्तोलाद, बतूल, होर्मा,
4 Eltolad, Betul, Harma,
5 सिकलग, बेत्मर्काबोत, हसर्सूसा,
5 Siceleg, Bet-Marcabot, Hasersura,
6 बेत्लबाओत अनि शारूहेन। त्यसमा तेह्र शहरहरू अनि ती वरिपरिका समस्त खेतहरू थिए।
6 Bet-Labaot e Saroen: treze cidades com suas aldeias.
7 तिनीहरूले ऐन, रिम्मोन, एतेर, अनि आशान शहरहरू पनि प्राप्त गरे। त्यसमा चार शहरहरू अनि ती वरिपरिका सबै खेतहरू थिए।
7 Ain, Remon, Atar e Asã: quatro cidades com suas aldeias,
8 तिनीहरूले शहरहरू वरिपरिका बालात-बेअर सम्मका सबै खेतहरू पनि पाए। यसरी त्यो क्षेत्र थियो जो शिमोनको कुल समूहलाई प्रदान गरिएको थियो। प्रत्येक कुलले आफ्ना भूमि प्राप्त गरे।
8 assim como todos os lugarejos dos arredores dessas cidades até Baalat-Beer, que é Rama do sul. Esta foi a parte dos filhos de Simeão, segundo suas famílias.
9 शिमोनको भागको भूमि यहूदाले प्राप्त गरेको इलाका भित्र थियो। यहूदाका मानिसहरूको भूमि तिनीहरूलाई चाहिएको भन्दा ज्यादा थियो। यसर्थ शिमोनका मानिसहरूले तिनीहरूको भूमिको अंश प्राप्त गरे।
9 Esta parte foi tomada da porção dos filhos de Judá, que era grande demais para eles e, por isso, os filhos de Simeão receberam a sua parte no meio de seu território.
10 तेस्रो कुल समूहको आफ्ना जमीन प्राप्त गर्ने जबूलूनहरू थिए। जबूलूनका प्रत्येक कुल समूहले तिनीहरूलाई भाकल गरिएका भूमि प्राप्त गरे। जबूलूनको भूमिको सीमाना सारीदसम्म रहेको थियो।
10 A terceira sorte coube aos filhos de Zabulon, segundo suas famílias, e a fronteira de sua parte estendia-se até Sarid.
11 त्यसपछि त्यो सीमाना पश्चिम तर्फ मरलासम्म फैलिएर ठीक दब्बेशेतलाई भेटून पुगेको थियो। त्यसपछि त्यो सीमाना योक्नाम नजिकको साँधुरो गल्छी भएर गएको थियो।
11 Subia para o ocidente, até Merala e chegava até Debaset, tocando a torrente que corre defronte de Jeconão.
12 त्यसपछि त्यो सीमाना सारीदको पूर्वबाट घुमेर किस्लोत्ताबोर सम्म पुग्यो। सीमाना दाबरत देखि फैलिएर यापी सम्म पुग्यो।
12 De Sarid voltava ao oriente para o nascente, até o limite de Celeset-Tabor, passava por Daberet e subia a Jaflé.
13 त्यसपछि त्यो सीमाना पूर्वतिर गथेपेर अनि इथकासीन तिर फैलिएको थियो। त्यो सीमाना रिम्मोनमा अन्त भएको थियो। त्यसपछि त्यो सीमाना घुमेर नेआतर्फ गएको थियो।
13 Dali passava pelo lado oriental, para o levante, até Get-Hefer e até Tacasin, e chegava a Remon, prolongando-se até Noa.
14 नेआदेखि त्यो सीमाना घुमेर उत्तरमा हन्नतोन अनि त्यसपछि इफथहेलको बेंसीसम्म फैलिएरको थियो।
14 Dava volta em seguida pelo norte para Hanaton e terminava no vale de Jeftael.
15 यो सीमाना भित्र काथाथ, नहलल, शीम्रोन, इदलाह अनि बेतलेहेम शहरहरू थिए। त्यहाँ जम्मा बाह्र शहरहरू अनि ती वरिपरिका सबै खेतहरू थिए।
15 Havia ainda Catet, Naalol, Semeron, Jedala e Belém; doze cidades com suas aldeias.
16 यसरी, यी शहरहरू अनि ती वरिपरिका खेतहरू जबूलूनलाई दिए। जबूलूनका प्रत्येक कुलले भूमिका आफ्ना अंश प्राप्त गरे।
16 Tal foi a parte de Zabulon, segundo suas famílias, e tais são as suas cidades e suas aldeias.
17 भूमिको चौथो अंश इस्साकारको कुल समूहलाई प्रदान गर्यो। त्यस कुल समूहका प्रत्येक वंशले भूमिको आफ्नो हिस्सा प्राप्त गरे।
17 A quarta sorte coube a Issacar, aos filhos de Issacar segundo suas famílias.
18 त्यस कुल समूहलाई प्रदान गरिएको भूमि यो होः यिज्रल, कसुल्लोत, शूनेम,
18 Sua fronteira era Jezrael, Casalot, Suném,
19 हपरैम, शीओन, अनाहारत,
19 Hafaraim, Seon, Anaarat,
20 रब्बीत, किश्योन, एबेस,
20 Rabot, Cesion, Abés,
21 रेमेत, एन्गन्नीम, एन्हद्दा अनि बेतपसेस।
21 Ramet, En-Ganim, En-Hada e Bet-Feses.
22 तिनीहरूको सीमानाले ताबोर, शहसूमा अनि बेत्शेमेशसम्म गएको थियो। त्यो सीमाना यर्दननदीमा टुङ्गिएको थियो। त्यसमा जम्मा सोह्र शहरहरू र ती वरिपरिका खेतहरू थिए।
22 A fronteira tocava em Tabor, Seesima e Bet-Sames indo terminar no Jordão: dezesseis cidades com suas aldeias.
23 यी शहरहरू त्यो भूमिका अंश थिए जो इस्साकारको कुल समूहलाई दिएको थियो। प्रत्येक वंशले भूमिको आफ्नो भाग पाए।
23 Tal foi a parte da tribo dos filhos de Issacar segundo suas famílias, e tais são suas cidades e suas aldeias.
24 भूमिको पाँचौं भाग आशेरको कुल समूहलाई दिइयो। त्यस कुल समूहका प्रत्येक वंशले भूमिको आफ्ना भाग पाए।
24 A quinta sorte coube à tribo dos filhos de Aser, segundo suas famílias.
25 त्यस कुल समूहलाई दिएको भूमि यो होः हेलकत, हली, बेतेन, अक्क्षाप,
25 Sua fronteira era Halcat, Cali, Beten, Axaf,
26 अल्लम्मेलेक, अमाद अनि मिशाल।
26 Elmelec, Amaad e Messal; chegava pelo ocidente até o Carmelo e até Sior-Labanat.
27 त्यसपछि सीमाना पूर्व तर्फ घुम्यो र बेत्दागोनसम्म पुगेको थियो। त्यो सीमानाले जबूलून अनि यिप्तहेलको बेंसीलाई भेट्टाएको थियो। त्यसपछि त्यो सीमाना बेतेमेक अनि नीएलको उत्तर तर्फ गएको थियो। त्यो सीमानाले काबूलको उत्तर पार गर्यो।
27 Voltava em seguida pelo oriente para Bet-Dagon, tocava em Zabulon e no vale de Jeftael, ao norte de Bet-Emec e de Neiel, e estendia-se pela esquerda até Cabul,
28 त्यसपछि त्यो सीमाना एब्रोन, रहोब, हम्मोन अनि कानातर्फ फैलिएको थियो। त्यो सीमाना महा-सीदोन तर्फ लगातार फैलिएको थियो।
28 Abrã, Roob, Amon e Caná, até Sidônia, a Grande.
29 त्यसपछि त्यो सीमाना दक्षिणमा रामा तिर फर्केको थियो। त्यो सीमाना टायरको सुदृढ शहर तर्फ लगातार फैलिएर गएको थियो। त्यसपछि त्यो सीमाना घुमेर होसातिर गएको थियो। त्यो सीमाना अक्जीब,
29 Voltava depois para Ramah até a fortaleza de Tiro, e ia para Hosa, terminando no mar, pelo distrito de Acziba.
30 उम्मा, अपेक अनि रहोब नजिकको समुद्रमा टुङ्गिएको थियो।
30 Havia, além disso, Ama, Afec e Roob: vinte e duas cidades com suas aldeias.
31 ती शहर अनि ती वरिपरिका खेतहरू आशेरको कुल समूहलाई प्रदान गरिएका थिए। त्यस कुल समूहका प्रत्येकले भूमिको आफ्ना-आफ्ना हिस्सा प्राप्त गरे।
31 Esta foi a parte da tribo dos filhos de Aser, segundo suas famílias, e tais são suas cidades e suas aldeias.
32 भूमिको छैटौं भाग नप्तालीको कुल समूहलाई दिइयो। त्यस कुल समूहका प्रत्येक वंशले भूमिका आफ्ना भाग पाए।
32 A sexta sorte caiu aos filhos de Neftali, segundo suas famílias.
33 तिनीहरूको भूमिको सीमाना सानन्नीम नजिकको विशाल बृक्षदेखि शुरूभएको थियो। यो हेलेपको नजिकै छ। त्यसपछि त्यो सीमाना अदामीनेकेब अनि यब्नेल भएर गएको थियो। त्यो सीमाना लक्फूम तर्फ लगातार फैलिएर यर्दन नदीमा टुङ्गिएको थियो।
33 Sua fronteira partia de Helef, desde o carvalhal de Saananim, indo para Adami-Neceb e Jebnael, até Lecum, terminando no Jordão.
34 तब त्यो सीमाना अजमोत्ताबोर हुँदै पश्चिम तर्फ फर्क्यो। त्यसपछि त्यो जबूलूनको दक्षिणी किनारा हुँदै हुक्कोक पुग्यो अश्शेरको पश्चिमी किनारा अनि त्यसपट्टि यर्दन नदीको पूर्वपछि छोयो
34 Voltava depois pelo ocidente até Azanot-Tabor e atingia Hucuca. Ao sul, tocava em Zabulon, ao ocidente em Aser, ao oriente em Judá, perto do Jordão.
35 यी सीमानाहरू भित्र केही सुदृढ शहरहरू थिए। ती शहरहरू सिद्दीम, सेर, हम्मत, रक्कत, किन्नरेत,
35 Suas fortalezas eram: Assedim, Ser, Emat, Recat, Ceneret,
36 अदामा, रामा, हासोर,
36 Edema, Arama, Asor,
37 केदेश, एद्रेई, एन्हसोर,
37 Cedes, Edrai, En-Hasor,
38 यिरोन, मिग्दलेल, होरेम, बेतनात अनि बेत्शेमेश। जम्मा त्यसमा उन्नाईस शहरहरू अनि ती वरिपरिका सबै खेतहरू थिए।
38 Jeron, Magdalel, Horem, Bet-Anat e Bet-Sames: dezenove cidades com suas aldeias.
39 यी शहरहरू अनि ती वरिपरिका खेतहरू नप्तालीका कुल समूहलाई दिए। त्यस कुल समूहका प्रत्येकले आफ्ना भूमि प्राप्त गरे।
39 Esta foi a parte da tribo dos filhos de Neftali, segundo suas famílias e tais são suas cidades e suas aldeias.
40 त्यसपछि दान सातौं कुल समूह थियो जसलाई भूमि दिइयो।
40 A sétima sorte caiu à tribo dos filhos de Dã, segundo suas famílias.
41 यो त्यो भूमि हो जो तिनीहरूलाई दिएको थियोः सोरा, एश्ताओल, इशेमेस,
41 Sua fronteira compreendia Saraa, Estaol, Hir-Semes,
42 शाललबीन, अय्यालोन, इत्ला,
42 Selebin, Ajalon, Jetela,
43 एलोन, तिम्ना, एक्रोन,
43 Elon, Temna, Acron,
44 एल्तके, गिब्बतनो, बालात,
44 Eltece, Gebeton, Balaat,
45 यहूद, बनेबरक, गत्रिमोन,
45 Jud, Bene-Barac, Get-Remon,
46 मेयरकोन, रकोन जोपाको अनि नजिकका इलाका।
46 Me-Jarcon e Arecon com a terra fronteira a Jope.
47 तर दानका मानिसहरूलाई आफ्नो भूमि लिनमा कष्ट थियो। त्यहाँ शक्तिशाली शत्रुहरू थिए अनि दानका मानिसहरूले तिनीहरूलाई सजिलैसित परास्त गर्न सकेनन्। यसर्थ दानका मानिसहरू इस्राएलको उत्तरतर्फ गए अनि लेशेमको विरूद्ध लडे। तिनीहरूले लाएसाहलाई परास्त गरे अनि त्यहाँ जो बस्थे तिनीहरूलाई मारे। यसर्थ दानका मानिसहरू लेशेम शहरमा बसे। तिनीहरूले नाउँ दानमा परिवर्त्तन गरे किनभने त्यो तिनीहरूको कुल समूहका पिताको नाउँ थियो।
47 O território dos danitas estendia-se para além dos seus limites, porque, tendo combatido Lesém, tomaram-na e passaram-na ao fio da espada. Entrando em sua posse, habitaram-na e deram-lhe o nome de Dã, seu pai.
48 यी समस्त शहर अनि ती वरिपरिका खेतहरू दानका कुल समूहलाई दिइयो। प्रत्येकले भूमिको आफ्नो भाग पाए।
48 Tal foi a parte da tribo dos filhos de Dã, segundo suas famílias, e tais são as suas cidades e suas aldeias.
49 यसरी अगुवाहरूले भूमि विभाजन गर्ने अनि विभिन्न कुल समूहलाई ती प्रदान गरिने कार्य पूर्ण गरे। तिनीहरूले कार्य समाप्त गरिसके पछि इस्राएलका समस्त मानिसहरूले नूनका छोरा यहोशूलाई पनि केही भूमि प्रदान गर्ने निश्चय गरे। तिनलाई प्रतिज्ञा गरिएको भूमि यो थियो।
49 Acabada a repartição da terra segundo seus limites, os israelitas deram a Josué, filho de Nun, uma parte no meio deles.
50 तिनले यो भूमि प्राप्त गरून् भनी परमप्रभुले आज्ञा दिनु भएको थियो। यसर्थ यहोशूलाई तिनीहरूले एप्रैमको पार्वत्य देशको तिम्नथसेरह शहर प्रदान गरे। यो त्यही शहर थियो जो तिनलाई चाहिन्छ भनी यहोशूले तिनीहरूलाई भनेका थिए। यसर्थ यहोशूले त्यो शहरलाई दृढ तुल्याए अनि त्यहाँ बसे।
50 Por ordem do Senhor, deram-lhe a cidade que ele pediu, Tamnat-Saré, na montanha de Efraim. Josué reedificou a cidade e habitou nela.
51 यसरी यी सबै भूमिहरू इस्राएलका विभिन्न कुल समूहमा विभाजित गरिए। पूजाहारी एलाजार, नूनका छोरा यहोशू अनि प्रत्येक कुल समूहका अगुवाहरू भूमि विभाजन गर्न शीलोमा भेला भए। तिनीहरू भेट-हुने पालको प्रवेशद्वारमा परमप्रभुको समक्ष भेला भए। यसरी तिनीहरूले भूमि विभाजन पूर्ण गरे।
51 Estas são as partes que o sacerdote Eleazar, Josué, filho de Nun, e os chefes de família das tribos dos israelitas repartiram por sorte em Silo, diante do Senhor, à entrada da tenda de reunião. E assim acabaram a divisão da terra.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Josué 19, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.