Jeremias 34
The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010) vs VC
1 परमप्रभुबाट यर्मियाकहाँ सन्देश आयो। सन्देश त्यतिबेला आयो जब बाबेलका राजा नबूकदनेस्सर, यरूशलेम र त्यसका वरिपरिका शहरहरूका विरूद्ध लडाइँ गरिरहेका थिए। नबूकदनेस्सरसँग उसका सारा सेना अनि आफूले शासन गरेका राज्यहरूका सेना र मानिसहरू थिए।
1 Eis a palavra que pelo Senhor foi dirigida a Jeremias, quando Nabucodonosor, rei de Babilônia, com seu exército, com todos os reinos da terra que lhe eram vassalos e com todos os povos, combatia contra Jerusalém e as cidades que a cercavam.
2 परमप्रभु इस्राएलका परमेश्वर भन्नुहुन्छ, “यर्मिया यहूदाका राजाकहाँ जाऊ अनि तिनलाई भन ‘सिदकियाह, परमप्रभु यसो भन्नुहुन्छ म यरूशलेमको यो शहर बाबेलका राजालाई दिइरहेको छु जसले यसलाई जलाएर खरानी पार्नेछ।
2 Eis o que disse o Senhor Deus de Israel: vai procurar Sedecias, rei de Judá, e dize-lhe: Eis o que diz o Senhor: vou entregar esta cidade ao rei de Babilônia, que a incendiará.
3 सिदकियाह बाबेलका राजा देखि तिमी उम्कने छैनौ। तिमीलाई निसन्देह पक्रिने छ र उसलाई सुम्पने छ। तिमीले आफ्नै आँखाहरूले बाबेलका राजालाई देख्नेछौ आमने सामने कुरा गर्नेछौ। तब तिमीलाई बाबेलमा लैजानेछन्।
3 Nem tu lhe poderás escapar. Serás capturado e entregue às suas mãos. Verás o rei de Babilônia, face a face, que de viva voz te falará, e irás para Babilônia.
4 यहूदाका राजा सिदकियाह परमप्रभुको वचन सुन। परमप्रभुले तिमीहरूलाई भन्नुहुन्छ, तिमी युद्धमा मारिने छैनौ।
4 Escuta, contudo, Sedecias, rei de Judá, a palavra do, Senhor! Eis o que ele profere a teu respeito. Não morrerás pela espada.
5 तिमी शान्तिसित मर्नेछौ। मानिसहरूले तिम्रो पिता-पुर्खाहरूलाई जस्तै ती राजाहरू जो तिमी भन्दा अघि आए तिम्रो लागि धूप जलाउनेछन्। तिनीहरूले तिम्रा निम्ति शोक मनाउनेछन् र दु:खीत भएर भन्नेछन्। “हे! प्रभु।” मैले म कुरा तपाईंसँग भनेकोछु।’” यो सन्देश परमप्रभुबाट आएको हो।
5 Será em paz que haverás de morrer e, assim como perfumes foram queimados em honra de teus pais, os reis antigos que te precederam, assim também por ti serão queimados. Lágrimas serão derramadas por tua causa: eu, o Senhor, sou eu quem o prediz - oráculo do Senhor.
6 तब यर्मिया अगमवक्ताले परमेश्वरको यी सबै वचन यरूशलेममा सिदकियाहलाई भने।
6 Tudo isso transmitiu Jeremias ao rei Sedecias de Judá, em Jerusalém,
7 बाबेलका राजाले यरूशलेम अनि यहूदाको बाँकी रहेका गढीमा भएका शहरहरू लाकीश र अजेकाको विरूद्ध लडे। यी मात्र यहूदाको देशमा पर्खालले बारेका थियो।
7 enquanto o exército do rei de Babilônia sitiava a cidade, assim como Laquis e Azeca, últimas cidades de Judá que ainda resistiam.
8 राजा सिदकियाहले यरूशलेमका मानिसहरूसँग हिब्रू कमाराहरूलाई मुक्ति दिनलाई करार गरेका थिए। एउटा सिदकियाहले करार गरेपछि सन्देश परमप्रभुबाट यर्मियाकहाँ आयो।
8 Eis a palavra que foi dirigida a Jeremias pelo Senhor, depois que o rei Sedecias fez um pacto com o povo de Jerusalém, a fim de proclamar um decreto de alforria,
9 प्रत्येक मानिसले आफ्ना हिब्रू-कमाराहरूलाई स्वतंन्त्र पार्नु पर्ने हो। प्रत्येक हिब्रू कमारा-कमारीहरू स्वतंत्र गराउनु पर्ने हो। कसैले पनि यहूदा समुदायबाट कमारो नबनावोस्।
9 segundo o qual cada um deveria libertar seu escravo hebreu, homem ou mulher, não conservando na escravidão seus irmãos judeus.
10 यसकारण यहूदाका शासकहरू र मानिसहरूले यो करार स्वीकार गरे। प्रत्येक मानिसले आफ्ना कमारा-कमारीहरू स्वतन्त्र बनाउनेछ। प्रत्येक मानिस राजी भए र सबै कमारा-कमारीहरू स्वतंत्र गरिदिए।
10 Aceitaram todos esse acordo, chefes e povo, consentindo em emancipar seus escravos e em não mais conservá-los em servidão.
11 तर त्यसपछि, मानिसहरू ज-जसकहाँ आफ्ना कमारा-कमारीहरू थिए तिनीहरूले आफ्ना मन बद्ले। यसकारण फेरि तिनीहरू आफैले स्वतन्त्र पारेका मानिसहरू ल्याए अनि तिनीहरूलाई आफ्नो कमारा-कमारीलाई बनाए।
11 Mais tarde, porém, voltando atrás em tal decisão, retomaram os escravos e mulheres, que haviam libertado, reduzindo-os novamente ao estado de escravidão.
12 तब परमप्रभुबाट सन्देश यर्मियाकहाँ आयो
12 Foi então que a palavra do Senhor assim se dirigiu a Jeremias:
13 “यही नै परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ, ‘तिमीहरूका पिता-पुर्खाहरू मिश्रमा कमारा-कमारीहरू थिए मैले उनीहरूलाई मिश्रबाट निकालें अनि कमारापनबाट पनि निकालें र तिनीहरूलाई एउटा करार गरे।
13 Eis o que disse o Senhor, Deus de Israel: no dia em que tirei vossos pais da terra do Egito, desse período de escravidão, com eles concluí uma aliança, assim concebida:
14 यो करार अनुसार प्रत्येक मानिसले आफ्ना हिब्रू कमाराहरूलाई प्रत्येक सातौं वर्षको आरम्भमा स्वतंन्त्र दिनु पर्छ। प्रत्येक हिब्रू कमारा-कमारी छ वर्षको सेवा पछि स्वतन्त्र हुनु पर्छ। तर तिमीहरूका पिता-पुर्खाहरूले मेरो कुरामा ध्यान दिएनन्।
14 ao fim de sete anos, cada um de vós emancipará seu irmão hebreu que lhe houver sido vendido. Servir-te-á durante seis anos; no sétimo, porém, o libertarás. - Não me escutaram, entretanto, vossos pais, nem prestaram atenção.
15 भर्खरै तिमीहरू आफूले गरेको कामका निम्ति पश्चाताप गर्यौ अनि मेरो नजरमा के सही हो त्यो गर्यौ। जुन मन्दिर मेरो नाउँले प्रसिद्ध छ त्यसमा तिमीहरूले मेरो समक्ष एउटा करार गर्यौ अनि हिब्रू कमारा-कमारीहरूलाई स्वतन्त्र दिने घोषणा गर्यौ।
15 Agora, fizestes o que é grato a meus olhos, cada um proclamando a liberdade ao próximo pela conclusão de um acordo em minha presença, na casa em que meu nome é invocado.
16 तर फेरि, तिमीहरूले आफ्ना मन बद्लियौ। तिमीहरूले मेरो नाउँको बेइज्जत गर्यौ। तिमीहरूले मुक्ति दिएका कमारा-कमारीहरूलाई फर्काई ल्यायौ र बलपूर्वक तिनीहरूलाई कमारा-कमारी बनायौ।’
16 Mudastes, porém, de parecer e profanastes meu nome, retomando cada qual vosso escravo e vossa serva que se haviam tornado livres, para de novo os reduzirdes à escravidão.
17 “यसकारण परमप्रभु भन्नुहुन्छ, ‘तिमीहरूले मेरो कुराको पालन गरेनौ। तिमीहरूले आफ्ना मित्र अनि छिमेकीहरूलाई स्वतंत्र पारेनौ। यसकारण तरवार, अनिकाल र भयानक महामारीद्वारा मारिनको लागि म तिमीहरूलाई मुक्ति घोषणा गर्छु। म तिमीहरूको अवस्था यति दर्दनाक बनाउनेछु कि तिमीहरूको अवस्था देखी सम्पूर्ण पृथ्वी नै भयभीत हुनेछ।
17 Eis por que diz o Senhor: assim como não me haveis obedecido no que tange à proclamação da liberdade de vossos irmãos, vou, por minha vez, proclamar a vossa volta à espada, à peste e à fome, transformando-vos em objeto de espanto para todos os reinos da terra.
18 ज-जसले त्यो करार भंग गरेछन् अनि ज-जसले मेरो अघि गरेका प्रतिज्ञाहरू लत्याएका छन् तिनीहरूसित त्यही व्यवहार गर्नेछु जस्तो एउटी बाछीलाई दुइ फ्याक पार्छन् र ती दुइ टुक्राहरूको माझमा हिँडछन्।
18 Os homens que violaram minha aliança, e não observaram as cláusulas do acordo celebrado em minha presença, vou tratá-los como o touro, que cortaram em dois para passar entre as duas metades.
19 ती मानिसहरू जो त्यो बाछाको दुइफ्याक माझबाट हिँडे तिनीहरू यहूदा र यरूशलेमका शासकहरू, त्यो देशका मानिसहरू अनि नपुंसकहरू र पूजाहारीहरू थिए।
19 Os chefes de Judá e de Jerusalém, os eunucos, os sacerdotes, e toda a gente da terra, que passaram entre as duas partes do touro,
20 यसकारण ती मानिसहरू तिनीहरूका शत्रुहरूलाई सुम्पनेछु जसले तिनीहरूलाई मार्न चाहन्छन्। ती मानिसका लाशहरू चरा-चुरूङ्गीहरूका लागि खाद्य अनि पशुहरूको शिकार हुनेछ।
20 entregá-los-ei aos seus inimigos e àqueles que lhes procuram tirar a vida e os seus cadáveres servirão de pasto às aves do céu e aos animais da terra.
21 म यहूदाका राजा सिदकियाहलाई र उसका मानिसहरूलाई तिनीहरूका शत्रुहरूकहाँ सुम्पिनेछु जसले तिनीहरूलाई मार्न चाहन्छन्। ती सेनाहरू यरूशलेमबाट गइसकेका भएता पनि म तिनीहरूलाई बाबेलका राजाको सेनाहरूकहाँ सुम्पिनेछु।
21 Quanto a Sedecias, rei de Judá, entregá-lo-ei, juntamente com seus príncipes, aos inimigos e àqueles que lhe querem tirar a vida, ao exército do rei de Babilônia que de vós se apartou.
22 तर म आदेश दिनेछु अनि बाबेलका सेनाहरू फर्की आउनेछन्।’ यो परमप्रभुको सन्देश हो: ‘ती सेनाहरूले यरूशलेम विरूद्ध युद्ध गर्नेछ। बाबेलका सेनाहरूले यो शहर कब्जा गर्नेछन् र यसलाई जलाई खरानी बनाउनेछन्। म यहूदाका शहर ध्वंस पार्नेछु र यसलाई कोही नबस्ने निर्जन मरूभूमिमा परिणत गरिदिनेछु।’”
22 Vou dar ordens, - oráculo do Senhor - para que voltem a esta cidade. Eles a sitiarão tomando-a de assalto, e haverão de lhe pôr fogo. E transformarei as cidades de Judá em solidão, sem habitantes!
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar Jeremias 34, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.