Jeremias 1

The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010)

1 यी सन्देशहरू हिल्कियाहको छोरो यर्मियाका हुन्। यर्मिया एक पूजाहारी परिवारका थिए जो अनातोत शहरमा बस्दथे। त्यो शहर बिन्यामीन वंशको अधीनमा छ।

2 योशियाह यहूदाका राजा भएको समय देखि परमप्रभु यर्मियासित बात गर्न शुरू गर्नु भयो। योशियाहले सिंहासन आरोहण गरेको तेह्रौ वर्षमा यस्तो शुरू भयो।

3 योशियाहको छोरा यहोयाकीम यहूदाका राजा हुदाँ पनि परमप्रभुको वचन यर्मियालाई आयो। यहूदाका राजा सिद्कियाहको राज्यकालको एघारौंको वर्षको पाँचौं महीना सम्म यर्मियाकहाँ परमप्रभुको वचन आइरह्यो। यहोयाकीम योशियाहको छोरो थिए। सिद्कियाह पनि योशियाको छोरो थिए। त्यस समयमा यरूशलेममा बस्ने मानिसहरूलाई निवासन गराईयो।

4 परमप्रभुको यो सन्देश मकहाँ आयो:

5 “मैले तिमीलाई तिम्रो आमाको गर्भमा

6 तब मैले भने, “तर हे सेनाहरूका परमप्रभु! कसरी बोल्नु म जान्दिन्। म एउटा बालक बाहेक केही होइन।”

7 तर परमप्रभुले मलाई भन्नुभयो,

8 कसैसित नडराऊ।

9 तब परमप्रभुले आफ्ना हातहरू तन्काएर मेरो मुखमा छुनु भयो। परमप्रभुले मलाई भन्नुभयो,

10 आज म तिमीलाई राष्ट्रहरू र राज्य-राज्यहरूमाथिको कार्यभार सुम्पिदैछु।

11 परमप्रभुको सन्देश मकहाँ आयो। यो सन्देश परमप्रभुबाट नै आएको थियो: “यर्मिया, तिमीले के देख्छौं?”

12 परमप्रभुले मलाई भन्नुभयो, “तिमीले ठीकै देख्यौ। मेरो सन्देशलाई म नियालि रहेछ अनि म यो गर्नेछु।”

13 परमप्रभुको सन्देश मकहाँ फेरि आयो। परमप्रभुको सन्देश यस्तो थियो “यर्मिया, तिमीले के देख्यौ?”

14 परमप्रभुले मलाई भन्नुभयो, “केही भयानक उत्तरदेखि आउने छ।

15 म चाँडै उत्तर राज्यहरूका सम्पूर्ण मानिसहरूलाई बोलाउनेछु।”

16 अनि म मेरा मानिसहरूका विरूद्ध न्यायको उद्घोषणा गर्नेछु।

17 “यर्मिया तिमी चाहिँ, तैयार हौ उठ

18 आज म तिमीलाई फलामको खम्बा झैं

19 ती सबै मानिसहरू तिम्रो विरूद्धमा लड्नेछन्

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Jeremias 1, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.