João 9

The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010) vs ARC

Sair da comparação
ARC Almeida Revista e Corrigida 2009
1 जब येशू हिंडिरहनु भएको थियो, उहाँले एकजना अन्धो मान्छेलाई देख्नु भयो। त्यो मान्छे जन्मैदेखि अन्धा थियो।
1 E, passando Jesus, viu um homem cego de nascença.
2 येशूका चेलाहरूले सोधे, “गुरुज्यू यो मान्छे जन्मैदेखि अन्धो हो। कसको पापले उसलाई अन्धा जन्मायो? उसको आफ्नै पाप वा उसको माता-पिताको पाप?”
2 E os seus discípulos lhe perguntaram, dizendo: Rabi, quem pecou, este ou seus pais, para que nascesse cego?
3 येशूले उत्तर दिनुभयो, “यो न त उसको न त उसकी माताको पापहो जसले उसलाई अन्धा जन्माइन्। ऊ जन्मैदेखिको अन्धो हो ताकि उसलाई निको पारेर मानिसहरूलाई परमेश्वरको शक्ति देखाउन सकियोस्।
3 Jesus respondeu: Nem ele pecou, nem seus pais; mas foi assim para que se manifestem nele as obras de Deus.
4 अहिले जब दिनको समय छ हामीले उहाँको कामहरू गर्नु पर्छ जसले मलाई पठाउनु भयो। रात पर्न आँटेको छ। अनि कसैले पनि राती काम गर्दैन।
4 Convém que eu faça as obras daquele que me enviou, enquanto é dia; a noite vem, quando ninguém pode trabalhar.
5 जब म संसारमा छु, म संसारको ज्योति हूँ।”
5 Enquanto estou no mundo, sou a luz do mundo.
6 यसो भनिसकेर, येशूले भूँईंमा थुक्नु भयो र त्यसबाट केही माटोको हिलो बानाउनु भयो अनि येशूले त्यसलाई त्यस मानिसको आँखामा दलिदिनुभयो भयो।
6 Tendo dito isso, cuspiu na terra, e, com a saliva, fez lodo, e untou com o lodo os olhos do cego.
7 येशूले त्यस मानिसलाई भन्नुभयो, “जाऊ सिलोआमाको तलाउमा गएर पखाल।” (सिलोआमको अर्थ हुन्छ “पठाउनु”) तब त्यो मानिस तलाउमा गयो र धोयो। अब ऊ देख्ने लायकको भयो।
7 E disse-lhe: Vai, lava-te no tanque de Siloé (que significa o Enviado). Foi, pois, e lavou-se, e voltou vendo.
8 कोही मानिसहरूले पहिले त्यस मानिसलाई भीख मागिरहेको देखेका थिए। ती मानिसहरू र उनको छिमेकीहरूले भने, “हेर! यो त्यही मान्छे होइन जो सधैं बसेर भिख माग्दथ्यो?”
8 Então, os vizinhos e aqueles que dantes tinham visto que era cego diziam: Não é este aquele que estava assentado e mendigava?
9 कोही मानिसहरूले भने, “हो! त्यो त्यही हो।” तर अन्य मानिसहरूले भने, “अहँ, ऊ त्यो मान्छे होइन, ऊ त्यस्तै देखिएको मात्र हो।”
9 Uns diziam: É este. E outros: Parece-se com ele. Ele dizia: Sou eu.
10 मानिसहरूले जान्न चाहन्थे, “के भयो? तिमीले कसरी दृष्टि प्राप्त गर्यौ?”
10 Diziam-lhe, pois: Como se te abriram os olhos?
11 त्यस मानिसले जवाफ दिए, “त्यो मानिस जसलाई येशू भन्दछौ उहाँले धुलोबाट हिलो बनाउनु भयो। उहाँले त्यो मेरो आँखामा राखिदिनु भयो। तब उहाँले मलाई भन्नुभयो, ‘सिलोआममा जाऊ र पखाल।’ तब म सिलोआममा गएँ र पखालें। अनि तब मैले देख्न थालें।”
11 Ele respondeu e disse-lhes: O homem chamado Jesus fez lodo, e untou-me os olhos, e disse-me: Vai ao tanque de Siloé e lava-te. Então, fui, e lavei-me, e vi.
12 मानिसहरूले त्यस मानिसलाई सोधे, “त्यो मान्छे कहाँ छ?”
12 Disseram-lhe, pois: Onde está ele? Respondeu: Não sei.
13 त्यसपछि मानिसहरूले त्यस मान्छेलाई फरिसीहरूकहाँ ल्याए। यो त्यही मानिस थियो जो पहिला अन्धो थियो।
13 Levaram, pois, aos fariseus o que dantes era cego.
14 येशूले धुलोको हिलो बनाएर त्यस मानिसको आँखा निको पारिदिनु भयो। जुन दिन येशूले त्यस्तो काम गर्नुभयो त्यो दिन विश्रामको दिन थियो।
14 E era sábado quando Jesus fez o lodo e lhe abriu os olhos.
15 फरिसीहरूले पनि त्यस मानिसलाई सोधे, “कसरी तिमीले तिम्रो दृष्टि पायौ?”
15 Tornaram, pois, também os fariseus a perguntar-lhe como vira, e ele lhes disse: Pôs-me lodo sobre os olhos, lavei-me e vejo.
16 कोही फरिसीहरूले भने, “त्यस मानिसले विश्रामको दिन पालन गर्दैन। यसैले ऊ परमेश्वरबाट आएको होइन।”
16 Então, alguns dos fariseus diziam: Este homem não é de Deus, pois não guarda o sábado. Diziam outros: Como pode um homem pecador fazer tais sinais? E havia dissensão entre eles.
17 यहूदी अगुवाहरूले फेरि त्यस मानिसलाई सोधे, “यो मान्छेले तिमीलाई निको पार्यो अनि तिमीले देख्न सक्यौ। तिमी उसको बारेमा के भन्छौ?”
17 Tornaram, pois, a dizer ao cego: Tu que dizes daquele que te abriu os olhos? E ele respondeu: Que é profeta.
18 यहूदीहरूले त्यस मानिस त्यसरी निको भएको घटनामा विश्वास गरेनन्। तिनीहरूले त्यो मान्छे पहिले अन्धा र पछि निको भएको विश्वासै गरेनन्। यसर्थ तिनीहरूले उसको आमा बाबुलाई बोलाए।
18 Os judeus, porém, não creram que ele tivesse sido cego e que agora visse, enquanto não chamaram os pais do que agora via.
19 अनि यहूदीहरूले त्यसको आमा बाबुलाई सोधे, “यो तिमीहरूको छोरो हो? तिमीहरू भन यो जन्मै अन्धो थियो। तब अहिले उसले कसरी देख्न सक्यो?”
19 E perguntaram-lhes, dizendo: É este o vosso filho, que vós dizeis ter nascido cego? Como, pois, vê agora?
20 त्यसको आमा-बाबुले उत्तर दिए, “हामी जान्दछौ यो मेरो छोरो हो। अनि हामी जान्दछौ यो जन्मन्दै अन्धो थियो।
20 Seus pais responderam e disseram-lhes: Sabemos que este é nosso filho e que nasceu cego,
21 तर अहिले उसले कसरी देख्न सक्छ हामी जान्दैनौं। अनि हामी जान्दैनौं कसले उसलाई दृष्टि दियो। उसैलाई सोध्नुहोस्। ऊ अहिले ठूलो भएको छ अनि आफ्नो विषयमा उत्तर आफैंले दिने छ।”
21 mas como agora vê não sabemos; ou quem lhe tenha aberto os olhos não sabemos; tem idade; perguntai-lho a ele mesmo, e ele falará por si mesmo.
22 उनको आमा-बाबुले यहूदी अगुवाहरूको डरले गर्दा त्यसो भनेको हुन्। यहूदी अगुवाहरूले पहिल्यै निर्णय लिइसकेका थिए कि ज-जसले येशूलाई ख्रीष्ट भन्छन् तिनीहरू दण्डित हुनेछन्। अनि ती मानिसहरूलाई सभा-घरबाट निकलिदिनेछन्।
22 Seus pais disseram isso, porque temiam os judeus, porquanto já os judeus tinham resolvido que, se alguém confessasse ser ele o Cristo, fosse expulso da sinagoga.
23 यसैकारणले गर्दा उसको आमा-बाबुले भने, “ऊ ठूलो भएकोछ उसैलाई सोघ्नु होस्।”
23 Por isso, é que seus pais disseram: Tem idade; perguntai-lho a ele mesmo.
24 तब यहूदी अगुवाहरूले त्यस मानिस जो पहिला अन्धो थियो फेरि दोस्रोपल्ट बोलाएर भने, “तिमीलाई परमेश्वरको महिमा राख्न सत्य बोल्नु पर्छ। हामी जान्दछौ कि यो मानिस पापी हो।”
24 Chamaram, pois, pela segunda vez o homem que tinha sido cego e disseram-lhe: Dá glória a Deus; nós sabemos que esse homem é pecador.
25 त्यस मानिसले उत्तर दियो, “उहाँ पापी हुन भनेर म जान्दिन। तर म यति मात्र जान्दछुः म अन्धो थिएँ र अहिले देख्न सक्ने भएँ।”
25 Respondeu ele, pois, e disse: Se é pecador, não sei; uma coisa sei, e é que, havendo eu sido cego, agora vejo.
26 यहूदीहरूले सोधे, “उसले के गर्यो? तिम्रो आँखा कसरी निको पार्यो?”
26 E tornaram a dizer-lhe: Que te fez ele? Como te abriu os olhos?
27 त्यस मानिसले उत्तर दियो, “मैले तपाईंहरूलाई पहिल्यै भनिसकेको छु। तर तपाईंहरूले सुन्नु नै भएन। किन तपाईंहरू फेरि सुन्न चाहनु हुन्छ? के तपाईंहरू पनि उहाँको चेलाहरू हुन चाहनु हुन्छ?”
27 Respondeu-lhes: Já vo-lo disse e não ouvistes; para que o quereis tornar a ouvir? Quereis vós, porventura, fazer-vos também seus discípulos?
28 यहूदी अगुवाहरू एकदम रीसले चूर भए अनि त्यस मानिसलाई अप-शब्दद्वारा गाली गरे। तब तिनीहरूले भने, “तिमी त्यस मानिसको चेला हौ। हामी मोशाका चेलाहरू हौं।
28 Então, o injuriaram e disseram: Discípulo dele sejas tu; nós, porém, somos discípulos de Moisés.
29 हामी जान्दछौं कि परमेश्वर मोशासंग बोल्नु भयो। तर हामी त्यस मानिसको विषयमा चाहिँ एकदमै जान्दैनौं, ऊ कहाँबाट आएको हो।”
29 Nós bem sabemos que Deus falou a Moisés, mas este não sabemos de onde é.
30 त्यस मानिसले उत्तर दियो, “यो कस्तो अचम्मको कुरा हो। येशू कहाँबाट आउनु भयो, तपाँईहरू जान्नु हुन्न। तर उहाँले मेरो आँखालाई निको पारी दिनु भयो।
30 O homem respondeu e disse-lhes: Nisto, pois, está a maravilha: que vós não saibais de onde ele é e me abrisse os olhos.
31 हामी सबै जान्दछौं कि परमेश्वरले पापीहरूको कुरा सुन्नु हुन्न। तर परमेश्वरले चाहे जस्तै गर्नु हुन्छ।
31 Ora, nós sabemos que Deus não ouve a pecadores; mas, se alguém é temente a Deus e faz a sua vontade, a esse ouve.
32 यस्तो कहिल्यै पनि सुनिएको थिएन कि कसैले एक जन्मेको अन्धा मानिसलाई दृष्टि दियो।
32 Desde o princípio do mundo, nunca se ouviu que alguém abrisse os olhos a um cego de nascença.
33 त्यो मान्छे परमेश्वरबाटै आएको हुनपर्छ। यदि उनी परमेश्वरबाट नआएको भए उसले यस्तो कुनै कुरा गर्नसक्ने थिएनन्।”
33 Se este não fosse de Deus, nada poderia fazer.
34 यहूदी अगुवाहरूले उत्तर दिए, “तिमी पापैपापले भरिएर जन्मिएको रहेछौ। तिमीले हामीलाई सिकाउन खोज्छौं?” तिनीहरूले त्यस मानिसलाई घच्याडेर निकालिदिए।
34 Responderam eles e disseram-lhe: Tu és nascido todo em pecados e nos ensinas a nós? E expulsaram-no.
35 यहूदी अगुवाहरूले त्यस मानिसलाई निकालीदिएको येशूले चाल पाउनु भयो। येशूले त्यस मानिसलाई भेटेर भन्नुभयो, “तिमी मानिसको पुत्रमाथि विश्वास गर्छौ?”
35 Jesus ouviu que o tinham expulsado e, encontrando-o, disse-lhe: Crês tu no Filho de Deus?
36 त्यस मानिसले सोध्यो, “प्रभु, मानिसको पुत्र को हुन्? मलाई बातउनु होस्, तब म उहाँमा विश्वास गर्न सक्छु।”
36 Ele respondeu e disse: Quem é ele, Senhor, para que nele creia?
37 येशूले त्यस मानिसलाई भन्नुभयो, “तिमीले उसलाई देखिसकेकाछौ। मानिसको पुत्र उही हुन् जो तिमीसंग अहिले बोलिरहेकोछ।”
37 E Jesus lhe disse: Tu já o tens visto, e é aquele que fala contigo.
38 त्यस मानिसले भन्यो, “हो प्रभु, म विश्वास गर्छु।” त्यसपछि उसले येशूलाई दण्डवत् गर्यो।
38 Ele disse: Creio, Senhor. E o adorou.
39 येशूले भन्नुभयो, “म यस संसारमा न्याय गर्न आएको हुँ। म त्यसकारण आएको हुँ कि अन्धा मानिसहरूले देख्न सकोस्। म त्यसकारणले आएको हुँ कि देख्न सक्नेहरू अन्धा होउन्।”
39 E disse-lhe Jesus: Eu vim a este mundo para juízo, a fim de que os que não veem vejam e os que veem sejam cegos.
40 कोही फरिसीहरू येशूको नजिकै थिए। तिनीहरूले येशूले त्यसो भन्नु भएको सुने। तिनीहरूले सोधे, “हामी पनि अन्धा छौं भनेर तिमी भनिरहेछौ?”
40 Aqueles dos fariseus que estavam com ele, ouvindo isso, disseram-lhe: Também nós somos cegos?
41 येशूले भन्नुभयो, “यदि तिमीहरू साँच्चि नै अन्धा भएको भए तिमीहरू पापको दोषी हुने थिएनौं। तर अहिले तिमीहरूले देख्छु भन्यौ, यसकारण तिमीहरूको दोष रहिरहन्छ।”
41 Disse-lhes Jesus: Se fôsseis cegos, não teríeis pecado; mas como agora dizeis: Vemos, por isso, o vosso pecado permanece.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar João 9, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.