João 7

The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010) vs NAA

Sair da comparação
NAA Nova Almeida Atualizada 2017
1 यो घटना पछि, येशूले गालील देशको चारैतिर यात्रा गर्नुभयो। येशूले यहूदियामा भ्रमण गर्न चाहनु भएन किनभने यहूदीहरूले उहाँलाई मार्ने मौका खोजी रहेका थिए।
1 Passadas essas coisas, Jesus andava pela Galileia, porque não desejava andar pela Judeia, visto que os judeus queriam matá-lo.
2 त्यसबेला यहूदीहरूको छाप्रो वासको चाड थियो।
2 E a festa dos judeus, chamada de Festa dos Tabernáculos, estava próxima.
3 तब येशूका भाइहरूले उहाँलाई भने, “तपाईंले यता छोडेर यहूदाको पर्वमा जानुपर्छ। तब तपाईंका चेलाहरूले त्यहाँ तपाईंले गर्नु भएको महान कार्य देख्न सक्नेछन्।
3 Então os irmãos de Jesus se dirigiram a ele e disseram: — Deixe este lugar e vá para a Judeia, para que também os seus discípulos vejam as obras que você faz.
4 यदि कसैले आफूलाई जनसमूह माझ प्रकाश गर्न चाहन्छ भने, उसले आफ्नो काम गुप्तीरूपले गर्नु हुँदैन। संसारलाई आफू स्वयंले देखाऊ। तिमीले गरेका चमत्कारहरू तिनीहरूले देखुन्।”
4 Porque, se alguém quer ser conhecido, não pode realizar os seus feitos em segredo. Já que você faz essas coisas, manifeste-se ao mundo.
5 (येशूका भाइहरूले सम्म उहाँमाथि विश्वास गर्दैनथिए।)
5 Acontece que nem mesmo os irmãos de Jesus criam nele.
6 येशूले उहाँका भाइहरूलाई भन्नुभयो, “मेरो निम्ति ठीक समय अझै आइपुगेको छैन। तर कुनै समय पनि तिमीहरूको लागि जाने बेला आउँछ।
6 Então Jesus lhes disse:
7 संसारले तिमीहरूलाई घृणा गर्न सक्तैनन्। तर यो संसारले मलाई घृणा गर्छ। किनभने मैले तिनीहरूलाई तिनीहरूका कामहरू दुष्ट छन् भनी देखाएँ।
7 O mundo não pode odiar vocês, mas a mim ele odeia, porque eu dou testemunho a respeito dele, dizendo que as suas obras são más.
8 यसर्थ तिमीहरू चाडमा जाऊ। म चाडमा यस पल्ट जाँदिन। मेरा निम्ति ठीक समय अझै आएको छैन।”
8 Vão vocês para a festa. Eu não vou, porque o meu tempo ainda não se cumpriu.
9 त्यति भनिसके पछि, उहाँ गालीलमा नै बस्नु भयो।
9 Tendo dito isso, Jesus continuou na Galileia.
10 तब येशूका भाईहरू चाडतिर गए। तब उहाँ पनि चाडमा जानुभयो। तर येशू खुल्लम खुल्ला त्यहाँ जानु भएन, तर गुप्तीरूपले जानुभयो।
10 Depois que seus irmãos tinham ido à festa, Jesus também foi, não publicamente, mas em segredo.
11 त्यो चाडमा यहूदीहरूले येशूलाई खोजे। तिनीहरूले भने, “त्यो मानिस कहाँ छ?”
11 Ora, os judeus o procuravam na festa e perguntavam: — Onde estará ele?
12 त्यहाँ धेरै मात्रामा मानिसहरूको घुइँचो थियो। तिनीहरू मध्ये कसै-कसैले येशूको विषयमा गुप्त प्रकारले कुरा गरिरहेको थिए। कतिपय मानिसहरुले भने, “उहाँ एक असल मानिस हुनु हुन्छ।” तर कतिपयले भने, “होइन, मानिसहरूलाई मूर्ख बानउँदछ।”
12 E havia grande murmuração a respeito de Jesus entre as multidões. Uns diziam: — Ele é bom. E outros afirmavam: — Não, não é! Ele engana o povo.
13 तर कसैको पनि येशूको विषयमा खुल्लमखुल्ला प्रकारले कुरा गर्ने आँट थिएन। मानिसहरू यहूदी अगुवाहरूसंग डराउँदथे।
13 Entretanto, ninguém falava dele abertamente, por ter medo dos judeus.
14 त्यो पर्व आधा जस्तो सिद्धिन थालेको थियो। तब येशू मन्दिरको प्राङ्गाणमा जानुभयो अनि मानिसहरूलाई सिकाउन शुरू गर्नुभयो
14 Quando a festa já estava na metade, Jesus foi ao templo e começou a ensinar.
15 यहूदीहरू छक्क परे। तिनीहरूले भने, “यो मानिस कहिल्यै स्कूलमा पढेन उसले कसरी यति विघ्न कुराहरू जान्यो?”
15 Então os judeus se maravilhavam e diziam: — Como é que ele pode ser letrado, se não chegou a estudar?
16 येशूले जवाफमा भन्नुभयो, “जुन कुराहरू म पढाइरहेछु त्यो मेरो आफ्नै होइन। मेरो शिक्षा उहाँबाट आउँदछ जसले मलाई पठाउनु भयो।
16 Jesus lhes respondeu:
17 यदि कुनै मानिसले परमेश्वरको इच्छा अनुसार काम गर्न चाहन्छ भने तब उसले मेरो शिक्षण परमेश्वरबाटै आँउछ भनी बुझ्नेछ। यो मेरो आफ्नै शिक्षण होइन भनेर उसले जान्दछ।
17 Se alguém quiser fazer a vontade de Deus, conhecerá a respeito da doutrina, se ela é de Deus ou se eu falo por mim mesmo.
18 कुनै मानिस जसले आफ्नो विचार मात्र बताउँदछ उसले आफै मात्र सम्मान पाउनलाई प्रयास गर्दछ। तर जुन मानिस जसले आफूलाई पठाउनेको सम्मान ल्याउने प्रयास गर्दछ उसले सत्य बोल्दछ। अनि उसकोमा केही असत्य रहनेछैन।
18 Quem fala por si mesmo está buscando a sua própria glória; mas o que busca a glória de quem o enviou, esse é verdadeiro, e nele não há falsidade.
19 के मोशाले तिमीहरूलाई व्यवस्था प्रदान गर्नु भएन? तर तिमीहरू कसैले ती व्यवस्था पालन गरेनौ। किन तिमीहरू मलाई मार्न चाहन्छौ?”
19 Não é fato que Moisés deu a Lei para vocês? Contudo, nenhum de vocês a cumpre. Por que estão querendo me matar?
20 मानिसहरूले जवाफ दिए, “एक भूतात्मा तिमीभित्र छ र त्यसले तिमीलाई बौलाहा बनाएको छ। कसले तिमीलाई मार्न चाहन्छ?”
20 A multidão respondeu: — Você tem demônio. Quem é que está querendo matá-lo?
21 येशूले तिनीहरूलाई भन्नुभयो, “मैले एउटा चमत्कार गरें र तिमीहरू सबै छक्क पर्यौ।
21 Jesus respondeu:
22 मोशाले तिमीहरूलाई खतनाको बारेमा नियम प्रदान गर्नुभयो। तर खासमा खतनाको नियम मोशाबाट आएको होइन। खतना हाम्रो पिता-पुर्खाबाट आएको हो जो मोशा भन्दा अगाडि थिए कहीले काँही विश्रामको दिनामा तिमीहरू शिशु को खतना गर्छौ।
22 Moisés lhes deu a circuncisão — se bem que ela não vem de Moisés, mas dos patriarcas —, e vocês fazem a circuncisão de um menino até mesmo no sábado.
23 यसले के देखाउँछ भने एकजना मानिसले मोशाको व्यवस्था उलङ्घन नहोस् भनी विश्रामको दिनमा खतना लिन सक्छ। तब मैले विश्रामकै दिनमा एकजना मानिसको सम्पूर्ण शरीर निको पार्दा तिमीहरू मसित किन रिसाउँछौ?
23 E, se um menino pode ser circuncidado em dia de sábado, para que a Lei de Moisés não seja desrespeitada, por que vocês ficam indignados contra mim, pelo fato de eu ter curado por completo um homem num sábado?
24 बाहिरी रूपलाई जाँच गर्न छाडी देऊ। निष्पक्ष बन र सत्य अनुसार जाँच गर।”
24 Não julguem segundo a aparência, mas julguem pela reta justiça.
25 यरूशलेमका कोही बासिन्दाहरूले भने, “यो त्यही मानिस होइन जसलाई मानिसहरूले मार्ने चेष्टा गरिरहेकाछन्?
25 Alguns de Jerusalém diziam: — Não é este o homem que estão querendo matar?
26 हेर, तिनी खुल्लम-खुल्ला शिक्षा दिइरहेका छन्। यद्यपि कसैले उहाँलाई शिक्षा दिन रोक्ने चेष्टा गरिरहेका छैनन्। के अग्रजहरूले उनी नै ख्रीष्ट हुन भन्ने निर्णय गरे?
26 Eis que ele fala abertamente, e ninguém lhe diz nada. Será que as autoridades reconhecem de fato que este é o Cristo?
27 तर हामी जान्दछौ उहाँ कहाँ बाट आएका हुन्। जब ख्रीष्ट आउनु हुनेछ, उहाँ कहाँबाट आउनु हुन्छ कसैलाई थाहा हुँदैन।”
27 Mas nós sabemos de onde este homem vem. Quando, porém, o Cristo vier, ninguém saberá de onde ele é.
28 येशूले मन्दिरको प्राङ्गाणमा शिक्षा दिइरहनु भएको थियो। येशूले ठूलो स्वरमा भन्नुभयो, “हो, तिमीहरू म को हुँ र कहाँबाट आएको हो भनेर जान्दछौ। तर म आफ्नै अधिकारबाट आएको भने होइन। मलाई कसैले पठाएका हो जो सत्य हुनुहुन्छ। तिमीहरू उहाँलाई जान्दैनौ।
28 Enquanto ensinava no templo, Jesus disse em voz alta:
29 तर म मात्र उहाँलाई जान्दछु अनि म उहाँबाटै आएको हुँ। उहाँले नै मलाई पठाउनु भएको हो।”
29 Eu o conheço, porque venho da parte dele e ele me enviou.
30 जब येशूले त्यसो भन्नुभयो, मानिसहरूले उहाँलाई पक्रन चाहन्थे तर कसैले पनि उहाँलाई छुन सम्म सकेनन्। येशूलाई अहिले नै मारि हाल्नु पर्ने ठीक समय भएको थिएन।
30 Então quiseram prendê-lo, mas ninguém lhe pôs as mãos, porque a sua hora ainda não havia chegado.
31 तर धेरै जनाले येशूमा विश्वास गरे। मानिसहरूले भने, “हामी ख्रीष्ट आउनु हुन्छ भनेर पर्खिरहेकाछौं। जब ख्रीष्ट आउनु हुनेछ तब उहाँले यो मानिसले भन्दा अझ बेशी चमत्कारहरू गर्न सक्नु हुन्छ र? होइन, अतः यही मान्छे ख्रीष्ट हुनुपर्छ।”
31 Porém muitos dentre a multidão creram nele e diziam: — Quando o Cristo vier, será que vai fazer maiores sinais do que este homem tem feito?
32 फरिसीहरूले येशूको विषयमा मानिसहरूले गुप्तीरूपमा कुराहरू गरेको सुने। यसैले मुख्य पूजाहारीहरू र फरिसीरूले येशूलाई पक्रन मन्दिरको कोही पहरेदारहरूलाई पठाए।
32 Os fariseus, ouvindo a multidão murmurar essas coisas a respeito de Jesus, juntamente com os principais sacerdotes enviaram guardas para o prender.
33 तब येशूले भन्नुभयो, “अब केही क्षण म तिमीहरूसंग बस्नेछु। तब म उहाँकहाँ जानेछु जसले मलाई पठाउनु भयो।
33 Jesus disse:
34 तिमीहरूले मलाई खोज्नेछौ, तर तिमीहरूले मलाई भेट्ने छैनौ। अनि जहाँ म हुन्छु त्यस ठाउँमा तिमीहरू आउन सक्नेछैनौ।”
34 Vocês irão me procurar, mas não me acharão; vocês também não podem ir para onde eu estou.
35 यहूदीहरूले आपसमा भने, “उनी कहाँ जानेछन्, के हामीले उनलाई भेट्न सक्ने छैनौं? के उनी यूनानीहरूमा जानेछन् जहाँ हाम्रा मानिसहरू वस्दछन्? के तिनी यूनानी मानिसहरूलाई शिक्षा दिन जानेछन्?
35 Então os judeus disseram uns aos outros: — Para onde ele irá que não o possamos achar? Será que pretende ir para a diáspora entre os gregos, a fim de ensinar os gregos?
36 उनले भन्छन, ‘तिमीहरूले खोज्यौ भने पनि मलाई भेटने छैनौ।’ उसले यसो पनि भन्दछ, ‘म जहाँ छु तिमीहरू त्यहाँ आउन सक्तैनौ।’ यसको अर्थ के हो?”
36 Que significa isso que ele diz: “Vocês irão me procurar, mas não me acharão; vocês também não podem ir para onde eu estou?”
37 पर्वको अन्तिम दिन थियो। यो एकदमै मुख्य दिन थियो। त्यसदिन येशू उभिनु भयो र ठूलो स्वरमा भन्नुभयो, “यदि कुनै मानिसहरूलाई तीर्खा लागेको छ भने मकहाँ आऊ र पिऊ।
37 No último dia, o grande dia da festa, Jesus se levantou e disse em voz alta:
38 यदि कुनै मानिसले मलाई विश्वास गर्छ भने, उसको हृदयबाट जिउँदो पानी बग्नेछ। धर्मशास्त्रमा यही लेखिएकोछ।”
38 Quem crer em mim, como diz a Escritura, do seu interior fluirão rios de água viva.
39 येशूले वास्तवमा पवित्र आत्माको विषयमा बताइरहनु भएको थियो। पवित्र आत्मा मानिसहरूलाई अझ सम्म दिइएको थिएन किनभने येशू अझ सम्म मर्नु भएको थियन, अनि महिमातर्फ नै उठेको थिएन। तर पछि, ती जसले येशूमा विश्वास गर्छन् पवित्र आत्मा पाउने छन्।
39 Isso ele disse a respeito do Espírito que os que nele cressem haviam de receber; pois o Espírito até aquele momento não tinha sido dado, porque Jesus ainda não havia sido glorificado.
40 मानिसहरूले येशूले भन्नु भएका ती कुराहरू सुने। कोही मानिसहरूले भने, “यो मानिस साँच्ची नै अगमवक्ता हो।”
40 Quando ouviram essas palavras, alguns do meio do povo diziam: — Este é verdadeiramente o profeta.
41 अन्य मानिसहरूले भने, “उनी ख्रीष्ट हुन्।”
41 Outros diziam: — Ele é o Cristo. Outros, porém, perguntavam: — Por acaso o Cristo virá da Galileia?
42 धर्मशास्त्र अनुसार ख्रीष्ट दाऊदको परिवारबाट आउनेछन्। अनि अझ धर्मशास्त्रले भन्दछ कि ख्रीष्ट बेतलेहेमबाट आउनेछन्, त्यो शहर जहाँ दाऊद बस्थे।”
42 Não diz a Escritura que o Cristo vem da descendência de Davi e da aldeia de Belém, de onde era Davi?
43 तब येशूको विषय लिएर परस्परमा तिनीहरू सहमती भएनन्।
43 Assim, houve divisão entre o povo por causa dele.
44 कोही मानिसहरूले येशूलाई पक्रन चाहन्थे। तर कसैले पनि तिनीमाथि आफ्नो हात हालेनन्।
44 Alguns queriam prendê-lo, mas ninguém lhe pôs as mãos.
45 तब मन्दिरका पहरेदाहरू, मुख्या पूजाहारीहरू र फरिसीहरूभए कहाँ फर्के। तिनीहरूले मन्दिरका पहरेदाहरू सोधे, “तिमीले किन येशूलाई ल्याएनौ?”
45 Os guardas voltaram à presença dos principais sacerdotes e fariseus, e estes lhes perguntaram: — Por que vocês não o trouxeram?
46 मन्दिरका पहरेदारहरूले उत्तर दियो, “कुनै मानिसले पनि अझ सम्म यस प्रकारले शिक्षा दिएको छैन!”
46 Eles responderam: — Jamais alguém falou como este homem.
47 फरिसीहरूले उत्तर दिए, “तब तिमीहरू पनि मूर्ख बनियौ।
47 Os fariseus disseram aos guardas: — Será que também vocês foram enganados?
48 अगुवाहरू कसैले येशूमा विश्वास गरेकोछ, यही होइन? कुनै फरिसीहरूले उसमाथि विश्वास गरेकोछ? छैन!
48 Por acaso alguma das autoridades ou algum dos fariseus creu nele?
49 तर ती मानिसहरू जौ बाहिर छन् जसले व्यवस्थाको विषयमा केही पनि जान्दैनन् तिनीहरूले मात्र उहाँलाई विश्वास गरेकाछन्। परमेश्वरले तिनीहरूलाई श्राप दिनु भएकोछ।”
49 Mas esse povo que nada sabe da lei é maldito.
50 तर निकोदिमस् ती अगुवाहरूमध्ये एकजना थिए। निकोदेमस त्यो मानिस थियो जो येशूलाई हेर्न पहिल्यै गएको थियो। उनले भने,
50 Nicodemos, um deles, que antes tinha ido conversar com Jesus, perguntou-lhes:
51 “हाम्र व्यवस्थाले ऊबाट पहिले नसुनी तथा उसले के गरेकोछ नजानी एक मानिसलाई दण्ड दिनु हामीलाई अनुमति दिंदैन।”
51 — Será que a nossa lei condena um homem sem primeiro ouvi-lo e saber o que ele fez?
52 यहूदी अगुवाहरूले उत्तर दिए, “तिमी पनि गालीलबाटै आएको हौ? धर्मशास्त्र अध्ययन गर अनि तिमीले जान्नेछौ कि कुनै पनि आगमवक्ता गालीलबाट आउँदैन्।”
52 Eles responderam: — Por acaso também você é da Galileia? Examine e verá que da Galileia não se levanta profeta.
53 सबै यहूदी अगुवाहरू आ-आफ्ना घर गए।
53 E cada um foi para a sua casa.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar João 7, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.