João 6
The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010) vs NAA
1 यसपछि, येशू गालील, अर्थात् तिबेरियसको झील पारि जानुभयो।
1 Depois dessas coisas, Jesus atravessou o mar da Galileia, que é o de Tiberíades.
2 धेरै ठूलो भीडले येशूलाई पछ्यायो किनभने तिनीहरूले विरामीहरूलाई निको पार्न चमत्कारहरू गर्नु भएको देखेका थिए।
2 Uma grande multidão o seguia, porque tinham visto os sinais que ele fazia na cura dos enfermos.
3 येशू डाँडामाथि जानु भयो अनि आफ्ना चेलाहरूसंग त्यहाँ बस्नु भयो।
3 Então Jesus subiu ao monte e sentou-se ali com os seus discípulos.
4 त्यसबेला यहूदीहरूको निस्तार चाडको समय प्रायः आइसकेको थियो।
4 Ora, a Páscoa, festa dos judeus, estava próxima.
5 येशूले आफ्नो नजर उठाउनु भयो अनि धेरै मानिसहरू उहाँकहाँ आइरहेको देख्नु भयो। येशूले फिलिपलाई भन्नुभयो, “हामीले तिनीहरूलाई खुवाउनको निम्ति रोटीहरू कहाँ किन्न सक्छौं?”
5 Então Jesus, erguendo os olhos e vendo que uma grande multidão se aproximava, disse a Filipe:
6 येशूले यो प्रश्न फिलिपलाई जाँच्नलाई सोध्नु भएको थियो। उहाँलाई थाहा भइसकेको थियो कि उहाँले के गरिरहुनु भएको छ।
6 Mas Jesus dizia isto para testá-lo, porque sabia o que estava para fazer.
7 फिलिपले उत्तर दिए, “यदी हामी सबैले महिनाभरि काम गर्यौ भने पनि प्रत्येकलाई एक एक टुक्रा रोटी दिने पैसा पुग्ने छैन।”
7 Filipe respondeu: — Nem mesmo duzentos denários de pão seriam suficientes para que cada um recebesse um pedaço.
8 त्यहाँ येशूका अर्का एक जना चेला थिए। तिनी शिमोन पत्रुसका भाइ अन्द्रियास थिए।
8 Um dos discípulos, chamado André, irmão de Simão Pedro, disse a Jesus:
9 आन्द्रियासले भने, “यहाँ एक जना केटो छ। जसकोमा पाँच वटा जौको रोटी र दुइ टुक्रा साना माछा छन्। तर यो त्यति विघ्न मानिसहरूको लागि केही होइन।”
9 — Aqui está um menino que tem cinco pães de cevada e dois peixinhos. Mas o que é isto para tanta gente?
10 येशूले भन्नुभयो, “मानिसहरूलाई बस्न लाऊ।” यो घाँसै-घाँस भएको ठाउँ थियो। त्यहाँ 5,000 जति मानिसहरू बसिरहेका थिए।
10 Jesus disse: Havia muita relva naquele lugar. Assim, os homens se assentaram, e eram quase cinco mil.
11 येशूले रोटी लिनु भयो र परमेश्वरलाई यसको निम्ति धन्यवाद दिनुभयो, अनि त्यहाँ बसेका जम्मैलाई रोटी बाँड्नु भयो। माछा पनि त्यसरीनै बाँड्नु भयो। येशूले मानिसहरूलाई जति चाहान्थे त्यति नै दिनु भयो।
11 Então Jesus pegou os pães e, tendo dado graças, distribuiu-os entre eles; e também igualmente os peixes, tanto quanto queriam.
12 जब तिनीहरूले खाई सके येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “उब्रेका टुक्राहरू बटुल। केही पनि नष्ट नपार।”
12 E, quando já estavam satisfeitos, Jesus disse aos seus discípulos:
13 तब चेलाहरूले उब्रिएको रोटीको टुक्राहरू बटुले। पाँचवटा जौको रोटीहरू मानिसहरूले खाएर उब्रेको टुक्राहरू तिनीहरूले ठूलाठूला बाह्रवटा डोकोहरू मा भरे। पाचँवटा रोटीहरू र दुईवटा माछाबाट मात्र शुरू गरेका थिए। चेलाहरूले ती उब्रेका टुक्राहरू ठूलठूला बाह्र डोकोहरूमा भरे।
13 Assim, pois, o fizeram e encheram doze cestos de pedaços dos cinco pães de cevada, que sobraram depois que todos tinham comido.
14 येशूले त्यस्तो चमत्कार गर्नुभएको मानिसहरूले देखे। तिनीहरूले भने, “संसारमा जो अगमवक्ता आउनेवाला हुनु हुन्थ्यो साँच्चै उहाँ नै हुनु हुँदो रहेछ।”
14 Quando as pessoas viram o sinal que Jesus havia feito, disseram: — Este é verdadeiramente o profeta que devia vir ao mundo.
15 येशूले बुझ्नु भयो कि आउने अनि उहाँलाई जबरजस्ती राजा बनाउने योजना मानिसहरूले गर्दै थिए। यसकारण, उहाँले त्यो ठाँउ छाडेर एक्लै पहाडमा जानु भयो।
15 Jesus ficou sabendo que estavam para vir com a intenção de fazê-lo rei à força. Então ele se retirou outra vez, sozinho, para o monte.
16 त्यस साँझ येशूका चेलाहरू गालील झील तर्फ गए।
16 Ao final do dia, os discípulos de Jesus desceram para o mar.
17 यसबेला अन्ध्यारो भइसक्दा पनि येशू फर्कनु भएको थिएन। चेलाहरू डुङ्गामा चढे अनि कफर्नहुम जान लागे। कफर्नहुम समुद्रको अर्को पट्टि थियो।
17 E, entrando num barco, passaram para o outro lado, rumo a Cafarnaum. Já estava escuro, e Jesus ainda não tinha ido até onde eles estavam.
18 हावा जोडले चलेकोले गर्दा त्यस समूद्रमा ठूलो छाल उठेर डुङ्गालाई उल्टा घचेटिरहेको थियो।
18 E o mar começava a ficar agitado, porque soprava um vento forte.
19 तिनीहरूले पाँच-छ कोलोमिटरसम्म डुङ्गा खियाएर लगे। तब तिनीहरूले येशूलाई देखे। उहाँ पानिमाथि हिंडिरहनु भएको थियो। उहाँ डुङ्गा भए तर्फ आउनु भयो। चेलाहरू डराए।
19 Os discípulos já tinham navegado uns cinco ou seis quilômetros, quando viram Jesus andando sobre o mar, aproximando-se do barco; e ficaram com medo.
20 तर येशूले तिनीहरूलाई भन्नु भयो, “नडराउ, यो म हूँ।”
20 Mas Jesus lhes disse:
21 जब उहाँले तिनीहरूसँग बात गर्नुभयो उहाँलाई डुङ्गामा ल्याउन पाँउदा तिनीहरू आनन्दित भए। तब डुङ्गा जमीनतिर आई पुग्यो जुन ठाउँमा तिनीहरू पुग्न चाहन्थे।
21 Então eles o receberam com alegria, e logo o barco chegou ao seu destino.
22 अर्को दिन आई पुग्यो। कोही मानिसहरू समुद्रको अर्को किनारतिर बसेका थिए। येशू अब आफ्ना चेलाहरूसंग जानु भएन भन्ने कुरा ती मानिसहरूले थाहा पाए, तर तिनीहरू आफै छोडीए। तिनीहरूले पनि थाहा पाए त्यहाँ एउटा मात्र डुङ्गा थियो।
22 No dia seguinte, a multidão que tinha ficado do outro lado do mar notou que ali havia apenas um pequeno barco e que Jesus não tinha entrado nele com os seus discípulos, tendo estes partido sozinhos.
23 तर तिबेरियासबाट केही डुङ्गाहरू आए। ती डुङ्गाहरू त्यही ठाँउ नजिक थामिए जहाँ परमप्रभुले परमेश्वरलाई धन्यवाद दिनु भए पछि त्यो भीडले रोटी खाएको थियो।
23 Entretanto, outros barquinhos de Tiberíades se aproximaram do lugar onde a multidão havia comido o pão depois que o Senhor deu graças.
24 ती मानिसहरूले त्यहाँ अब न त येशू न उहाँका चेलाहरू नै देखे। यसर्थ तिनीहरू डुङ्गाहरू लिएर कफर्नहुमतिर लागे । किनभने तिनीहरू येशूलाई भेट्न चाहन्थे।
24 Quando aquela multidão viu que Jesus não estava ali nem os seus discípulos, entraram nos barcos e partiram para Cafarnaum à procura de Jesus.
25 मानिसहरूले येशूलाई समुद्र पट्टि देखे। तिनीहरूले उहाँलाइ सोधे, “रब्बि, तपाईं यहाँ कहिले आई पुग्नु भयो?”
25 E, tendo-o encontrado no outro lado do mar, lhe perguntaram: — Mestre, quando o senhor chegou aqui?
26 उहाँले उत्तर दिनु भयो, “तिमीहरूले मलाई किन खोजिरहेछौ? के मेरो चमत्कारहरू जसले मेरो शक्तिको प्रमाण दिन्छ देखे पछि मलाई खोजिरहेकाछौ? अहँ! म सत्य भन्छु, तिमीहरूले मलाई खोजेको कारण के हो भने तिमीहरूले रोटी खोयौ र पुरा अघायौ।
26 Jesus respondeu:
27 जुन खाद्य नष्ट हुन्छ त्यसको निम्ति काम नगर तर जुन खाद्य नष्ट हुँदैन अनि अनन्त जीवन दिन्छ त्यसको निम्ति काम गर। मानिसको पुत्रले तिमीहरूलाई त्यस्तो खाद्य दिनु हुन्छ। पिताले देखाएका छन् कि उनी मानिसका पुत्र संग छन्।”
27 Trabalhem, não pela comida que se estraga, mas pela que permanece para a vida eterna, a qual o Filho do Homem dará a vocês; porque Deus, o Pai, o confirmou com o seu selo.
28 मानिसहरूले येशूलाई सोधे, “परमेश्वरले हामीबाट कस्तो प्रकारको काम चाहनु हुन्छ।”
28 Então lhe perguntaram: — Que faremos para realizar as obras de Deus?
29 येशूले उत्तर दिनुभयो, “परमेश्वरले तिमीहरूबाट कस्तो काम चाहनुहुन्छ भने तिमीहरू उहाँले पठाउनु भएको एकमाथि विश्वास गर्नु पर्छ।”
29 Jesus respondeu:
30 तब मानिसहरूले सोधे, “तपाईं परमेश्वरले पठाएको प्रमाण दिनलाई एक हो भन्ने के चमत्कार गर्नु सक्नु हुन्छ? यदि हामीले तपईंको चमत्कार देख्यौं भने तब तपाईमाथि विश्वास गर्नेछौं। तपाईं के गर्नु हुनेछ?
30 Então eles disseram: — Que sinal o senhor fará para que vejamos e creiamos no senhor? O que o senhor pode fazer?
31 मरूभूमिमा हाम्रा पिता पुर्खाहरूले मन्न खाए। यो धर्माशास्त्रमा लेखिएको छ, ‘परमेश्वरले स्वर्गबाट रोटी खानलाई दिनुभयो।’”
31 Nossos pais comeram o maná no deserto, como está escrito: “Deu-lhes a comer pão do céu.”
32 येशूले भन्नुभयो, “म तिमीहरूलाई साँचो भन्छु। मोशा तिनी एक होइनन् जसले तिमीहरूलाई स्वर्गबाट रोटी दिए। तर मेरा पिताले तिमीहरूलाई स्वर्गबाट साँच्चो रोटी दिनुहुन्छ।
32 Jesus lhes disse:
33 परमेश्वरको रोटी के हो? परमेश्वरको रोटी भनेको त्यो चीज हो जुन स्वर्गबाट ओर्लेर संसारलाई जीवन दिनुहुन्छ।”
33 Porque o pão de Deus é o que desce do céu e dá vida ao mundo.
34 मानिसहरूले भने, “प्रभु, त्यो रोटी हामीलाई संधैं दिनुहोस्।”
34 Então lhe disseram: — Senhor, dê-nos sempre desse pão.
35 तब येशूले भन्नुभयो, “म त्यो रोटी हुँ जसले जीवन दिंदछ। जुन मानिस मेरोमा आउँदछ ऊ कहिल्यै भोको हुँदैन। जुन मानिसले ममाथि विश्वास गर्दछ ऊ कहिल्यै तिर्खाउँदैन।
35 Jesus respondeu:
36 तर मैले तिमीहरूलाई भनिसकेको छु कि यद्यपि मलाई देखेकाछौ तापनि तिमीहरूले मलाई विश्वास गर्दैनौ।
36 Porém eu já disse que vocês não creem, embora estejam me vendo.
37 जुन मानिसहरू पिताले मलाई दिनुहुन्छ मकहाँ आउनेछन्। मकहाँ जो आँउछन् म कसैलाई पनि फर्काउने छुइन।
37 Todo aquele que o Pai me dá, esse virá a mim; e o que vem a mim, de modo nenhum o lançarei fora.
38 परमेश्वरले जे चाहनु हुन्छ त्यो काम गर्न म स्वर्गबाट आएको हुँ। मैले चाहेको काम गर्नलाई म आएको होइन।
38 Porque eu desci do céu, não para fazer a minha própria vontade, mas a vontade daquele que me enviou.
39 मैले कसैलाई पनि गुमाउनु हुँदैन जुन परमेश्वरले मलाई दिनुभयो अनि अन्तिम दिनमा मैले तिनीहरूलाई जीवनमा उठाउनु पर्छ। उहाँ एक जसले मलाई पठाउनु भयो, उहाँको यही इच्छा हो।
39 E a vontade de quem me enviou é esta: que eu não perca nenhum de todos os que ele me deu; pelo contrário, eu o ressuscitarei no último dia.
40 प्रत्येक मानिस जसले परमेश्वरका पुत्रलाई चिने र विश्वास गरे तिनीहरूले अनन्त जीवन पाए। म तिनीहरूलाई अन्त्यको दिनमा जीवित पार्नेछु। यो मेरा पिता परमेश्वरको इच्छा हो।”
40 De fato, a vontade de meu Pai é que todo aquele que vir o Filho e nele crer tenha a vida eterna; e eu o ressuscitarei no último dia.
41 यहूदीहरूले येशूको विषयमा गुनासो प्रकट गर्न शुरू गरे। येशूले भन्नु भएको थियो, “म नै रोटी हुँ जुन स्वर्गाबाट तल आएकोछ।”
41 Então os judeus começaram a murmurar contra ele, porque tinha dito: “Eu sou o pão que desceu do céu.”
42 यहूदीहरूले भने, “यो येशू हो। हामी उहाँका बाबु-आमा चिन्दछौ। ऊ यूसुफको छोरो हो। उसले कसरी भन्न सक्छ, ‘म स्वर्गबाट ओर्लि आएको हुँ?’”
42 E diziam: — Este não é Jesus, o filho de José? Por acaso não conhecemos o pai e a mãe dele? Como é que ele agora diz: “Desci do céu”?
43 तर येशूले भन्नु भयो, “एक-अर्कामा गनगनाउन बन्द गर।
43 Jesus respondeu:
44 पिता एक हुनुहुन्छ जसले मलाई पठाउनु भयो अनि मानिसहरूलाई मेरो समक्ष ल्याइदिनु हुन्छ। तिनीहरूलाई म अन्त्यको दिनमा जीवित पार्नेछु। कोही पनि आफ्नो मर्जीले आउन सक्तैन। केवल पिताले मात्र मकहाँ ल्याइदिनु सक्नुहुन्छ।
44 Ninguém pode vir a mim se o Pai, que me enviou, não o trouxer; e eu o ressuscitarei no último dia.
45 अगमवक्ताहरूले लेखेः ‘परमेश्वरले सबैलाई सिकाउनु हुनेछन्।’ मानिसहरू जसले पितालाई सुन्नेछन्। अनि उहाँबाटै सिक्ने छन् मकहाँ आउनेछन्।
45 Está escrito nos Profetas: “E todos serão ensinados por Deus.” Portanto, todo aquele que ouviu e aprendeu do Pai, esse vem a mim.
46 मैले यो भन्न खोजेको होइन कि पितालाई कसैले देखेकाछन्। तिनी मात्र एक हुन् जो पिताबाट आएकाछन्। जसले पितालाई देखेकाछन्।
46 Não que alguém tenha visto o Pai, a não ser aquele que vem de Deus; este já viu o Pai.
47 “म तिमीहरूलाई साँचो भन्दछु, जसले विश्वास गर्छ त्यससित अनन्त जीवन हुनेछ।
47 — Em verdade, em verdade lhes digo: quem crê em mim tem a vida eterna.
48 म रोटी हुँ जसले जीवन प्रदान गर्दछ।
48 Eu sou o pão da vida.
49 तिमीहरूका पुर्खाहरूले मरूभमूमिमा मन्ना खाए तरै पनि अन्य मानिसहरू जस्तै तिनीहरू मरे।
49 Os pais de vocês comeram o maná no deserto e morreram.
50 म त्यो रोटी हुँ जो स्वर्गबाट आयो। यदि कुनै मानिसले यो रोटी खाँदछ भने उ कहिल्यै मर्दैन।
50 Este é o pão que desce do céu, para que todo o que dele comer não pereça.
51 म जिउँदो रोटी हुँ जो स्वर्गबाट आएको हो। जो मानिसले त्यो रोटी खाँदछ ऊ अनन्त सम्म बाँच्दछ। यो रोटी मेरो शरीर हो। म दिनेछु ताकि संसारका मानिसहरूले जीवन पाउनेछन्।”
51 Eu sou o pão vivo que desceu do céu; se alguém comer deste pão, viverá eternamente. E o pão que eu darei pela vida do mundo é a minha carne.
52 तब यहूदीहरूको आपसमा वाद-विवाद शुरू भयो। तिनीहरूले भने, “यो मान्छेले कसरी आफ्नो शरीर खान दिन्छ?”
52 Então os judeus começaram a discutir entre si, dizendo: — Como é que este pode nos dar a sua própria carne para comer?
53 येशूले भन्नुभयो, “म साँचो भन्छु। तिमीहरूले मानिसको पुत्रको शरीर खानै पर्छ। उसको रगत पिउनु नै पर्छ। यदि तिमीहरूले त्यसो गरेनौ भने तिमीहरूले जीवन पाउने छैनौ।
53 Jesus respondeu:
54 तर जसले मेरो शरीर खान्छ र रगत पिउँछ उसको जीवन अनन्त हुन्छ। अन्त्यको दिनमा म उसलाई उठाउनेछु।
54 Quem come a minha carne e bebe o meu sangue tem a vida eterna, e eu o ressuscitarei no último dia.
55 मेरो शरीर साँच्चो भोजन हो। मेरो रगत साँच्चो पिउने कुरा हो।
55 Pois a minha carne é verdadeira comida, e o meu sangue é verdadeira bebida.
56 जसले मेरो शरीर खान्छ र रगत पिउँदछ तब त्यो मानिस मभित्र र म ऊभित्र हुनेछ।
56 Quem come a minha carne e bebe o meu sangue permanece em mim, e eu permaneço nele.
57 “जीवित पिताले मलाई पठाएका हुन्। उहाँको कारणले म बाँच्छु। यसर्थ जसले मलाई खाँदछ मेरो कारणले पनि ऊ बाँच्नेछ।
57 Assim como o Pai, que vive, me enviou, e igualmente eu vivo por causa do Pai, também quem de mim se alimenta viverá por mim.
58 म त्यो रोटी जस्तो होइन जुन हाम्रा पिताहरूले मरूभूमिमा खाए औ अन्य मानिसहरू सरह मरे। म स्वर्गबाट आएको त्यो रोटी हुँ। ऊ जसले यो रोटी खाँदछ, अनन्त बाँच्ने छ।”
58 Este é o pão que desceu do céu, em nada semelhante àquele que os pais de vocês comeram e, mesmo assim, morreram; quem comer este pão viverá eternamente.
59 येशूले ती कुराहरू त्यतिबेला गर्नुभयो जब उहाँ कफर्नहुम शहरको यहूदीहरूको सभा-घरमा सिकाउनु हुँदैथ्यो।
59 Jesus disse essas coisas quando ensinava na sinagoga de Cafarnaum.
60 धेरै येशूका चेलाहरूले यस्तो सुनेपछि भने, “यो शिक्षा बुझ्न गाह्रो छ। कसले यो शिक्षा ग्रहण गर्न सक्छ?”
60 Muitos dos seus discípulos, tendo ouvido tais palavras, disseram: — Duro é este discurso; quem pode suportá-lo?
61 येशूले चेलाहरू गनगनाउँदैछन् भन्ने थाहा पाउनु भयो। तिमीहरूलाई भन्नुभयो, “के यस शिक्षाले तिमीहरूलाई ठेस लाग्छ?
61 Mas Jesus, sabendo por si mesmo que os seus discípulos murmuravam a respeito do que ele havia falado, disse-lhes:
62 तब तिमीहरूले मानिसको पुत्रलाई जहाँ ऊ पहिले थियो, त्यहाँ जाँदै गरेको देख्यौ भने के हुन्छ?
62 Que acontecerá, então, se virem o Filho do Homem subir para o lugar onde primeiro estava?
63 त्यो आत्मा हो जसले मानिसलाई जीवन दिन्छ। शरीरबाट केही फाईदा छैन। म जो चीज तिमीहरूलाई भन्छु त्यो आत्मा हो तिनहरूले जीवन दिन्छ।
63 O Espírito é o que vivifica; a carne para nada aproveita. As palavras que eu lhes tenho falado são espírito e são vida.
64 तर तिमीहरू मध्ये कसैले विश्वास गर्दैनौ।” (येशूलाई शुरूबाट नै थाहा थियो कस-कसले विश्वास गरेनन् र कसले धोखा दिन्छ।)
64 Mas há descrentes entre vocês. Ora, Jesus sabia, desde o princípio, quais eram os que não criam e quem iria traí-lo.
65 येशूले भन्नुभयो “त्यसैले मैले भनेकोछु ‘पिताले अनुमति नदिए सम्म कोही पनि म भएकोमा आउन सक्तैन।’”
65 E prosseguiu:
66 जब येशूले त्यसो भन्नुभयो, उनका धेरै चेलाहरू पछि हटे र उहाँको पछि लाग्नु छाडे।
66 Diante disso, muitos dos seus discípulos o abandonaram e já não andavam com ele.
67 येशूले बाह्रजना प्रेरितहरूलाई भन्नुभयो, “तिमीहरू पनि छाड्न चाहन्छौ?”
67 Então Jesus perguntou aos doze:
68 शिमोन पत्रुसले उहाँलाई जवाफ दिए, “हे प्रभु हामी कसकोमा जाऊँ? तपाईंकोमा वचन छ जसले अनन्त जीवन दिन्छ।
68 Simão Pedro respondeu: — Senhor, para quem iremos? O senhor tem as palavras da vida eterna,
69 हामी तपाईंमाथि विश्वास गर्छौं। हामी जान्दछौं कि तपाईं मात्र एक पवित्र हुनुहुन्छ जो परमेश्वरबाट आउनुभएको हो।”
69 e nós temos crido e conhecido que o senhor é o Santo de Deus.
70 तब येशूले उत्तर दिनुभयो, “मैले तिमीहरू बाह्रजनालाई चुन्छु। तर पनि तिमीहरूमा एकजना शैतान हो।”
70 Então Jesus lhes disse:
71 येशूले यहूदाको विषयमा भनिरहनु भएको थियो। यहूदा शिमोन इस्कारियोतको छोरो थिए। यहूदा ती बाह्र चेलाहरू मध्येका एकजना थिए। किनभने उसले उहाँलाई धोका दिनेवाला थियो।
71 Ele se referia a Judas, filho de Simão Iscariotes, porque este, sendo um dos doze, era quem o haveria de trair.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar João 6, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.