João 4
The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010) vs ACF
1 येशूले यूहन्नाले भन्दा धेरै चेलाहरू बनाउँनु हुँदैछ साथै बप्तिस्मा पनि दिनु हुँदैछ भन्ने फरिसीहरूले सुने।
1 E quando o Senhor entendeu que os fariseus tinham ouvido que Jesus fazia e batizava mais discípulos do que João
2 तर वास्तवमा येशू स्वयंले बप्तिस्मा दिनु भएको थिएन। उहाँका चेलाहरूले उहाँकै निम्ति मानिसहरूलाई बप्तिस्मा दिइरहेका थिए। फरिसीहरूले उहाँको विषयमा सुनिसकेका थिए भनेर येशूलाई थाहा थियो।
2 (Ainda que Jesus mesmo não batizava, mas os seus discípulos),
3 त्यसैले येशू यहूदिया छोडेर गालील फर्कनु भयो।
3 Deixou a Judéia, e foi outra vez para a Galiléia.
4 गालील जाँदा येशूलाई सामरिया देश भएर जानु पर्थ्यो।
4 E era-lhe necessário passar por Samaria.
5 सामरिया अन्तर्गत सिचार भन्ने शहरमा येशू आइपुग्नु भयो। यो शहर याकूबले आफ्ना छोरो यूसुफलाई दिएको जमीनको नजीक पर्थ्यो।
5 Foi, pois, a uma cidade de Samaria, chamada Sicar, junto da herdade que Jacó tinha dado a seu filho José.
6 याकूबको कुवा त्यहाँ थियो। येशू आफ्नो लामो यात्राबाट थाकेपछि त्यही कुवाकै छेउमा विश्राम गर्न बस्नुभयो। त्यसबेला प्रायः मध्यान्हको समय थियो।
6 E estava ali a fonte de Jacó. Jesus, pois, cansado do caminho, assentou-se assim junto da fonte. Era isto quase à hora sexta.
7 एउटी सामरी स्त्री कुवामा पानी भर्नु आई। येशूले तिनलाई भन्नुभयो, “दया गरेर मलाई पिउने पानी देऊ।”
7 Veio uma mulher de Samaria tirar água. Disse-lhe Jesus: Dá-me de beber.
8 त्यस समय येशूका चेलाहरू शहरमा खानेकुरा किन्न गएका थिए।
8 Porque os seus discípulos tinham ido à cidade comprar comida.
9 सामरी स्त्रीले उत्तर दिई, “तपाईंले पानी मागेको देखेर म छक्क परे। तपाईं यहूदी हुनुहुन्छ अनि म एउटी सामरी स्त्री!” यहूदीहरूले सामरीहरूसंग केही सम्बन्ध राख्दैनन्।
9 Disse-lhe, pois, a mulher samaritana: Como, sendo tu judeu, me pedes de beber a mim, que sou mulher samaritana? (porque os judeus não se comunicam com os samaritanos).
10 येशूले उत्तर दिनुभयो, “यदि परमेश्वरले के प्रदान गर्नु हुन्छ अनि ऊ जसले पानी माग्दैछ, तिमीले जानेको भए, तिमी मलाई माग्ने थियौ र म तिमीलाई जिउँदो पानी दिनेथिएँ।”
10 Jesus respondeu, e disse-lhe: Se tu conheceras o dom de Deus, e quem é o que te diz: Dá-me de beber, tu lhe pedirias, e ele te daria água viva.
11 त्यस स्त्रीले भनी, “महोदय! त्यस्तो जिउँदो पानी कहाँ पाउनुहुन्छ? यो कुवा निकै गहिरो छ, पानी निकाल्न तपाईंसंग केही छैन।
11 Disse-lhe a mulher: Senhor, tu não tens com que a tirar, e o poço é fundo; onde, pois, tens a água viva?
12 तपाईं हाम्रो पुर्खा याकूब भन्दा पनि महान हुनुहुन्छ? याकूबले यो कुवा हामीलाई दिनुभयो। उहाँले यसैबाट पानी पिउनु भयो। उहाँका छोराहरू र उहाँका गाई-बस्तुहरूले यही कुवाबाट पानी पिए।”
12 És tu maior do que o nosso pai Jacó, que nos deu o poço, bebendo ele próprio dele, e os seus filhos, e o seu gado?
13 येशूले उत्तरमा भन्नुभयो, “प्रत्येक मानिस ज-जसले यसको पानी पिउँदछ तिनीहरू पुनः तिर्खाउनेछन्।
13 Jesus respondeu, e disse-lhe: Qualquer que beber desta água tornará a ter sede;
14 तर त्यस मानिस जसले, मैले दिएको पानी पिउँदछ ऊ फेरि तिर्खाउनेछैन। मैले जुन पानी उसलाई दिन्छु, त्यो मानिस उम्रिरहने पानीको मूल बनिनेछ। जुन पानीले अनन्त जीवन दिन्छ त्यही स्रोतबाट बहनेछ।”
14 Mas aquele que beber da água que eu lhe der nunca terá sede, porque a água que eu lhe der se fará nele uma fonte de água que salte para a vida eterna.
15 त्यस स्त्रीले येशूलाई भनी, “महोदय, मलाई त्यो पानी दिनुहोस् ताकि म कहिल्यै तिर्खाउने छैन अनि म अझ बेसी पानी भर्न यहाँ आइरहनु पर्दैन।”
15 Disse-lhe a mulher: Senhor, dá-me dessa água, para que não mais tenha sede, e não venha aqui tirá-la.
16 येशूले तिनलाई भन्नुभयो, “जाऊ, तिम्रो पतिलाई बोलाऊ अनि यहाँ फर्केर आऊ।”
16 Disse-lhe Jesus: Vai, chama o teu marido, e vem cá.
17 त्यस स्त्रीले भनी, “तर मेरो पति छैन।”
17 A mulher respondeu, e disse: Não tenho marido. Disse-lhe Jesus: Disseste bem: Não tenho marido;
18 तिम्रो पाँच जना पतिहरू थिए, अनि तिमीसित जुन पुरूष अहिले बसिरहेको छ त्यो तिम्रो पति होइनन्।तिमीले जे भन्यौ साँचो हो।”
18 Porque tiveste cinco maridos, e o que agora tens não é teu marido; isto disseste com verdade.
19 त्यस स्त्रीले भनी, “महोदय, अब म जान्न सक्छु कि तपाईं अगमवक्ता हुनुहुन्छ।
19 Disse-lhe a mulher: Senhor, vejo que és profeta.
20 हाम्रो पुर्खाहरूले यो पर्वतमा उपासना गर्थे। तर तपाईं यहूदीहरू भन्नुहुन्छ कि यरूसलेम नै त्यो स्थान जहाँ हामीले परमेश्वरको उपासना गर्नु पर्छ।”
20 Nossos pais adoraram neste monte, e vós dizeis que é em Jerusalém o lugar onde se deve adorar.
21 येशूले भन्नुभयो, “मलाई विश्वास गर, नारी! एक समय आइरहेकोछ जब तिमीले पितालाई यो पहाडमा अथवा यरूशलेमा आराधाना गर्ने छैनौ।
21 Disse-lhe Jesus: Mulher, crê-me que a hora vem, em que nem neste monte nem em Jerusalém adorareis o Pai.
22 तिमी सामरीहरू जे आराधना गर्दछौं। त्यो जान्दैनौ। हामी यहूदीहरू के आराधना गर्दछौं त्यो जान्दछौं। मुक्ति यहूदीहरूबाटै आउँदछ।
22 Vós adorais o que não sabeis; nós adoramos o que sabemos porque a salvação vem dos judeus.
23 समय आइरहेछ जब सत्य आराधकहरू आफ्ना पितालाई आत्मा र सत्यतामा आराधाना गर्नेछन्। अनि त्यो समय आइसकेको छ। यस किसिमका आराधकहरूलाई नै पिताले चाहनुहुन्छ।
23 Mas a hora vem, e agora é, em que os verdadeiros adoradores adorarão o Pai em espírito e em verdade; porque o Pai procura a tais que assim o adorem.
24 परमेश्वर आत्मा हुनुहुन्छ। यसैले जसले परमेश्वरलाई पुज्दछ उहाँलाई आत्मा र सत्यतामा नै आराधाना गर्नु पर्छ।”
24 Deus é Espírito, e importa que os que o adoram o adorem em espírito e em verdade.
25 त्यस स्त्रीले भनी, “म जान्दछु मसीह (ख्रीष्टलाई भनिन्छ) आउनु हुँदैछ। जब उहाँ आउनुहुन्छ, उहाँले हामीलाई प्रत्येक कुराको व्याख्या गर्नु हुनेछ।”
25 A mulher disse-lhe: Eu sei que o Messias (que se chama o Cristo) vem; quando ele vier, nos anunciará tudo.
26 तब येशूले भन्नुभयो, “एक जो तिमीसित बोलिरहेछु, म मसीह हुँ।”
26 Jesus disse-lhe: Eu o sou, eu que falo contigo.
27 त्यस समय येशूका चेलाहरू शहरबाट फर्केर आए। तिनीहरू येशूलाई एक जना स्त्रीसँग यसरी बात गरिरहेको देखेर छक्क परे। तर तिनीहरू कसैले पनि सोध्ने आँट गरेनन्, “तपाईं के चाहनु हुन्छ?” वा “तपाईं यस स्त्रीसंग किन बात गरिरहनु भएको छ?”
27 E nisto vieram os seus discípulos, e maravilharam-se de que estivesse falando com uma mulher; todavia nenhum lhe disse: Que perguntas? ou: Por que falas com ela?
28 तब त्यस स्त्रीले पानी भर्ने गाग्रो त्यतै छाडी र नगर तिर लागी। तिनले शहर-वासीहरूलाई भनिन्,
28 Deixou, pois, a mulher o seu cântaro, e foi à cidade, e disse àqueles homens:
29 “एकजना मानिसले मैले गरेको सबै कुरा बताइदिनुभयो। आऊ उहाँलाई हेर। के उहाँ ख्रीष्ट हुनु सक्छ?”
29 Vinde, vede um homem que me disse tudo quanto tenho feito. Porventura não é este o Cristo?
30 तब मानिसहरू शहर छाडे अनि येशू कहाँ गए।
30 Saíram, pois, da cidade, e foram ter com ele.
31 जब त्यस स्त्री शहरमा थिई, येशूका चेलाहरूले उहाँलाई आग्रह गरिरहेका थिए, “रब्बी, केही खानुहोस्!”
31 E entretanto os seus discípulos lhe rogaram, dizendo: Rabi, come.
32 तर येशूले उत्तर दिनुभयो, “मसंग खाने भोजन छ, जुन तिमीहरूलाई थाहा छैन।”
32 Ele, porém, lhes disse: Uma comida tenho para comer, que vós não conheceis.
33 तब चेलाहरूले आपसमा सोधे, “के कसैले येशूलाई केही भोजनहरू ल्याई दिएका थिए?”
33 Então os discípulos diziam uns aos outros: Trouxe-lhe, porventura, alguém algo de comer?
34 येशूले भन्नुभयो, “मेरो भोजन जसले मलाई यहाँ पठाँउनु भएको छ उहाँको इच्छालाई अनुसरण गर्नु हो अनि उहाँले मलाई दिएको काम पूरा गर्नु हो।
34 Jesus disse-lhes: A minha comida é fazer a vontade daquele que me enviou, e realizar a sua obra.
35 जब तिमीहरू रोपाई गर्छौ र भन्छौ, ‘बाली काटन अझै चार महीना छ’ तर तिमीहरू आफ्ना आँखा खोल र मानिसहरूलाई हेर। तिनीहरू पनि बाली काट्ने समय भएको खेतबारी जस्ता छन्।
35 Não dizeis vós que ainda há quatro meses até que venha a ceifa? Eis que eu vos digo: Levantai os vossos olhos, e vede as terras, que já estão brancas para a ceifa.
36 अहिले सम्म, जसले बाली काट्छ उसैले ज्याला पाउँछ। उसैले जसले अनन्त जीवनको लागि फसल थुपार्दछ। यसैले जसले रोपाई गर्दछ र जसले बाली काट्दछ दुवै सँगै आनन्दित हुँदछ।
36 E o que ceifa recebe galardão, e ajunta fruto para a vida eterna; para que, assim o que semeia como o que ceifa, ambos se regozijem.
37 यसर्थ त्यो भनाई, ‘एकजना मान्छेले रोप्छ अनि अर्को मान्छेले बाली काट्छ’ यो विषय सत्य छ।
37 Porque nisto é verdadeiro o ditado, que um é o que semeia, e outro o que ceifa.
38 तिमीहरूलाई मैले बाली काट्न पठाए जुन तिमीहरूले रोपेनौ। अरुले काम गरे र तिनीहरूका कामबाट तिमीहरूले फल पाएका छौ।”
38 Eu vos enviei a ceifar onde vós não trabalhastes; outros trabalharam, e vós entrastes no seu trabalho.
39 त्यो स्त्रीको प्रमाणको कारणले गर्दा सामारी शहरमा धेरै जसो मानिसहरूले विश्वास गरे। तिनले भनिन्, “उहाँले मैले जे गरेकी थिए प्रत्येक कुरा भन्नु भयो।”
39 E muitos dos samaritanos daquela cidade creram nele, pela palavra da mulher, que testificou: Disse-me tudo quanto tenho feito.
40 तब सामरीहरू येशूकहाँ आए। येशूलाई उनीहरूसँगै बस्ने आग्रह गरे। तब येशू त्यहाँ दुइ दिन बस्नुभयो।
40 Indo, pois, ter com ele os samaritanos, rogaram-lhe que ficasse com eles; e ficou ali dois dias.
41 तर अझ धेरै मानिसहरूले उहाँकै वचनको कारणले उहाँलाई विश्वास गरे।
41 E muitos mais creram nele, por causa da sua palavra.
42 मानिसहरूले सामरीकी त्यस स्त्रीलाई भने, “प्रथम हामीले तिमीले जे भन्यौ त्यसको कारणले गर्दा येशूमाथि विश्वास गरयौ। तर अब हामीले आफ्नो लागि जे सुनेका छौं त्यही कारणले विश्वास गर्छौं। हामीले अब बुझ्न थाल्यौं कि उहाँ मात्र एक त्यस्तो मानिस हुनुहुन्छ जसद्वारा यो संसार बाँच्न सक्छ।”
42 E diziam à mulher: Já não é pelo teu dito que nós cremos; porque nós mesmos o temos ouvido, e sabemos que este é verdadeiramente o Cristo, o Salvador do mundo.
43 दुइ दिन बितिसके पछि त्यो ठाँउ छाडेर येशू गालीलमा जानुभयो।
43 E dois dias depois partiu dali, e foi para a Galiléia.
44 येशूले अघि बाटै भनिसक्नु भएको थियो कि उहाँको आफ्नो देशमा आगमवक्तालाई आदर गरिदैन।
44 Porque Jesus mesmo testificou que um profeta não tem honra na sua própria pátria.
45 यसर्थ जब येशू गालीलमा आइपुग्नु भयो तिनीहरूले उहाँलाई स्वागत गरे कारण तिनीहरूले येशूले यरूशलेमको निस्तार चाडमा गरेका सबै कुराहरू देखी सकेका थिए। तिनीहरू पनि चाडको लागि गएका थिए।
45 Chegando, pois, à Galiléia, os galileus o receberam, vistas todas as coisas que fizera em Jerusalém, no dia da festa; porque também eles tinham ido à festa.
46 येशू गालील अन्तर्गत कानामा फेरि जानुभयो जहाँ येशूले पानीलाई दाखरसमा परिवर्तन गर्नु भएको थियो। त्यहाँ कफर्नहुममा एकजना राजाका अधिकारी थिए। त्यो अधिकारिको छोरो बिमारी थियो।
46 Segunda vez foi Jesus a Caná da Galiléia, onde da água fizera vinho. E havia ali um nobre, cujo filho estava enfermo em Cafarnaum.
47 त्यस मानिसले यहूदियाबाट येशू गालील तर्फ आइरहनु भएको छ भनी सुने। तब येशूलाई भेट्न तिनी कानातर्फ गए। उसले येशूलाई कफर्नहुममा आउने अनि उसको छोरोलाई निको पारिदिन बिन्ती गर्यो। उसको छोरो मर्न आँटेको थियो।
47 Ouvindo este que Jesus vinha da Judéia para a Galiléia, foi ter com ele, e rogou-lhe que descesse, e curasse o seu filho, porque já estava à morte.
48 येशूले उनलाई भन्नुभयो, “तिमीहरूले आश्चर्यपूर्ण कुराहरू र चमत्कारिक चिन्हहरू हेर्नु पर्छ नत्र तिमीहरूले विश्वास गर्ने छैनौ।”
48 Então Jesus lhe disse: Se não virdes sinais e milagres, não crereis.
49 राजाको अधिकारीले भन्नुभयो, “महोदय, मेरो छोरो मर्न अघि मेरो घरमा एकपल्ट आई दिनुहोस।”
49 Disse-lhe o nobre: Senhor, desce, antes que meu filho morra.
50 येशूले उत्तर दिनुभयो, “जाऊ, तिम्रो छोरो बाँच्नेछ।”
50 Disse-lhe Jesus: Vai, o teu filho vive. E o homem creu na palavra que Jesus lhe disse, e partiu.
51 घरजाँदै गर्दा बाटामा उसको नोकरसँग भेट भयो। नोकरले भन्यो, “तपाईंको छोरो जाती भएको छ।”
51 E descendo ele logo, saíram-lhe ao encontro os seus servos, e lhe anunciaram, dizendo: O teu filho vive.
52 त्यस मानिसले सोधे, “कुन समयबाट त्यो निको हुन थाल्यो?”
52 Perguntou-lhes, pois, a que hora se achara melhor. E disseram-lhe: Ontem às sete horas a febre o deixou.
53 त्यस अधिकारीले बुझ्यो कि येशूले उसलाई त्यही समयमा भन्नुभएको थियो, “तिम्रो छोरो जीवित रहनेछ।” यसर्थ उनी लगायत घरका सबै मानिसहरूले येशूमाथि विश्वास गरे।
53 Entendeu, pois, o pai que era aquela hora a mesma em que Jesus lhe disse: O teu filho vive; e creu ele, e toda a sua casa.
54 यहूदियाबाट गालीलमा आए पछि यो दोस्रो चमत्कारपूर्ण कार्य येशूले गर्नुभएको हो।
54 Jesus fez este segundo milagre, quando ia da Judéia para a Galiléia.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar João 4, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.