João 11

The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010) vs ARC

Sair da comparação
ARC Almeida Revista e Corrigida 2009
1 त्यहाँ लाजरस नाउँ गरेका एकजना मानिस थिए जो बिमार थिए। उनी बेथानी भन्ने शहरमा बस्थे। यो त्यो शहर थियो जहाँ मरियम र उनको बहिनी मार्था बस्थे।
1 Estava, então, enfermo um certo Lázaro, de Betânia, aldeia de Maria e de sua irmã Marta.
2 मरियम त्यही नारी थिईन् जसले प्रभुलाई अत्तर लगाई दिएकी थी र आफ्ना कपालले उहाँको खुट्टा पुछेकी थिई। लाजरस मरियमको भाइ हुन्। जो हालमा बिमार थिए।
2 E Maria era aquela que tinha ungido o Senhor com unguento e lhe tinha enxugado os pés com os seus cabelos, cujo irmão, Lázaro, estava enfermo.
3 मरियम र मार्थले येशूकहाँ समाचार पठाए, “हे प्रभु, तपाईंको प्रिय मित्र लाजरस बिमार छ।”
3 Mandaram-lhe, pois, suas irmãs dizer: Senhor, eis que está enfermo aquele que tu amas.
4 जब येशुले त्यस्तो सुन्नुभयो, उहाँले भन्नुभयो, “यो बिमारले उसलाई मृत्यु गराउनेछैन। तर यो बिमारी परमेश्वरको महिमाका निम्ति हो। यस्तो घटना परमेश्वरको पुत्रको महिमा ल्याउनलाई भएको छ।”
4 E Jesus, ouvindo isso, disse: Esta enfermidade não é para morte, mas para glória de Deus, para que o Filho de Deus seja glorificado por ela.
5 येशूले मरियम, मार्था र लाजरसलाई प्रेम गर्नु भयो।
5 Ora, Jesus amava a Marta, e a sua irmã, e a Lázaro.
6 जब येशूले लाजरसको बिमारीको विषयमा सुन्नु भयो, उहाँ जहाँ हुनुन्थ्यो त्यहाँ अझ दुई दिन सम्म बस्नु भयो।
6 Ouvindo, pois, que estava enfermo, ficou ainda dois dias no lugar onde estava.
7 तब येशूले उहाँका चेलाहरूलाई भन्नुभयो, “हामी यहूदिया जानु पर्छ।”
7 Depois disso, disse aos seus discípulos: Vamos outra vez para a Judeia.
8 चेलाहरूले उत्तर दिए, “तर गुरूज्यू यहूदियामा यहूदीहरू तपाईंलाई ढुंगाले हिर्काउन चाहन्छन्। जो केही अघि भएको थियो। तपाईं त्यहाँ किन जानु चाहनु हुन्छ्?”
8 Disseram-lhe os discípulos: Rabi, ainda agora os judeus procuravam apedrejar-te, e tornas para lá?
9 येशूले उत्तर दिनुभयो, “दिनमा बाह्रघण्टा प्रकाश रहन्छ होइन? यदि कुनै मानिस दिनको समयमा हिंडछ भने ऊ ठोक्किने छैन र लड्ने छैन। किन? किनभने उसले यो संसारको ज्योतिले देख्न सक्छ।
9 Jesus respondeu: Não há doze horas no dia? Se alguém andar de dia, não tropeça, porque vê a luz deste mundo.
10 तर जो मान्छे राती हिंडछ ऊ ठोकिन्छ। किन? किनभने देख्नको लागि उसकोमा कुनै ज्योति हुँदैन।”
10 Mas, se andar de noite, tropeça, porque nele não há luz.
11 येशूले ती कुराहरू भनिसके पछि, उहाँले भन्नुभयो, “हाम्रा मित्र लाजरस सुतिरहेछन्। तर म त्यहाँ उसलाई उठाउनँ जानेछु।”
11 Assim falou e, depois, disse-lhes: Lázaro, o nosso amigo, dorme, mas vou despertá-lo do sono.
12 चेलाहरूले उत्तर दिए, “हे प्रभु यदि ऊ सुतेको हो भने, ऊ निको हुनेछ।”
12 Disseram, pois, os seus discípulos: Senhor, se dorme, estará salvo.
13 येशूको मतलब थियो लाजरस मरिसकेको थियो भनेर। तर चेलाहरूले भुझे कि उहाँले भन्नु भएको अर्थ उनी स्वाभाविक निद्रामा थिए।
13 Mas Jesus dizia isso da sua morte; eles, porém, cuidavam que falava do repouso do sono.
14 त्यसपछि येशूले स्पष्ट प्रकारले भन्नु भयो, “लाजरस मरिसक्यो।
14 Então, Jesus disse-lhes claramente: Lázaro está morto,
15 अनि म खुशी छु कि म त्यहाँ थिइनँ। म तिमीहरूको लागि खुशी छु किनभने तिमीहरूले ममा विश्वास राख्नेछौ अब हामी उनीकहाँ जाँऊ।”
15 e folgo, por amor de vós, de que eu lá não estivesse, para que acrediteis. Mas vamos ter com ele.
16 तब थोमाले (जसलाई “दिदिमस” भनिन्थ्यो) अन्य चेलाहरूलाई भने, “हामी पनि जानेछौं अनि येशूसंगै यहूदियामा मर्नेछौं।”
16 Disse, pois, Tomé, chamado Dídimo, aos condiscípulos: Vamos nós também, para morrermos com ele.
17 येशू बेथानीमा आइपुग्नु भयो। त्यहाँ येशूले लाजरस पहिल्यै मरिसकेको र चार दिन देखि चिहानमा परेको चाल पाउनु भयो।
17 Chegando, pois, Jesus, achou que já havia quatro dias que estava na sepultura.
18 बेथानी यरूशलेमको नजीक प्रायः तीन किलोमीटर टाढामा थियो।
18 (Ora, Betânia distava de Jerusalém quase quinze estádios.)
19 धेरै यहूदीहरू मार्था र मरियम कहाँ आएका थिए। यहूदीहरू उनीहरूलाई भाइ लाजरसको मृत्युमा सान्तवना दिनलाई आएका थिए।
19 E muitos dos judeus tinham ido consolar a Marta e a Maria, acerca de seu irmão.
20 मार्थाले सुनी कि येशू तिनीहरूलाई भेट्न आई रहनु भएकोछ। तिनी येशूलाई अभिनन्दन गर्नु गइन्। तर मरियम चाँहि घरमा नै बसी।
20 Ouvindo, pois, Marta que Jesus vinha, saiu-lhe ao encontro; Maria, porém, ficou assentada em casa.
21 मार्थले येशूलाई भनी, “प्रभु, यदि तपाईं यहाँ हुनु भएको भए, मेरा भाइ मर्ने थिएन।
21 Disse, pois, Marta a Jesus: Senhor, se tu estivesses aqui, meu irmão não teria morrido.
22 तर अहिले पनि म जान्दछु कि तपाईंले परमेश्वरसंग जे मागे पनि उहाँले तपाईंलाई दिनु हुनेछ।”
22 Mas também, agora, sei que tudo quanto pedires a Deus, Deus to concederá.
23 येशूले भन्नुभयो, “तिम्रो भाइ जीउँदो हुनेछ।”
23 Disse-lhe Jesus: Teu irmão há de ressuscitar.
24 मार्थाले उत्तर दिइन, “म जान्दछु कि ऊ फेरि जाग्ने छ र जीउँदो हुनेछ जब मानिसहरू अन्तिम दिनमा पुनरूत्थान हुनेछन्।”
24 Disse-lhe Marta: Eu sei que há de ressuscitar na ressurreição do último Dia.
25 येशूले उनलाई भन्नुभयो, “पुनरुत्थान र जीवन म नै हुँ। जुन मानिसले ममा विश्वास गर्दछ ऊ मरे पनि उसले जीवन पाउने छ।
25 Disse-lhe Jesus: Eu sou a ressurreição e a vida; quem crê em mim, ainda que esteja morto, viverá;
26 अनि जुन मानिस ममा बाँच्छ अनि ममा विश्वास गर्छ उ वास्तवमा कहिल्यै मर्ने छैन। मार्था, तिमी यसमा विश्वास गर्छ्यौ?”
26 e todo aquele que vive e crê em mim nunca morrerá. Crês tu isso?
27 मार्थाले उत्तर दिई, “हो, प्रभु म विश्वास गर्छु तपाईं नै ख्रीष्ट हुनुहुन्छ, परमेश्वरको पुत्र। तपाईं मात्र एक हुनुहुन्छ जो संसारमा आउनु भएको थियो।”
27 Disse-lhe ela: Sim, Senhor, creio que tu és o Cristo, o Filho de Deus, que havia de vir ao mundo.
28 मार्थाले त्यसो भनी सके पछि उनी आफ्नो बहिनीकहाँ गईन् अनि गुप्तरूपमा मार्थाले मरियमलाई भनी, “गुरुज्यू यहाँ हुनहुन्छ। उहाँले तिमीलाई सोधी रहुनभएकोछ।”
28 E, dito isso, partiu e chamou em segredo a Maria, sua irmã, dizendo: O Mestre está aqui e chama-te.
29 जब मरियमले त्यस्तो सुनी, तिनी जुरूक्क उठिन् र येशूकहाँ गईन।
29 Ela, ouvindo isso, levantou-se logo e foi ter com ele.
30 येशू गाँउ भित्र आइसक्नु भएको थिएन। उहाँ अझ सम्म त्यही ठाउँमा हुनुहुन्थ्यो जहाँ मार्थासंग भेट भएको थियो।
30 (Ainda Jesus não tinha chegado à aldeia, mas estava no lugar onde Marta o encontrara.)
31 यहूदीहरू मरियमसंग घरमा थिए। तिनीहरूले उनलाई सान्त्वना दिइरहेका थिए। तिनीहरूले मरियमलाई छिट्टै उठेर गएको देखे। तिनीहरूले सोचे कि तिनी लाजरसको चिहानमा गएकी हुन्। तिनीहरूले सोचे कि उनी त्यहाँ रून गएकी हुन्। तिनीहरूले उनलाई पछ्याए।
31 Vendo, pois, os judeus que estavam com ela em casa e a consolavam que Maria apressadamente se levantara e saíra, seguiram-na, dizendo: Vai ao sepulcro para chorar ali.
32 मरियम त्यस ठाउँमा गइन् जहाँ येशू हुनुहुथ्यो। जब उनले येशूलाई देखिन् उनले झुकेर चरणमा ढोगिन्। मरियमले भनिन्, “हे प्रभु, यदि तपाईं त्यहाँ हुनु भएको भए, मेरा भाइ मर्ने थिएन।”
32 Tendo, pois, Maria chegado aonde Jesus estava e vendo-o, lançou-se aos seus pés, dizendo-lhe: Senhor, se tu estivesses aqui, meu irmão não teria morrido.
33 येशूले मरियमलाई रोएकी देख्नु भयो। येशूले उनको पछि यहूदीहरू आइरहेको देख्नु भयो। तिनीहरू पनि रोई रहेका थिए। येशू एकदम उदास अनि विचलित हुनु भयो।
33 Jesus, pois, quando a viu chorar e também chorando os judeus que com ela vinham, moveu-se muito em espírito e perturbou-se.
34 येशूले सोध्नुभयो, “तिमीले उसलाई कहाँ राखेकाछौ।”
34 E disse: Onde o pusestes? Disseram-lhe: Senhor, vem e vê.
35 येशू रुनुभयो।
35 Jesus chorou.
36 अनि यहूदीहरूले भने, “हेर! येशूले लाजरसलाई खुबै माया गर्नु हुन्थ्यो।”
36 Disseram, pois, os judeus: Vede como o amava.
37 तर कोही यहूदीहरूले भने, “येशूले अन्धा मान्छेको आँखा निको पारिदिनु भयो। के उहाँले उसलाई बचाँउन केही गर्न सक्नु हुने थिएन उसलाई मर्नुबाट रोक्न हुने थिएन?”
37 E alguns deles disseram: Não podia ele, que abriu os olhos ao cego, fazer também com que este não morresse?
38 येशू फेरि हृदयभित्रबाट अति शोकित हुनुभयो। येशू चिहानमा जानु भयो जहाँ लाजरसलाई राखिएको थियो। चिहान ओडार जस्तो बनाइएको थियो जो ढुङ्गाले ढाकिएको थियो।
38 Jesus, pois, movendo-se outra vez muito em si mesmo, foi ao sepulcro; e era uma caverna e tinha uma pedra posta sobre ela.
39 येशूले भन्नुभयो, “ढुङ्गा हटाऊ।”
39 Disse Jesus: Tirai a pedra. Marta, irmã do defunto, disse-lhe: Senhor, já cheira mal, porque é já de quatro dias.
40 तब येशूले मार्थालाई भन्नुभयो, “के मैले तिमीलाई भनेको थिइन? कि यदि तिमाले विश्वास गरयौ भने परमेश्वरको महिमा देख्नेछौ?”
40 Disse-lhe Jesus: Não te hei dito que, se creres, verás a glória de Deus?
41 तब तिनीहरूले प्रवेशद्वारको ढुङ्गा हटाई दिए। तब यशूले आफ्ना आँखा उठाउनु भयो र भन्नुभयो, “पिता, तपाईंले मलाई सुन्नु भएकोमा म धन्यवाद प्रकट गर्छु।
41 Tiraram, pois, a pedra. E Jesus, levantando os olhos para o céu, disse: Pai, graças te dou, por me haveres ouvido.
42 म जान्दछु कि तपाईंले सँधैं मलाई सुन्नुहुन्छ। तर मैले यो कुराहरू भनें किनभने मानिसहरू मेरो वरिपरि छन्। म तिनीहरूलाई विश्वास दिलाउन चाहन्छु। कि तपाईंले मलाईं पठाउनु भएको हो।”
42 Eu bem sei que sempre me ouves, mas eu disse
43 येशूले यति भनिसकेपछि उहाँले जोड आवाजमा डाक्नुभयो, “लाजरस निस्क, बाहिर आऊ!”
43 E, tendo dito isso, clamou com grande voz: Lázaro, vem para fora.
44 मृत मान्छे बाहिर निस्क्यो। उसका हात र खुट्टाहरू मलमलका लुगाका टुक्राहरूले बेह्रिएका थिए। उसको अनुहार रूमालले ढाकिएको थियो।
44 E o defunto saiu, tendo as mãos e os pés ligados com faixas, e o seu rosto, envolto num lenço. Disse-lhes Jesus: Desligai-o e deixai-o ir.
45 मरियमलाई हेर्नु भनी त्यहाँ धेरै यहूदीहरू आए। तिनीहरूले येशूले गर्नु भएका अचम्मको काम देखे। अनि ती मध्ये धेरै यहूदीहरूले येशूमा विश्वास गरे।
45 Muitos, pois, dentre os judeus que tinham vindo a Maria e que tinham visto o que Jesus fizera creram nele.
46 तर कोही यहूदीहरू फरिसीहरू भएकाहाँ गए। येशूले गर्नुभएको कुरा फरिसीहरूलाई बताइदिए।
46 Mas alguns deles foram ter com os fariseus e disseram-lhes o que Jesus tinha feito.
47 तब मुख्य पूजाहारीहरू र फरिसीहरूले यहूदी परिषद्को सभा डाके। तिनीहरूले भने, “हामीले के गर्नु पर्ने? यो मानिसले धेरै चमत्कारहरू गरिरहेछ।
47 Depois, os principais dos sacerdotes e os fariseus formaram conselho e diziam: Que faremos? Porquanto este homem faz muitos sinais.
48 यदि हामीले उनलाई त्यस्तो गर्न दिइरह्यौं भने सबै मानिसहरूले ऊमाथि विश्वास गर्नेछन्। तब रोमीहरू आउनेछन् र हाम्रा मन्दिर अनि जाति लानेछन्।”
48 Se o deixamos assim, todos crerão nele, e virão os romanos e tirar-nos-ão o nosso lugar e a nação.
49 तिनीहरूमध्ये कयाफा भन्ने एकजना मानिस थिए। उनी त्यस वर्षको प्रधान पूजाहारी थिए। कयाफाले भने, “तिमीहरू केही पनि जान्दैनौ।
49 E Caifás, um deles, que era sumo sacerdote naquele ano, lhes disse: Vós nada sabeis,
50 सम्पूर्ण जाति ध्वंश हुनु भन्दा मानिसहरूका निम्ति एक जना मर्नु उत्तम हो। तर तिमीहरू यो बुझ्दैनौ।”
50 nem considerais que nos convém que um homem morra pelo povo e que não pereça toda a nação.
51 कयाफाले जे भने त्यो तिनले आफ्नै भनेनन्। त्यस वर्षको उनी प्रधान पूजाहारी थिए। यसर्थ ऊ वास्तवमा आगमवाणी गर्दै थिए कि येशू यहूदी मानिसहरूका निम्ति मर्नु हुनेछ।
51 Ora, ele não disse isso de si mesmo, mas, sendo o sumo sacerdote naquele ano, profetizou que Jesus devia morrer pela nação.
52 तर, येशू यहूदी मानिसहरूका निम्ति मर्नेछन्। तर येशू उहाँ ती छिरिएकाहरूलाई एक बनाउनका लागि मर्नुहुनेछ।
52 E não somente pela nação, mas também para reunir em um corpo os filhos de Deus que andavam dispersos.
53 त्यस दिन यहूदी अगुवाहरूले येशूलाई मार्ने योजना शुरू गरेका थिए।
53 Desde aquele dia, pois, consultavam-se para o matarem.
54 यसैले खुल्ला भएर येशू यहूदीहरूका माझमा हिँड्न बन्द गर्नुभयो। येशू यरूशलेम छोडेर मरूभूमि छेउकै स्थानमा जानु भयो। उहाँ इफ्राइम भन्ने शहरमा जानु भयो। येशू आफ्ना चेलाहरूसंग त्यहाँ बस्नु भयो।
54 Jesus, pois, já não andava manifestamente entre os judeus, mas retirou-se dali para a terra junto do deserto, para uma cidade chamada Efraim; e ali andava com os seus discípulos.
55 त्यसबेला यहूदीहरूको निस्तार चाडको समय नजीक आइरहेको थियो। धेरै मानिसहरू यो चाड अगाडि नै यरूशलेम तर्फ लागे। तिनीहरू केही विशेष चीज बनाउन गए आफैंलाई शुद्ध पार्नलाई।
55 E estava próxima a Páscoa dos judeus, e muitos daquela região subiram a Jerusalém antes da Páscoa, para se purificarem.
56 मानिसहरूले येशूलाई खोजे। तिनीहरू मन्दिरको क्षेत्रमा उभिए अनि परस्परमा सोधपुछ गरे, “तिमीहरू के भन्छौ? के उहाँ निस्तार चाडमा आउनु हुने छैन?”
56 Buscavam, pois, a Jesus e diziam uns aos outros, estando no templo: Que vos parece? Não virá à festa?
57 तर येशूको विषयमा मुख्य पूजाहारीहरू र फरिसीहरूले विशेष आज्ञा दिएका थिए। तिनीहरूले भने कि यदि कसैले येशू कहाँ थियो भनेर थाहा पायो भने त्यस मानिसले तिनीहरूलाई भन्नै पर्छ, ताकि तिनीहरूले पक्रन सकुन्।
57 Ora, os principais dos sacerdotes e os fariseus tinham dado ordem para que, se alguém soubesse onde ele estava, o denunciasse, para o prenderem.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar João 11, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.