Isaías 36
The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010) vs ARA
1 हिजकियाह राजा भएको चौधौं वर्षमा अश्शूरका राजा सनहेरीब यहूदाका मुख्य शहरहरूको विरूद्ध लडाई लड्न गए। सनहेरीबले ती शहरलाई पराजित गरे।
1 No ano décimo quarto do rei Ezequias, subiu Senaqueribe, rei da Assíria, contra todas as cidades fortificadas de Judá e as tomou.
2 सनहेरीबले आफ्ना कप्तानसँग विशाल सेनाहरू यरूशलेममा राजा हिजकियाहकहाँ पठाए। कप्तान र उनका सेनाहरू लाकीश छाडेर यरूशलेम तिर गए। तिनीहरू माथिल्लो झाडीको जलमार्ग नजिक रोकिए। (माथिल्लो पोखरी धोबीको खेत जाने बाटोतर्फ पर्छ।)
2 O rei da Assíria enviou Rabsaqué, de Laquis a Jerusalém, ao rei Ezequias, com grande exército; parou ele na extremidade do aqueduto do açude superior, junto ao caminho do campo do lavadeiro.
3 यरूशलेमबाट तीन जना पुरूषहरू कप्तानसँग कुरा गर्न गए। तिनीहरू हुन हिल्कियाहको छोरो एल्याकीम, आसापको छोरो योआ अनि शेब्ना। एल्याकीम राजदरबारका प्रशासक थिए। योआ लेखापाल थिए। अनि शेब्ना दरबारको सचिव थिए।
3 Então, saíram a encontrar-se com ele Eliaquim, filho de Hilquias, o mordomo, Sebna, o escrivão, e Joá, filho de Asafe, o cronista.
4 कप्तानले तिनीहरूलाई भने, “हिजिकियाहलाई, महाराज, अश्शूरका राजाले यसो भन्छन्,
4 Rabsaqué lhes disse: Dizei a Ezequias: Assim diz o sumo rei, o rei da Assíria: Que confiança é essa em que te estribas?
5 म तिमीहरूलाई भन्दछु यदि तिमीहरूले शक्ति र युद्धको योजनामा भरोसा गर्दछौ, यो व्यार्थ हो। तिनीहरू खोक्रा शब्दहरू बाहेक केही होइनन्। अब म तिमीहरूलाई सोध्दछु, तिमीहरूकोमाथि भरोसा गरेर मेरो विरूद्धमा विद्रोह गरिरहेका छौ?
5 Bem posso dizer-te que teu conselho e poder para a guerra não passam de vãs palavras; em quem, pois, agora confias, para que te rebeles contra mim?
6 के तिमीहरू सहयोगको लागि मिश्रमाथि भर परिरहेकाछौ? मिश्र एउटा भाँचिएको लौरो जस्तो छ। यदि तिमीहरू सहायताको लागि त्यता ढल्किन्छौ भने, त्यसले केवल तिमीहरूलाई चोट पुर्याउनेछ र तिम्रो हातमा दुलो पारिदिनेछ। मिश्रका राजा फिरऊनमाथि कसैले पनि भरोसा राख्न सक्दैन्।
6 Confias no Egito, esse bordão de cana esmagada, o qual, se alguém nele apoiar-se, lhe entrará pela mão e a traspassará; assim é Faraó, rei do Egito, para com todos os que nele confiam.
7 “‘तर तिमीहरू यसो भन्न सक्छौ, “हामी आफ्ना परमप्रभु परमेश्वरबाट सहायता पाउने भरोसा गरिरहेछौ।” तर म जान्दछु हिजकियाहले ती वेदीहरू र उच्च स्थानहरू ध्वंश पारे जहाँ मानिसहरूले परमप्रभुलाई पूज्दथे। अनि हिजकियाहले यहूदा र यरूशलेमका मानिसहरूलाई भने, “तिमीहरूले यहाँ यरूशलेमको एउटा बेदीमा आराधना गर्नुपर्छ।”
7 Mas, se me dizes: Confiamos no Senhor , nosso Deus, não é esse aquele cujos altos e altares Ezequias removeu e disse a Judá e a Jerusalém: Perante este altar adorareis?
8 “‘यदि तिमीहरू अझ लडाइँ गर्न चाहन्छौ भने मेरो मालिक, अश्शूरका राजाले तिमीहरूसँग यो सम्झौता गर्नेछन्। यदि तिमीहरूले युद्धको लागि घोड-सवारहरू पाउन सक्छौ भने म दुइ हजार घोडाहरू दिने वचन दिन्छु।
8 Ora, pois, empenha-te com meu senhor, rei da Assíria, e dar-te-ei dois mil cavalos, se de tua parte achares cavaleiros para os montar.
9 तर त्यसो हुँदा पनि तिमीहरूले मेरो मालिकका निम्न स्तरका अधिकारीहरू सम्मलाई पराजित गर्न सक्दैनौ। यसकारण किन तिमीहरू लगातार मिश्रका रथहरू र घोड-सवारी सेनाहरूमा भर पर्छौ?
9 Como, pois, se não podes afugentar um só capitão dos menores dos servos do meu senhor, confias no Egito por causa dos carros e cavaleiros?
10 “‘अहिले के तिमीहरू सोच्दछौ कि म परमप्रभुको सहयोग बिना यो देश ध्वंश गर्न आएको थिएँ? होइन! परमप्रभुले मलाई भन्नुभयो, “यो देशको विरूद्ध उठ्, जा र ध्वंश पार।”’”
10 Acaso, subi eu agora sem o Senhor contra esta terra, para a destruir? Pois o Senhor mesmo me disse: Sobe contra a terra e destrói-a.
11 तब एल्याकीम, शेब्ना र योआहले रबशाकेलाई भने, “दया गरेर हामी प्रति अरामी भाषामा बोल्नु होस्। हामी त्यो भाषा बुझ्छौ। हामीसित यहूदी भाषामा नबोल्नु होस्। यदि तिमीले हाम्रो भाषा प्रयोग गर्यौ भने शहरका पर्खालहरूमा भएका मानिसहरूले पनि बुझ्नेछन्।”
11 Então, disseram Eliaquim, Sebna e Joá a Rabsaqué: Pedimos-te que fales em aramaico aos teus servos, porque o entendemos, e não nos fales em judaico, aos ouvidos do povo que está sobre os muros.
12 तर रबशाकेले भने, “के मेरा मालिकले तिमीहरू र तिमीहरूका मालिकहरूसित मात्र बोल्न पठाएको होइन्। मेरो मालिकले ती मानिसहरूसँग पनि बोल्न पठाए जो पर्खालहरूमाथि बसिरहेका छन्। ती मानिसहरूसँग खाद्य र पानी सम्म छैन, तिमीहरूले जस्तै तिनीहरूले आफ्नै दिशा खानेहरू र आफ्नै पिसाब पिउनेछन्।”
12 Mas Rabsaqué lhes respondeu: Mandou-me, acaso, o meu senhor para dizer-te estas palavras a ti somente e a teu senhor? E não, antes, aos homens que estão assentados sobre os muros, para que comam convosco o seu próprio excremento e bebam a sua própria urina?
13 तब रबशाके यहूदी भाषामा साह्रो चिच्याए अनि यसो भने,
13 Então, Rabsaqué se pôs em pé, e clamou em alta voz em judaico, e disse: Ouvi as palavras do sumo rei, do rei da Assíria.
14 “अश्शूरका महाराजाको यो सन्देश सुन:
14 Assim diz o rei: Não vos engane Ezequias; porque não vos poderá livrar.
15 हिजकियाहमाथि भरोसा नगर जब उसले भन्दछ, “परमप्रभुमा भरोसा गर! परमप्रभुले निश्चय हामीलाई बचाउँनु हुनेछ। परमप्रभुले अश्शूरका राजालाई यो शहर परास्त गर्न दिनुहुने छैन।”
15 Nem tampouco Ezequias vos faça confiar no Senhor , dizendo: O Senhor certamente nos livrará, e esta cidade não será entregue nas mãos do rei da Assíria.
16 “‘हिजकियाहबाट ती शब्दहरू नसुन्। अश्शूरका महाराजाको कुरा सुन्। अश्शूरका राजाले भन्दछ, “हामीले एउटा सम्झौता गर्नुपर्छ। तिमीहरू शहरबाट मकहाँ आउनु पर्छ। तब मात्र प्रत्येक मानिसले आफ्नो घर जानलाई स्वतन्त्र हुनेछ। प्रत्येक मानिसले आफ्ना दाखको बोटबाट स्वतन्त्र रूपले दाख खान पाउनेछ। अनि प्रत्येक मानिसले स्वतन्त्र रूपमा आफ्नो नेभाराको बोटबाट फल खान पाउने छ। प्रत्येक मानिसहरूले आफ्ना इनारबाट स्वतन्त्र रूपमा पानी पिउन पाउने छ।
16 Não deis ouvidos a Ezequias; porque assim diz o rei da Assíria: Fazei as pazes comigo e vinde para mim; e comei, cada um da sua própria vide e da sua própria figueira, e bebei, cada um da água da sua própria cisterna;
17 जबसम्म म आउँदिन तिमीहरूले त्यसो गर्न सक्छौ अनि तिमीहरू प्रत्येकलाई त्यस भूमिमा लिएर जाँदिन जो तिमीहरूकै आफ्नो जस्तै छ। त्यस नयाँ देशमा तिमीहरूले राम्रो अन्न र नयाँ दाखरस, रोटी अनि अङ्गुरका लहराहरू पाउनेछौ।”
17 até que eu venha e vos leve para uma terra como a vossa; terra de cereal e de vinho, terra de pão e de vinhas.
18 “‘हिजकियाहलाई कष्ट पुर्याउन नदेऊ। हिजकियाह भन्दछ, “परमप्रभुले हामीलाई बचाउनु हुने छ।” तर म तिमीहरूलाई सोध्छु, के अन्य जातिहरूका देवताहरूले तिनीहरूको देशलाई अश्शूरका राजाबाट बचाउन सक्यो? होइन।
18 Não vos engane Ezequias, dizendo: O Senhor nos livrará. Acaso, os deuses das nações livraram cada um a sua terra das mãos do rei da Assíria?
19 हमात र अर्पादका देवताहरू कहाँ छन? तिनीहरू परास्त भए। सपर्बेमका देवताहरू कहाँ छन्? तिनीहरू परास्त भए! के तिनीहरूले शक्तिद्वारा सामरियालाई बचाए? होइन।
19 Onde estão os deuses de Hamate e de Arpade? Onde estão os deuses de Sefarvaim? Acaso, livraram eles a Samaria das minhas mãos?
20 के अन्य देवताहरूले अरू देशहरूमा मबाट आफ्ना ठाउँहरू बचाए? अहँ! के परमप्रभुले मबाट यरूशलेम बचाउन सक्नुहोला त?’”
20 Quais são, dentre todos os deuses destes países, os que livraram a sua terra das minhas mãos, para que o Senhor livre a Jerusalém das minhas mãos?
21 तर यरूशलेमका मानिसहरू एकदम चुपचाप थिए। तिनीहरूले एक शब्द पनि कप्तानलाई भनेन किनभने राजा हिजकियाहले तिनीहरूलाई हुकुम दिएका थिए। उनले भने, “उसलाई केही पनि नभन।”
21 Eles, porém, se calaram e não lhe responderam palavra; porque assim lhes havia ordenado o rei, dizendo: Não lhe respondereis.
22 त्यसपछि राजदरबारका व्यवस्थापक (हिल्कियाहको छोरो एल्याकीम), राजकीय सचिव शेब्ना अनि धर्मशास्त्री आसापको छोरो योआ हिजकियाह कहाँ गए। तिनीहरूले शोकव्यक्त गर्न आफ्ना लुगाहरू च्याते अनि हिजकियाहलाई प्रत्येक कुरा भने जो अश्शूरका कप्तानले भनेका थिए।
22 Então, Eliaquim, filho de Hilquias, o mordomo, e Sebna, o escrivão, e Joá, filho de Asafe, o cronista, rasgaram suas vestes, vieram ter com Ezequias e lhe referiram as palavras de Rabsaqué.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar Isaías 36, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.